Sameer Mani (A) Dixit, PhD🇳🇵 Profile Banner
Sameer Mani (A) Dixit, PhD🇳🇵 Profile
Sameer Mani (A) Dixit, PhD🇳🇵

@smadixit

Followers
145,420
Following
1,011
Media
2,605
Statuses
124,589

Infectious Diseases | AMR | Vaccine | Cycling Scientist | @advance Global Alumni '21 | @AustraliaAwards Fellow '24 | Producer/Presenter @TML_nepal | @arsenal

LALITPUR, NEPAL
Joined June 2009
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
Pinned Tweet
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
3 years
कोभिशिल्ड खोप सुरक्षित छ । यो खोपले कोरोना भाइरसको कडा संक्रमणबाट बचाउंछ । @mohpnep बाट जनहितमा जारी सन्देश । आफ्नो पालो आएपछि सबैले खोप लगाऔं । म पनि पालो आउनासाथै जरुर लगाउनेछु ।
47
71
487
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
परिक्षण नबढाउने, उल्टो परिक्षणको महत्व ओझेलमा पार्न खोज्ने। लकडाउन खुकुलो बनाउन सिन्को नभाच्ने । क्वारेन्टिनमा मानवलाई जनावर भन्दा नराम्रो अवस्थामा राख्ने । अब कसैले मलाइ कृपया भनिदिनुस् कि मेरो आक्रोश गलत हो ? राज्यले गरेका कृयाकलाप ठिक हो ? नागरीक रिसाउन पाउने कि नपाउने ?
119
414
2K
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
केरे केरे ? नेपालमा गैरसरकारी र निजी स्तरमा प्रयोगशाला नभएर नै राज्यले आफै फेरि नया मेशिन किन्न खोज्दै हो ? भएको पुर्वाधार चलाउन नसकिने नै हो त ? नया मेशीन कहिले आउने, कहिले तैयारी गर्ने, यसको सहि प्रयोग कसरी गर्ने इत्यादि प्रश्न सोध्नु अघि यो भिडियो हेरम त लौ !
137
540
2K
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
यो भिडियो बनाउनै पर्ने भएर पेश गरें । आरडिटिले संक्रमण फेला पार्न थालेपछि धेरैजना आत्तिएको पाएं । तथ्य यसप्रकार छ । आश गर्छु यसले बुझाउन सहयोग गर्नेछ । संक्रमण हामी माझ धेरै अघिदेखि नै छ, अब पहिचान भएको मात्र हो ।
121
685
2K
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
5 years
यो उपलब्धि नेपाल र नेपालीको लागि ! Alumni of the Year 2019 granted by @UOW @UOWCommunities 😎😎..
Tweet media one
182
70
2K
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
3 years
विश्वका करिब १२५ देशमा खोपको पहिलो मात्रा अझै भित्रिएको छैन । नेपालमा भने आजको दिनसम्म २० लाख मात्रा आइसक्यो । नया बर्षा अघि नै थप ३० लाख मात्रा नेपाल सरकारले खरीद गरेर ल्याउंदैछ । साथै कोभ्याक्स सञ्जालबाट ६० लाख आउने पक्का छ । यसलाइ उपलब्धि भन्न कसैलाइ लाज त लाग्दैन नी ?!
87
300
2K
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
भारतले हाम्रो जे पनि आफ्नो भन्न हुने, हामीले चाहिं उनीहरुको केहि आफ्नो भन्न नहुने ? उनीहरुले मात्र हामीलाई निरन्तर तीर हानी रहन हुने, हामी चाहिं एक दुइ फिर्ता गर्न नहुने ? जस्तालाई त्यस्तै, ढिंडोलाई निस्तै है साथी हो ! (तथस्ट विचार राख्ने म एक नेपाली नागरीकको सोच)
156
193
2K
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
हिजो सम्माननीय प्रम ले आव्हान गर्नुभएको बैठकमा, जसमा म पनि सम्मिलित थिएं, मुख्य कुरा के भए त ? छोटो जानकारी । मिडियामा केहि अलमल देखियो , विशेषगरी "स्वास्थ्य संकटकाल" बारे !
102
246
2K
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
लकडाउन खुकुलो पार्ने उपाय सहित राज्यलाई मेरो चुनौती । नेपाली नागरिकको मृत्यु कोभिडले भन्दा कैयौं गुणा बढि अन्य समस्याहरुले गराउनेछ। मित्रराष्ट्रहरुले गर्न थालिसके, हामी किन पछाडि ?
105
373
2K
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
कोभिडको मृत्यु गन्दै बसौं । किनभने, अन्य रोग महत्वपुर्ण नै होइनन् , ती बाट मृत्यु नै हुंदैनन् ! विगत २ महिनामा आत्महत्या, क्षयरोग, नसर्ने रोग, गर्भवती महिला, शिशु रोग, झाडापखाला इत्यादिको कारण कुनै नेपाली मरेन । त्यसैले लकडाउन चलिरहोस्, राज्य बिना योजना अघि बढिरहोस् !
60
443
2K
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
सडक आन्दोलनमा जांदै हुनुहुन्छ भने यति सुनेर जानुहोला है । लोकतान्त्रिक मुल्यमान्यताले प्रदर्शन रोक भन्न मिल्दैन । तर सावधानी चाहिँ अपनाउनु एकदमै अनिवार्य छ ! यो एकदमै संबेदनसिल समय हुन गइरहेको देख्छु ।
66
358
2K
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
ट्विटरमा पुर्णरुपमा राजनैतीक सोच हावी छ । त्यसैले जुनैपनि कुरालाइ राजनैतिक आंखाले हेर्ने चलन छ - आफ्नो निकटको दललाइ पायक कुरामा आरटि र फेव, तर अरुको दललाई पायक पर्ने कुरामा चरम बिरोध ! म जस्ता नागरीक यस्ता कुरा चिर्नको लागी यता हाजीर छौं । अरु कोहि छन् म जस्तै, भेलसंग नबग्ने ?
112
154
2K
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
आजसम्म खासै कसैलाइ ब्लक गर्नुपरेको थिएन । तर अब बुझ्दैछु ट्विटरले यो विकल्प किन राखेको रैछ भनेर । व्यक्तिगत लाञ्छना लाउने र संधै निहुमात्रै खोज्न आउनेहरुलाई सम्झाउंदा, बुझाउंदा पनि नभएपछि यो उत्तम उपाय रहेछ ! अब यसको व्यापक प्रयोग हुनेछ। स्वच्छ बहसहरुमा लागु हुनेछैन । 😃😎
133
60
1K
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
मलाइ मतलब छैन कुन दल, राजनैतीक विचारधारा (अथवा नितान्त स्वविचार) ले कुनै पनि आन्दोलन प्रेरित छ । मलाइ मतलब यती मात्र छ कि भिंडभाड कोरोना भाइरस सर्ने राम्रो माध्यम हो । लकडाउन सकिएको होइन, केहि खुकुलो गरीएको हो, आम नागरीकलाई बाच्न सजिलो बनाउनको लागी । कृपया दुरुपयोग नगरौं ।
55
303
1K
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
बिहानै हास्न पाइयो हे प्रभु । 😂😂
Tweet media one
286
49
1K
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
आज जे देखें: -धेरै मोटरसाइकलमा २ जना सवार, केहिले मास्क नलगाएका -ट्याक्सीमा ३ वा बढि मान्छे -बजार क्षेत्रमा दुरी कायम नगरेको संक्रमण रोकिएको छैन, हामी माझ नै छ ! सावधानी कायम गर्नु हामी सबैको जिम्मेवारी हो !! कृपया आफ्नो तर्फबाटपनि आवाज उठाऔं, नबुझेकालाई सम्झाऔं !
78
273
1K
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
लकडाउन फेरि पुरानै मोडालीटिमा बढाउने निर्णय राज्यले गर्यो भने, यो बुझ्नुस् कि राज्यसंग न त विज्ञता रहेछ, न त भारतको नक्कल गर्ने बाहेक नया सोच । राज्य सञ्चालकहरु सबैलाई यो मन्त्र जप्न सुझाव: 'पुरै नेपाललाई एकै प्रकारले हेर्न मिल्दैन ।' (यसबाहेक मेरा सबै ट्विटहरु पढ्नपनि सुझाव)
93
257
1K
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
3 years
प्रभु ! चिन र नेपालवीच रहेको हिमालको चुचुरोमा भारतको दावी हुनुपर्छ भन्ने एउटा साधारण पत्रकारको अभिव्यक्तिलाइ हांसोले उडाए पुग्छ के । यसरी विचल्लीत हुनु नै पर्दैन हौ ! 😉😜😁
97
159
1K
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
दुइ महिना अघि सम्माननीय प्रम ज्युसंगको परामर्श बैठकमा मेरो लुगालाइ लिएर निकै टिकाटिप्पणी भाथ्यो । यसपालिको बैठकमा चाहिं हल्का केहि परिवर्तन गरियो। 😁😎
Tweet media one
165
26
1K
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
घर बाहिर निस्कंदा मास्क लगाउन नेपालीलाइ किन यति गाह्राे ? तपाइँको यो सानो भन्दा सानो कदमले ठुलो अप्ठ्यारो निम्त्याउनबाट जोगाउन सकिन्छ ! राज्यले यसमा कडाइ गर्न किन नसकेको वा नचाहेको ?
101
168
1K
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
यसो गरे कसो होला ? १. हामी सबैले मास्क नलगाएका पसले, व्यापारीसंग कुनै प्रकारको अन्तरकृया नगर्ने २. पसले, व्यापारीले मास्क नलगाएका जोकोहिलाई सेवा प्रदान नगर्ने (राज्यलाई नकुरौं, आफ्नो तर्फबाट पहलहरु सुरु गरौं )
51
180
1K
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
कता कता सुन्नमा आयो, म सरकार विरोधी छु रे । बुझ्नेले यो बुझेकै होलान् कि, गलतलाई गलत देखाएर सहि बाटोमा जान प्रोत्साहन गर्ने जोकोहि, मित्र नै हुन्छ ।
84
82
1K
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
3 years
भारतीय मिडिया आयो, पुर्णरुपमा प्रायोजित अन्तर्वार्ता लियो । नतिजा : दुबै देशमा वहाँलाइ 'भिजिबिलिटि' मज्जाले दियो । हिन्दि मै बोलेर भारत रिझाउन सफल भए, नेपालीले पनि वहांका अभिव्यक्तिलाई वाह वाह गर्दैछन् । राजनीति मज्जाले जानेका छन् है हाम्रा प्रम ले ! 😉😉
118
121
1K
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
कुनै समय थियो, ट्विटरमा हुने छलफलहरु विश्वविध्यालयमा जस्तो हुन्थे । आजकल त नर्सरी केजी भन्दा चौपट छ । (टिकटक मै सीमित हुनु नी कोहि कोहि त 😁😃)
109
88
1K
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
बैशाखको दोस्रो हप्तामा टिशर्टले धान्न नसकेको अवस्था । काठमाण्डौको हालको तापक्रम १५ डिसे । सायद १०० वर्ष अघि यस्तै हुन्थ्यो मौसम, जव प्रदुषण थिएन । प्रकृतिले पुन: शक्ति आर्जन गरेको देखियो !
43
142
1K
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
लकडाउन खुकुलो गर्नैपर्ने थियो । हजारौं नागरिकको ज्यान अन्य रोग र आर्थिक समस्याको कारण जोखिममा छ । अब अघि बढौं, निम्न कुरामा ध्यान दिंदै: बाहिर जहिले पनि मास्क लगाऔं । एकआपसमा ४ हातको दुरी कायम गरौं । भिंडभांड नगरौं । जोखिम समुहलाइ विशेष ध्यान दिऔं । हात सफा राखौं । यति गरौं !
52
244
1K
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
3 years
म राजनीति बुझ्दिन, तर विकसित घटनाक्रममा मेरो एकल माग: अधिकांश जोखिम समुह लगायतलाइ बिना खोप चुनावमा जान पाइन्न !
70
136
1K
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
कोभिड आजभोली नै संसारबाट हराउंछ भनेर सोच्नु ठूलो भ्रम हो । अव यो भाइरस अन्य भाइरस परीवार (जस्तै इन्फ्लुएन्जा) सरह हामी माझ लामो समयसम्म बस्नेछ । समय बित्दै जांदा हाम्रो प्रतिरोधात्मक प्रणालीले यसको शक्ति कम गर्नेछ । जोखिम समुहलाई बचाउंदै सामान्य जिवनमा फर्किनु बाहके बिकल्प छैन ।
52
233
1K
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
लकडाउनको औचित्य घट्दो छ, साथै, पुरै देशलाई एउटै आंखाले हेर्दा राज्यले अन्य ठुला दुर्घटनाहरु निम्त्याइरहेको छ । राज्यका विज्ञहरुले के भन्नुहुन्छ त ?
93
253
1K
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
देशका नागरिकलाई विशेष अनुरोध , दुइ हात जोेडेर । संक्रमण हामी माझ नै छ !!!
46
272
1K
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
एक नागरीकले ठिकलाई ठिक र गलतलाई गलत भन्न सक्नुपर्छ, नत्र उ दलको कार्यकर्तामात्र कहल्याइन्छ । कोभिड व्यवस्थापनमा सरकार नराम्रोसंग चुक्यो- नाकाहरुमा नियन्त्रण, परिक्षण र क्वारेन्टिनको कुरामा । लिपुलेकसंग जोडिएको विषयमा नया नक्सा आयो, नेपाल संधै चुप लाग्दैन, देखायो, गज्जव गर्यो ।
35
159
1K
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
हालसालै सं. प्रमज्यु संगको भेटघाट पश्चातको तस्बिर । विषय जानकार समुहमा परेछु, खुशी छु । सकारात्मक सोच सहित सुझावमुलक आलोचनाहरु म बाट आइनै रहनेछन् , आउंदा दिनहरूमा ।
Tweet media one
70
38
1K
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
बुझ्दै जांदा त यो लकडाउनलाई यस्तो अवैज्ञानिक तरिकाले अघि बढाउनुमा जनस्वास्थ्य नभइ राजनीतिक कारण बढी देखिनथाल्यो । त्यसो भए हालको अवस्थामा उच्च जोखिम बाहेकका अधिकांश ठाउंहरुमा लकडाउनको औचित्य के हो, प्रश्नचिह्न खडा भएकोछ ।
49
184
1K
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
3 years
व्यक्तिको comfortable हुने लोभले देश र नागरिक अत्यन्तै uncomfortable ।
35
111
1K
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
जिल्ला सञ्चालकज्युहरुलाइ सुझाव: १. अत्यावश्यक सामाग्री किनमेलमा समय तोक्दा भिंडभाड बढेर संक्रमण सर्ने सम्भावना बढ्छ- दिनभर खोल्न दिनुपर्छ । २. दुरी कायम गरेर खुला वातावरणमा मर्निङ वाक लगायत व्यायाम गर्न दिनुपर्छ । नत्र अन्य रोगको समस्या आउंछ । पहिल��का गल्तीहरु नदोहोर्‍याऔं ।
51
173
1K
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
भाइटिका मनाइयो हेर्नुस् । सबैलाई शुभकामना पनि !
Tweet media one
Tweet media two
73
1
1K
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
यता कोहि झुक्किनु भएको छ भने जानकारीको लागी: १. म कुनै दलविशेषको अन्धो समर्थक होइन । मतदान दलहरुको कार्यपत्र र दल भित्रका पात्रहरुको कामकार्य हेरेपश्चात मात्रै गर्छु । २. जनस्वास्थ्य विज्ञानको अपमान सहन सक्दिन, चाहे जोकोहिले गरोस् । यो मेरो पेशागत धर्मपनि हो । धन्यवाद ।
38
53
1K
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
देशमा खोकी ज्वरोले एक्कासी मृत्यु हुनेको संख्या बढे ? छैन । अस्पतालहरुका भुइं भरिनेगरी संक्रमीत बढे ? छैन । यसलाई नकारात्मक दृष्टिले किन हेर्दैछौं हामी ? 'नेपालमा संक्रमण सर्यो भने यो अवस्था आउनसक्छ..' विगत ३ महिनादेखि सुनिदैछ । सजग हौं, तैयारीमा रहौं, तर आतंकित भएर होइन ।
38
291
1K
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
हरेक पटक कसैमा कोरोना देखिनासाथै समाचार बन्नु नै पर्ने हो र ? यसले चाहिने भन्दा बढि आतंक सृजना गर्छ समाजमा र सम्बन्धित स्वास्थ्य निकायमा मानिस जान डराउंछन्, जसले गर्दा स्वास्थ्य सेवामा असर पर्न सक्छ । संक्रमण अब साधारण भइसक्यो, हल्लाखल्ला हैन, उपचारमा ध्यान दिऔं ।
66
90
1K
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
नेपालमा जहिलेपनि राज्य सञ्चालकहरुले आफुबाहेक अरुलाई मान्छे नै गनेनन् । आफै विज्ञ, आफै सर्वगुण सम्पन्न । त्यसैले आज यो भद्रगोल अवस्था आयो, विषेशगरी विज्ञान-प्रविधी र जनस्वास्थ्य क्षेत्रमा । सरकार बाहिर धेरै योग्य मान्छेहरु छन्, तर राज्यले अवसर नै दिंदैन । नेतृत्वको कमजोरी हो ।
34
127
998
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
के म 'पब्लिक फिगर' भइसकेकै हो त अब ? (अब त बाहिर निस्कंदा रातो टिसर्ट, भादगाउंले टोपी, कालो चस्मा, हाफ प्यान्ट, के लाउने, के नलाउने, सोच्नैपर्ने देखियो त !😉😜😎)
110
21
993
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
6 years
ल हेर्नुस, मैले पढेको अष्ट्रेलियाको विविमा प्रत्येक बर्ष एक पटकमात्र छापिने म्यागाजीनको सन् २०१८ को आवरण पृष्ठमा एक नेपालीको स्केच बनाएछन् नी ! ( बनाउनुहुने चाहिं ) । देशभित्रै गरेको कामले बिदेशीको मन जितिएछ त ! 😎🙂
Tweet media one
110
59
978
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
3 years
कार्यकर्ता त कुनैपनि दल वा नेताले सडकमा झार्न सक्छ । नागरिक झार्न सक्ने कोही दल वा नेता छ देशमा ?
61
79
981
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
देशको विभिन्न ठाउंहरुमा संक्रमीतको संख्या बढेको छ । कुनै नौलो कुरो होइन- भारतबाट संक्रमण छिर्ने र देशभर फैलिने क्रम केहि समय अझै जारी रहनेछ । तर पुन: लकडाउन कुनै हालतमा समाधान होइन । मास्कमा कडाइ, दुरी, परीक्षणलाइ व्यापकता, जोखिम समुहलाइ विशेष ध्यान नै अबको 'नव-सामान्यीकरण' हो ।
48
117
943
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
6 months
पिताश्री त गज्जबकै पाइयो यो जुनीमा 😀😎। आज वहाँको तिथिले ८२ औं जन्मदिन !
Tweet media one
163
11
945
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
3 years
भाइटिकाको शुभकामना हामीबाट 😊 ।
Tweet media one
12
4
922
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
राज्यलाइ परिक्षण बढाउन एकपटक फेरि बिनम्र अनुरोध । चेतावनी पनि । कारणपनि दिएको छु, २ मिनेट भन्दा कम समयमा । यसलाई अन्यथा नलिनुहोला कसैले ।
47
174
911
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
नयाँ जोस , जांगर र रमाइला सामाग्रीका साथ, छिटै @AP1TV_Official मा ! प्रतिक्षा गर्नुहोला !!
Tweet media one
163
27
896
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
अहिले हामीसंग भएको अत्यधिक समय यो भएन, यो गरेन, लगायत गाली गर्दै बिताउनुको साटो, आफ्नो क्षेत्रबाट राष्ट्रलाई यो अप्ठेरो बेला कसरी मद्दत गर्ने तर्फ पनि ध्यान दिउं न । म परिक्षण लगायत अन्य सेवा र सामाग्रीको लागी निजी र अन्तराष्ट्रिय निकायको मद्दत जुटाउनतर्फ लागीपरेको छु। तपाई ?
52
147
879
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
राज्यलाइ यसअघि जति नै ढिलोसुस्तिको आरोप लगाएपनि यो नयाँ कदम अन्य कैयौं देशहरुले गरेको भन्दा समय सान्दर्भिक र सर्हानिय छ । संक्रमण विरुद्ध लड्न एकदमै ठिक कदम ।
16
139
868
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
3 years
संसारलाई समय समयमा टुच्च देखाइदिनुपर्छ हेर्नुस् । 😎 (तर घमण्ड गरिएन😉)
Tweet media one
50
6
858
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
राज्यको निकायले र्यापिड पोजिटिभ नतिजा सार्वजनिक गरेर नागरिकलाइ अन्योल र त्रासमा राख्नुको साटो पिसिआर पोजिटिभ नतिजालाई मात्र आधिकारिक रूपमा प्रस्तुत गरे बेस हुनेछ ।
22
147
855
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
नामै नसुनेको कुनै भारतीय च्यानलमा भनिएको सनसनी रिपोर्टिङलाई लिएर यति हल्लाखल्ला जरुरी छैन साथी हो । हामी जति हल्ला गर्छौं, उसलाई त्यती फाइदा हुन्छ । मुर्खतालाई टेवा दिनु आर्को मुर्खता हो , याद गरौं है ! हेरौं, मज्जाले हांसौं, आ-आफ्नो कामकार्यतीर लागौं ।
34
106
846
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
दोह्रोर्याइ, तेह्र्याइ हेर्दैछु !! 😍😍
@picwrds
चित्र-शब्द 📷
4 years
Innocent 😍
49
270
2K
31
93
845
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
7 years
अस्ट्रेलियामा नेपालको नाम उच्च राखियो हेर्नुस । 😊 अरु देशका मिहिनेती प्रतिस्पर्दिहरुलाइ पछि पारियो ।
Tweet media one
146
56
843
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
3 years
अन्ततः @MahabirPun संग पुनः भेटघाट भएरै छाड्यो । राष्ट्रिय आविष्कार केन्द्रले गरिरहेको थुप्रै कामकार्य बारे जानकारी पाइयो । देशभित्रै राम्रो काम हुंदैछ , हौसला त बढ्ने नै भयो !
Tweet media one
15
19
850
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
राज्यलाई फेरिपनि सुझाव: पिसिआर प्रविधिलाई ओझेलमा राखेर र्यापिड टेस्टमाथी मात्रै धेरै ध्यान केन्द्रित नगरौं । बरु अलि मिहिनेत गरेर पिसिआर किट खरिद गरौं, सकिन्न भने अन्य क्षेत्रसंग सहकार्यका पहल गरौं । र्यापिडको दायरा सांगुरो छ, निष्कर्श गलत हुनसक्छ । पिसिआर नगरी सुक्खै छैन !
33
209
841
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
@hamrorabi english मै गरम भाइ ! हाम्रा भारतीय साथीहरुले पनि बुझुन् !
28
24
826
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
राज्य ले निहु पाइहाल्यो नी । अब त लकडाउनलाई देशैभरी आर्को २ हप्ता बिना ठोस योजना निरन्तर्ता दिने होला । विज्ञता देखाउने हो भने चाहिं न्युन, मध्य र उच्च जोखिम ठाउंहरु चयन गर्दै सो अनुसार (जोखिम हेरिकन) विस्तारै सेवाहरु सुचारु गर्नुपर्छ ।
52
127
829
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
भोलि लकडाउनको ठ्याक्कै २ हप्ता । हालसम्म ´आधिकारिक` संक्रमितको संख्या कम नै देखिन्छ । आर्को एक हप्तालाई यसलाई निरन्तरता दिएर अवस्थालाई पुनर्विचार गर्दै, परेको खण्डमा संक्रमित-प्रदेश लकडाउनमा जानुपर्ने हुनसक्छ । बुझौं - लकडाउन समस्याको अल्पविराम मात्र हो, पुर्णविराम होइन ।
21
115
830
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
आज सहरको बाटोघाटोमा जे देखें: १. अधिकांशले मास्क प्रयोग गरेका, एक्लै हिंड्दा पनि ! २. अधिकांशले सवारीसाधनको हर्न न्युन प्रयोग गरेको । जे देखें, खुशी लाग्यो । यसरी नै हो नागरीकले जिम्मेवारी पालना गर्ने- चाहे त्यो संक्रमण जोखिम कम गर्न होस्, या समाजमा शान्ती कायम गर्नको लागी ।
24
56
826
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
हाम्रो संस्थाले गरेको प्रारम्भिक जेनेटिक अनुसन्धानमा उपत्यकाका ढलहरुमा लिइएका केही नमुनामा #COVID ー19 #SARSCoV2 भेटिएको छ । यसले सहरमा भाइरस समाजमा केहि समयदेखि नै रहेको संकेत गर्दछ। थप जानकारी छिटै आउनेछ, अनुसन्धान जारी छ ।
Tweet media one
91
205
825
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
म दुइ दिन सार्वजनीक विदाको पक्षमा । दिनहुं काम गर्ने समय ८.५ घण्टा, हप्ताको ५ दिन । संसारका धेरै देशमा लागु भइ नै रहेको छ, हाम्रोमा कार्यान्वयन गर्न किन नहुने ?
131
40
820
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
नेपाल मै पहिलोपटक हुन गइरहेको यो निकै नै महत्त्वपूर्ण अनुसन्धानमा प्राविधिक पाटो हेर्ने जिम्मेवारी पाएको छु। हाम्रो संस्थाले नेपाल स्वास्थ्य अनुसन्धान परिषदको नेतृत्व अन्तर्गत प्रारम्भिक काम कार्य गर्नेछ । नेपाल भित्रै अनुसन्धानकर्ताहरु छौं है ! (आजको @nagarik_news बाट लिइएको)
Tweet media one
79
48
823
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
5 years
बिदेशी बिज्ञापन देखाउन पाइनुपर्छ, साथै नेपाली दर्शकहरुले ती विज्ञापन हेर्न शुल्क पनि तिर्नुपर्छ भन्ने अभिप्राय लिएर आज केवल टेलिभिजन लगायत संघहरुले २४ घण्टे विदेशी च्यानल प्रसारण बन्द गरेछन् । उनीहरुलाई चुनौती- १ महिना बन्द गरेर देखाउ, साथै हामीले तिरेको शूल्क फिर्ता गरेर देखाउ !
35
212
802
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
ब्लक शृङ्खला बारे मेरो भनाइ । यसले कुरा प्रष्ट पार्न केही मद्दत गर्ला कि ?😉😁😎
83
39
808
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
3 years
कार्यकर्ता बाहेक आम नागरीकको समर्थन नपाएपछि आफै सडकमा अखडा जमाएर बदाम चपाउंदै, सुन्तला छोडाउंदै घाम ताप्दै दिन काट्न 'बाध्य' हुनुपर्यो केहि नेताहरुलाइ । नागरीक समर्थन हुन्थ्यो, त एक बोली मै सबैथोक ठप्प हुन्थ्यो के हजुर !!
28
132
811
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
राज्य सञ्चालकहरुमा अलिकतिपनि विज्ञता छ भने भोलीदेखी यती मात्र गरे पुग्छ : पसलहरु खुल्ने समय दिनभर, हिंडडुलमा मास्क अनिवार्य, निजी सवारीसाधन पाउने, जोर बिजोर (सार्वजनिक २ हप्ता अझै रोक्ने), परिक्षण दोब्बर, ट्रेसिङ मजबुत, अस्पतालहरु थप व्यवस्थापन, तैयारी अवस्थामा (तर संका लाग्छ)
105
108
784
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
काठमाण्डौमा बिहानै सुरक्षाकर्मी परिचालन हेर्ने हो भने त यहां संक्रमण नियन्त्रण बाहिर गइसक्यो र कर्फ्यु लगाउन मात्र बांकि । तर देशभर: लामोदुरीका यातायात गुडि नै रहेका छन् । आन्दोलनकारीहरु सडकमा उत्र���नै रहेकाछन् । कैयौं भागमा लकडाउन पालनै भएको छैन । जे छ, यहा नै छ !
35
104
784
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
कसैले मलाइ कृपया बुझाइदिनु न ! नेपाली सेना काठमाण्डौको सडकमा किन बन्दुक सहित देखिएको ? सशस्त्र हुंदाहुंदै सेना किन परिचालित ? लकडाउन नियन्त्रण बाहिर गएको छ ? सेनाको काम आम नागरीकलाई तर्साउने हो ?
117
149
776
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
स्वास्थ्यकर्मीहरुलाई काममा नआए यो गर्छु, उ गर्छु भनेर धम्क्याउनु अघि राज्यले यो जवाफ दियोस् - संक्रमणलाई अग्रपङ्तीमा सामना गर्ने यो समुहलाई तैयारीका सामान दिएको छ त (जस्तै PPE, HR support, diagnostics support) ? कि लडाईमा बिना हतियार जान वाध्य पारींदैछ ?
35
167
771
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
ट्विटरमा आदरणीय जमात ठुलो छ, मज्जाको पनि । तर, यहां सानो जमातपनि छ, जस्ले हेर्ने आंखा थरसंग, 'जात' संग वा मेरो कामकार्यसंग जोडिएको देखिन्छ । उदाहरण - 'दीक्षित' भन्नासाथै रिस गर्नेहरु, वा 'खस-आर्य' भनेर । वौद्धिकताको सम्मान गरिन्छ । तर व्यक्तिगत रिसवी लिएर बहस गर्न नआउनु है।
40
53
774
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
2 years
कुरा ठुल्ठुला गर्नुहुन्छ , अरुको गल्ती औंल्याउनु हुन्छ । के तपाईं : १. जेब्रा क्रसिङमा पैदलयात्रीको लागि रोक्नुहुन्छ ? २. चकलेट चिप्स इत्यादिको खोल उचित स्थानमा मात्रै फाल्नुहुन्छ ? यी २ बुंदामा मात्रै ध्यान दिनुस् , परिवर्तन आजैबाट आफैबाट सरुवात गर्न सकिन्छ ।
44
79
762
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
राज्य सञ्चालक त लकडाउन 'जादुको छडी' को भ्रममा छंदै थिए, अब जिल्ला सञ्चालकहरुपनि गल्तीहरु दोहोर्याउंदैछन् । बिहानै ७ बजे नै तरकारी र उपभोग्य सामानका पसल बन्द गराउंदैछन् । अनि आम नागरीक भीडंभांड गरेर यहि समयभित्र पसल धाउनु? बिहानीको मर्निङ वाक पनि रोक ! नाटक जारी रहेछ उपत्यकामा !
73
96
758
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
लकडाउन सहजीकरण प्रकृया सुरु गरिसकेा देशहरु: १. भारत २. युरोपेली युनीयन ३. अमेरीका ४. अन्य धेरै लकडाउन सहजीकरणको लागी प्रकृया सुरु त के, सोचपनि नभएको देश: १. नेपाल (स्मरण रहोस् हाल नेपाल यी सबै देशहरु भन्दा न्युन जोखिम अवस्थामा रहेको छ)
78
136
765
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
धनगढी - अतरीया हाइवेपनि फराकिलो बनेछ नी ! बाटोघाटो देशभर बिस्तार हुंदैछन्, प्रगतिको संकेत अवश्य हो ।
41
43
744
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
हामीले यो कहिल्यै नभुलौं कि अन्तर्राष्ट्रिय स्तरको कामकार्य र अनुसन्धान देशभित्रै गर्न सक्छौं । वर्षौंदेखि विदेशी "विज्ञ"हरुमा भर पर्यौं, आफ्नै नागरिक माथि विश्वास गर्न छाड्यौं । हामी कोहि भन्दा कम छैनौं । यहीँ बसेर केहि गर्नसक्छौं । गरौं ।
23
88
751
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
हो ! काम ले नै रच्यौ इतिहास । तर अन्धकारयुगको फाइदा उठाउन पल्केकाहरु भने देशमा फेरि अन्धकार निम्त्याउन तम्सेकाछन् । यिनीहरूलाइ रोक्न मात्र भएपनि वहाँलाई पुनः नियुक्ति दिनु जरुरी छ ! थप चार वर्ष पछि बरु कोही नयाँलाइ भित्र्याऔं ।
Tweet media one
27
100
739
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
2 years
बर्षको एक दिन ! मनाउंछु जनैपूणिर्मा !! जय मेरो धर्म, जय मेरो पहिचान !!!
Tweet media one
54
2
735
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
आज पुल्चौकमा जे भयो, जनस्वास्थ्यको हिसाबले पक्कैपनि राम्रो भएन, र यसको परीणाम के हुन्छ आउंदो १० दिनजतीमा थाहै होला । भिंडले निर्दोष ट्राफिक पुलीसलाइ कुटेको अत्यन्त निन्दनीय काम हो, कार्वाही हुनैपर्छ । सामाजीक सद्भाव बिग्रन दिनुहुन्न । नत्र आउंदा २ महिना निकै जटिल हुनेछ । सोचौं।
37
91
727
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
कोभिड-१९ र कोरोना विच फरक बुझ्नु जरुरी छ । कसैको टेस्ट पजिटिभ छ, तर कुनै लक्षण छैन भने त्यो व्यक्ति कोभिड विरामी होइन, कोरोना संक्रमीत हो । लक्षण छ भने मात्र कोभिड विरामी हो । देशमा हालसम्मका अधिकांश पजिटिभ केसहरु 'कोरोना संक्रमित' हुन्, 'कोभिड बिरामी' होइनन् !
37
151
726
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
मनसुनी वर्षा देशमा सुरु भयो साथी हो । #Monsoon2020
38
43
718
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
म लगायत केहि साथीहरुले १३ वर्ष अघि सुरु गरेको १ कोठाको प्रयोगशाला आज संसारका धेरै संस्थाले आदरका साथ नेपाली अनुसंधान संस्था भनेर चिन्छन् । हामीलाइ राज्य अथवा निजी सेवाबाट रकम आउंदैन, बिभिन्न research grant लेखेर, अनुसन्धान गरेर सञ्चालन गरकाछौं । नेपाललाई विश्वसामु चिनाएका छौं !
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
केरे केरे ? नेपालमा गैरसरकारी र निजी स्तरमा प्रयोगशाला नभएर नै राज्यले आफै फेरि नया मेशिन किन्न खोज्दै हो ? भएको पुर्वाधार चलाउन नसकिने नै हो त ? नया मेशीन कहिले आउने, कहिले तैयारी गर्ने, यसको सहि प्रयोग कसरी गर्ने इत्यादि प्रश्न सोध्नु अघि यो भिडियो हेरम त लौ !
137
540
2K
31
88
725
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
विज्ञता पुग्दैन भने हामी छौं सुझाव दिनको लागि । तर यसरी विना कार्य योजना लकडाउन कतिसम्म लम्ब्याउने सरकार ? 'जेठ ३२ गतेसम्म लकडाउन थप्‍ने मन्त्रिपरिषद्‍को निर्णय
84
151
719
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
हेर्नुस्, ट्विटर भनेको खाली झगडा, बहस, गाली (अनि ब्लकपनि 😜) गर्ने ठाउं मात्र नभइ, केहि रमाइलो कुराकानी, साथै मज्जाले हांस्न पाइने ठाउं पनि हो भनेर मेरो अघिल्लो ट्विटले पुष्टि गर्यो होला त ? 😃😉
43
23
716
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
ट्याक्सी, मोटरसाइकल, बस चालक लगायत बाहिर खूल्ला वातावरणमा काम गर्ने जोकोहिलाई जिउ ढाक्ने पिपिइको प्रभावकारीता खासै हुन्न, साध्येपनि हुन्न । हामी आम नागरीकले मास्क र स्यानीटाइजरको नियमीत उपयोग गरौं, पिपिइ स्वास्थ्यकर्मीको लागी छाडौं ! अति पनि नगरौं है !!
19
85
720
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
बिहानै मनसुनी स्वच्छ मौसम माझ शंखमुल देखि थापाथली बागमती किनारा नयाँ पिच गरिएको बाटोमा साइकलमा सरर..... कार्यालय जांदाको आनन्द !😍😎
21
19
714
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
कोभिडको कारण मृत्यु भएकालाई जलाउन नहुने र गाड्नै पर्ने भनेर कहां लेखेको रैछ, कसैले देखाइदिनु है मलाइ । गाड्नु वा जलाउनु वीच केहि फरक छैन, विश्व स्वास्थ्य संगठनको मापदण्ड मै !
33
88
707
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
3 years
मन पराउनु मन नपराउनु आफ्नै ठाउँमा छ। तर प्रम ओलीमा भएको राजनैतिक कुशलता आजका अधिकांश नेताहरुमा छैन, मज्जाले देखियो । संसद विगठन गरेर गालीगलेचमा परेको एक महिना नपुग्दै पुनः ताली कमाउन सफल भएकाछन् । एउटा अन्तर्वार्ताको करामत ! कसैले सोचेको पनि थिएन सम्भव छ भनेर !!
67
61
712
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
देश लकडाउनमा छ । जनस्वास्थ्यको अवस्था गम्भिर छ । नागरीकको दैनिकी धरापमा छ, उ कोभिडबारे राज्यको रणनीति सुन्न उत्सुक छ । प्रमबाट आश्वासन खोज्छ, र छोटै सहि, कुनै अभिव्यक्ति चाहन्छ । तर प्रम सत्ताको खेलमा व्यस्त हुनुहुन्छ आजकल । नागरीकका आकांक्षा ढोका मै रोकिन्छ। दुर्भाग्य ।
24
89
711
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
एकैछिन - सामाजीक सञ्जाल बन्द गर्नुस् । किताब पढ्नुस् । मिल्छ भने बाहिर जानुस् स्वच्छ हावा लिनुस्, सहर खाली छ । टिभीमा समाचार बाहेक सबैकुरा हेर्नुस् । लेख पढ्नुस, खाना बनाउनुहोस् । परीवार, साथीभाईसंग कुरा गर्नुहोस् । यस्तो वेला नकारात्मक सोच बढि आउंछ, मानसीक स्वास्थ्यमा असर पर्छ ।
30
149
707
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
र्यापिड पोजिटिभ मध्ये अधिकांशमा पिसिआर नेगेटिभ नतिजा आउने हो भने खुशीको कुरो- हामी बिच रहेको संक्रमणले कारणबस् उग्र रुप लिन सकेन भनेर बुझ्न सक्छौं । साथै समाजमा केहि मात्रामा हर्ड इम्युनिटी हुनसक्ने सम्भावना । आशा गरौं, यहि हुनेछ ! आउंदा दिनहरुले देखाउनेछन् ।
38
92
702
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
3 years
पालो आयो , खोप लगाइयो । पालो अनुसार सबैलाई लगाउन अनुरोध ! #CovishieldVaccine
Tweet media one
53
19
705
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
समुदायमा फैलियो कोरोना ? हो ? होइन ? यो बहस अब जरुरी छैन । टोलटोलमा संक्रमीत भेटिएका छन्, र बुझे अनुसार अधिकांश कडा लक्षण विहिन् । परिक्षण नियमीत गरौं । कडा लक्षणसहितलाई अस्पताल । नत्र घर । बांकि जनसंख्या मास्क, सावधानी सहित काममा निस्कौं । लकडाउनको औचित्य सकिसक्यो !
57
107
691
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
3 years
फेरि लाइन गयो । आजकल नियमित हुन थालिसक्यो । प्राधिकरणको नया नेतृत्वलाइ घेर्न जानुपर्ने दिन आउंदैछ ।
48
53
700
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
कोभिड: भाइरस संसारभर अनिश्चित काल रहनेछ खोप पुग्न- कम्तीमा १ वर्ष, आम नागरीकसम्म १.५ वर्ष औषधी- अन्योल भाइरसको संक्रमण शक्ति- अधिकांशमा कमजोर लकडाउन- शूरुवाती चरणमा बाहेक न्युन उपलब्धी, अल्पविकसित देशमा नकारात्मक प्रभाव बढी मास्क र भौतिक दुरीको उपलब्धी- अत्यधिक सोचौं है ।
29
116
695
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
शुप्रभात ! श्री मत्स्येन्द्रनाथ सामु प्रार्थना गर्छु कि आज कर्फ्युवीच रथ तान्ने क्रममा कुनै दुर्घटना नहोस्, कसैको बारे नराम्रो समाचार सुन्नु नपरोस् , कुनैप्रकारको झडप नहोस् ! यहिं हुर्कें, ���रम्परा बुझ्छु, स्थानीयको पिडा बुझ्छु । कृपया संयम भइदिनुहोला सबैजना !
30
28
695
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
एक्लै वा नजिकको परिवारका सदस्यसंग मर्निङ वाक, व्यायाम गर्दा मास्क लगाउनु पर्दैन, वातावरण स्वच्छ छ भने । कुनै अन्य व्यक्तिसंग अन्तरकृया हुनसक्ने अवस्थामा भने मास्क लगाउनु जरुरी । एक्लै बाहिर बस्दापनि एन-९५ मास्क लगाएको देख्दैछु, त्यो पुर्णरुपमा मास्कको दुरुपयोग हो !
45
86
691
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
आज दिनभर मेरो टिएलमा र डिएम मार्फत शुभकामना दिनुहुने सबैलाई मनभित्रैबाट हार्दिक धन्यवाद ! यो सञ्जाल भित्र यति धेरै माया पाउनु मेरोलागि ठुलो सौभाग्य हो ! 😊😊
107
12
677
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
5 years
भारतको लागी मोदी, अमेरीकाको लागी ट्रम्प, रुसको लागी पुटिन । मन नपराउने थुप्रै होलान् उनीहरुकै देशभित्रपनि, तर मनपराउने बढि छन् । देशले यस्ता नेतृत्व पाउन्, समृद्धि पर हुंदैन ! हाम्रो देशमापनि नेपाललाई प्राथमिकतामा राख्ने, र सहजै नबिक्ने नेतृत्व कहिले पाइएला ? खोज जारी छ ।
70
74
677
@smadixit
Sameer Mani (A) Dixit, PhD🇳🇵
4 years
नयाँ वर्ष २०७७ को हार्दिक शुभकामना सबैलाई, मन भित्रैबाट ! लकडाउन बाटै लकडाउन बारे यो सुझाव राज्यलाई । यहाँहरु सहमत भएपनि असहमत भएपनि प्रतिक्रिया आउनेमा निश्चित छु 😁😁।
71
58
676