प्रचण्डकी छोरी भएबापत पुरस्कृत भनेर लास्टै गाली खाएकी रेनुले
भरतपुरलाई र्याङ्किङमा नेपालकै नं.१ महानगरपालिका बनाइछन्।
प्रशंसाको पुल बाँधिएका बालेनलाई पछिपार्दै हासिल यो उपलव्धी उनी मेयर हुन योग्य हुन् भन्ने प्रमाण हो।
ट्विटेहरू,आलोचनात्मक चेत नगुमाऔं,राम्रो गर्दा प्रशंसा गरौं।
कुनै देशकी वर्तमान बुहारी नेपालकी छोरी भएकै कारण नेपालको क्याविनेट मन्त्री भइन्।उनका श्रीमान् विदेशी नागरिककै हैसियतमा मन्त्रीक्वार्टरमा बस्छन्।
यस्तो हबिगत छ,नेपालको नेशनल सेक्युरिटी क्लिरियन्सको!
यति उदार त संसारका कुनै देश छैनन्।
वधाइ तथा शुभकामना मन्त्री,नेपाल र नेपालीलाई !
संसार एकातिर होस्,मानहानीको मुद्दा लागोस् तर सन्दीप र पल बलात्कारी हुन् भन्न छोडिदैनन्,उनीहरूको समर्थक जो भए पनि सम्बन्ध जोडिदैन।
पलले ओस्कार जितोस्,त्यसको फिल्म हेरिदैन।
सन्दीपले आइसीसी वर्ल्डकप जितोस्,त्यसको क्रिकेट हेरिदैन।
सपना प्रधान संवेदनाहीन/नालायक हुन्, इज्जत दिइदैन।
गंगाजी,
तपाईको पद नेपाल सरकारको सचिव सरह रहेछ,तलब मासिक रू ७२,०८२।
सचिव हुन कम्तिमा पनि स्नातक त पढेकै हुनुपर्छ।तर,तपाईंलाई नजिकबाट जान्नेहरू त्यति पढेकै छैन भन्छन्।
तपाईसँग त्यो पदका लागि चाहिने न्युनतम योग्यता पनि छ कि प्रचण्ड पुत्रीको विशेष योग्यता मात्र हो?
@gangadahal18
नेपाल फर्कदा ५००० डलरभन्दा बढी लैजान पाइन्न।तर,अमेरिका आएपिच्छे राजेश हमाल,प्रकाश सपुत,कृष्ण कँडेलआदिले जति कमाउँछन् ५०००भन्दा बढी त हुण्डी-कारोबार नै हो।
राष्ट्रका गहना भन्ने मात्र हो,लुट्ने यस्तै सुकिला-मुकिलाले नै हो।भन्दा अप्रिय लाग्ला अवादबाहेक सबै कम्बल ओढेर घ्यू खाने हुन्।
काठमाडोैं महानगरपालिकाको २५.५५ अर्व बजेटमध्ये ७ महिनामा लगभग ४.९६ अर्व मात्र खर्च भएछ।यो भनेको १९% हो।
यसले देखाउँछ,आकाश-पाताल एक ठाउँमा पार्छु भनेर आएका मेयर बालेनको खास क्षमता।
अरूलाई पार्टीको लाइन/जिम्मेवारी समस्या होला।तर, उनलाई के समस्या?
त्यसैले भनेको बोकाले 'दाइँ' हुदैन।
प्रिय रामेश,
चलचित्रमा शोध गरेर पीएचडी गर्ने एकमात्र नेपाली मैले गगनलाई सोधें,सञ्चारमन्त्री हुँदा मलाई चलचित्र विकास बोर्डको अध्यक्ष बनाउँछौ?
उसले भन्यो,पार्टीले सिफारिश गर्यो भने।
यो उत्तर पाएपछि मैले देश छोडेँ।
देश दाजु-भाउजुलाई छोड।आउ,तिमीलाई लिन एयरपोर्ट आउँछु।
@RaameshKoirala
रवि एण्ड कम्पनीका थर्ड मेन वाग्लेले भनेछन् ‘गृह त हाम्रो बटम लाइन नै हो।यत्रो मूल्य चुकाएर पुराना पार्टीमा जानु छ।गृह नै पाइएन भने त औचित्य नै हुँदैन।’
अझ,गृह नि रविकै लागि रे।
PhD मात्रै हैन जे जे hD भएनि IA फेलको पछि लागेपछि सोच्ने तरिका नि उस्तै हुने रहेछ।
संगत गुनाको फल !
प्रचण्डको निजी सचिवालयको तलवको नाममा चलिरहेको लुटतन्त्रको विवरण मिडियालाई दिएको भनेर प्रम कार्यालयकी सूचना अधिकारी कविता फुँयाल कारबाहीमा परिछिन्।उनलाई सामान्य प्रशासन मन्त्रालयको जगेडामा थन्काइए छ।
यही हो सुशासन
@PM_nepal_
?
सही सूचना दिनेलाई कारबाही,केही बोल्ने कि
@gbudhathoki
?
नेपालमा अहिले विवाह चर्चित छन्।एउटा माओवादी अध्यक्ष प्रचण्डकी नातिनीको अर्को एसका नेता विरोध खतिवडाकी छोरीको।
दुबै विवाहले नेपालका कम्युनिष्ट कति पाखण्ड छन् भन्ने त पर्दाफास गरेकै छ, त्योभन्दा बढी सामाजिक व्यवहार सुधार ऐनको ठाडो उलंघन भको छ।
ऐन उलंघन गर्नेलाई थुन्नुपर्ने हैन र?
सपना प्रधानका मानसिक रोगी पृथ्वी मल्ल अन्तत: लीलादेवी देवकोटालाई बूढानीलकण्ठमा गाडीले किचेर मार्ने मुद्दामा दोषी ठहरिए।
पृथ्वीलाई त ३वर्षभन्दा बढी जेल हुने भयो,मानसिक रोगी भनेर पृथ्वीलाई उन्मुक्ति दिने सपनालाई के हुन्छ?
प्रधानन्यायाधीशको पालोमा छिन् यी 'पितृसत्तामोह' माननीय त!
चिन्नहुन्छ यी दुई वरिष्ठ अधिवक्तालाई ?
अनागरिक रवि लामिछानेको पक्षमा वकालत गर्ने सुनील पोखरेल र सुशील पन्त हुन् यी।पैसा पाएपछि अनागरिकलाई पनि नागरिक बनाउन लाग्ने यी दुई पनि राष्ट्रद्रोही हुन् ।
यस्ता राष्ट्रद्रोहीहरूको पनि हिसाबकिताव राखिरहौं !
१७००+२ को प्लेकार्ड देखाइरहेकी डा.तोषिमा कार्की १७००+२का सुप्रिमो प्रचण्डकी स्वास्थ्य राज्यमन्त्री हुन्।
माघ ३-२२सम्म २०दिन उनी कुने मुखले राज्यमन्त्री भएकी थिइन् र आज कुन मुखले १७००+२ को प्लेकार्ड देखाइरहेकी छिन् ?
छानिएका जान्ने त यस्ता पाखण्ड छन्,अरूको के कुरा?
@tooshikarsu
गगन सर्वगुणसम्पन्न छन् भन्ने मलाई कहिलै लागेन।तर,कांग्रेसमा यतिका नेता कति छन्? प्रश्न यो हो।
कम्तिमा गगनजतिको उमेर-सोच-जोश समुहमा कांग्रेस आयो भने वीपी-गणेशमान-किसुनजीको कांग्रेस जिवित हुन्थ्यो भन्ने लोभ हो।
म कांग्रेस समर्थक नि हैन तर मलाई उनी सभापति भको कांग्रेस हेर्ने रहर छ।
चिन्नुहुन्छ यी दुईलाई?
कुनैबेला यी अम्रिकाको बाल्टिमोरमा सबवेमा काम गर्थें।नेपाल बस्नै नसक्ने भनेर शरण मागेका रविले पाए,डिल्लीले पाएनन्।
अम्रिका छोड्नैपर्ने भएपछि डिल्ली नेपाल फर्केर मलेसियामा राजदूत भए,ढाँटेका कारण अम्रिकी नागरिकता गुमाका रवि रास्वपा अध्यक्ष।
मलेसियामा भेट भएछ।
केही दिनयता सांसद अमरेश सिंहका गतिविधि हेरिरहेछु।कुनैबेलाका कांग्रेसी सांसद स्वतन्त्र उठ्दा नि जिते।
उनका पहिलेका कतिपय कुरा बिर्सनलायक छन्।तर,स्वतन्त्र जितेयता उनको प्रस्तुति वजनदार छ।
NCELLप्रकरणमा खबरदारी गरिरहेका यी JNU-PhDलाई सफलता मिलोस्,वधाई अनि शुभकामना।
@MP_AmreshSingh
यी भद्र महिलालाई चिन्नुहुन्छ?
यिनको नाम सविता भण्डारी बराल हो।यिनी वरिष्ठ अधिवक्ता हुन्,श्रद्धाले हेरिने अग्रज अधिवक्ता कृष्णप्रसाद भण्डारीकी छोरी।
यिनै सविता अहिले लाम्छानेलाई चोख्याउन सुनपानी छर्किरहेकी छिन्।
आफैलाई सोध्दैछु,के यी महिला हुन्? के यी उनै कृष्णप्रसादकी छोरी हुन्?
टी २० विश्वकपअन्तर्गत अमेरिकामा नेपाललेखेल्ने दुई खेल हेर्न महंगो विदा, टिकट र टाढाको यात्रा गर्ने पारिवारिक योजना बनाको थिए।योजना रद्द हुने संघारमा पुगेको छ।
मैले पहिलै घोषणा गरिसकेको छु बलात्कारीले खेलेको खेल हेर्दिन,खेलेर विश्वकप नै जिताएछ भने पनि म त्यसमा गौरव गर्दिन।पिरियड
मेरो इन्जिनियर मित्रले मभन्दा अघि देश छोडे।मैले किन जान लागेको भनेर सोध्दा भने,'यी दुई छोरीहरू बचाउन'।त्यसपछि मसँग कुनै शव्द भएन।
गत वर्ष अस्ट्रेलियामा उनको घर ७दिन बसें।इन्जिनियर र डक्टर भएछन् छोरीहरू।म फ्लास ब्याकमा गएँ।
उनीहरू नेपालमा भएको भए गौशाला २६ र समिक्षा हुन्थे होला।
यो कालाकोटे चिन्नुहुन्छ?
यही हो सरोजकृष्ण घिमिरे भन्ने बलात्कारी लाम्छानेको लिड-वकिल।
लिड-वकिल भनेको पक्षसँग पैसाको सौदाबाजी गरेर को को वकिल राख्ने,कसरी बेञ्च सपिङ गर्ने योजना बनाउँने ठेकेदार हो।
यो दलाल पैसाका लागि बलात्कारीलाई चोखाउन लागेको थियो।सकेन, अब पुनरावेदन जान्छ रे!
मेरा मित्र रतन सुवेदी कुनै समय चर्चित कमेडियन-गायक थिए।एक समय हामी अमर आदर्श स्कूलमा सँगै पढाउँथ्यौ पनि।
उनी अमेरिका आको धेरै वर्ष भयो, भेट भने भएको छैन।
तस्विरमा उनी अमेरिकी सेनाको लेफ्टिनेन्ट (Public Health Advisory Officer) भएकी कान्छी छोरीलाई सलाम गरिरहेका छन्।
वधाई दुबैलाई।
पुरानाले लुटे/ठगे,त्यसैले नयाँले नि लुट्न/ठग्न पाउँनुपर्छ।
यस्तै कुतर्क गरिरेछन् घण्टेहरू!
यी सबै गर्न त पुरानै थिए नि, किन चाहियो नयाँ ?
यसो भन्दा आमाचकारी गाली गर्छन्।
यो औठाछाप चाँहि तिमीहरूका बाबुको हो कि?
छानबिन गरे भैहाल्यो नि!
घण्टेहरू हो,गाली गर्दै गर; लेख्न त छोडिन्न।
जीबी राईले सहकारीका नाममा पैसा भेला पारेर ग्यालेक्सी खोलिदिए। ग्यालेक्सी डुब्यो,जीवी फरार भए।
तर,रवि हिरो भएर देशको गृह-उपप्रम मात्र भएनन्,२१ सांसदसहित देशकै शक्तिशाली नेता नि भए।
सहकारीमा पैसा डुबेर बिल्लिबाँठ भएका जनतालाई ठूलठूला भाषण सुनाउन आएका रविलाई खोया नहानेर के गर्ने त?
गर्वले भन्छु,एक गोठाला बाबुको छोरो हुँ म।काला अक्षर भैसी बराबर थिए मेरो बुबालाई।तर,उहाँले मलाई अक्षरहरूको महासागरमा पौडाइदिनुभो। त्यसैले आज म अमेरिकी विदेश मन्त्रालयमा कूटनीतिज्ञहरूलाई अक्षर नै पढाइरहेछु।यो मेरो पछिल्लो मुकाम नदेखी बुबा जानुभो।
आज फादर्स डे- धेरै मिस गरे हजुरलाई।
प्रिय
@RaameshKoirala
कुनैबेला हामी फरक कित्तामा थियौ।मलाई कम्युनिष्टले देश बनाउँछ भन्ने थियो,तिमीलाई कांग्रेसले।
प्रकारान्तरमा दुबैले देश बनाएनन्।लुट्ने औकात र मौका नपाएर कांग्रेस-कम्युनिष्ट भका रछन्।
यो सत्यमा पुगेर मैले देश छोडेँ।
तिम्रो फ्रस्टेसनको आगोमा घ्यु हालेको नठान है।
२०२३मा अमेरिकाको मेरिल्याण्ड राज्यमा हरेक वर्ष अक्टोबर ५मा दशै डे मनाउने कानुन बन्यो। कानुनमै 'दशैं नेपालमा उत्पति भएको सांस्कृतिक चाड' लेखिएको छ।
यसरी अमेरिकाको कानूनमै यस्तो लेखाएर नेपाल देखाउने र चिनाउने डेलिगेट डा. ह्यारी भण्डारीको अभियानमा अक्षर भएर उभिन पाउँदा खुशी लाग्यो।
ओलीलाई होलीवाइनसहितको १ लाख डलरको 'लिडरसिप एन्ड गुड गभर्नेन्स' पुस्कार दिने युनिभर्सल पिस फाउण्डेसन तथा दक्षिण कोरियाको ग्रेसरोड चर्चकी संस्थापक शिन ओकजुलाई �� वर्ष जेल सजाय भएछ।
यस्ताको पुरस्कार लिने ओली अझै ठूलो कुरा गर्न छोड्दैनन् ?
लाजको पसारो!
@kpsharmaoli
@PradeepgyawaliK
म संसारका थोरै मानिसलाई पैसा र यौनका मामलामा विश्वास गर्छु। केहीलाई शंकाको सुविधा दिन्छु,धेरैलाई विश्वास गर्दिन।
रामेश मेरो ISC सहपाठी,०४१पछि भेट भाछैन।तर पनि म ढुक्कसँग उनलाई पैसा र यौनका मामलामा विश्वास गर्छु।
उनीविरूद्ध परिचालित पत्रकारिताका लागि लज्जित छु।
@RaameshKoirala
हिजो वासिङ्टन डीसीमा एक न्युजिल्याण्डर भेटियो।क्रिकेटर रहेछ। कुरैकुरामा म नेपाली भनेपछि उसले सोध्यो,'डिड योर रेपिस्ट क्रिकेट स्किपर पनिस्ड?'
मैले बुधबार सजाय हुने बताएँ।उसले भन्यो,'आइ प्रे फर द भिक्टिम जस्टिस।'
नेपाली क्रिकेटको बेइज्जत गरेकोमा मुखबाट अनायाश निस्क्यो, थुक्क कपुत।
पोखरा महानगरपालिकाको छानबिन प्रतिवेदनमा रविले सूर्यदर्शन सहकारीबाट १करोड ऋण लेको देखिन्छ।सदस्यले मात्र पाउँने सहकारी ऋण रविले सदस्य नै नभई लिए।अहिले उल्टै भन्दैछन् मलाई थाहा छैन,मेरो नागरिकता दुरूपयोग भको होला।
रविको नागरिकता अरूले प्रयोग गर्न सक्लान्? कतिपटक झुट पत्याइदिनुपर्ने?
प्रिय नारायण, तस्बिरले सोचमग्न बनायो।मनको तलाउमा अनगिन्ती भावनाका ज्वारभाटा चले। सानोमा यसरी नै बुबाको पछि मकैको बीउ छोड्दै हिडेको सम्झें।तिमीसँगै कान्तिपुरमा बिताएका पल सम्झें। अनि आज हजारौ माइल टाढा पातालबासको जीवन सम्झें।
त्यसपछि आफैलाई सोधें,आखिर जीवन के हो ?
@narayanwagle
समीक्षा,
सबै सेलिब्रेटी मान्छे हुँदैनन्,कोही पशु पनि हुन्छन्।तिमी एउटा पशुको संगतमा पुग्यौ, जसलाई नेपालको कानून र यहाँको 'भाले' समाजले 'नायक'ठान्छ।
तिमी अष्ट्रेलियातिरै रमाउन थाल्यौ भन्दा खुशी लाग्यो।तर, त्यतापनि नेपाली ब्वासा नहोलान् भन्न सकिन्न।
भुलबाट पाठ सिक,पशुबाट टाढै बस।
सालीको नाता लगाएकी अञ्जान शाक्यका लागि ओलीले 'थेसिस'मा के गरेभन्दा पनि 'एन्टी थेसिस'मा के गरेनन् भन्नुपर्ने भयो।साली पर्नेका लागि त ओली यति गर्छन् भने छोरी नै भएको भए त के गर्थे होलान्
धन्न छोराछोरी भएनछन् बा का।
ओलीको यो 'साली प्रेम'का सामु त प्रचण्डको 'छोरी-प्रेम' फिक्कै भो।
क्यानाडाका प्रधानमन्त्री ट्रुडो टारोन्टोको नेपाली रेष्टुरेन्टमा,
आफै तिरे ७२ डलरको बिल,१२ डलर टिप्स दिए!
प्रधानमन्त्रीले रेष्टुरेन्टमा डिनर गर्नु समाचार हैन तर एक नेपाली रेष्टुरेन्टमा डिनर गर्नु प्रोक्सिमिटीका हिसाबले नेपालीका लागि त समाचार हो, हुनुपर्छ।
बुढानिलकण्ठमा गाडीले किच्याएर लीला देवकोटालाई मार्ने हत्यारा पृथ्वी मल्ल छाड्ने पनि यिनै
गौशाला २६ लाई बलात्कार गर्ने सन्दीप लामिछानेलाई विदेश जाने अनुमति दिने पनि यिनै
अनि,लडाइँ पितृसत्ताविरुद्ध हो भन्दै भाषण छाँट्ने कान्तिपुरे निर्भीक नारी पनि यिनै
बाँचे देखिन्छ भन्थे हो रैछ!
ओलीका मानसपुत्र हुन् रवि।रविलाई उपप्रधानमन्त्री बनाउन मात्र हैन,विना सांसद त्यही पदमा फर्काउन ओली मरिहत्ते गरेर लागे,संसदमा घण्टौ उभिएर उनको पक्षमा बोले।
यति धेरै मरिहत्ते गरेको मानसपुत्र चुनावमा उठेपछि पार्टी-रामको लागि मत माग्न पनि गएनन्।
अब रवि उकासेर फेरि ताण्डव मच्चाउँछन्।
प्रिय मोहनाजी,
हामी त खबरदारी मात्र गरिरहेका थियौं। तपाई गौशाला २६ को पक्षमा अदालतमै वकालत गरेर न्यायको पक्षमा उभिनु भो।
सबै पैसासँग नैतिकता साट्ने सविता मात्र हुँदैनन्,नारी अस्मिताको पक्षमा चट्टानी अडान राख्ने मोहना पनि हुन्छन्।
प्रमाणित गरिदिनु भो।सलाम तपाईंलाई।
@MohnaAnsari
रवि भारतमै लुकिरहेका जीवीलाई भेट्न भारत गएको आशंका
बिचरालाई भ्याइनभ्याइ छ,
एउटा सल्ट्यायो, अर्को बल्झिन्छ !
कति र के मात्र टाल्नु ?
रास्वपाकै एक नेता रवि भारतमा लुकेर बसेका जीवी राईलाई सहकारी प्रकरणमा आफ्नो पक्षमा वयान दिन मनाउन गएको हुनसक्ने बताउँछन्।
विहान पेन्टागन हुँदै कार्यालय गैरहेको थिएँ।सुमनाको एक खेताला-ट्विटेले 'भाँडा माझ्न जा' भनेर लेखेको पढेर दया लाग्यो।
म अमेरिकामा प्राप्त पद,सुविधाको डिङ हाँक्दिन।जन्मभूमीको मूल्यमा भएको प्राप्तिमा गर्व गर्नुपर्छ भन्ने लाग्दैन।
तर,प्राप्ति सेयर गर्यो भने धेरै ट्विटेलाई ऐठन हुन्छ।
पुरानाहरू बिग्रेर हैन,राजनीतिको लामो यात्रामा अनेकौ परीक्षा पास गरेर आएका थिए,त्यसैले बिग्रन पनि समय लाग्यो।नयाँ त पहिलै बिग्रेर आएका छन्।उनीहरू राजनीतिमा आउनु स्वार्थ र महत्वाकांक्षा बाहेक केही छैन।
एउटै तर्क गर्छन्,उनीहरूले गर्दा हुने,हामीले गर्दा किन नहुने?यसैका लागि हो नयाँ?
अर्थशास्त्रको डा.स्वर्णिम भाउजूलाई धारेहात लाउँदै घण्टी बजाउन गए।मुटुको डा.रामेश धन्यवाद भाउजू भन्दै राजिनामा दिने स्थितिमा पुगे।
यस्तो कांग्रेसले प्रजातान्त्रिक समाजवाद ल्याउँछु भन्नु सम्झिने पानी छम्किने नै हो।
यस्तो चालले आउने त दाजु-भाउजूवाद मात्र हो।
@RaameshKoirala
@thapagk
अमेरिकामा उच्च शिक्षाका लागि आएकी काभ्रेकी एक युवतीलाई ट्युसन फी तिर्ने आधार नदेखिएको भन्दै शिकागो विमानस्थलस्थित अध्यागमनले फिर्ता पठाइदियो।
पैसा डुबाइ दियो,सपना उडाइदियो अमेरिकी सिष्टमले।
सिष्टम, कुरै मात्र हो,अमेरिका खासमा 2G- God & Gunले चलेको देश हो।
गर्वले भन्छु म समावेसी-गणतन्त्रवादी हुँ।नेपालमा यो व्यवस्था ल्याउने प्रस्थान विन्दु आजकै दिन २०५२ सालमा भको हो।
माओवादी जनयुद्ध क्रान्ति थियो,संसारका हरेक क्रान्तिमा बलिदान हुन्छ।
माओवादीका सयौ खराबी होलान् तर गणतन्त्र ल्याउन उनीहरूको योगदान छ।
म यो दिन बिर्सन हैन,सम्झन चाहन्छु।
अमेरिकी नागरिक भएकै बेला रविले पुरानो नेपाली नागरिकता प्रयोग गरेर जे जस्ता गैरकानूनी काम गरेका छन्,ती सबै उनको गर्दनमाथि झुन्डिएका तरबार हुन्।जब ती तरबार उनको गर्दनमाथि खस्छन्, उनी 'पुनः मुसिक भवः'को स्थितिमा पुग्नेछन्।
उत्थान-पतनको 'महरा ऐना' हेरे पुग्छ।
नेपाली मिडियालाई त '१२ भाइ' भनेर सराप्दा भो।यता, बीबीसीमा पनि आएछ,अब के भनेर सराप्ने ?
फेरि पनि दोहोर्याउदैछु,रविको विगत विवादास्पद छ।विवादास्पद विगत भको मान्छेको सार्वजनिक जीवन समस्या हो,समाधान हैन।
जतासुकै भ्वाङ छ,कतातिर मात्रै टाल्नु/केले टाल्नु?
१४ वर्षीया नाबालिग बलात्कार गर्ने हिमाल शाहीले 'हैन' भनेकै आधारमा ३ लाख धरौटीमा छोड्ने बदनाम न्यायाधीश शिशिरराज ढकालकै इजलासमा परेको छ,सन्दीप लाम्छानेको मुद्दा।
बेन्चसपिङ गरेरै लाम्छानेको अन्तिम सुनुवाई ढकालको इजलासमा पारिएको हुनुपर्छ।
ट्विटेहरू खबरदारी गरौं है !
@AmritaLamsal
केही समयअघि कृष्ण कँडेल अमेरिका आका थिए।उनले अमेरिकाबाट ५० लाख लिएर आको भनेर भ्वाइस अफ नेपाल सिजन ५ को ग्राण्ड फिनालेमै भने।त्यो रकम रूकुम र जाजरकोटको लागि रे।आफ्नो र इन्द्रेणीका लागि कति लगे होलान्?
कम्तिमा एक करोड लगेको अनुमान छ। त्यति धेरै पैसा के गरेर लगे?उहाँलाई सोधे हुन्छ?
शालिन ३ वर्षकी हुँदा आमा-बाबुको सम्बन्ध बिच्छेद।काका र मामाघरकी हजुरआमाबाट पालनपोषण।मावलीद्वारा छात्राबासमा भर्ना।
बाबु दक्षिण अफ्रिकामा र आमा दुवईमा।आमाबाबु दुबैको दोस्रो बिहे।
यो कथानकले मन नै भारी भयो।हामी केका लागि बिहे गर्छौ/सन्तान जन्माउँछौ/पारपाचुके गर्छौ/फेरि बिहे गर्छौ?
रविलाई नजिकबाट नेपाल/अमेरिका दुबै पृष्ठभूमीमा चिन्ने भएकाले मैले सुरूमै भनेको थिएँ,'नेपाली राजनीतिमा रवि समाधान हैन,समस्या हो।'
पृष्ठभूमी नै विवादास्पद छ,सार्वजनिक जीवनका लागि ठीक हुन्न।
आफू र समर्थक दुबैलाई दु:ख हुन्छ।अन्तत: देशको समय खेर जान्छ/देशले सजाय पाउँछ।
@Himalayabiraj
नयाँवर्ष २०२३को पहिलो दिन ९९ वर्षकी आमासँग कुरा गरें।भन्नुभयो, 'कहिलेकाँही त तँलाईँ धेरै पढाएर गल्ती गरेछु जस्तो लाग्छ,नपढाएको भए आज मसँगै नेपालमा त हुन्थिस्।'
म स्तव्ध भएँ।आमा काहिला काहिला भनिरहनु भएको थियो।आँसु लुकाउन फोन काटें।
भोलि भन्नुछ,आमा कुरा गर्दागर्दै ब्याट्री सकिएछ।
अमेरिकाको बाल्टिमोरमा तीन सन्तान कोही झड्केलो बाबुकोमा त कोही पूर्वपत्नीको ब्याय फ्रेण्डकोमा बेबारिसे बनाएर नेपाल गएका रविले आफ्नो भविष्य बनाइदेलान् भनेर पछि लाग्ने देखेर दया लाग्छ।
उनको पहिलेको घरको बाटो भएर जादैँगर्दा उनका तीन बेवारिसे सन्तानको नियति सम्झेर मन अमिलो भएर आयो।
ओलीले होटलमा भारतीय विदशमन्त्री भेटे,
अनि रविले ओलीलाई बालकोमा भेटे...
मान्छेका हैसियत र दु:ख पनि एक हैन,अनेक छन्।
बाहिर जतिसुकै ठूलो कुरा गरे नि सहकारीको पैसाले भित्र भत्भति पोेलेकै हुनुपर्छ,अरू जेल जादैछन्- डर त लाग्यो होला नि।
मिशन ८४ त त्यस्तै हो,घण्टी त ८०मै बज्ला जस्तो भो।
प्रिय घनश्यामजी,
तपाईं एमालेको अर्थ तथा योजना विभागको अध्यक्ष हुँदा विभागमा एम. अधिकारी नामक सदस्य थिए।मलाई लाग्छ,ती महाप्रसाद नै हुन्,तर तपाईंले चिनाउनु भएन।
अहिले त त्यो पार्टी नै छोडेर एसको महासचिव हुनुभा'छ।तपाईं इमान भको मान्छे,के हो सत्य? भनिदिए देश आभारी हुने थियो।
@gsbhusal
गोर्खा मिडिया नेटवर्कमा सामान्य कमर्चारी हुँदा २५ लाख आफ्नो नामबाट सारेको भनेरअहिले कान्तिपुरमा कार्यरत पुष्पराज गिरीले राजीनामा दिएछन्।तर,सहकारीको पैसाले मालिक र प्रवन्ध निर्देशक भएका रवि भने गृहमन्त्री भएर झण्डा हल्लाइरहेछन्।
नैतिकता गिरीबाट सिके हुन्छ!
भन्दैआएको थिए,'यी लुट्ने मौका नपाएर/ल्याकत नभएर कम्युनिष्ट भका हुन्,आज जतिको लुट्ने ल्याकत र मौका पहिला भको भए यी त्यतिबेलै पञ्च भैसक्ने थिए'
समय साक्षी बसेको छ,जब मौका पाए,सक्कली रूप देखाए।
हुँदाहुँदा यो मेधावी
@bbregmi
पनि लुटाहा नै निस्क्यो।
सेना गुलामी,सलामी र मलामीकै लागि रछ।
जसलाई माया गरिन्छ, उसलाई गाली नि गरिन्छ।
जति गाली गरेनि आशलाग्दा कांग्रेस यिनै हुन्।अहिलेको अवस्थामा यिनको मूल नेतृत्वमा ल्याउन सकियो भने कांग्रेस बदलिन्छ।
गाली गर्नुपर्ने ठाउँमा गाली गरौं,ताली लाउने ठाउँमा ताली नि लाऔं।
यिनीहरू छन् र त कांग्रेस छ।
@bishwaprakash77
,
@thapagk
स्यावास् गगन!
म वैचारिक आधारमा दुईदलीय ध्रुवीकरण पक्षधर हुँ।देशमा राजनीतिक स्थायित्व र समृद्धिका लागि योभन्दा फरक बाटै छैन।कांग्रेसमा गगनले प्रस्ताव गरेजस्तै भो भने गञ्जागोले गठबन्धनको अन्त हुन्छ।त्यसपछि नेपाल वैचारिक गठबन्धन हुँदै अन्तत: वैचारिक आधारमा दुईदलीय ध्रुवीकरणमा जान्छ।
सुदनजी,
तपाईं धर्मनिरपेक्ष राष्ट्रको संस्कृतिमन्त्री।बोल्दाबोल्दै आफू के हुँ भन्ने नि बिर्सन थाल्नुभएछ।
अन्टसन्ट धेरै बोल्दा भुक्यो भनिन्छ,तपाई पनि भुक्न थाल्नुभएछ।मैले चिनेको बेला तपाईंसँग अलिकति डिग्निटी छ जस्तो लागेको थियो,सक्नुभएछ।
चिनेको भन्न नि घिनै लाग्यो।
@sudankiranti
भुटानी आन्दोलनका सर्वोच्चनेता टेकनाथ रिजाल १५लाख धरौटी बुझाउन नसकेर जेलबाट नछुटेको बेला उनको अथक प्रयासले अमेरिका पुनर्स्थापित डलर-करोडपति डिल्ली अधिकारी भने लाखौको नाँचगान गराउँदैथिए।
करोडका रियालिटी शो गर्ने यिनले खोलो तरे,लौरो बिर्से।
@RamChhetri
@registandiary
@tilakniroula
स्वाभिमान र अभिमान नितान्त फरक कुरा हुन्।प्रश्न अभिभानको हैन,स्वाभिमानको हो।
अभिमानको प्रश्न भए काममा फर्क भन्थे तर यो स्वाभिमानको हो।त्यसैले,त्यसो नगरनि भन्न सकिन!
प्रश्नकर्ता चौथो ठूलो दलकी सांसद र उपमहासचिव भकाले पनि थप पेचिलो बन्यो।
म स्वाभिमानको पक्षमा छु।
@RaameshKoirala
आफू अखिल भको बेला नेविसंघका साथीहरू भन्थे,'बिग्रेको कम्युनिष्ट र कुहिएको आलु एउटै हो।'
म जोड लगार कम्युनिष्ट बिग्रन्नन् भनेर तर्क गर्थे।
तर,आज कम्युनिष्ट बिग्रेको देखेर कन्फेस गर्नुपर्ने भाछ,
माफ गर्नुहोस्,तपाईंले भनेको सही रहेछ।
देखे/भोगेको सत्य स्विकार्न केलाई आइतबार पर्खनु र?
ओलीले सत्तारूढ गठबन्धन भत्काएर कोर्स करेक्सनभन्दा पनि एमालेलाई संसदको ठूलो दल बनाउन समय 'बाइ' गरेजस्तो छ।सर्लाहीका स्वतन्त्र सांसद एमाले प्रवेश त्यसैको संकेत हो।राष्ट्रपति र सभामुख आफ्नोमान्छे बनाएर समर्थन फिर्ता लिने अनि संविधानको अर्को धाराबाट आफू प्रम हुने ओली-चाल, बुझे हुन्छ।
डा. ह्यारी भण्डारी ले अमेरिकी यात्रा सन् २००६मा बाल्टिमोर डाउनटाउनस्थित यही ग्याँस स्टेसनबाट सुरू गरेका थिए।त्यो पनि रात्री सिफ्टमा।
जहाँबाट यात्रा सुरू गरेका थिए उनले त्यही पुगेर अमेरिकी कंग्रेसको चुनावी क्याम्पेन सुरू गरेका छन्।
मिलोस् क्यापिटल हिलको गन्तव्य!
@harry4maryland
नेपालमा प्रहरी बिटका पत्रकारलाई पुलिस पत्रकार भनिन्छ।साधनस्रोत सम्पन्न उनीहरूको फूर्ति पनि ठूलै हुन्छ।दीपक बोहोरा त्यस्तै पुलिस पत्रकार हुन्।नेपालमा मिटरब्याजमा पुलिसका ठूला हाकिमको संलग्नता/संरक्षण हुन्छ।दीपक,तिनै मिटरब्याजीको व्यवस्थापन गर्छन्।अहिले चोरलाई साँचो दिएजस्तो भाछ।
सहकारीको पैसाले ग्यालेक्सीको १५% सेयर लिएका रविले छोड्ने बेलामा १ करोड ८० लाख बुझेर सहीछाप गरिदिएको तमसुक यही हो।
रविले नि यो सत्य स्विकारेर आफैं सेयर गरिसके।तर,उनका भक्तहरू अझै पनि 'अरूले लुट्न हुने,रविले किन नहुने' भन्दै लुट्न पाउँनुपर्ने वकालत गर्दैछन्।
जस्ता भक्त, स्तै भगवान!
सविताजी,
गौशाला २६को नागरिकता किर्ते बनाएर वालिग बनाउने तपाईको लाइसेन्स खोसिनु पर्थ्यो।अझ उल्टो ठूला कुरा गर्दै म बलात्कारीको पक्षमा लड्छु, कसैलाई आपति छ भने भैरहोस् रे।
मलाई आपति छ,अदालतले बलात्कारी ठहर गरेकोलाई कुन मुखले सदाचारी भनिरहनुभको छ?
तपाईलाई न्याय हैन,पैसा चाहिएको हो।
'यो अपमान हो'
परराष्ट्रमन्त्रीको रोइलो हो यो।
मान नभएको ठाउँमा किन बस्ने?,राजीनामा देऊ।
राष्ट्रपतिबाट मनोनित सभासद,एमाले कोटामा मन्त्री,अपमान भएको रिपोर्टिङ बालकोटमा गर्योै,लाज राख।
कृषिविज्ञले भन्दा मानवअधिकार क्षेत्रका वकिल गोविन्द बन्दीले सही प्रतिनिधित्व गर्छन्,ख्याल राख।
उडायो सपना सबै हुरीले ८३२ नेपाली डक्टरको अमेरिकी सपना
USMLE स्कोर रद्द प्रकरणमा दायर मुद्दामा नेपाली डक्टरको सर्वथा हार भएको छ।उनीहरूका चारवटै अनुरोध वासिङ्टनस्थित डिस्ट्रिक्ट कोर्टले अस्विकार गर्दै यसलाई एक किसिमको 'सुनियोजित ठगी' भनिदियो।
@Bish_Bhandari
कहिले दिपक मनाङे भनिने राजीव गुरूङलाई मन्त्री बनाउँछन्,कहिले रोज राणा भनिने सरोज थापालाई।
अनि तिनै पार्टीमा गगन थापा,विश्वप्रकाश,योगेश भट्टराई,गोकर्ण विष्ट,घनश्याम भुसालजस्ता पार्टी पदाधिकारी हुन्छन्।
योभन्दा राजनीतिक अपराधिकरणको 'नाङ्गोनाँच' के हुन्छ र?
अलिकति त लजाओ मित्रहरू!
सन्दर्भबश, सुमनाको विदेशी पतिको कुरा लेख्दा सुजाता(डिभोर्स भैसकेको) र नारायण (पत्नी नेपाली नागरिक भैसकेको)को कुरा गरेर 'घण्टे-तर्क' गरियो।
तर,यस्तो तर्क गर्नेले भविष्यमा क्याविनेट मन्त्रीका पति/पत्नी RAWजस्ता जासुसी संस्थामा काम गर्ने जासुस परे भने के गर्ने,त्यसको हेक्का राखेनन्।
अनन्य मित्र डा. ह्यारी भण्डारीले आज मेरिल्याण्ड राज्य विधायकका रूपमा दोस्रो कार्यकालका लागि सपथ लिनुभयो।अमेरिकामा नेपाल र नेपालीका लागि यस्तो गौरवशाली इतिहास बनाउने उहाँ एक्लो हुनुहुन्छ।यसबाट नेपाल खुम्चिएन,अरू विस्तारित भयो।अमेरिकामा नेपाली देखिने र सुनिने भयो।वधाई तथा शुभकामना
ह्वाट्सअपमा ताकेता गरेर ९लाख घुस लिने,उल्टो खाता नम्बर मागेकाले खाता दिएको रे।भन्न पनि कसरी सकेको? हैन यी सञ्चारसचिव थिए कि बैंक खाता दिलाउने कारिन्दा? यस्ता मुख्यसचिव राखेर सुशासन ..! यी घुस्याहा��ाई तु बर्खास्त गरियोस ! अन्यथा,सुशासन त सम्झिने पानी छम्किने मात्र हो।
@PM_nepal_
यी घण्टेहरू द्वैधचरित्र भएका पाखण्ड हुन् अहिले सुमनाको ठाउँमा कुनै एमाले/माओवादीका मन्त्रीको श्रीमान/श्रीमती विदेशी नागरिक भएको भए यिनीहरूको स्टाटस गाली-अश्लिलताले भरिएको हुन्थ्यो।
सुमनाका लागि ढाल भएर 'बसुधैव कुटु्म्बकम्'को मन्त्र जपिरहेका छन्।
यी 'गाली खेताला'लाई काम गर्न दिऔं
विकल पौडेल अमेरिकी पीआर भएकाले जागीरबाट बर्खास्त भए रे।उनलाई नियुक्त गर्ने प्रचण्ड,६९ करोड घुस प्रकरणमा जोगाएर निरन्तरता दिने ओली र पुन: नियुक्ति दिने देउबा।
उनी त बर्खास्त भए रे, तर कानूनीरूपमै अयोग्य पौडेललाई नियुक्ति दिने, निरन्तरता दिने र पुन: नियुक्ति दिनेलाई चाँहि के हुन्छ?
यिनले पढेकी हुन् कृषि अर्थशास्त्र,मन्त्री भएकी छिन् परराष्ट्र।तैपनि भनिदैछ,राइट मेन टु राइट प्लेस। उनको जति योग्यता अरूको भए पनि उनलाई जति विद्या भण्डारीको कृपा अरू कसैलाई छैन।राष्ट्रिय योजना आयोग सदस्य,राष्ट्रपतिको सल्लाहकार,राष्ट्रियसभा सदस्य अब मन्त्री; उनै माताका कृपा हुन्।
रविको शुभचिन्तक थिएँ/हुँ।सोधे हुन्छ,जीवनका कठीन मोडमा सहयोग गरेको छु।
सत्य के हो भने स्वार्थ/महत्वाकांक्षले उनको विगत विवादास्पद बनेको छ,ढिलोचाँडोको कुरा हो,जीवन दु:खद हुनेछ।
प्रश्न उनको मात्र हैन,विवादास्पद विगत भका व्यक्ति सार्वजनिक जीवनमा आउँदा यस्तै हुन्छ।रविको पनि यै भको हो।
क्रिकेटमा अब कहिलै बलात्कारीको छायाँ नपरोस् !
नेपालमा अथाह सम्भावना भका क्रिकेटर छन्।समस्या उनीहरूको पहिचान गरेर राइट क्लिक गर्न नसक्नु मात्र हो।
क्यान बलात्कारी लाम्छाने बाहेक अरू कसैले खेल जिताउदैनन् भन्ने ठान्थ्यो।तर,ऊ बिना पनि शानदार जीत निकाले त नेपाली क्रिकेटरले।
@paras77
म नेपालमै सपरिवार अमेरिकी एक्स्ट्राअर्डिनरी ग्रीनकार्ड पाएर अमेरिका आएको एक नेपाली हुँ।यसमा मलाई न गर्व छ न पश्चाताप।
नेपाली भैरहन/नेपाल फर्कन मन लाग्छ।तर,म मेरो १५ वर्षे छोरोलाई देश फर्कने कारण सम्झाउन सक्दिन।
म नेपाल राम्रो होस् र छोरालाई फर्कने कारण भन्न सकुँ भनेर लेखिरहन्छु।
प्रिय मित्रहरू,
गरिवीमा गौरव गर्नलायक केही चिज पनि हुँदैन।सुन्दा अप्रिय लाग्ला तर कटू सत्य हो यो।मैले गरीव भएर नि भोगेको छु,गरीव नरहेर नि भोगेको छु।
अभावले जति पोल्छ,आगोले त के पोल्छ र त्यति?
IScपहिलो वर्ष फिजिक्सको जाँच दिँदा २दिनदेखि भोको थिएँ,त्यो दिन सम्झदा आज पनि ऐठन हुन्छ।
बुबा भैसी गोठालो हुनुहुन्थ्यो,कालो अक्षर भैंसी बराबर थियो।आज उहाँको सोह्र-श्रद्धा तिथि- सम्झनाका तरेलीले ऐठन लगाइरहेछन्।
तर, बुबाले हामी दुबै छोरालाई योग्य बनाउनुभो,एकजना नेपालको परराष्ट्र मन्त्रालयमा अर्को अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटमा।
तपाईंको छोरा भएकोमा गर्व गर्छौ बुबा !
देख्नुभो नि रविको सुशासन।आफ्नालाई बढुवा गर्न दरबन्दी थपेछन्।अझ, गजबको कुरा त उनीहरूको अवकाशसँगै दरवन्दी खारेज रे।
यतिको लज्जास्पद सुशासन त पुरानाले पनि गरेका थिएनन्।यी नयाँले पुरानालाई पनि जितेछन्।
हेर्दै जाउँ सुशासन। बाँकि त घण्टा बज्ने हुन्,बज्दै गरून्।
भुटानी आन्दोलनका मण्डेला मानिने टेकनाथ रिजाल १५लाख धरौटी तिर्न नसकी जेलमा छन्।तर,उनको अथक संघर्षले अमेरिका छिरेर होमकेयरको तर मारेका टाठाबाठा भुटानी शरणार्थी भने करोडको नाँचगान गरेर नेपाली संस्कृतिको फुइँ लाउदैछन्।
यही त हो खोलो तर्यो,लौरो बिर्स्यो भनेको
@registandiary
@RamChhetri
स्वर्णिम Harvard र सुमना MIT स्कलर।तर,उनीहरूका सभापति Subway स्कलर।
रविले मिडियाविरूद्ध जे गरे,उनीबाट हुने नै त्यस्तै हो तर Harvard र MIT स्कलर नि मुखमा बुझो लाएर बसे।के Harvard र MITले मिडियामाथि दोहन गर्दा चुप लाग्न पढाको थियो?
@SwarnimWagle
र
@SumanaShrestha
को जवाफ पढ्न मन छ।
प्रचण्डकी जेठी बुहारी सिर्जनाबाहेक बाँचेका र गर्नसक्ने जति सबैले पद पाइसके।
कान्छी छोरी गंगा बिनायोग्यता डिफ्याक्टो पीए छिन्।मन्त्री ज्वाइँ विराटनगरमा एक्लै छन्।अब त छोरी घर गरेर खान पठाए हुने।अझै सरकारी जागीर दिएर राखेका छन्।खानै नपुगेको त हैन क्या रे!
लाजको पसारो!
@cmprachanda
शनिबार रविको बाल्टिमोरस्थित लिलाम भैसकेको घरको बाटो हुँदै एक आफन्तकोमा जाँदै थिएँ।आफन्तसँग रविको बारेमा कुरा भो।कुरैकुरामा मेरिल्याण्डमा उनको मुद्दाको रेकर्ड हेरियो।२ मुद्दाको $८८२८.३७तिर्न बाँकि रहेछ।
अमेरिकामा रास्वपाको च्याप्टर छ क्यारे।त्यति पैसा तिरेर ऋणमोचन गरिदे हुन्थ्यो।
रूस गका नेपाली सेनामा भर्ति भएर मरिरहेछन्,बाँच्ने फिर्ता गरिदिन बिलौना गरिरहेछन्।तर,यही बेला बन्द भएको रूसको श्रम स्विकृति पनि खोलिदिएछन्,जान्नेलाई छान्नेका उपसभापति डोलप्रसादले।
कुनैबेलाका मेनपावर दलाल त्यही भएर श्रममन्त्री भएका थिए।पैसा झार्न जानेका रहेछन्,झारे।अरू के भन्ने त?
राष्ट्रियसभामा ओमालेका १७ मध्ये ९ सिट जाने भएपछि ओलीको छटपटी बढेको छ।
आफू तल पर्दा ओली भिखारी हुन्छन्,माथि पर्दा राजा।
उनै भिखारी ओली केही राष्ट्रियसभा सदस्य भिक्षाटन गर्न वालुवाटार पुगेछन्।तर,शीतविन्दुले भने ओलीले कटौरा थापेको थाहा नपाएझै गरेछन्।
@kpsharmaoli
@PradeepgyawaliK
हेर्नुहोस् यी खाइदेउको लखनउ लुट-
२ सवारीचालक र २ कार्यालय सहायकद् आफ्नै नाम राखेर ६९,१४०महिनौ बुझे।
विस्तृत समाचार यो लिंकमा छ-
यस्ता 'लुटेरा' सम्माननीय हुने देश कसरी सम्मानित/समृद्ध हुन्छ?
प्रश्न व्यक्तिको मात्र हैन, पद्धतिको पनि हो।
मिलेरै लुटिरहेछन्।
बाल्टिमोरका एक रविपीडित नेपालीले भने,'रविले सबवेमा म्यानेजर हुँदा मलाई पेड ट्रेनिङमा राखेर ट्रेनिङमा पैसा कहाँ पाइन्छ भन्दै मेरो पसिनाको कमाइ खायो,भलो त कहाँ हुन्छ र?'
यस्ताले पैसा छोड्छ भन्नु कुकुरले हड्डी छोड्छ भन्नु जस्तै हो।
क्रिस्टल क्लियर छ तैपनि 'रालो' समाउने क्रम जारी छ।
आफूलाई सम्माननीय भन्छ,ड्राइभरको पैसा नि चपाकै छ,निजी सचिवालयका कर्मचारीको नि चपाकै छ।
यो ओलीपन्थी हो,यसले लुगा फुकालेको धेरै भो।तर,के हेर्छन् राष्ट्रियसभाका सदस्य?
कस्को गोठाला गएका छन् मिडिया? तथ्यसहित निरन्तर फलोअप गर्दा त परिणाम आको छ,आउँछ त।
भ्रमणबाट हसुरेको त के कुरा भो र?
म कुनैबेला गरीव थिएँ।ताप्लेजुङमा होटलका भाँडा माँझेर अनि काठमाडौैंमा ठेला ठेलेर पढें।बर्गीय राजनीति हुने त्यो बेला बर्गीय रूपमा म कम्युनिष्ट हुन खोज्नु स्वभाविक थियो।
आज म समृद्ध-शिक्षित छु,वर्ग उत्थान भको छ।अब म कम्युनिष्ट हुनै सक्दिन।यसरी समृद्ध बनाएर नेपालबाट कम्युनिष्ट सकौं।
तस्बिरमा हेर्नुहोस् त!
गृहमन्त्रालय,अध्यागमन विभागले २०७५/३/५ र ३/७मा लेखेका पत्र हुन् यी।दुबैमा राहदानी नं ५१२९६६९८१ भएका अमेरिकी नागरिक रवि लामिछानेको २०१८अक्टोबर ४ सम्म नातेदार भिसा देखिन्छ।
आज त्यही गृहमन्त्रालयकै मन्त्री हुन् रवि।नेपालका लागि योभन्दा विडम्बना के हुन सक्छ र?
जो चोर उसकै ठूलो स्वर भन्थे।
बेलाबेलामा ठूलो स्वर भएका चोर नेपालले भोगेकै हो।
तर,यसपटक जति ठूलो स्वर भएको चोर नेपालले कहिलै भोगेको थिएन।
त्यो चोर को होला भनेर अनुमान लाउन छुट छ।
तर,झुक्किएर पनि रवि हुन् भन्ने अनुमान नलगाउनु होला।
किनकि उहाँ त नेपालको नम्बर १ 'सज्जन' हुनुहुन्छ।