Milan Pandey Profile Banner
Milan Pandey Profile
Milan Pandey

@MilanPandey

Followers
39,449
Following
1,199
Media
2,586
Statuses
20,430

✮ Father, Husband, Son ✮ Educator ✮ Civil Engineer ✮ Columnist ✮ 'Bibeksheel' Politician

kathmandu
Joined November 2010
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
Pinned Tweet
@MilanPandey
Milan Pandey
4 years
बेरोजगारी, हिंसा, असमानताजस्ता मुद्दाको दीर्घकालीन समाधान शिक्षा हो। धर्मको नाममा, जातको नाममा, क्षेत्रीयताको नाममा भोट झार्न र नागरिकलाई विभाजित गरेर जित्न पल्केका राजनीतिले शिक्षालाई मुद्दा बनाउने साहस गर्न सकेका छैनन्। पूरा लेख-
Tweet media one
47
56
379
@MilanPandey
Milan Pandey
4 years
मलाई व्यक्ति ओलीले के बोले, मतलब छैन। मलाई नेकपा(केपी टिम)का अध्यक्षले के भन्छन् पनि खासै मतलब छैन। तर, मलाई मेरो देशको प्रधानमन्त्रीले के भन्छन्, त्यो मतलब छ। आज म मेरो देशको प्रमको भाषण सुनेर लज्जित छु। त्यो भाषणमा ताली बजाउने कार्यकर्ता देखेर झन् लज्जित छु। #GetWellSoonKpOli
73
238
2K
@MilanPandey
Milan Pandey
4 years
" सरकार, होसियार! अब युवा जागीसके " भौतिक दुरी कायम गर्दै आज बालुवाटारमा भएको शान्तिपूर्ण विरोध प्रदर्शन प्रति पूर्ण ऐक्यबद्धता व्यक्त गर्दछौँ। उक्त प्रदर्शनमा भएको प्रहरी दमनको पनि विरोध गर्दछौँ। ✊ ( फोटोः अनलाइन खबर/ Repubica )
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
46
189
1K
@MilanPandey
Milan Pandey
2 years
समाजका लहरहरू निकै अस्थायी हुने गरेका छन्। कुनै वेला ‘लालबाबु पण्डितलाई प्रधानमन्त्री बनाउने’ अभियान चल्यो। हामीलेनै ‘धुर्मुस सुन्तली’लाई भगवान् बनायौँ। हामी कि त भगवान् खोज्छौँ कि सिधै दानव बनाउँछौँ। हामीले समाधान व्यक्तिलाई भगवान् बनाएर होइन, संस्थाहरू बलियो बनाएर खोज्नुपर्छ।
108
100
1K
@MilanPandey
Milan Pandey
3 years
एउटा आत्म केन्द्रित मान्छेको ढिपीले कतिसम्म बिग्रिन सक्छ भन्ने ज्वलन्त उदाहरण हो, केपी ओली २/३ को सरकार गयो। ६ वटा प्रदेश सरकार आफ्नै थियो, गयो। शक्तिशाली कम्युनिस्ट पार्टीको १ न. को नेता थिए, त्यो गुम्यो। एमाले नै एक छैन, आफ्नै पार्टी गयो। सबै कुरा गयो, तर ढिपी र अहम् गएन।
124
85
1K
@MilanPandey
Milan Pandey
4 years
युवा जागे, सम्भव के छैन ? ( आज नक्सालमा देखिएको युवा मानव सागर ) यी घातहरूको हिसाब-किताब राखिने छ। यी बातहरूको हिसाब-किताब राखिने छ। यी अनुहारहरूको हिसाब-किताब राखिने छ। यी व्यवहारहरूको एक एक हिसाब-किताब राखिने छ। भिडियो स्रोत- प्रविन अग्रवाल
64
187
970
@MilanPandey
Milan Pandey
3 years
शिक्षकलाई म्याथको सर,साइन्सको म्याम,नेपालीको सर भनेको सुहाउँछ। काँग्रेसको सर,एमालेको सर,माओवादीको सर भनेको सुहाउँदैन। अझ,शिक्षकले नयाँ नयाँ पुस्तक च्यापेर हिँडेको सुहाउँछ, राता पार्टीका झन्डा च्यापेर कक्षानै छाडेर पार्टीको कार्यक्रममा हिँडेको सुहाउँदैन। शिक्षक सङ्गठन खारेज गरौँ
38
122
895
@MilanPandey
Milan Pandey
3 years
धेरै धेरै धन्यवाद उज्वल दाइ। तपाईं हामी मार्फत सधैं जीवित रहनुहुनेछ। उज्वल थापा हामीबिच रहनुभएन ! पूरा :
Tweet media one
207
97
860
@MilanPandey
Milan Pandey
3 years
आदरणीय प्रम @SherBDeuba ज्यू, लाखौँ विद्यार्थी अहिले तनावमा छन्। हाम्रो परीक्षा केन्द्रहरूको तयारी, यातायात लगायतको व्यवस्थापन हेर्दा हामीले परीक्षा सुरक्षित रूपमा गर्न सक्ने देखिएको छैन। तेस्रो लहरको सेन्टर परीक्षा केन्द्र नबनोस्। परीक्षा रोकौँ, विकल्प खोजौँ। #CancelNEBExams
64
169
816
@MilanPandey
Milan Pandey
4 years
शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रेका युवाशक्तीलाई ‘यता बाट निर्देशित र उताबाट बाट निर्देशित’ भनेर लाञ्छना लगाउने कोसिस सुरु भएछ । अचम्म यस कारण लागेन कि ०६२/६३को दोस्रो जनआन्दोलनका सहभागीलाई पनि तात्कालिन सत्ताधारीहरूले यसै गरी आरोपित गरेको घटना स्मृतिमा ताजै छ । #EnoughIsEnough
92
106
828
@MilanPandey
Milan Pandey
3 years
म साधारण सदस्य रहँदा पनि उज्वल दाइले मलाई विवेकशीलको अध्यक्ष जस्तो महसुस गराउनु हुन्थ्यो। हरेक सदस्यलाई अध्यक्षको जस्तो जिम्मेवारी र ऊर्जा महसुस गराउने त्यो नेतृत्व क्षमता छ दाइमा। दाइले नयाँ पुस्तामा विश्वास गर्नुभयो। सधैँ साथ दिनुभयो। दाइ जुरुक्क उठ्नुहोस् न। #prayforUjwal
29
65
809
@MilanPandey
Milan Pandey
3 years
विना तयारीको यो परीक्षा रोकौँ। यो परीक्षा होइन, यो विद्यार्थी र अभिभावकलाई तनाव हो। परीक्षा अनलाइन गराऔँ वा भ्याक्सिन लगाएर मात्र परीक्षा गरौँ। परीक्षा केहि समय ढिलो भएर केहि हुन्न। परीक्षाभन्दा स्वास्थ्य ठुलो हो। #CancelNEBExams
Tweet media one
69
198
796
@MilanPandey
Milan Pandey
6 years
४ जनाको परिवार: कोठा भाडा: १५,००० खाना खर्च: १५,००० स्कुल फी: २०,००० सञ्चार अनि यातायात: १०,००० अन्य खर्च: २०,००० जम्मा: ८०,००० (कम्तीमा) एउटा हाकिमको तलब बढीमा ४०,००० हुन्छ। श्रीमान्-श्रीमतीको गरेर पनि ६०,००० भन्दा बढी हुन्न। अनि कसरी सु-शासन कायम हुन सक्छ ?
64
120
753
@MilanPandey
Milan Pandey
6 years
केपी ओली: डाक्टर केसीले राजनिती गर्दै छन्, यदी राजनिती नै गर्ने भए पार्टी खोलेर राजनिती गर्न चुनौती । नागरिकहरु: केपी ओलीले विचौलिया मार्फत व्यापार गर्दै छन्। यदि व्यापर नै गर्न चाहेको हो भने, राजनिती छोडेर व्यापार गर्न चुनौती।
24
246
750
@MilanPandey
Milan Pandey
4 years
मन्दिरभन्दा धेरै विद्यालय बनाऔँ
136
50
747
@MilanPandey
Milan Pandey
6 years
प्रधानमन्त्री ज्यु, एउटा सफ्ट च्यालेन्ज गरेँ है। यदि तपाई भ्रष्टाचारको विरुद्धमा लाग्नुभएको हो भने, ०४६ साल पछिका सबै पार्टीका प्रमुख नेताहरु अनि मन्त्रालयहरुका सम्पुर्ण सचिवज्युहरुको सम्पत्ति नयाँ "स्वतन्त्र आयोग" बनाएर ६ महिना भित्र छानबिन गर्न सक्नुहुन्छ? नत्र भो, गफ नदिम् !
34
125
719
@MilanPandey
Milan Pandey
4 years
यो देश कस्को? डा. गोविन्द केसीहरुको की सुशील भट्टहरुको ? डा. केसी अपहेलित हुन पर्ने अनि सुशील भट्ट पुरस्कृत हुन पर्ने कस्तो देश बनायौँ हामीले ? लौन न, रोकौँ। रोकिऔं।
32
113
710
@MilanPandey
Milan Pandey
3 years
Thank you so much for everything dai.
13
53
713
@MilanPandey
Milan Pandey
3 years
अब राष्ट्रपतिलाई महाभियोग . . .
104
50
698
@MilanPandey
Milan Pandey
2 years
स्वर्णिम वाग्लेजीको पुराना पार्टी (काँग्रेस) छाडेर नयाँ पार्टी (रास्वपा) बाट चुनाव उठ्ने निर्णय नेपाली राजनीतिका निम्ति निकै महत्त्वपूर्ण निर्णय हो। मलाई लाग्छ, यो आफैँमा विद्रोह हो। राजनीतिमा बौद्धिकता मात्र होइन, साहस पनि चाहिन्छ। राजनीतिमा स्वागत छ @SwarnimWagle जी। शुभकामना
31
38
699
@MilanPandey
Milan Pandey
6 years
Exclusive LIVE Photo from Purano Buspark (Bidhut Pradhikaran), kathmandu सहि नेतृत्व, सहि ठाँउमा पुग्दा के हुन्छ हेर्नुहोस् त! विधुत प्राधिकरणको यो अफिस मात्रै होइन, देश नै उज्यालो हुन्छ। Thank you Kulman Ghising :) ( सक्दो RT गरिदिनुस् है )
Tweet media one
9
202
684
@MilanPandey
Milan Pandey
4 years
सात वर्ष भयो, ७ जुनी संगै जिउनु छ :)
Tweet media one
46
3
700
@MilanPandey
Milan Pandey
3 years
प्रश्न- कृषिप्रधान देशमा वार्षिक तीन खर्बको कृषिजन्य वस्तु आयात हुँदै छ। के गर्ने होला? उत्तर- पूर्व राजाको स्वीकार्यता बढ्यो। सङ्घीयता खारेज गरौँ। धर्मको नाममा जनमत सङ्ग्रह गरौँ। नागरिकले समाधान खोजेका छन्। राष्ट्रियता र भावनाको नाउँमा ठग्ने अर्को केपी ओली होइन।
201
83
692
@MilanPandey
Milan Pandey
3 years
सफलताको सूत्र साहस हो। बलेकै आगो त सबले तापिहाल्छन् नि। यदि नयाँ प्रयोग गर्न डराउने अनि हावा जता बगेको छ, त्यतै बग्ने हो भने समाजले नवीनता कहिले प्राप्त गर्दैन थियो। मैले अहिलेसम्म कुनै पनि 'रियालिटी शो'मा भोट हालेको छैन। आज विक्कीको यो साहसको लागी उहाँलाई भोट गर्दै छु।
Tweet media one
36
47
690
@MilanPandey
Milan Pandey
3 years
तलब बढेको छैन। ज्याला बढेको छैन। आम्दानीको स्रोत थपिएको छैन। स्कुलको फी घटेको छैन। चिनी, दूध, तरकारी, तेलको मूल्य घटेको छैन। तर, फेरी आज किन ग्यास/तेलको भाउ बढ्यो? एकै महिनामा दुई-दुइ चोटि किन मूल्य वृद्धि हुन्छ? यस्तो निर्णय कसले केका आधारमा गर्छ ? उत्तर चाहियो।
85
80
681
@MilanPandey
Milan Pandey
2 years
शिक्षा / स्वास्थ्य मन्त्रालयमा किन कसैको दावी छैन ?
72
23
673
@MilanPandey
Milan Pandey
5 years
हार्डवर्डमा एउटा राम्रो प्रोफेसरको तलब प्रति महिना २५ लाख छ। स्ट्यानफोर्डमा करिब २६ लाख छ। हाम्रोमा ३५ हजार। त्यो नि समयमा तलब पाउँदैनन्। हाम्रो शिक्षा कमजोर छ, किनकि हाम्रा शिक्षक कमजोर छन्। हाम्रो शिक्षक कमजोर छन् किनकि उनीहरूको सेवा-सुबिधा कमजोर छ।
85
85
652
@MilanPandey
Milan Pandey
3 years
कक्षा १२ को परीक्षा स्थगितको निर्णय हुने जानकारी पाएको छु। हेरौँ कस्तो निर्णय आउँछ। सबै आवाज उठाउनेहरूलाई धेरै धेरै धन्यवाद। परीक्षा स्थगन मात्र भनियो भने त्यसले अन्यौलता ल्याउने छ। आशा छ, स्थगनको निर्णय विकल्प सहित आउने छ। #CancelNEBExams
66
77
635
@MilanPandey
Milan Pandey
6 years
ठेकेदारसंग झुक्छ, सिन्डिकेटवालासंग झुक्छ, कालो बजारीको अगाडी झुक्छ, गुण्डाको अगाडी झुक्छ, एजेन्टको अगाडी झुक्छ, विदेशी शक्तिको अगाडी लम्पसार पर्छ, कार्यकर्ताको अगाडी झुक्छ, सत्ताको लागि झुक्छ तर डाक्टर गोविन्द केसीको अगाडी झुक्दिनं भनेर खुब साहसी बन्छ, यो सरकार ! जय होस्।
13
222
642
@MilanPandey
Milan Pandey
3 years
घोषणापत्र, प्रस्तावित विधान अनुसार विवेकशील साझा पार्टी सामाजिक न्याय, समावेशीता र गणतन्त्रको जगमा बनिरहेको प्रोग्रेसिभ पार्टी हो। विगतमा भएका आन्दोलनका उपलब्धिहरूको रक्षा गर्ने र संविधानको पूर्णतः पालना गर्ने प्रतिवद्धतामा पार्टी दृढ छ। बाकी विचारहरू 'नितान्त व्यक्तिगत' हुन्।
141
54
630
@MilanPandey
Milan Pandey
5 years
दोस्रो सन्तानको रुपमा अञ्जना अनि मलाई छोरी प्राप्त भएको छ। ७ महिनामै प्रकृतिलाई चुनौती दिएर छोरीले जन्म लिइन्। २६ दिन अस्पताल बसेर छोरी घर फर्केकी छिन्। 'छोरीको बाबा' हुन पाएकोमा निकै हर्ष महसुस गर्दैछौँ :)
Tweet media one
81
4
628
@MilanPandey
Milan Pandey
4 years
यी सबै घटना विच धेरैले धेरै कुरा गुमाए। तर सबैभन्दा बढी सुवास चन्द्र नेम्वाङ्गले गुमाए। संविधान सभाका अध्यक्षका रूपमा संविधानको पिता बन्ने अवसर थियो। त्यो नि गुम्यो। विवेक गुमाएर 'झोले' बन्दा आफ्नो अस्तित्व र परिचय कसरी गुम्छ भन्ने हामी सबैको लागि सिकाइ भने भएको छ।
21
86
622
@MilanPandey
Milan Pandey
3 years
मैले विगत १० वर्षमा दुई जना नेताहरूसँग नजिकबाट काम गरेँ। उज्वल थापा दाइबाट कस्तो नेता बन्नुपर्छ भनेर सिकेँ। रवीन्द्र मिश्रजीबाट कस्तो नेता बन्नुहुन्न भनेर सिकेँ। कम उमेरमै ज्वलन्त उदाहरण र भोगाइहरू सहितको यो सिकाइ मेरो लागी निकै महत्त्वपूर्ण रह्यो। दुवै जनालाई धेरै धेरै धन्यवाद।
89
27
604
@MilanPandey
Milan Pandey
5 years
वातावरणमै पीएचडी गरेका कैयौँ विज्ञ छन् तर काठमाडौँको हावामा क्यान्सर लाग्ने कण भेटिदा समेत एक शब्द पनि बोल्दैनन्। सडकको यो हालत छ, इन्जिनियरहरू मौन छन्। वकिलहरू न्यायालयमा पटक पटक राजनैतिक हस्तक्षेप हुँदा पनि आखाँमा कालो पट्टी लगाएका छन्। हामीले कस्तो 'शिक्षा' के को लागि पढाएछौँ?
29
109
600
@MilanPandey
Milan Pandey
3 years
उज्वल थापा दाइको उपचारमा उठेको रकमको पारदर्शिता रिपोर्ट- ➣सहयोगीहरू- करिब २,८०० जना ➣सबैभन्दा कम सहयोग- रू १० ➣सबैभन्दा बढी सहयोग- रू १,१०,३४५ ➣जम्मा सहयोग रकम- रु ६७,८३,४८५.३४ ➣उपचारमा कुल खर्च- रु २५,३१,२८३.६२ पूरा विस्तृत रिपोर्ट-
Tweet media one
29
49
602
@MilanPandey
Milan Pandey
6 years
निर्मलाका बुवा आशु सुकेपछि डिप्रेसनमा पुगेछन्। धिक्कार छ हामीलाई :( यस्तै नै हो भने, महिला राष्ट्रपति पाएको के काम? सरकारलाइ २/३ दिएको के काम? काँग्रेस, नेकपा, मधेसवादी दलका महिला सङ्गठन, युवा सङ्गठन, विद्यार्थी सङ्गठन को के काम? सडकको सबैभन्दा ठुलो दल विवेकशील साझाको के काम?
19
123
596
@MilanPandey
Milan Pandey
3 years
हामी सबैको धेरै धेरै माया, हामी सबैको धेरै धेरै प्रार्थना हजुरसङ छ @ujwalthapa दाइ। तपाईँको नेतृत्व हामीलाई खाँचो छ। देशलाई खाँचो छ। छिट्टै निको हुनुहोला। उज्वल दाइको स्वस्थ्य उपचारको लागी आर्थिक सहयोग गर्नको लागी-
Tweet media one
133
72
586
@MilanPandey
Milan Pandey
3 years
नागरिक भोक लाग्यो भन्दै छन्, रोजगारी खोज्दै छन्। सर्वसुलभ स्वास्थ्य सेवा, गुणस्तरीय र निःशुल्क शिक्षाका निम्ति तड्पिरहेका छन्। तर, हामी भन्दै छौं— संघीयता खारेज गरौं, धर्मनिरपेक्षतामा जनमतसंग्रह गरौं, राजतन्त्र फर्काऔं। खोला एकातिर बगेको छ, पुल अर्कैतिर बनाउनु समाधान होइन।
141
60
572
@MilanPandey
Milan Pandey
6 years
यदि तपाई शिक्षक हो वा विद्यार्थी हो वा कुनै बेला हुनुहुन्थ्यो भने यो लेख जरुर पढ्नुहोला। आज @nagarik_news मा प्रकाशित शिक्षा क्षेत्रसंग जोडिएका मानिसहरुले पढ्नै पर्ने 'बहस' ( सक्दो RT गरेर धेरै शिक्षक कहाँ पुर्याईदिनुस न है ) पूरा लेख:
Tweet media one
32
218
570
@MilanPandey
Milan Pandey
3 years
काठमाडौँलाई संसारकै सुन्दर सहर बनाउने सपना छ।
Tweet media one
141
11
548
@MilanPandey
Milan Pandey
3 years
त्यो पुस १ त्यो पुस ५ अनि, आज पुस ६... यी दिन लूटतन्त्रका बिम्ब हुन्। तानाशाहीको पतन निश्चित छ भन्ने उदाहरण पनि। लोकतन्त्र र पार्टीले यस्ता पात्र र प्रवृत्ती सामना नगरी पार्टी बलियो हुँदैन। लोकतन्त्र बलियो हुँदैन। सरी ब्रो, राजतन्त्र मान्न सक्दिनँ।
196
34
553
@MilanPandey
Milan Pandey
4 years
नेपाल प्रहरी होइन। नेकपा प्रहरी रहेछ। ५ जना युवासङ लगभग दुई तिहाइको सरकार डरायो। डिएसपीले कानुन मै हो भन्दै २०-२५ जना प्रहरी लगाएर इनफ इज इनफका अभियन्तालाई घिसारेर यसरी सडकमा फालेका छन्। भोलि तपाईं बोल्दा तपाईंको हाल पनि यहि हो। अझै नबोल्ने ? #EnoughIsEnough #WeDeserveBetter
Tweet media one
36
155
548
@MilanPandey
Milan Pandey
3 years
बाकी प्रश्न गर्दै गरौँला, अहिलेलाई- नेपाली काँग्रेस पार्टीको कुनै पनि बैठक बालुवाटारमा नबसोस्। पार्टीको कुनै पनि बैठक वा कामको खर्च सरकारी कोषबाट नतिरियोस्। @bishwaprakash77 जी र @thapagk जी, सुशासन अभियान यही विषयबाट सुरु गरौँ है। सानो कुरामा अल्झिएको होइन, यो सानो कुरो होइन।
22
61
527
@MilanPandey
Milan Pandey
4 years
किन मैले कुनै पार्टीले भन्यो भन्दैमा स्कुल बन्द गर्नु पर्ने? किन मेरो व्यवसाय बन्द गर्न पर्ने? किन मेरो अफिस हिँडेर जान पर्ने? किन मेरो गाडी चलाउँदै गर्दा कोही आएर जलाउँछ भनेर डराएर बस्न पर्ने? किनकि, कु-संस्कृत राजनीतिको नेतृत्व गर्दै गरेका यी दलहरूले नागरिकलाई रैती सोच्छन्।
20
82
520
@MilanPandey
Milan Pandey
2 years
मर्दा छोरा–छोरी छैनन्। बिहेकै भोलिपल्ट श्रीमान् छैन। छोरा–छोरीका बुबा–आमा साथमा छैनन्। व्रतबन्धमा मामा छैन। बिहेमा जुत्ता लुकाउने साली छैन भने हामी कस्तो जीवन बाँच्दै छौँ? कस्तो समाज निर्माण गर्दै छौँ? हामी कसका लागि समाज निर्माण गर्दै छौँ? पूरा लेख:
Tweet media one
48
92
522
@MilanPandey
Milan Pandey
4 years
तर्क: केपी ओली पछि को आउँछ ? त्यही, शेर बहादुर, त्यही प्रचण्ड ? अनि यिनका लागी के को आन्दोलन ? म: कुरो व्यक्तिको होइन, विधिको हो। विधि मिचेर लोकतन्त्र बाच्न सक्दैन। त्यसैले, कुरो लोकतन्त्रको हो। त्यसैले, आन्दोलन लोकतन्त्रका निम्ति हो। लोकतन्त्रमा मात्र ओलीको विकल्प आउन सक्छ।
61
50
523
@MilanPandey
Milan Pandey
2 years
हिजो लोत्से मलमा दिनदाहाडै भएको लुट, गायिका एलिना चौहानले रवि लामिछानेलाई 'व्यक्तिगत' रूपमा चिन्दिनँ भन्दा खाएको गाली, सप्तरीका रामदेव मरिकले सहकारीको किस्ता तिर्न नसकेर गरेको आत्महत्या र दुर्गा प्रसाईँले झापामा पूर्व राजा सहित गरेको सभाले केहि सङ्केत गर्दै छन्। बेलामै बुझौँ।
75
33
519
@MilanPandey
Milan Pandey
2 years
मा. शिक्षा मन्त्री @shisir जीलाई धेरै धेरै शुभकामना। धेरै आशा छ है तपाईबाट। हाम्रो पूरा साथ् छ। शिक्षा क्षेत्र नसुध्रि देश बन्दैन।
Tweet media one
23
17
519
@MilanPandey
Milan Pandey
3 years
हामी सबैको धेरै धेरै प्रार्थना। धेरै धेरै माया। विगत ९ वर्षमा उज्वल थापा दाइले नेपाली राजनैतिकको संस्कारनै बदल्दिनु भयो। अहिंसात्मक तरिकाले मौन रहेर, प्ले कार्ड बोकेर पनि हस्तक्षेपकारी राजनीति गर्न सकिन्छ भनेर हामी सबैलाई सिकाउनुभयो। सकारात्मक र रचनात्मक अभियान अझै गर्नुछ दाइ।
Tweet media one
15
28
517
@MilanPandey
Milan Pandey
4 years
आफ्नो काम/व्यवसाय नहुने मानिस पार्टीको कार्यकर्ता / सदस्य बन्न नपाउने निति राजनैतिक दलहरुले लिए कस्तो होला?
94
30
515
@MilanPandey
Milan Pandey
3 years
७७ वटा सिडिओले चढेको गाडीको कुनै चर्चा हुँदैन, ७ वटा मुख्यमन्त्री चढेको गाडीको ठूलै हल्ला गरिन्छ। संघियतालाई किन कुन उदेश्यले बदनाम गरिंदै छ ? संघियता महङ्गो छैन। पूरा लेख-
224
78
512
@MilanPandey
Milan Pandey
5 years
सबै जनालाई झिलिमिली तिहारको शुभकामना। रत्नपार्कको विद्युत् प्राधिकरणको अफिसको दृश्य।
8
45
510
@MilanPandey
Milan Pandey
2 years
त्यसो भए ती सबै केका लागी थियो ?
Tweet media one
98
23
508
@MilanPandey
Milan Pandey
3 years
अहिले ९ को स्वास्थ्य उपडेट: - ECMO विधि मार्फत उपचार सुरु गरिएको छ। उपचार सुरु गर्दा कुनै समस्या आएको छैन। - ब्लड प्रेसर दिउसो घटेको भए पनि अहिले नर्मल छ। - डाक्टरहरूले निरन्तर निगरानी गरिरहनुभएको छ। सबैलाई प्रार्थना अनि शुभेच्छाको लागी धेरै धेरै धन्यवाद 🙏 @thektmduke
Tweet media one
60
22
509
@MilanPandey
Milan Pandey
3 years
प्रचण्डले केहि दिन यता जस्ता अभिव्यक्ति दिइरहेका छन्, ती निकै गहिरा छन्। प्रचण्ड यति लामो राजनैतिक जीवनमा सबैभन्दा थकित र कमजोर देखिएका छन्। किन एउटा क्रान्तिकारी क्रान्ति नसकिँदै यति कमजोर बन्छ? मोटो उत्तर- व्यक्ति प्रधान राजनीति, कु-संस्कृत राजनीति। यो परम्परागत राजनीति बदलौँ।
100
37
505
@MilanPandey
Milan Pandey
7 years
आकाशे पुलको ठ्याक्क तलबाट बाटो काट्ने मानिसहरू देख्दा लाग्छ अझै केहि वर्ष देश बन्दैन, अनि फेरि सोच्छु, पुल पनि चढ्न नभ्याउने गरि यति हतार पनि कतै देश बनाउनका लागी नै हो की ? अनि फेरि सोच्छु देश बन्छ :)
17
110
497
@MilanPandey
Milan Pandey
3 years
आज नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालजीसङ्ग छलफल गर्‍यौँ। बिपी कोइरालादेखि उज्वल थापासम्म, सात सालको क्रान्तिदेखि विवेकशील आन्दोलन र इनफ इज इनफसम्मको मुभ्मेन्टसम्म र तिनको तरङ्ग र तिनले स्थापित गरेको भाष्यबारे खुलेर कुराकानी भयो।
Tweet media one
87
13
497
@MilanPandey
Milan Pandey
4 years
श्रीमती पिट्ने श्रीमानलाई लेखिएको डाक्टरको पत्र। कर्णाली उत्सवमा डा. नवराज केसी
19
160
493
@MilanPandey
Milan Pandey
3 years
आज रवीन्द्र मिश्रले आफ्नै पार्टीका नेताहरूलाई पार्टी अफिसमा प्रवेशमा रोक लगाएर पार्टी कब्जा गर्ने प्रयत्न गरे। यो उनको अर्को अलोकतान्त्रिक कदम हो। साथीहरू, रवीन्द्र मिश्र नेपाली राजनीतिका छोटे हिट्लर हुन्। म मिश्रको यो कदमको घोर भर्त्सना गर्छु। पार्टी अफिस मिश्रको पेवा होइन।
119
22
494
@MilanPandey
Milan Pandey
4 years
स्वाउ किन्न हिडेको म, एकजना इन्डियन दाइसङ ठोकिएँ। स्याउ हेर्न थालेपछि ‘हजुर, यो इन्डियाको होइन, हाम्रो मुस्ताङको स्याउ हो’ भन्नुभयो। सायद त्यो स्याउ मुस्ताङको थिएन तर ती दाइले मेरो राष्ट्रियतालाई मज्जाले उपयोग गरे, जसरी हाम्रा नेताले दुरुपयोग गर्दै छन्।
42
87
489
@MilanPandey
Milan Pandey
5 years
" विवेकशील नेपाली दलको नयाँ अध्याय सुरु भयो " मैले हिजोदेखि विवेकशील नेपाली दलको सेवक 'अध्यक्ष' का रूपमा जिम्मेवारी लिएको छु। शुभकामना दिनुहुने सम्पुर्णमा नयाँ निर्वाचित संघीय समितिको तर्फबाट धेरै धेरै धन्यवाद। नेपाल आमाको जय होस्।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
69
20
487
@MilanPandey
Milan Pandey
4 years
ई: मेरो लागि, मेरो परिवारको लागी, मेरो टोलको लागी अनि देशको लागी २१ दिन देखि सत्याग्रहमा हुनुहुन्छ। सरकार, यदि ई: लाई केही भयो भने, तपाईहरुको राजनीति सकियो है। युवाले बालुवाटार बाहिरबाट होइन, भित्रै छिरेर तपाईंहरुलाई कुर्सीबाट फाल्नेछन्। #EnoughIsEnough #WeDeserveBetter
Tweet media one
39
92
487
@MilanPandey
Milan Pandey
3 years
"म नागरिकताको फोटोकपी गर्दा गर्दा थाकिसकेँ" दुबईले १०० % 'पेपरलेस सरकार' बनाएको छ। यो कदमले दुबई सरकारको ३५० मिलियन डलर बचत गरेको छ। १४ मिलियन म्यान आवर बचत गरेको छ। ३३६ मिलियन पेपर बचत गरेको छ। डिजिटल सरकार सबैभन्दा पारदर्शी र झन्झटमुक्त सरकार हो। संसार त्यता जाँदै छ।
47
41
481
@MilanPandey
Milan Pandey
4 years
राजनीतिमा संख्याभन्दा ठुलो साहस हो। राजनितीमा अनुभवभन्दा ठुलो संभावना ( potentiality ) हो। राजनीतिमा उमेरभन्दा ठुलो उदेश्य हो। रन्जु हाम्रो पुस्ताको नेता हो। जन्मदिनको शुभकामना रन्जु। @ranju_darshana
Tweet media one
67
7
477
@MilanPandey
Milan Pandey
2 years
रवीन्द्र मिश्रजीलाई आगामी यात्राका निम्ति शुभकामना, वैकल्पिक राजनीति र विवेकशील साझा अभियानमा पुर्याएको योगदानका निम्ति धन्यवाद। अन्त्यमा बासी म:म - चाउमिन नै रोजेकोमा, फिलिंग सरी। — वैकल्पिक राजनीतिमा एउटा अँध्यारो अध्यायको अन्त्य यहीँ, यसरी नै भयो। द इन्ड अफ द स्टोरी
Tweet media one
137
34
473
@MilanPandey
Milan Pandey
3 years
अंग्रजीमा एउटा शब्द छ- काकिस्टोक्रेसी अर्थात् सबैभन्दा खत्तम, अयोग्य, क्षमता नभएका, मूर्ख अनि अनैतिक व्यक्तिहरूले चलाएको सरकार। अङ्ग्रेजीमा अर्को एउटा शब्द पनि छ- क्लेप्टोक्रेसी अर्थात् ठग, भ्रष्ट र चोरहरूले चलाएको सरकार। हामी काकिस्टोक्रेसी र क्लेप्टोक्रेसीको शिकार भएका छौँ।
28
74
476
@MilanPandey
Milan Pandey
8 years
Drकेसीको छोराछोरी छैन त्यै पनि ज्यान कै बाजी थापेर अनशन किन बस्दै छन्, थाहा छ? तपाईका छोराछोरीका निम्ती #ImWithDrKc
Tweet media one
1
273
464
@MilanPandey
Milan Pandey
4 years
केपी ओली सरकारमा रहनु नै स्थिरता बुझ्ने साथीहरूलाई सलाम। ७० करोडको गोकुल काण्ड, स्वास्थ्य सामाग्रीमा भ्रष्टाचार, कोरोनाको कहर बिचमा आपराधिक अध्यादेश... दिनको दुइटा काण्ड हुँदा पनि ओली नै चाहिन्छ, किनकि 'स्थिरता' चाहिन्छ, हैन? लोकतन्त्र, नैतिकता अनि देश जाए भाड़ में।
38
104
471
@MilanPandey
Milan Pandey
6 years
आज भेटिएका ३ साथीहरूको कथा १) एकजना साथी विदेशिने तयारी छाडेर नेपालमै व्यवसाय सुरु गर्दै, २) अर्का होनहार सरकारी कर्मचारी यी ��ेथिति चिर्न जागिर छाडेर वैकल्पिक राजनीतिमा आउँदै, ३) लामो समय विदेश बसेका एकजना अनुभवी व्यक्ति सबै कुरा छाडेर नेपाल फर्कने तयारी गर्दै, नेपाल बन्छ, बन्छ।
21
43
471
@MilanPandey
Milan Pandey
1 year
हिजो दिउसो १२ सकेका ५ जना र स्नातक सकेको १ जना युवाहरूसँग खाजा खादै थिएँ। कुरोमा कुरो चल्दा सोधेँ, ' अबको प्लान के छ?' एक जनाको उत्तर आयो, 'अस्ट्रेलिया जाने सर' अर्को एक जनाको उत्तर आयो, 'युके।' अर्को बोल्नुभयो, 'यूएसए' ६ जनामा ६ नै जना विदेश जाने। किन भनेर सोधेको, एउटा निकै
58
45
467
@MilanPandey
Milan Pandey
2 years
डाक्टर @SwarnimWagle जीलाई बधाई छ। उहाँको जीतले दिएको सन्देश हो: अब "दाइ, भाउजू" भनेर पछी लागेर पालो कुरेर बस्ने युगको अन्त्य भयो।
Tweet media one
21
20
463
@MilanPandey
Milan Pandey
6 years
विवेकशील साझा पार्टीले गरेको "बेलुन आन्दोलन", बेलुनमा लेखेर उडायौँ, "मोदीजी स्वागत छ, नाकाबन्दी बिर्सेका छैनौँ। अब के गर्ने ? @RabindraMishra @ujwalthapa @SuryaRAcharya @RameshLeads
Tweet media one
Tweet media two
Tweet media three
30
120
452
@MilanPandey
Milan Pandey
4 years
अन्तर्वार्तामा डा. केसीलाई सोधियो, “तपाईंको जिन्दगीको मुख्य ३ प्राथमिकतामा के के पर्छन्?” धेरै नसोची फ्याट्टै भने “ मेरो पहिलो प्राथमिकता मेरा बिरामी, दोस्रो प्राथमिकता मेरा विद्यार्थी… मेरो कुनै तेस्रो प्राथमिकतै छैन।” यस्तो डाक्टरलाई कसरी मरे मरोस् भन्ने @kpsharmaoli ज्यु ?
5
70
456
@MilanPandey
Milan Pandey
4 years
" छाना माथी घिरौला, अर्को चुनावमा हेरौला " #EnoughIsEnough #WeDeserveBetter
Tweet media one
30
48
450
@MilanPandey
Milan Pandey
3 years
रवीन्द्रजी, छिटै कोरोनालाई जित्नुहोस्। हिँड्दै जाँदा हाम्रा राजनीतिक बुझाइ फरक भए। संगठनिक रूपमा सङ्घर्ष जारी छ। तर, व्यक्तिगत रूपमा हाम्रो सम्बन्ध उस्तै छ। तपाईँलाई कोरोना सङ्क्रमण भएको खबरले दुःखित छु। छिटै निको हुनुहोस्। शीघ्र स्वास्थ्य लाभको शुभकामना। @RabindraMishra
Tweet media one
39
9
451
@MilanPandey
Milan Pandey
5 years
इमरान खानलाई राजनीतिको सुरुवाती हारको बारेमा गरिएको प्रश्नको उनले रोचक उत्तर दिएका थिए। उनको उत्तर थियो, ‘मलाई मत दिने पुस्ता अहिले मतदाता भैसकेकै छैनन्। उनीहरू ठूला हुँदै छन्।’ नेपालमा पनि राजनैतिक अनि सामाजिक परिवर्तन गर्ने त्यो पुस्ता तयार हुँदै छ।
20
51
448
@MilanPandey
Milan Pandey
2 years
राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट संसदमा प्रतिनिधित्व गर्ने यी युवा साथीहरूलाई मनैबाट धेरै धेरै शुभकामना। हाम्रो पुस्ताले खोजेको नेतृत्व गर्नुहोला। शिक्षा, स्वास्थ्य, रोजगारीबारे जमेर आवाज उठाउनुहोला। नीति बनाउनुहोला। धेरै धेरै शुभकामना। @sobita465 @shisir @Himalayabiraj
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
34
23
438
@MilanPandey
Milan Pandey
4 years
एउटा विशिष्ट श्रेणीको कर्मचारीको तलब महिनाको औसत ५० हजार मान्ने हो भने ७० करोड कमाउन ११६७ वर्ष लाग्दो रहेछ। तर, एउटा मन्त्री कति सजिलै अर्बौंको डिल गर्छ। नेकपा कार्यकर्तालाई सिँढी बनाएर केही नेताले कार्यकर्ताकै आगामी १७ पुस्ता ( ~११६७ )सम्म घात गर्दै छन्।
Tweet media one
24
118
441
@MilanPandey
Milan Pandey
3 years
राजनीति आफ्नो कन्भिक्सनमा गर्ने हो। आधारभूत मान्यतामा बहुमत अल्पमत हुन्न। २०७८ सालमा आएर पार्टीभित्र, त्यो नि वैकल्पिक पार्टीभित्र राजतन्त्र र गणतन्त्रमा भोटिङ गर्ने कुरा सिधै खारेज योग्य छ। बहुदलीय लोकतन्त्रमा राजतन्त्र मान्नेको एउटा पार्टी हुन्छ, गणतन्त्र मान्नेको अर्को।
105
32
435
@MilanPandey
Milan Pandey
2 years
आज निकै खुसी छु। विवेकशील साझा पार्टी विधिवत् र राजनैतिक रूपमा 'मूलबाटो' मा फर्किएको छ। यही संविधानलाई सुधार्ने, यही व्यवस्थालाई उन्नत बनाउने, नागरिकको अवस्था परिवर्तन गर्ने, शिक्षा - स्वास्थ्य - रोजगारीको मुद्दालाई केन्द्रमा राखेर अघि बढ्ने बाटोमा पार्टी अघि बढेको छ। १/२
Tweet media one
74
10
438
@MilanPandey
Milan Pandey
6 years
विद्यालयका भित्ताहरूले गलत सन्देश दिँदै छन्, डाक्टर अनि इन्जिनियर बनेका विद्यार्थीहरुको मात्र फोटो झुन्ड्याएर। के डाक्टर र इन्जिनियर मात्र सफल विद्यार्थी हुन् त ? साइन्स पहिलो दर्जा, कमर्स दोस्रो अनि आर्ट्स तेस्रो दर्जाका विषय होइनन्। बुझौं।
16
70
435
@MilanPandey
Milan Pandey
7 years
११% ( ४९४६) मत सहित मलाई माया अनि विश्वास गर्नुहुने सबैलाई धेरै धेरै धन्यबाद । भोट दिनुस् काम गर्छु भन्ठेँ, अब काम गरेको हेर्नुहोला अनि भोट दिनुहोला :) कृष्ण गोपाल जीलाई धेरै धेरै बधाई । काम गर्नुहोस्, साथ दिनेछौँ । काम गर्नुभएन भने ४९४६ मतमा टेकेर खबरादारी गर्नेछौँ ।
Tweet media one
18
74
434
@MilanPandey
Milan Pandey
4 years
विवेकशील नेपाली दल र साझा पार्टी बिच एकीकरण घोषणापत्रमा हस्ताक्षर भएको छ। हामी दुवै दलका नेतृत्वले हिजोका गल्तीहरूका निम्ति माफी माग्दै, आम नागरिकहरूको जीवनमा परिवर्तन ल्याउने पार्टी बनाउने प्रतिबद्धता गर्‍यौँ। सम्पूर्ण नागरिकहरू, शुभेच्छुकहरू, मतदाताहरू र सदस्य साथीहरूमा बधाई।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
69
29
439
@MilanPandey
Milan Pandey
4 years
हाम्रा 'सपना'हरुलाई पनि बिबिसी/सिएनएनले चिनाइदिनुपर्ने? मिडियामा रहेका पत्रकार साथीहरूले अब त्यही २०-३० जना नेता/बुद्धिजीवीहरुको भनाइ, विचार, भोगाइ छापेर बस्न बन्द गर्नुपर्छ। युवाहरुको नवीन सोच, इनोभेसन, विचारलाई खोज्न जरुरी छ। स्पेस दिन जरुरी छ। अनि मात्र नयाँ बहस सुरु हुनेछ।
25
37
438
@MilanPandey
Milan Pandey
7 years
हामीले केवल के भनेका हौँ भने, यदि यो देशको चौथो ठुलो व्यक्तिको जन्ममिति ५ वटा देखिन्छ अनि त्यो जन्ममितिलाई आफ्नो स्वार्थको लागि प्रयोग गरिन्छ भने त्यहाँ न्यायालय स्वतन्त्र रहन सक्दैन। न्यायालय सम्मानित रहन सक्दैन। आम नागरिकले सुशासन पाउन सक्दैनन्। के गलत भन्यौँ अनि गलत गर्यौं र ?
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
17
103
421
@MilanPandey
Milan Pandey
3 years
म भौतिकशास्त्रको विद्यार्थी,अल्बर्ट आइन्स्टाइनलाई मान्छु। कमेडीमा चार्ली चैपलिनलाई मान्छु। नेपाल एकीकरण गरेकोमा पृथ्वीनारायण शाहलाई मान्छु। राजनीतिमा नेल्सन मन्डेला, महात्मा गान्धीलाई मान्छु। नेपालमा जन्मिएका भगवान बुद्ध, सीतालाई संसारले मान्छ। विचारको,कलाको,मान्यताको देश हुँदैन।
62
20
431
@MilanPandey
Milan Pandey
2 years
पदमै रहेर राष्ट्रपतिले संविधान मिच्न मिल्दैन। यदि चित्त नबुझेकै हो भने पदबाट राजीनामा दिएर निर्वाचन लड्दा हुन्छ। तर, त्यो पदमा रहेर एउटा पार्टीको राजनीति गर्न मिल्दैन। एकचोटी होइन, दुई चोटि होइन, बारम्बार त्यही हुँदै छ। संविधानभन्दा माथि कोही छैन। विधिको शासनभन्दा माथि कोही छैन।
222
48
428
@MilanPandey
Milan Pandey
5 years
के जीवनमा सफल हुनको लागि सर्टिफिकेट चाहिन्छ? पारस खड्का कुनै सर्टिफिकेट देखाएर राम्रो क्रिकेटर बनेका होइनन्। राजेश हमाल सर्टिफिकेट बोकेर सफल हिरो बनेका होइनन्। लक्ष्मीप्रसाद देवकोटाले सर्टिफिकेट देखाएर महाकवि बनेका होइनन्। सफलता सर्टिफिकेटले होइन, निरन्तर सिक्ने भोकले दिने रहेछ।
28
59
420
@MilanPandey
Milan Pandey
7 years
"हामी जित्नु जरुरी छ, तर हामी जित्नभन्दा अहिलेको असक्षम नेतृत्व विस्तापित हुन झन् जरुरी छ।" हामी आउदै छौँ, तपाईको साथ छ नि ? @bibeksheelnp
Tweet media one
42
97
419
@MilanPandey
Milan Pandey
4 years
ओलीले सुरुमा 'राष्ट्रवाद'को राजनीति गरे। त्यसपछि, चुच्चे रेल र ग्यासको पाइपभन्दै 'विकास'को राजनीति(?) गर्ने प्रयास गरे। अब, उनी फेरी पश्चगमनको राजनीति गर्न खोज्दै छन्। केपी ओली वास्तवमा प्रत्येक चोटि भ्रमको राजनीति गर्दै छन्। आफू पनि भ्रममा छन्। नागरिकलाई पनि भ्रममा पार्दै छन्।
49
52
423
@MilanPandey
Milan Pandey
6 years
विराटनगरमा एक कठ्ठामा बनेको ५ कोठे घर, भैसेपाटीमा पत्नीको नाममा ४ आना जग्गा, १० तोला सुन, १५ तोला चाँदी, आफ्नो नाममा २५ लाख र पत्नीको नाममा ३० लाख बचत रहेछ। जनतालाई भने 'पुरानो साइकल' अनि 'नोकिया ११००' नै देखाई रहे। सहानुभूतिको राजनीति गरे। झुक्काए। 'लालबाबु पण्डित' भन्न मिल्छ ?
56
91
413
@MilanPandey
Milan Pandey
4 years
श्रीमानद्वारा न्यायको हत्या। Anupa Shrestha जीको यो तस्वीरलाई धेरै बेर हेरिरहेँ। न्यायलयको अवस्थालाई प्रतिबिम्बित गर्ने शक्तिशाली विरोध प्रदर्शन। तस्वीर: अनलाइनखबर- साझा पार्टीले गरेको विरोध प्रदर्शनमा नेतृ अनुपा श्रेष्ठ
Tweet media one
10
48
411
@MilanPandey
Milan Pandey
4 years
राष्ट्रपति ट्रम्प बोल्दा बोल्दै, बोलेको कुरा असत्य र आधारहीन भनेर टेलिभिजन प्रस्तोतालेनै भिडियो प्रसारण रोकिदिए। के सत्य अनि के असत्य भनेर बताइदिए। यो हो लोकतन्त्र। व्यक्तिभन्दा संस्था बलियो भएको लोकतन्त्र।
27
53
419
@MilanPandey
Milan Pandey
3 years
" नयाँ बिहानी, नयाँ सङ्कल्प " जसले भविष्य देखाउन सक्दैन। उसले विगतको भूत देख्छ। आफू तर्सिन्छ। अरूलाई तर्साउँछ। प्रिय साथीहरू, वैकल्पिक राजनीति 'भूत'को त्रासको राजनीति होइन। यो त भविष्यको आशा देखाउने राजनीति हो। यो त सम्भावनाको राजनीति हो।
77
26
415
@MilanPandey
Milan Pandey
4 years
समाचार १: कुलमानको पुनः नियुक्ति गरिएन। समाचार २: चुनाव हारेका बामदेवलाई राष्ट्रिय-सभामा सिफारिस गरियो। "राइट म्यान राइट प्लेस" को निति नेतृत्वले नलिएसम्म देश बन्दैन। समृद्धि आउँदैन।
9
48
403
@MilanPandey
Milan Pandey
2 years
मेरा निम्ति यो निर्वाचनको 'म्यान अफ द इलेक्सन' सागर ढकाल हुन्। काँग्रेसका शक्तिशाली सभापति, देशको प्रधानमन्त्री, कहिले नहारेका सांसदलाई बिदा गर्छु, नयाँ पुस्ताको नेतृत्व गर्छु भनेर डडेल्धुरामा गएर निर्वाचन लड्नु सानो साहस, आत्मविश्वास होइन। +
Tweet media one
31
8
410
@MilanPandey
Milan Pandey
7 years
प्रिय लेखक ज्युहरु अनि सम्पादक ज्युहरु, तपाईहरुको पत्रिकामा छापिएका "कांग्रेस किन हार्यो ?" अनि "केपी ओलीका चुनौतीहरु" शिर्षकको लेख प्रत्येक दिन प्रत्येक पत्रिकामा पढ्दा पढ्दा वाक्क भएँ। कृपया केहि नयाँ लेख्नुहोला, नयाँ प्रकाशन गर्नुहोला। धेरै धेरै धन्यबाद, तपाईहरु कै पाठक।
17
61
400
@MilanPandey
Milan Pandey
6 years
देशको हालत यस्तो हुनुमा, दोष नेताको मात्रै पनि छैन। दोष भोटाहिटीको आकासेपुलको ठ्याक्कै तलबाट बाटो काट्ने दिदीको पनि छ। काम नगरी दिनभरि धरहरामा डोजरलाई निर्देशन मात्रै दिने युवाहरूको पनि छ। अनि दोष, किताबको भरमा मात्रै दार्चुला-मधेसको विश्लेषण गर्ने बुद्धिविजी को पनि छ। मनन गरौँ।
7
59
403
@MilanPandey
Milan Pandey
5 years
कलेजहरूले कुनै एउटा सफल विद्यार्थीको फोटो राखेर आफ्नो प्रचार गर्न मिल्छ ? राख्ने नै हो भने, अहिलेसम्म पढाएको सबै विद्यार्थी कहाँ कहाँ पुगे, सबै राखौँ। वा, कलेजको विज्ञापन गर्ने हेतुले कुनै विद्यार्थीको फोटो राख्ने हो भने, उसलाई रोयल्टी दिऔँ। जीपीए शोषण अन्त्य गरौँ।
21
89
401
@MilanPandey
Milan Pandey
5 years
मेरो "नेपाली" राम्रो छ किनकि मैले आफैँले सिकेँ। मेरो "अङ्ग्रेजी" राम्रो छैन किनकि मलाई अङ्ग्रेजी पढाइयो। शिक्षा "पढाइ" होइन, "सिकाइ" हो। बुझौँ न।
8
41
400