सुदन किराँती Profile Banner
सुदन किराँती Profile
सुदन किराँती

@sudankiranti

Followers
11,161
Following
91
Media
97
Statuses
217

परिवर्तन चाहने मान्छे

Joined August 2018
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
@sudankiranti
सुदन किराँती
2 years
राष्ट्रिय विपति र अत्यावश्यक काम बाहेक हेलीकप्टर नचढ्ने नीति लिएको छु। बिभिन्न स्थानमा कार्यक्रमकोलागी जनताले हेलीकप्टर चार्टर गरेर निम्तो दिनु भएको छ। क्षमा चाहन्छु। ऋणमा हेलीकप्टर चार्टर नगर्न अनुरोध छ। कोही मन्त्री गाउँमा आउँदैमा खोलाखोल्सीमा दुध बग्दैन, माटोमा सुन फल्दैन। 🙏
77
129
1K
@sudankiranti
सुदन किराँती
1 year
यो घटनाले दुखित भए। परदेशमा दुख गरेर घर फर्कदा देखिने यस्ता कुसंस्कार अझै कति भोग्नु पर्ने? सम्बन्धित निकायहरूमा यो विषय जानकारी गराएको छु। दामुजीलाइ न्याय हुने र यस्ता घटना न्युनिकरणका लागि आवश्यक कदम निर्ममतापुर्वक कार्यान्वयनमा ल्याउन लागिपर्नेछु। सबै सरोकारवालाप्रति आभार 🙏
Tweet media one
266
171
1K
@sudankiranti
सुदन किराँती
2 years
नतिजा प्रधान हुन्छ:- नेपाल एयरलाइन्सको टिकट पनि Esewa अनलाइनबाट किन्न सकिने भएको छ ।
Tweet media one
Tweet media two
120
78
1K
@sudankiranti
सुदन किराँती
1 year
मैले घुस नखाँदा र नखुवाउँदा लोभीपापीहरु बौलाउन थाले। संगठित भएर अप्रमाणित कुरालाई मिडियाबाजि गर्न लागेछन्। आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला ! सत्यतथ्य र चलखेल पर्दाफाश हुँदै जालान्। काम गर्ने मान्छेलाई जनताको साथ भए पुग्छ। लोभिपापीसग म लडौला...
93
82
1K
@sudankiranti
सुदन किराँती
1 year
‘श्रीपशुपति हिन्दू विश्वविद्यालय’ स्थापना गर्ने निर्णय भएको छ। हिन्दू धर्मको बृहत्तर खोज तथा अनुसन्धानमा यस्ले मद्दत पुर्याउनेमा म विश्वस्त छु।
114
70
948
@sudankiranti
सुदन किराँती
1 year
भखरै वुवाले छाडेर जानुभयो ! आमाले त पहिला नै छाडी जानुभो ! उप्रान्त वुवा आमा रहनु भएन। आज बाट हामी पूर्ण रुपमा टुहुरा भयौं तर कर्तव्य बाट टुहुरो बन्न मिल्दै मिल्दैन सारा नेपाली मेरो आमा बुवा हुन बाँकि जीवन उहाँहरुको सेवामा लगाउने छु । निशब्द छु। हार्दिक श्रध्दाञ्जलि बुवा !
Tweet media one
426
28
936
@sudankiranti
सुदन किराँती
1 year
अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक बैठक बसी निम्न प्रश्नको जवाफ मागेको छु। अब उत्तर बोलेर/लेखेर होइन व्यवहारमा/परिणाममा खोजेको छु ।
Tweet media one
136
63
896
@sudankiranti
सुदन किराँती
1 year
के गर्दा नेपालको पर्यटन क्षेत्र vibrant हुन्छ? सुझाव दिनुहोला! 🙏
485
33
825
@sudankiranti
सुदन किराँती
6 months
आज सरकारले दिएको निवास छोडेर जाँदैछु । ४१३ दिन मन्त्री पदमा बसेर देश र जनताको सेवा गरे। यो अवसर प्रदान गर्नु हुने प्रधानमन्त्री "प्रचण्ड", मेरो पार्टी, मलाई मत दिनुहुने मतदातहरु र संसारका कुना-कुनाबाट मलाई सहयोग र सहानुभूति दिनुहुने सम्पूर्ण महानुभावहरुमा धन्यवाद ज्ञापन गर्दछु।
Tweet media one
201
12
827
@sudankiranti
सुदन किराँती
2 years
आमाबुवासँग, दिदी र म
Tweet media one
21
5
724
@sudankiranti
सुदन किराँती
1 year
काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाहसग निकै महत्वपूर्ण छलफल भएको छ। काठमाडौको सम्पदा, संस्कृतिको संरक्षण र विकासका विषयमा नया योजनासहित सहकार्य गरिने भएको छ।
Tweet media one
31
21
709
@sudankiranti
सुदन किराँती
2 years
प्राज्ञको वास्तविक लिष्ट यो हो। अतिरञ्जीत र अतिवादी जातीय द्वन्द्व चाहनेहरूको प्रोपोगाण्डको पछि नलागौं। 🙏
Tweet media one
56
105
700
@sudankiranti
सुदन किराँती
2 years
गृह जिल्ला भोजपुर पुगेको छु। मतदाताको विश्वास डगमगाउन दिने छैन। वचन पुरा गर्नेछु। छातिभरी इमान राखेर अघि बढ्नेछु।
Tweet media one
33
22
699
@sudankiranti
सुदन किराँती
1 year
चन्द्र सुर्य ध्वजा आकासमा फहराउँदै हाम्रो जहाज क्वालालम्पुर (मलेसिया) बाट उडेर भैरहवा विमानस्थलमा भोलिदेखि आउदैछ। नेपाल एअरलाइन्स NA बाट आउनु हुने सम्पूर्ण यात्रुलाई स्वागत गर्न म आफै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हुनेछु । ल्याण्डहुने समय: विहान ७:४०
62
48
700
@sudankiranti
सुदन किराँती
1 year
हे पशुपतिनाथ! तिमीलाई राम्रो देख्न नचाहने पापीहरुसंग लडाई शुरु भएको छ। म तिम्रो पक्षमा सबै त्याग्न तयार छु। तर तिमी माथि पापीहरुको राज म देख्न सक्दिन। आज सम्म तिमीलाई गिद्धले सिनो लुछे जस्तै लुछे, अब हामी देशभक्त नेपालीलाई यो असह्य छ। परिणाम ल्याउन कुनै सम्झौता हुने छैन।
60
73
650
@sudankiranti
सुदन किराँती
1 year
पशुपति आर्यघाटको विद्युतीय शवदाहगृहमा निशुल्क दाहसंस्कारको व्यवस्था हुने भएको छ। चारवटा शवदाहगृह थप गरि छ वटा बनाइदैछ। विद्युतिय शव दाहगृहमा ४ हजार रुपियाँ शुल्क लिने गरिएको थियो।
86
74
624
@sudankiranti
सुदन किराँती
2 years
नेपालका लागि चीनका राजदूत महामहिम छन् सोङसँग शिष्टाचार भेट भयो । चीनका विभिन्न शहरबाट सिधा हवाई उडान खोल्ने र चीनले नेपाललाई नयाँ पर्यटकीय गन्तव्यकारुपमा राख्ने विषयमा छलफल भएको छ ।
Tweet media one
33
11
614
@sudankiranti
सुदन किराँती
1 year
पहराकि फुल... मेरो गीत आज रिलिज भएको छ। हेरेर/सुनेर प्रतिक्रिया पाँउ है 🙏
Tweet media one
52
34
608
@sudankiranti
सुदन किराँती
1 year
पोखरा विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय जहाज अवतरण गरेको छ। चिनियाँ एअरलाइन्स सिचुवानको आगमनसगै अबका दिनमा अन्य जहाजपनि आउने प्रवन्ध मिलाउन लागि पर्नेछु।
Tweet media one
47
36
599
@sudankiranti
सुदन किराँती
1 year
पुन स्मरण : रहोस पारिवारिक नातागोता र अन्य कुनै माध्यमबाट सोर्सफोर्स प्रयोग गरेर नआउनु होला यदी आउनु भयो भने तपाईको काम हुदैन भनेर बुझ्नु होला । मलाई पद होइन परिणाम चाहिएको छ । नोट - तपाईं आफै आएर मलाई आफ्ना कुराहरू राख्न सक्नुहुने छ | यो मन्त्रालय तपाईं र आम नागरिकको हो |
62
30
596
@sudankiranti
सुदन किराँती
1 year
फ्लाई दुवई जहाज सुरक्षित आफ्नो गन्तव्य तिर जाँदैछ। चिन्ता नगर्नु होला। सबैलाई शुभयात्रा।
38
77
583
@sudankiranti
सुदन किराँती
2 years
यो मन्त्रीले पैसा खादैन। परिणाम हेर्नुहोस्।
39
57
563
@sudankiranti
सुदन किराँती
1 year
गाउँमा गाई भैंसी गोठालो गरेर आएको मान्छे हुँ, आज शहरमा हवाईजहाजको गोठालो गर्दैछु। गाई भैंसी भन्दा हवाईजहाजको गोठालो गर्न धेरै कठिन रहेछ। आज राति मैले राम्ररी थाहा पाएँ। र जहाँ सम्म जहाजमा चरा ठोकिएको हल्ला अहिले सम्म प्रमाणित नभएको कुरा पनि सबैमा जानकारी गराउदछु।
Tweet media one
33
33
561
@sudankiranti
सुदन किराँती
1 year
सुझावकालागि मा. शोभिता गौतम @sobita465 प्रति आभारी छु। उक्त विधेयकको मस्यौदा अर्थबाट सहमति प्राप्त भइ कानुन मन्त्रालयमा पुगी प्रकृयामा रहेको जानकारी गराउदछु। साथै अन्य विषयमा प्राप्त महत्वपुर्ण सुझावहरूमा गम्भिर ध्यानाकर्षण भएको छ। अझ सुझावको अपेक्षासहित सबैलाई धन्यवाद।
27
17
559
@sudankiranti
सुदन किराँती
1 year
उता यस्तो खेती चलिरहेको रहेछ । यो facebook ID नक्कलि हो। भ्रममा नपर्नु होला।
Tweet media one
70
50
552
@sudankiranti
सुदन किराँती
1 year
मेरो आमा जन्माउने देश र जनतालाई धोका दिने काम नगर्दा मेरो मन्त्री पदको सौदाबाजी हुन्छ भने हेक्का रहोस म एकलव्वेको सन्तान हुँ, शिर काटेर दिन तयार छु मन्त्री पद त मामुलि कुरा हो। अफवाहको खेति गरेर धमिलो पानीमा माछा मार्ने योजनाले खासै काम नहोला!
38
37
534
@sudankiranti
सुदन किराँती
1 year
सवाल धर्म मान्ने वा नमान्ने कुरा होइन, जनताको आस्थालाई सम्मान गर्नु हो। सरकार सबैको अभिभावक हो। यो भूमिकामा रहदा देशको धार्मिक, साँस्कृतिक सम्पदाको रक्षा गर्नु उसको दायित्व हो। देश आमजनताले होइन, सिद्धान्तको नशा पिएर जडसुत्रवादी रटान गने॔हरूले बिगारेका हुन्।
Tweet media one
40
30
537
@sudankiranti
सुदन किराँती
2 years
म ककपिटमा बसेको पाइलट होइन। Boat मा तपाईहरूसगै Rafting गरिरहेको मान्छे हुँ। यसमा सबैले एकै समय, एकै तालमा बहाना खियाउनुपर्छ। अनिमात्र boat मज्जाले अघि बढ्छ। पर्यटनरूपी boat अघि बढाउन सरकारी, नीजि क्षेत्र सबैको बराबर effort चाहिन्छ। We can do it together.
32
27
523
@sudankiranti
सुदन किराँती
2 years
हामी संस्कृतिमा धनी छौँ। विविधता छ। तर दुखका साथ भन्नुपर्छ, हामी हाम्रो सोचमा, विचार र चिन्तनमा दरिद्र छौँ। अब देशको हरेक क्षेत्रको अध्ययन गरौ। अनुसन्धानमा लागौ। नेपाललाई रि-ब्राण्डिङ् गरौ। 🙏
45
46
495
@sudankiranti
सुदन किराँती
1 year
मर्ने त मरेर गइजानु भयो। बाँकी जीवन बाँच्नेको निम्ति हो भनेर म काममा आजै देखि फर्के। हाम्रो बुबाको उपचारमा दिनरात खट्नु हुने स्वास्थ्यकर्मीह, देश बिदेशमा रहेर स्वास्थ्यलाभको कामना गर्नुहुने इष्टमित्रहरु र भदौरे झरीमा रुझिभिजी आउनु भएका सम्पूर्ण मलामीजनहर लाई धन्यवाद ज्ञापन गर्दछ।
Tweet media one
30
15
472
@sudankiranti
सुदन किराँती
9 months
भन्‍नलाई त मलाई; पशुपतिनाथ सफा गर्दा हिन्दु भने, बौद्ध दर्शनको वकालत गर्दा बुद्धिष्‍ट भने, मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने, क्रिष्‍टियनको कार्यक्रममा जाँदा क्रिष्‍टियन भने, फेरिपनि भन्छु अहिले म सबैको अभिभावक हुँ त्यसैले सबै अस्तित्वको समान गर्छु र सबैले गरौ ।
Tweet media one
627
35
451
@sudankiranti
सुदन किराँती
1 year
सम्पूर्ण दिदी बहिनी, दाजु-भाईहरुमा नयाँ बर्ष २०८० सालको हार्दिक शुभकामना ब्यक्त गर्दछु । भोलि देखि नयाँ बर्ष मात्र होइन नयाँ दशक प्रारम्भ हुँदैछ । मलाई बिश्वास छ, यो दशक नेपालीहरुको लागि सुख र समृद्धिको दशक बन्नेछ ।
48
17
455
@sudankiranti
सुदन किराँती
2 years
निर्ममतापूर्वक निर्णय गर्नु पर्ने कारण १ प्रमले दिएको निर्देशन २ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्ने सरकारको नीति ३ देश र जनताको निम्ति खाएको सपथ ४ हामीलाई परिणाम नल्याउने छुट नभएको । भ्रष्टाचार हाम्रो महाशत्रु हो । भ्रष्टाचार माथि विजय आजको आवश्यकता हो ।
33
31
447
@sudankiranti
सुदन किराँती
1 year
लुम्बिनीमा उल्लेख्य पर्यटक भित्र्याउन गौतमबुद्ध एअरपोर्ट चलाउनुको विकल्प छैन। आजबाट मलेसियाको क्वालालम्पुरबाट भैरहवामा नेपाल वायुसेवा निगमको उडान सुचारू भएको छ। अब चाडै अन्य एअरलाइन्सका जहाजहरूले पनि उडान भर्ने विश्वास दिलाउन चाहन्छु।
Tweet media one
Tweet media two
22
35
424
@sudankiranti
सुदन किराँती
2 years
विराटनगर विमानस्थल यस्तो बन्दैछ अब #Biratnagar #airport #upgrade
Tweet media one
53
25
424
@sudankiranti
सुदन किराँती
1 year
बारुदको पहाडमा उभिएर सलाइ नखेलाउँदा राम्रो । म धेरै कुरा जान्दिनँ, देश र जनताको लागि राम्रो काम गर्नु पर्छ भन्ने मात्र जान्दछु । पुर्खाले भन्थे- आफ्नो शरीरमा हात्ती बोकेर अर्काको आङको जुम्रा नटिप्नू !
53
41
425
@sudankiranti
सुदन किराँती
1 year
कतारकि राजकुमारी महामहिम अाश्मा अल्थानीलाइ अन्नपूर्ण हिमालको सफल आरोहणकालागि हार्दिक बधाई । यहाँको नेपाल बसाइ सुखद् रहोस्।
Tweet media one
8
12
420
@sudankiranti
सुदन किराँती
1 year
आज राष्ट्रिय आविष्कार केन्द्रमा बिज्ञान र बैज्ञानिकको बारेमा धेरै महत्वपूर्ण छलफल भयो। नेपाल मै विमानचालक, प्रशिक्षक र प्राविधिक स्कुल, स्थापना गर्न तत्काल प्रकृया थाल्ने सहमती भएको छ।
Tweet media one
16
17
415
@sudankiranti
सुदन किराँती
1 year
पशुपतिको जग्गामा अतिक्रमण शुरू भएको धेरै भयो। अतिक्रमणबाट बचाउन जग्गाको हालसाबि गने॔ र हराएको जग्गा एक छानबिन समिति बनाई खोजी गने॔। बिधी र प्रक्रिया एक ईन्च पनि नमिची यी काम हुनेछ। पशुपतिको जग्गा अतिक्रमण रोक्न सबै लागौ। साव॔जानिक सम्पत्तिको सरक्षण गनु॔ हाम्रो कर्तव्य हो ।
38
53
418
@sudankiranti
सुदन किराँती
1 year
१ नेवानिको मलेसियाको नियमित फ्लाईट क्यान्सिल २ दिल्लीमा जहाजको चक्कामा आएको समस्या ३ ११ घण्टा ढिलो गरी भएका उडान लगायतका शृंखलाबद्ध घटनाक्रम.. धेरै निराश सन्देशहरू प्राप्त भएका छन्। हामी सबैलाई थाहा छ यो रोग पुरानो हो, अव धेरै पीडा सहेर बस्न सक्ने स्थिति हामीलाई पटक्कै छैन ।
103
22
416
@sudankiranti
सुदन किराँती
1 year
बुद्ध शान्त छन्, किनकी उनीसंग लोभ छैन। मान्छे अशान्त छ, किनकी उ संग लोभ र पाप दुवै छ। त्यसैले अर्काको धर्नासोमा खुकुरी हानेर आफु अग्लो सावित हुन खोज्छ। लोभ+पाप = अपराध!
Tweet media one
15
15
401
@sudankiranti
सुदन किराँती
1 year
दुइ देश विचको औपचारिक बाहेक बिदेश भ्रमण नगर्ने जानकारी गराउदछु। बिदेश घुमाउने र निम्तो दिने सिलसिलाले २५ प्रतिशत समय खर्च भइरहेको छ। यो काम गर्ने समय हो, भ्रमण गर्ने होइन। मनमा प्रश्न उठ्छ भ्रमण कसले गरेन ? कहाँ गरेन ? अनि भयो चाहिँ के ?
30
33
398
@sudankiranti
सुदन किराँती
1 year
Hop on hop off राजधानीका सम्पदा घुम्ती सेवा सुरू भएको छ। पर्यटकहरूलाइ यो सेवाले सहयोग पुग्ने विश्वास लिएको छु।
Tweet media one
Tweet media two
24
20
384
@sudankiranti
सुदन किराँती
2 years
फोहर सफा गर्न फोहरमै पस्न पर्छ। गन्ध आउदा र देख्दा पनि मौन कसरी बस्न सकिने रहेछ र!म त पसे फोहर सफा गर्न, आउनुस् तपाईं पनि। साथै हिडौं। #pashupatinath #clean #politics
Tweet media one
Tweet media two
31
16
384
@sudankiranti
सुदन किराँती
1 year
EPS प्रणालीबाट दक्षिण कोरिया जाने नेपालीलाई अत्याधिक मंहगो हवाई भाडाको सवालमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय सरतसिंह भण्डारीसंग छलफल भएको छ। नोट- कस कसले कति कतिमा टिकट काट्नु भएको छ प्रमाण दिएर मलाई सहयोग गरिदिनु हुन हार्दिक अनुरोध छ ।
Tweet media one
30
37
373
@sudankiranti
सुदन किराँती
1 year
कार्यविधिमा आवश्यक संसोधन गर्दै नेपालमै पाइलट उत्पादन गर्ने उदेश्यले Flying School खोल्न वर्षौं देखि रोकिएका निम्न स्कूलहरुलाई इजाजत प्रदान गरियो । १, श्री शुभम एभिएसन प्रा.लि. २, श्री चन्द्र सूर्य एभिएसन प्रा.लि. प्रक्रिया पुरागरी आउने संस्थालाई नियमानुसार इजाजत प्रदान गरिनेछ।
29
27
331
@sudankiranti
सुदन किराँती
1 year
नागरिक दैनिकमा पटक पटक छापिएको भ्रामक समाचारप्रति हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ । आफ्नो जीवन गुजाराको लागि पित पत्रकारिता गरेर समग्र पत्रकारिता जगत् प्रतिको ओज र गरिमा नघटाउन आग्रह गर्दछु । नोट : प्रस्तुत विषय मलाई केही थाहा नभएको जानकारी गराउँदछु ।
Tweet media one
64
37
327
@sudankiranti
सुदन किराँती
2 years
संयोग मात्र होइन, महिलाहरूले अवसर पाउँदा गर्न सक्छन् भन्ने प्रमाण पनि हो। बधाई छ दिदीबहिनी पाइलटहरूलाइ। महिलाहरुमात्रै रहेको चालक दलले पहिलो पटक राष्ट्रिय ध्वजाबाहक एअरबस ३२० नेपाल-दुबई र दुबई-नेपालको सफल उडान भरेका छन्। ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना 🙏 #WomenPower
Tweet media one
Tweet media two
10
30
322
@sudankiranti
सुदन किराँती
1 year
नेपालका लागि बेलायतका महामहिम राजदूत Ms. Nicola pollitt सँग शिष्टाचार भेटवार्ता। १. भू.पू. गोर्खा सैनिकको समस्या दुई देश बिचको सवाल भएको हुनाले स्थायी समाधानका लागि यथाशिघ्र पहल र २. युरोपेली युनियनद्वारा नेपालको आकाशलाई कालोसुचीबाट हटाई सिधा उडान गर्न पहल थालिनेछ।
Tweet media one
17
17
308
@sudankiranti
सुदन किराँती
1 year
प्रश्न थियो - गल्फ जाने र अन्य राष्ट्र जाने यात्रुहरुको एर्यपोर्टमा फरक फरक लाईन किन राखिन्छ ? अहिले TIA मा त्यो स्थिति नरहेको र सबैको लाईन एउटै भएको जानकारी गराउँदछु । धन्यवाद ।
41
14
303
@sudankiranti
सुदन किराँती
1 year
सीताबिना भारत अपूर्ण हुन्छ राम बिना नेपाल अपूर्ण हुन्छ भन्ने कुरा हामीले स्थापित गर्नु पर्दछ । #lumbini
Tweet media one
24
12
294
@sudankiranti
सुदन किराँती
1 year
सुशासन बिना समृद्धी र समाजवाद सम्भव छैन ।भरिया होइन यसपालि चाही मालिक समाउनु पर्छ । सुन काण्ड हाम्रो मन्त्रालयसंग सम्बन्धित नरहेको कुरा स्पष्ट गर्दछु । तथापि भ्रष्टाचार र तस्करी हामी कसैलाई सह्य छैन ।
46
23
297
@sudankiranti
सुदन किराँती
9 months
कर्मचारीको काम नगर्ने र एकआपसमा दोषारोपण मात्र गर्ने प्रबृती र परिणाम नदिने संस्थाहरुलाई पुनर्संरचना गर्ने सहि समय आएको अनुभूति भएको छ । नेपाल बायुसेवा निगम र त्रिभुवन विमानस्थललाई व्यवस्थापन करार गरि सिगापुर लागायत विश्वका चर्चित एयरपोर्टहरु जस्तै संचालन गर्दा कसो होला?
127
20
289
@sudankiranti
सुदन किराँती
1 year
बिद्यमान नेपाली राजनीति र समाजको चित्र माथीको कलात्मक र ब्याङगात्मक प्रस्तुती चलचित्र "छक्का पंजा ५" को सन्देश निकै जवरजस्त छ। दिपक दिपा लगायत कलाकारहरूको खारिएको अभिनयले चलचित्र जीवन्त लाग्यो। सिफारिश गरे है..
Tweet media one
Tweet media two
18
5
289
@sudankiranti
सुदन किराँती
2 years
धरान महोत्सव पश्चात, धरानका प्रमुख, उपप्रमुखसग। हर्कजीले श्रम पर्यटनको नया खाका ल्याउनु भएको छ। नया लागेको छ। अध्ययन गरि यो विषय अघि बढाउने सकिएला कि!
Tweet media one
4
7
283
@sudankiranti
सुदन किराँती
1 year
-पर्यटन विश्वविद्यालय निर्माण गर्न पर्यटनसचिवको संयोजकत्वमा ६ सदस्यीय विधेयक तर्जुमा मस्यौदा समिति गठन र -रैथाने/ मौलिक, ज्ञान, कला र संस्कृतिलाई संरक्षण र समयअनुसार वैज्ञानिकिकरण गर्न रैथाने विश्वविद्यालयकालागि डा.मान बहादुर बि. क.को संयोजत्वमा ५ सदस्यीय अध्ययन समिति गठन गरियो।
60
13
281
@sudankiranti
सुदन किराँती
11 months
जनताले मलाई भोट, माया र सहानुभूति दिनु भयो, पार्टीले टिकट दियो । प्रधानमन्त्रीले मलाई मन्त्री दिनु भयो, तर प्रकृति (स्वास्थ्य) ले अल्सर दियो । सायद समाजमा हामी रोगीहरु नै बहुमतमा छौं, धैर्यतापूर्वक डटेर सामना गरौं, जित हाम्रो हुनेछ ।
Tweet media one
93
5
281
@sudankiranti
सुदन किराँती
1 year
होटल हायातलाई २७ र तारागाउँ विकास समितिलाई २२ प्रश्न! तपसिलका कारणले होटल हयातसँग सम्झौता किन नतोड्ने ? र तारा गाउँ विकास समितिलाई विघटन किन नगर्ने ? तीन दिन भित्र जवाफ पेस गर्न भनिएको छ।
Tweet media one
Tweet media two
Tweet media three
34
34
283
@sudankiranti
सुदन किराँती
2 years
खदा माला नलगाउने अभियानलाई समर्थन गर्दै भोजपुर हिले भन्ज्याङ्गको आमा समुहले दस हजार जम्मा गर्नु भो। ताप्लेजुङ्गको श्रीजंगा गाउँपालिकालाइ पनि धन्यवाद । नेताहरुलाई सयौ केजी सम्मको माला लगाई दिएर संस्कृतिमा बिकृति मात्र भित्रिएको छैन, समय, शक्ति र सम्पतिसम्म खेर गई रहेको छ । 🙏
Tweet media one
8
12
274
@sudankiranti
सुदन किराँती
1 year
एक शालिन नेता। संविधान निर्माणका एक हस्ती। हार्दिक श्रद्धाञ्जली सुवास दाइ।
Tweet media one
34
10
266
@sudankiranti
सुदन किराँती
2 years
कतारकी राजकुमारी आश्मा अलथानीलाई नेपालमा हार्दिक स्वागत छ। ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि राजकुमारी र सम्पूर्ण टोलीलाई सफल आरोहणकालागि शुभकामना व्यक्त गर्दछु।
Tweet media one
Tweet media two
Tweet media three
5
11
274
@sudankiranti
सुदन किराँती
1 year
बुद्ध जन्मस्थल लुम्बिनी जानु भएको छ? के गरियो या भयो भने यो क्षेत्र सुन्दर हुनेछ? सुझाव पाउँ!
67
13
270
@sudankiranti
सुदन किराँती
2 years
"भगवान फोहोरमा बस्नु हुन्न" विश्वको हिन्दु धर्मवलम्बिहरुको आस्थाको केन्द्र पशुपतिनाथ अब दैनिक नुहाउनु पर्छ ।
12
28
266
@sudankiranti
सुदन किराँती
1 year
नेपाल वायुसेवा निगमको संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन गरी सिफारिस गर्नको लागि समिति गठन गरिएको छ। १. दिपेन्द्रबहादुर क्षेत्री, अध्यक्ष २. ओम गुरुङ, सदस्य ३. टिकाराम राई, सदस्य ४. पियुस आनन्द, सदस्य ५. सहारा न्यौपाने, सदस्य
56
12
261
@sudankiranti
सुदन किराँती
2 years
प्रतिबाद गर्न फुर्सद छैन। हामी आफै प्रतिबादको चक्करमा फसियो भने देशको सेवा कसले गर्छ? यदी हाम्रो कामले जनताको भलाई भयो भने आलोचकको मुख आफै बन्द हुन्छ। - लिंकन
19
16
253
@sudankiranti
सुदन किराँती
1 year
आजका निर्णयहरू: १. यस वर्षको महाशिवरात्रीमा संचालित मेलामा सम्झौता विपरित काम भएकोले थप अनुसन्धान गरी दोषीउपर कारबाहीको लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाउने । २. पशुपतिनाथ मन्दिर परिसरबाट भेटिघाटी संकलन हुने घ्याम्पो हराएकोमा थप अनुसन्धान गर्न नेपाल प्रहरीलाई पठाउने ।
17
29
250
@sudankiranti
सुदन किराँती
10 months
धरानमा विमानस्थल निर्माण अध्ययन समिती तत्काल गठन गर्न नागरिक उड्डयन महानिर्देशक लाई निर्देशन गरिएकोछ ।
236
14
247
@sudankiranti
सुदन किराँती
1 year
नयाँ बर्षको आगमनसंगै चिनियाँ पाहुनाहरुलाई नेपाल र नेपाली जनताको तर्फबाट भव्य स्वागत छ। महामहिम चेन सोङ र चिनियाँ जनवादी गणतन्त्र सरकारलाई धन्यवाद । भोलि देखि नयाँ बर्ष मात्र होइन नयाँ दशक प्रारम्भ हुँदैछ । मलाई बिश्वास छ,यो दशक नेपालीहरुको लागि सुख र समृद्धिको दशक बन्नेछ ।
Tweet media one
Tweet media two
13
9
233
@sudankiranti
सुदन किराँती
1 year
कोशी प्रदेश नामाकरण बिरुद्ध आन्दोलनमा सहादत प्राप्त गर्नु भएका पदम लिम्बु (लाजेहाङ) लाई मन्त्रीपरिषदबाट सहिद घोषणा गर्दै परिवारलाई राज्य बाट सहयोग गर्ने निर्णय भएको जानकारी गराउँदछु । पदम लिम्बु (लाजेहाङ्ग) प्रति हार्दिक श्रद्धाञ्जली 🙏
52
9
229
@sudankiranti
सुदन किराँती
1 year
पोखरा "ड्रागन बोट महोत्सव" सुरू भएको छ। सहभागी चिनियाँ र नेपाली सम्पुर्ण टोलीहरूलाइ शुभकामना छ।
Tweet media one
Tweet media two
Tweet media three
7
18
222
@sudankiranti
सुदन किराँती
2 years
नेपाल एअरलाइन्स डुवेको टुलुटुलु हेर्नसक्दिन.. #nepalairlines #reformismust
22
22
220
@sudankiranti
सुदन किराँती
2 years
"पशुपति सफा अभियान" फागुन २७ शनिबार भोलिबाट प्रारम्भ हुँदैछ । सम्पूर्ण महानुभावलाई यो अभियानमा जोडिन हार्दिक अपिल गर्दछु । समय - बिहान ८ बजेदेखी १० बजेसम्म "पशुपतिनाथमा फोहरको अन्त्यसग‌ै बिकृति बिसंगतिको अन्त्य गर्ने संकल्प गरौं"
Tweet media one
11
23
222
@sudankiranti
सुदन किराँती
2 years
वास्तवमा म जस्तो सोझो र सपाट बोल्ने मान्छेलाइ दाउपेचफे भरिएको राजनीति गाह्रो विषय हो। तर, राजनीति जती बाङ्गो भएपनि एउटा विन्दुमा सरल रेखामा नआई सुखै छैन। सरलतामा विशालता छ। त्यही भएर म सरल रेखामै हिड्ने कोसिस गरिरहेको छु। #पलपलकोमृत्यु बाट...
13
10
218
@sudankiranti
सुदन किराँती
1 year
गणतन्त्रको उपहार स्वरुप नेपाली जनताकालागी आजैको दिन देखि रत्न मन्दिर खुल्ला गरिएको छ। धन्यवाद ।
Tweet media one
Tweet media two
21
18
218
@sudankiranti
सुदन किराँती
1 year
हार्दिक श्रदान्जली आमा ! । तपाईको योगदान ईतिहासले भुल्नै मिल्दैन। शोकलाई शत्तिमा बदलौ !
Tweet media one
16
8
214
@sudankiranti
सुदन किराँती
1 year
हामि खजानामा ताला लाएर बसेका छौ। कम अवसरहरू सृजना गरिरहेका छौ। अनि युवाशक्ति विदेश पठाउछौ। अब यस्तो प्रवृत्ति रोक्नुपर्छ।
51
20
203
@sudankiranti
सुदन किराँती
2 years
पूर्ब प्रधानमन्त्री झलनाथ खनालसंग भेटघाट ! उहाँकै निवास डल्लु ।
Tweet media one
4
2
199
@sudankiranti
सुदन किराँती
1 year
विश्व मानव शान्ति र भातृत्वको शुभकामना ! २५६७ औं बुद्ध जयन्तीको अवसरमा सबैलाई लुम्बिनी बाट ।
Tweet media one
6
9
194
@sudankiranti
सुदन किराँती
1 year
७२. हवाई सेवालाई सुरक्षित र गुणस्तरीय बनाउन सुरक्षासम्बन्धी मापदण्ड कडाइका साथ लागू गरिनेछ। आन्तरिक तथा अन्तर्राष्‍ट्रिय विमानस्थल एवं टर्मिनल भवनको स्तरोन्‍नति गर्दै नियमित हवाई सेवा सञ्‍चालनमा जोड दिइनेछ। नेपाल वायुसेवा निगमको पुनःसंरचना गरिनेछ। +++
27
21
197
@sudankiranti
सुदन किराँती
8 months
घाम उदाय संगै फोटो खिचेर आज पनि सधैझै एकाबिहानै काम शुरु गरियो । घाम त अस्तायो काम भने जारि छ । सामाजिक संन्जालमार्फत सबेेलाइ यो फोटो पठाए है । 🙏
Tweet media one
52
7
196
@sudankiranti
सुदन किराँती
1 year
नेपाल वायुसेवा निगमलाइ जिम्मेवार र नया प्रणालीमा समाहित गर्नुको विकल्प छैन! पुरानै खाले एक्स्क्युजेज क्षम्य छैन। जवाफदेही हुनैपर्छ। #nepalairlines
Tweet media one
30
14
192
@sudankiranti
सुदन किराँती
1 year
बाह्र शनिबार पशुपति परिसरको सरसफाइ गर्यौं। यो सुरूवात हो। अब यसले सांगठनिक रूपमा प्रकृयासंगत ढंगबाट सरसफाइ विशेष रूपमा अघि बढ्नेछ। स्वस्फूर्त जन सहभागिता उल्लेखनीय रह्यो। सबैप्रति आभार। यहाहरूको सल्लाह सुझाव अपेक्षा गर्दै, अब नीतिगत सफाइमा लाग्नेछु।
18
8
187
@sudankiranti
सुदन किराँती
1 year
विश्व मानव समुदायमा नयाँ संन्देश दुबै खुट्टा नभएर पनि तपाइको अदम्य साहस, अथक मेहनतले विश्व शिखर सगरमाथाको सफल आरोहण गर्नु भयो, तपाइँलाई उच्च सम्मान गर्दछु । (हरि बुढा मगर)
Tweet media one
2
6
186
@sudankiranti
सुदन किराँती
1 year
अबको हाम्रो प्राथामिकता। १, नीति निर्माणमा केन्द्रित हुने। २, मध्यम किसिमको परिणाममा जोड गर्ने। ३, थालिएका मसिना सुधारका कामलाई निरन्तरता दिने। यहि आधारबाट भबिष्यमा अझ परिणाममुखी र हस्तक्षेपकारी ठुल्ठुला काममा हात हालिनेछ। सुझावको अपेक्षा गर्दछु।
35
21
188
@sudankiranti
सुदन किराँती
1 year
जनताबाट आएको व्यापक गुनासो सम्बोधन गर्न पर्यटक सवारी (हरियो प्लेट) पर्यटक मैत्री बनाउन पर्यटक सवारी सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८० मस्यौदा समिति गठन गरिएको छ। यसमा यहाको केहि सुझाव छ कि?
28
9
183
@sudankiranti
सुदन किराँती
2 years
जीवन सिकाइको प्रक्रिया हो। सिक्दै जाने जीवनमा सिकाउदै जाने जीवन पनि सगसगै हिड्दो रहेछ... "पल पलको मृत्यु" मेरो पुस्तक पढेर प्रतिक्रिया पाउँ है दाजुभाइ दिदिबहिनीहरू.. #book #author
Tweet media one
Tweet media two
7
11
173
@sudankiranti
सुदन किराँती
1 year
थाइल्याण्डका राजदूत महामहिम भोषित भोरासाफसंग शिष्टाचार भेट । भेटका क्रममा कोरोनाका कारण बन्द भएको थाई एयर सञ्चालनका लागि छलफल भएको छ ।
Tweet media one
6
9
180
@sudankiranti
सुदन किराँती
2 years
नेपाल प्रज्ञा प्रतिष्ठानको नयाँ कार्यसमिति गठन भएको छ । प्रज्ञाप्रतिष्ठानको कूलपतिमा भूपाल राई नियुक्त भएका छन् भने उपकूलपतिमा कवि विमल निभालाई नियुक्त गरिएको छ ।
Tweet media one
15
16
175
@sudankiranti
सुदन किराँती
2 years
कुलपतिज्यूहरुको सफथग्रहण ! नेपाल प्राज्ञ प्रतिष्ठानमा भूपाल राई, नाट्य तथा संगीतमा निशा शर्मा, ललित कलामा नारद हार्तमछाली। सबैलाई बधाई छ। कार्यकाल शुभ रहोस्।
Tweet media one
Tweet media two
12
10
169
@sudankiranti
सुदन किराँती
1 year
देशको चुनौतिपुर्ण अवस्थालाई सरकारले यहाँ सम्म ल्याउनु पनि एउटा सफलता नै हो ।।
16
4
170
@sudankiranti
सुदन किराँती
8 months
एक बर्षे कार्यकालको १०१ उपलब्धीहरु सार्बजनिक गरियो । फोटोको लागि युवा पत्रकार प्यारो भाई ऋषि थपलियालाई धन्यवाद !
Tweet media one
93
7
169
@sudankiranti
सुदन किराँती
1 year
जुनसुकै तह र तप्का, जुनसुकै तरिकाबाट गरिएका भ्रष्टाचार अपराध हो। दण्डहिनताले अपराध मौलाएको अवस्था छ। अब छुट हुनुहुन्न। जनदवाव, निष्पक्ष अनुसन्धान र न्यायलयको निर्भिकता टुट्नु हुन्न। यथास्थितिमा देश अघि बढ्न सक्दैन। सबैको खबरदारी आवश्यक छ।
13
18
164
@sudankiranti
सुदन किराँती
1 year
आजका दुई निर्णय: १. "पर्यटन प्रवर्द्धक सम्बन्धी कार्यविधि २०७९" स्वीकृत गर्दै प्रक्रिया पुरा गरी पुनः नियुक्ति हुन सक्ने गरी बहाल रहेका सबै सद्भावना दूत खारेज गरियो, २. नेपालगञ्जबाट भारतका बिभिन्न सहरमा उडान पहल गर्न परराष्ट्र मन्त्रालय पत्राचार गर्ने निर्णय गरियो |
26
9
164
@sudankiranti
सुदन किराँती
1 year
सकृय सहभागी बन्नुहोस आकार्षक पुरस्कार जित्नुहोस !
Tweet media one
10
21
159
@sudankiranti
सुदन किराँती
1 year
पशुपतिनाथको बसपार्कमा अनियमितता र कानुनको गम्भीर उल्लंघन देखिएकोले सम्झौता भंग गरिसकिएको छ । अर्को प्रक्रिया पुरा नहुँदा सम्म पार्किङ्ग नि:शुल्क गरिएको जानकारी गराइन्छ ।
9
20
156
@sudankiranti
सुदन किराँती
11 months
मन्त्रीहुदा खदामालाको बदला मित्रहरुबाट उठेको रू.६००४३४ रकमबाट अक्षयकोषकोलागी सरस्वती मा.बि. दुम्मानालाई हस्तान्तरण गरियो। अक्षयकोष निम्न अनुसार संचालन गरिनेछ । १ व्याज बाट आउने रकमको २५ प्रतिशत साँवामा गाभ्दै लगिने छ २ SEE उतृण हुने उत्कृष्ट एक छात्र एक छात्रा लाई प्रदान गरिनेछ।
Tweet media one
13
5
157
@sudankiranti
सुदन किराँती
1 year
वृक्षारोपणमा भेटौं 🙏 स्थान - पशुपतिनाथ कैलाश डाँडा वरिपरि मिति - यहि श्रावण १३ गते शनिवार समय - विहान ७:३० बजे
5
8
150
@sudankiranti
सुदन किराँती
2 years
२ दिनकालागि विराटनगर र झापा आउदैछु। भेट्ने मेलोमेसो गरौं है। 🙏
Tweet media one
15
1
148
@sudankiranti
सुदन किराँती
2 years
सजिलोमा तपाईहरु अघि बढ्नुस, म पछि छु। तपाईहरु अफ्ठ्यारोमा पर्दा, म अघि सर्छु। 🙏
3
5
144
@sudankiranti
सुदन किराँती
1 year
सगरमाथा आरोहणको ७० वर्षमा छौ। यो वर्ष सगरमाथा आरोहण गर्ने सिजन सुरू भएको छ। चीनिया लि हि मा को नेतृत्वका १५ सदस्यीय टोलीलाई अनुमति प्राप्त भएको छ। यो सिजनको पहिलो टोलीलाई शिखर चुम्ने सफलता मिलोस्, शुभकामना।
Tweet media one
2
5
150