Dr. CK Raut Profile Banner
Dr. CK Raut Profile
Dr. CK Raut

@drckraut

Followers
58,284
Following
9,621
Media
1,679
Statuses
5,748

PhD (Cambridge). Scientist. Author. Leader. President, Janamat Party. This account is managed by an assistant. Personal Contact: drckraut @gmail .com

Nepal
Joined June 2014
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
@drckraut
Dr. CK Raut
2 years
प्रक्रियागत त्रुटि वा अपराध नै किन न होस् र कतिपय राजनैतिक एजेण्डा विपरीत नै किन न होस्, तर अहिलेको संसद् र सरकारमा #रविजी मेरो लागि पनि आशाको केन्द्र हुनुहुन्थ्यो। बैठक होस् वा संसद्, रविजीले नयाँ ऊर्जा, जोश र देशमा केही त परिवर्तन होला कि आशा जगाउने गर्नुहुन्थ्यो। #comebackhero
Tweet media one
238
421
5K
@drckraut
Dr. CK Raut
2 years
सत्ताको पहिलो क्लास आज - पहिलो क्लासमै यति धेरै ज्ञान र वितृष्णा होला जस्तो लागेको थिएन। बस म त सुनिरहें। काँधमा लाखौं जनताको अपेक्षा र जिम्मेबारी नभइदिने हो भने म कतिखेर राजनीतिबाट पनि सन्यास लिइसक्थें होला। तर आफैं जलेर, कालो खरानी बने पनि, उज्यालो पार्नु छ रे ! मेरो नियति।
Tweet media one
182
134
3K
@drckraut
Dr. CK Raut
2 years
संसदमा धन्यवाद दिनका लागि नै कसैलाई ९० मिनेट र कसैलाई ५ मिनेटको समय छुट्याउनु कसरी उपयुक्त हो? एउटै क्रियाको लागि फरक समय? त्यसोभए त ९० सिट ल्याएको पार्टीको सांसदलाई चिया खान वा बाथरूम जान पनि ९० मिनेट र एक सीट भएको पार्टी वा स्वतन्त्र संसदलाई १ मिनेट छुट्याउनु पर्ने हो।
Tweet media one
147
149
3K
@drckraut
Dr. CK Raut
2 years
शुभप्रभात !🙏काठमाडौं बस्न डेरा/घर खोज्नै गार्‍हो, आज पनि जाँदैछु। बरू काठमाडौं भएको बेला एकान्तमा यस्तै #डाँडाकाँडातिर बसौंबसौं लाग्ने - कस्ता रमणीय र ध्यान लाग्ने ठाउँहरू। घ्याम्पे डाँडास्थित #पाइलटबाबा आश्रम गत शनिबार जाँदाको तस्वीर।
Tweet media one
94
37
2K
@drckraut
Dr. CK Raut
2 years
Tweet media one
189
66
2K
@drckraut
Dr. CK Raut
5 months
अर्थमन्त्री काँ? बजेट बाँडी खा खै मेरो बजेट? सचिवले खायो खै सचिव? कर उठाउन गयो खै कर? जनताले तिर्यो खै जनता? पैसो कमाउन गयो खै पैसो? कर्मचारीले खायो खै कर्मचारी? दूलो भित्र पस्यो खै दूलो? अख्तियारले पुर्‍यो खै अख्तियार? सानो माछा खोज्न गयो खै माछा? खोलातिर बग्यो खै खोलो? सुक्यो
71
289
2K
@drckraut
Dr. CK Raut
2 years
पहिला जस्तो आफ्नो सांसद्लाई कहाँ खोज्ने, कहाँ भेट्ने, कहाँ समस्या बताउने भनेर अब चिन्तित हुनुपर्दैन वा काठमाडौं गएर आफ्नो सांसद खोजिराख्नु पर्दैन । सप्तरी -२ को लागि संसदीय #जनसम्पर्क #कार्यालय, सम्पर्क नम्बर र #जनआवाज पेटिका आज राजबिराज कुनौली मोड नजिक स्थापित। #drckraut #action
Tweet media one
87
83
2K
@drckraut
Dr. CK Raut
2 years
प्रेम आचार्यजीको आत्मदाह मोहम्मद बौउजीजीको आत्मदाहले ल्याएको अरब क्रान्ति जस्तै भ्रष्टाचार, नेतातन्त्र र कर्मचारीतन्त्रको विरुद्धमा नेपालमा क्रान्ति ल्याउने हो कि, भन्न सकिन्न तर गरेर खान चाहने सोझासाझाहरूका लागि यो देश बाँच्नै नसक्ने सीमासम्म पुगेकै हो। श्रद्धाञ्जली 🙏
Tweet media one
77
145
2K
@drckraut
Dr. CK Raut
2 years
भेटघाटले दिएको खुशी - नेपाली साहित्यिक क्षेत्रका दुई मुर्धन्य हस्तीहरू खगेन्द्र संग्रौला र कुमार नगरकोटीज्युको साथमा🙏
Tweet media one
60
35
2K
@drckraut
Dr. CK Raut
1 year
बुद्ध जयन्तीलाई सरकारले 'ध्यान दिवस' घोषणा गरोस् - पछि संयुक्त राष्ट्रसंघबाट '#विश्व_ध्यान_दिवस' पारित गर्न लगाएर अनेकौं ऋषिमुनिको ध्यान र तपस्याको ऊर्जाले परिपूर्ण नेपालको पावनभूमिलाई '#ध्यान_पर्यटन' को केन्द्र बनाउन सकिओस् - डाँडाडाँडामा भ्यूटावरभन्दा ध्यान केन्द्र खुलोस्
Tweet media one
60
74
1K
@drckraut
Dr. CK Raut
2 years
कुरा केवल जनमत पार्टीको होइन, जसपा/लोसपा/जनमत/नाउपा सबैलाई पाखा लगाउँदै #शासकवर्गले बूलडोज गरेको हो। चरम नश्लवादीहरूको झुण्ड पूरै मधेशी र थारूलाई राज्यबाटै बहिष्करण गर्दै, "यो देश तिम्रो होइन" भन्दै, अधिकार खोस्दै, दमन शोषण गर्न अगाडि बढे़का हुन्। मधेशले यसको प्रतिकार गर्नेछ।
Tweet media one
167
78
1K
@drckraut
Dr. CK Raut
2 years
जनताको घरदैलोमा र खेतबारीमा पुगेर धन्यवाद दिँदै। सप्तरीवासीले देखाएको माया अपार छ र यसको प्रभाव दूरगामी छ🙏
Tweet media one
Tweet media two
Tweet media three
95
59
1K
@drckraut
Dr. CK Raut
2 years
सम्माननीय राष्ट्रपतिज्यूसँग शिष्टाचार भेटघाट तथा देशको समसामयिक राजनीतिक निकासको विषयमा छलफल🙏
Tweet media one
53
25
1K
@drckraut
Dr. CK Raut
1 year
मा. अब्दुल खानलाई धेरै धेरै बधाई छ - उहाँले राजीनामा दिएर साबित गर्नुभएको छ कि जनमत पार्टी कुनै मन्त्री पदको भोको होइन। हामी जनताका सेवक हौं। जनतासँग गरेको वाचा अनुसार सेवा दिन सके पदमा बस्ने हो, कामै गर्न सकिएन र जनताको वाचा पूरा गर्न सकिएन भने टाँसिरह्नुको औचित्य हुँदैन। 🙏
Tweet media one
122
58
1K
@drckraut
Dr. CK Raut
1 year
पानी परीक्षण घु्म्ती सेवा (भ्यान) ले सप्तरी निर्वाचन क्षेत्र नं २ को लौनियामा पानी परीक्षण गर्दै। यो घुम्ती सेवा विभिन्न गाउँहरु हुँदै जानेछ र तपाईंहरु पनि आफ्नो कल वा धाराको पानी पिउन योग्य भए नभएको, #आर्सेनिकको मात्रा स्वीकार्य योग्य भए नभएको चेकजाँच गर्न सक्नुहुन्छ🙏
Tweet media one
Tweet media two
42
80
1K
@drckraut
Dr. CK Raut
2 years
गजेन्द्र नारायण सिंह अस्पताल राजविराज सुधारको पहिलो कदम - जनताको सुझाव र सहयोगबाट नै यो सम्भव हुन सक्छ🙏
Tweet media one
57
88
1K
@drckraut
Dr. CK Raut
2 years
जाति वा ऋण रकमको आधारमा कसैको आत्महत्या ठूलो‌ र कसैको सानो हुन्छ? विहेको लागि लिएको सहकारीको एक लाख सत्तरी हजार ऋण तिर्न नसक्दा आत्महत्या गरेका रामदेव मरिक डोमको घरमा। सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ 🙏
Tweet media one
50
53
1K
@drckraut
Dr. CK Raut
1 year
स-साना कुराको लागि मेरो लामो संघर्ष। आज अर्को दुई निषेधित क्षेत्र तोडियो: १. साहित्यिक महोत्सवमा पहिलो पटक सहभागी (विदेशमा जे-जति योग्य भए पनि आफ्नै भूमिमा योग्य हुन सकेको थिइन) २. जानकी मन्दिर प्राङ्गन (मेरो लागि अर्को निषेधित क्षेत्र) बाट बोल्ने मौका । आयोजकलाई धन्यवाद।
Tweet media one
34
32
1K
@drckraut
Dr. CK Raut
10 months
Tweet media one
41
142
1K
@drckraut
Dr. CK Raut
2 years
राजबिराज अस्पतालमा आएका गुनासाहरूमाथि सुनुवाई गरी आवश्यक कदम चाल्दै🙏
Tweet media one
Tweet media two
Tweet media three
41
37
958
@drckraut
Dr. CK Raut
2 years
हिजो आफ्नो क्षेत्रका गुनासो सुन्ने क्रममा सप्तरीमा #महिला #हिंसा र यातनाको दर बढ्दो, र पीडित महिला (कपाल खौरिदिएको पिडित महिला समेत) प्रहरीकहाँ हिम्मत गरेर जाँदा पनि प्रहरीले ऊजुरी लिन नमानेको विषय उठेकोले #गृहमन्त्रीज्यूलाई सोको बारे फोनमा अवगत गराएको छु। #जनसम्पर्क_कार्यालय
Tweet media one
Tweet media two
21
38
913
@drckraut
Dr. CK Raut
2 years
आज जनमत पार्टी कार्यालय बुद्धनगर, काठमाडौंमा नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनसँग शिष्टाचार भेटघाट तथा दुई देशबीच विकास सहकार्यबारे चर्चा।
Tweet media one
42
26
914
@drckraut
Dr. CK Raut
9 months
आजको २ तस्वीर।
Tweet media one
Tweet media two
73
190
879
@drckraut
Dr. CK Raut
1 year
प्रहरीको मिलेमतोमा जनमतका समर्थकलाई घरबाहिर निस्कन नदिई, मान्छे काट्ने धमकी दिएर, बूथ कब्जा गरीगरी, छातामा मोहर लगाइएका मतपत्रहरू छ्याप्छ्याप्ती बाहिर भेट्टाएर, फर्जी मतदान गर्दै तथा अनुगमनका लागि म स्वयं नि.आ.को लिखित अनुमतिले जान खोज्दा 'पक्राऊ' गर्ने गरी कस्तो निर्वाचन हो?
94
115
852
@drckraut
Dr. CK Raut
2 years
आज सप्तरीको आफ्नै निर्वाचन क्षेत्रमा। धान भित्र्याउने र गहुँ छर्ने चटारो अझै रहेकोले त्यसमा बाधा नहोस् भनेर गाउँगाउँको यात्रा अझै केही समय पछाडि नै हुनेछ।
Tweet media one
33
14
776
@drckraut
Dr. CK Raut
1 year
सम्बोधनका क्रममा उनले सडक आफैँमा सबैभन्दा ठूलो थलो भएको र त्यसलाई हामीले आफ्नो स्थान बनाउन सक्नुपर्ने पनि बताए। सम्पूर्ण वैकल्पिक शक्ति चाहनेहरु एक ठाउँमा आएर कुनै क्रान्तिको बिजारोपण गर्नसक्यो भने मात्र दलीय सिन्डिकेट तोडेर अघि बढ्न सक्छौँ।
37
41
753
@drckraut
Dr. CK Raut
3 months
कसैलाई पनि भन्नु पर्छ र, कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध पक्राऊ पूर्जी जारी गर्नु र कार्यालय प्रहरीद्वारा घेर्नु प्रतिशोधपूर्ण छ भनेर? यो लोकतन्त्रको लागि सर्वथा अस्वीकार्य कदम हो। रविजी, तपाईंसँग हाम्रो पनि आशा र औचित्य जोडिएको छ, कुनै कदम चाल्नु अगाडि नबिर्सिदिनुस्
245
95
752
@drckraut
Dr. CK Raut
7 years
जतिबेला अरु नेताका छोराछोरी जस्तै उनी पनि विदेशमा चिल्ला स्पोर्टस कार हुँइकाउँदै र डिस्कोबारमा नाच्दै रमाउन सक्थे, उनले दुर्गम पहाडमा गुन्द्रुक-ढिढो खाँदै, गोठमा सुत्दै, आफ्नो ज्यानको बाजी थाप्दै जनताका लागि आफ्ना पितासँगै संघर्ष गरिरहे। वीर योद्धालाई कोटि नमन तथा श्रद्धाञ्जलि
Tweet media one
30
215
719
@drckraut
Dr. CK Raut
7 months
यो भ्रष्ट राज्यले रोजगारी दिएन, छातीमा गोली दियो बा-आमालाई लागेको ऋण चुकाउन विदेश जान लाग्दा पनि कमिशनखोर मन्त्री र कर्मचारीले पैसा वसूल गर्न अवरोध खडा गर्यो र छातीमा गोली ठोकिदियो। अनि देशका नेताहरूले बिल्ला भिडाए-ए यी युवाहरू त हाम्रो शासन व्यवस्था ढाल्न खोज्ने प्रतिगामी थिए !
Tweet media one
Tweet media two
49
74
685
@drckraut
Dr. CK Raut
1 year
मीटरब्याजी पीडितहरूलाई आज मातातीर्थमा भेटेर उहाँहरूको बस्ने खाने व्यवस्थामा सहयोग गर्ने र न्याय दिलाउने प्रतिबद्धता गरेको छु। सरकारले अविलम्ब समस्याको‌ समाधान गरोस्🙏
44
45
674
@drckraut
Dr. CK Raut
2 years
मधेशको राजनीतिमा नयाँ युगको शुरुवात् - डा. सी. के. राउत
Tweet media one
83
54
672
@drckraut
Dr. CK Raut
1 year
आज '#जय_नारी' भन्ने र त्यसलाई व्यवहारमा देखाउने दिन। नारी र पुरुष रथका दुई पाङ्ग्रा हुन् भने नारीको अधिकार खोस्ने षड्यन्त्रको विरूद्धमा उभिने ऐतिहासिक दिन🙏
Tweet media one
15
10
669
@drckraut
Dr. CK Raut
1 year
जसपाको #गुंडाराज र बिकेका प्रहरीको मिलेमतो हेरौं राती ९-१० बजे बाहिरबाट भारतीय गाडीमा आएका जसपाका नेता कार्यकर्ता दहियार गाउँमा पैसा बाँडिराखेकोमा त्यहीं घर भएका #स्थानीय नेता कार्तिकदेव पाण्डेले सभ्य तरीकाले विरोध जनाउँदा उल्टै कुटपीट र प्रहरीद्वारा पक्राऊ @NepalPoliceHQ
90
150
649
@drckraut
Dr. CK Raut
2 years
सप्तरीमा जाडोले कठ्यांग्रिएर मृत्यु भएका तिलाठी कोइलाडी-४ #मुसहरीका ४५ वर्षीय देवु सदाको परिवारलाई भेटेर सहयोगको पहल गर्दै।🙏
Tweet media one
41
19
645
@drckraut
Dr. CK Raut
1 year
६०-७० वर्षको पुरुष भइदिँदो हो भने कति पढेको छ, पहिला के गर्थ्यो, चलाउन सक्छ, योजना छ, भनेर कसैले सोध्थ्यो र? विगतमा त्यस्ता धेरै पुरुष मन्त्री बने, अहिले पनि कति छन् कि छैनन् भन्ने जस्ता छन्, तर उनीहरूसँग यी प्रश्न कहाँ गरिन्छ र? गरिन्छ त केवल नारीलाई, यस पुरुषप्रधान मानसिकताले।
Tweet media one
70
51
591
@drckraut
Dr. CK Raut
5 months
समाजवादी नेता बन्न त आफ्नो कार्यकर्ता र जनताले खाना खाएको थाल धुन सक्नु पर्छ। सपरिवार पाँचतारेमा खाना खाने, छोराछोरीले पाँचलाखको झोला बोक्ने, नातीनातिनी देशकै सबभन्दा महँगो निजी विद्यालयमा पढ्ने र आफू कुनै श्रम नगर्ने मान्छे समाजवादी नेता हुन सक्दैन। - नीति बहस, Space4 TV
15
77
593
@drckraut
Dr. CK Raut
2 years
तपाई आफू चाहिँ सरकारमा नजाने भन्ने सञ्चाकर्मीहरुको प्रश्नमा कुरा गर्दै उनले भने, ‘म खासमा सांसदका लागि पनि योग्य मान्छे होइन, मन्त्रीको त परको कुरा भयो । परिस्थिति, बाध्यता र जिम्मेवारी अर्कै कुरा हो।
18
23
577
@drckraut
Dr. CK Raut
1 year
प्रसिद्ध टेलिभिजन व्यक्तित्व, कार्यक्रम निर्माता तथा संचालक सरिता श्री ज्ञवाली @SareetaShree आज जनमत पार्टीमा प्रवेश।उहाँ अहिले Galaxy 4K टेलिभिजन च्यानलनमा This Morning Show पनि चलाउनुहुन्छ।🙏
Tweet media one
71
23
584
@drckraut
Dr. CK Raut
2 years
रोजगारीको सम्भावना पहिल्याउन औद्योगिक क्षेत्रको अनुगमन #drckraut #action
Tweet media one
Tweet media two
Tweet media three
32
18
580
@drckraut
Dr. CK Raut
7 months
"हामीले धोती लाउँदैमा तपाईंलाई के आपत्ति छ? हामी धोती लाएर हिँडन नहुने हो? हामी नाङ्गै हिँड्नु पर्ने हो ? यो कस्तो हुकुमी शासन हो? यो देश हाम्रो हो कि होइन?" पक्राऊ हुनु पूर्व डा. सी. के. राउतले प्रहरीलाई सोधेका थिए।
163
60
570
@drckraut
Dr. CK Raut
2 years
जनमतको पहिलो जीतको घोषणा सप्तरी २ (ख)
Tweet media one
67
21
569
@drckraut
Dr. CK Raut
1 year
नेपाल प्रहरी र सरकारका कुकृत्यहरू: बारा-२ @NepalPoliceHQ @ECNepal @cmprachanda @MoHAGunaso
Tweet media one
57
130
569
@drckraut
Dr. CK Raut
1 month
यदि गाली गर्नेहरू नेताहरूभन्दा स्मार्ट हुने भए त देश यिनैले पो चलाइरहेका हुन्थे। नेताहरू केही नजान्ने, नपढ्ने, मूर्खै हुन्छन् भन्ने भाष्य गलत छ। नेताहरू औसत मान्छेभन्दा बढी पढ्छन्, समाजलाई बढी बुझेका हुन्छन्, बढी संघर्ष गरेका हुन्छन्, र त त्यहाँ पुगेका छन्। #नेताहरूबारे
91
66
566
@drckraut
Dr. CK Raut
2 years
'म खासमा सांसदका लागि पनि योग्य मान्छे होइन, मन्त्रीको त परको कुरा भयो [परिस्थिति, बाध्यता वा जिम्मेबारीले भएको चाहिँ अर्कै कुरा हो।]' गठबन्धनको बैठकपछि तपाई आफू चाहिँ सरकारमा नजाने भन्ने सञ्चाकर्मीहरुको प्रश्नमा कुरा गर्दै उनले भने।🙏 #drckraut
21
30
562
@drckraut
Dr. CK Raut
1 year
जनमत पार्टीको पत्रकार सम्मेलन आज चैत्र १५ गते 11.30 बजे रिपोर्टर्स क्लबमा हुँदै
Tweet media one
12
5
558
@drckraut
Dr. CK Raut
1 year
जसपाका अध्यक्ष श्री उपेन्द्र यादवज्यूलाई बारा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचनमा विजयी हुनु भएकोमा उहाँलगायत जसपाका सम्पूर्ण नेता, कार्यकर्ता र शुभचिन्तकहरूलाई हार्दिक बधाई 🎉 जनमत पार्टीलाई मतदान गर्नुहुने र अगाध माया दिनु हुने सम्पूर्णमा कोटिकोटि प्रणाम 🙏
Tweet media one
112
17
555
@drckraut
Dr. CK Raut
1 year
गण्डकी प्रदेशले दिएको राजस्वभन्दा ५ गुणा, कर्णालीले दिएको राजस्वभन्दा २९ गुणा, सुदुरपश्चिमले दिएको राजस्वभन्दा ६ गुणा बढी बजेट पाउँदै आएको छ तर तर मधेशले दिएको राजस्वको एक चौथाई जति बजेट पनि मधेश प्रदेशलाई दिइन्न। यसले #मधेशमा कुन स्तरको #औपनिवेशिक #शासन रहेको छ, देखाउँछ
130
80
522
@drckraut
Dr. CK Raut
2 years
आज आफ्नै निर्वाचन क्षेत्रमा जनताको‌ दुःखसुख सँगै 🙏
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
18
5
522
@drckraut
Dr. CK Raut
5 years
मुख्यमंत्रीले विदेशीलाई ३६ व्यञ्जन खुवाउन ७३ लाख खर्च गर्न केन्द्र बाधा भएन, भोजभतेर मैं ४ करोड स्वाहा गर्न केन्द्र बाधा भएन, अहिले भोक-भोकै बिचल्ली परेका बाराका हुरी पीडित जनताहरुलाई १०-२० दिन दाल-भात खुवाउन केन्द्र बाधा भयो ? #असक्षम #भ्रष्ट #दलाल #प्रदेश_नं_२_सरकार
Tweet media one
42
98
512
@drckraut
Dr. CK Raut
2 years
भोलि पौष २ गते #शनिबार जनसम्पर्क कार्यालय/जनमत पार्टी जिल्ला कार्यालय सप्तरी #राजबिराजमा हुनेछु। धन्यवाद 🙏
Tweet media one
20
11
521
@drckraut
Dr. CK Raut
1 year
नववर्ष २०८० को हार्दिक मंगलमय शुभकामना 📢📢📢
Tweet media one
96
14
515
@drckraut
Dr. CK Raut
3 months
राष्ट्रियकरण गर्नु भनेकै राष्ट्रवाद होइन। सेनालाई उद्योग चलाउन दिनु नै राष्ट्रवाद होइन। नाफामा उद्योग चलाउन सके बल्ल राष्ट्रवाद हुन्छ। कान्तिपुर इकोनोमिक समिट - २०२४, डा. सी. के. राउत
19
56
513
@drckraut
Dr. CK Raut
2 years
शहीद दिवसको अवसरमा ज्ञातअज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली दिँदै सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा शहीद साकेत चन्द्र मिश्र अन्तर्राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिता उद्घाटन गर्दै 🙏
Tweet media one
16
15
495
@drckraut
Dr. CK Raut
2 years
परराष्ट्र मन्त्रालयको समन्वयमा आज जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सी. के. राउत तथा #इजरायलका राजदूत खनान गोदेर बीच शिष्टाचार भेटवार्ता भएको छ। भेटघाटका क्रममा कृषि क्षेत्रमा नेपालले इजराइलबाट सिक्न सक्ने कुरा तथा गरिन सकिने सहयोग र सहकार्यको विषयमा चर्चा भयो। 🇳🇵🇮🇱
Tweet media one
14
17
473
@drckraut
Dr. CK Raut
2 years
आज #सपथग्रहण गरे पश्चात् ५ वटा कुराको लागि #पहल गर्न औपचारिक पत्र काटेको छु: (क) साक्षरता कार्यक्रम संचालन गर्न, (ख) सगरमाथा अञ्चल अस्पतालको सुधारको लागि, (ग) राजविराजमा हवाई उडान बढाउन र नियमित गर्न, (घ) औद्योगिक क्षेत्रलाई सुचारू गर्न, (ङ) थप मलखाद उपलब्ध गराउन। जय जनमत।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
44
38
465
@drckraut
Dr. CK Raut
2 months
स्पेस एण्ड कम्युनिकेशन रिसर्च सेन्टर, मधेश प्रदेश 📢 जनमत नेत्तृत्वको मधेश प्रदेश सरकारको बजेट २०८१-८२📢 #aigenerated
Tweet media one
179
35
455
@drckraut
Dr. CK Raut
4 months
सेवारो🙏#ईलाम जिल्लाको #माङसेबुङमा किरात #धर्मगुरु पूज्यनीय मुहिङगुम अङसीमाङ लिङदेन #आत्मानन्द सेइङसँग आशीर्वाद लिँदै 🙏
Tweet media one
18
15
447
@drckraut
Dr. CK Raut
2 months
जे हुन्छ राजनीतिबाटै हुन्छ। अरूले सकेन भन्ने तपाईं आउनु पर्यो, सामाजिक संजालमा खाली गाली गरेर मात्रै हुँदैन। - डा. सी. के. राउत, सत्य संवादमा
26
46
449
@drckraut
Dr. CK Raut
4 years
कोविड-१९ विरुद्ध अग्रपंक्तिमा संघर्षरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी, समाजसेवी लगायत सबैलाई धन्यवाद, धन्यवाद, धन्यवाद। नव वर्ष २०७७ को मंगलमय शुभकामना
53
25
424
@drckraut
Dr. CK Raut
9 months
मधेशी राजा/रानीद्वारा ई. १६६७ मा, हात्तीद्वारा कुल्चेर आफ्नो पुत्र चक्रवतेन्द्र मारिएको पुत्रशोकको कारणले, बनाउन आदेश दिइएको #रानी_पोखरीमा आज मधेशीहरूले आफ्नो पुत्रहरूको दीर्घायुको लागि #छठ_व्रत बस्न नपाउँदा पक्कै पनि खिन्नताको बोध गरेका छन्। छठ पर्वको हार्दिक शुभकामना 🙏
Tweet media one
59
17
418
@drckraut
Dr. CK Raut
2 years
Saptari-2
Tweet media one
46
23
381
@drckraut
Dr. CK Raut
2 years
मलाई मन परेको तस्वीर - उत्पिडित र सीमान्तकृत वर्गको लागि संघर्ष सड्क, सदन र सरकार सहित तीनवटै मोर्चामा जारी रहन्छ✊
Tweet media one
8
11
410
@drckraut
Dr. CK Raut
1 year
मधेश प्रदेशको कृषि मन्त्रालयमा ३० दिन, प्रशंसनीय काम। दुर्गाग्यले जनमत पार्टीले पाएको अर्को मन्त्रालय "शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्रालय" मा पटक-पटक ताकेता गर्दा पनि अहिलेसम्म कार्यभार समेत छुट्टयाएर हस्तान्तरण गरेको छैन।
Tweet media one
Tweet media two
Tweet media three
25
26
395
@drckraut
Dr. CK Raut
2 years
जनमत पार्टी #सप्तरीद्वारा माघ १ गतेको हवाई दुर्घटनामा ज्यान गुमाएकाहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण🪔🪔🪔
Tweet media one
9
5
395
@drckraut
Dr. CK Raut
1 year
भारत सरकारसँग सप्तरीमा रसायनिक मलखाद उद्योग, दूग्ध तथा कृषिजन्य उद्योग, विज्ञान केन्द्र तथा प्लानेटेरियम, कोशी नहर सडक खण्ड निर्माण (बैरेजदेखि तरहीसम्म), कोशी कोलोनीमा उद्योग संचालन सम्बन्धी पहल गरेको छु। यसलाई सम्झौतामा स्वीकार गर्नुहुनेछ भनेर प्र.म.ज्यूलाई सफल भ्रमणको शुभकामना
Tweet media one
34
10
394
@drckraut
Dr. CK Raut
1 year
उपराष्ट्रपतिमा निर्वाचित हुनुभएका सरल र सहृदयी मा. राम सहाय यादवज्यूलाई धेरै धेरै बधाई छ। साथै नेतृद्वय अष्टलक्ष्मी शाक्यज्यू र ममता झाज्यूलाई समेत बधाई। सबै संघर्ष जित्नका लागि नै हुँदैनन्, परिणाम थाहा हुँदाहुँदै पनि नैतिक प्रश्न र अस्मिताको लागि कति लडाईं अपरिहार्य हुन जान्छ।
Tweet media one
18
15
387
@drckraut
Dr. CK Raut
2 years
आज काठमाडौंस्थित ओशो तपोवनमा पूज्यनीय स्वामीजीबाट आशीर्वाद ग्रहण (स्वामीजी पोखरामा हुनुहुन्थ्यो) 🙏
Tweet media one
Tweet media two
Tweet media three
15
13
391
@drckraut
Dr. CK Raut
1 year
बारा-२ को मतगणना स्थलको लाइभ हुनुपर्छ।‌ सप्तरी -२ मा हामीले भोगिसकेका छौं, हार्न लागे पछि जसपाले भित्र नै उत्पात र दंगा मचाएर निर्वाचन बदर गराउने कसरी कोशिस गरेका थिए, प्रहरी प्रमुखको मिलेमतो थियो नै। बारा-२ मा सुवर्ण गा.पा. का ४ बटा बाकसको सिल टुटेको भेटिएको छ @ECNepal
20
71
373
@drckraut
Dr. CK Raut
1 year
आधा घंटामै काठमाडौंबाट सप्तरीको #राजबिराज पुग्न सकिने - अनि‌ प्रख्यात #छिन्नमस्ता, #कंकालिनी, #कोशी_बैरेज र कोशी टप्पु #आरक्ष एकै दिनमा हेर्न पाइने। तपाईं पनि आउने हैन त? #CKKR #पर्यटनपरिपथ
Tweet media one
16
12
352
@drckraut
Dr. CK Raut
3 months
माननीय गृहमन्त्रीज्यूलाई सप्तरी तथा महोत्तरी आगजनी पिडितको लागि राहत मात्रै होइन, भूकम्पपिडितलाई झैं पक्की आवास निर्माण गर्ने आवश्यक व्यवस्था गर्न अनुरोध गर्दै ज्ञापनपत्र हस्तान्तरण
Tweet media one
9
15
353
@drckraut
Dr. CK Raut
1 year
सेतोपाटी सर्वेक्षण बारा-२: जनमतको जीत सुनिश्चित् ---------------- जनमत: ३५.६% जसपा: २८.८% रास्वपा: ११% एमाले: १०.५% आजपा(प्रभु साह): ५.५% अनिर्णित: ८.६%
Tweet media one
119
22
350
@drckraut
Dr. CK Raut
1 year
बारा-२ मा जनमत पार्टीको तर्फबाट शिवचन्द्र कुशवाहाको‌ उम्मेदवारीसगै जीत सुनिश्चित भएको छ📢📢📢
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
105
11
350
@drckraut
Dr. CK Raut
2 years
सप्तरी-१ मा प्रतिनिधिसभाको ४४६ मतपत्र हराइरहेको, मतपेटिका भण्डारण कक्षमा टुटेको झ्याल रहेको, CCTV को फुटेज/लाइभ सार्वजनिक नगरिएको, तथा मत परिणामको शीट समेत सार्वजनिक नगरी अपारदर्शी र शंकास्पद रूपमा मतगणना भइरहेको हुँदा पारदर्शी र धाँधलीरहित गर्न अनुरोध @ecnepal @nepalpolicehq
16
35
347
@drckraut
Dr. CK Raut
7 months
प्रहरीलाई #मण्डले भनेर सरकारले कारबाही गरेको छ, प्रहरीको मनोबल खसाएको छ। प्रहरीमा��ि दोष थुपारेर आफू मूलकारणबाट उम्किन खोजिएको छ। यस्तै रहे प्रहरीले किन सुरक्षा दिन्छन् यी भ्रष्ट नेताहरूलाई। @NepalPoliceHQ पूरा अन्तर्वार्ता:
10
27
350
@drckraut
Dr. CK Raut
5 months
जेफ बेजोस् नेपाली भएको भए १६ लाखले त्यसै जागिर पाउँथे होला। तर हामी कहाँ यस्तो राजनैतिक दर्शन छ कि जेफ बेजोस् नेपालमा जन्मेको भएको हँसियाले घाँटी छिनाइन्थ्यो होला। कतै नेपालको #बालविवाह #समाजवादसँग गराइएको त होइन? काँचै उमेरमा आमा बन्न बाध्य गरिँदा आमाको ज्यानै जाने खतरा हुन्छ।
13
37
345
@drckraut
Dr. CK Raut
1 year
गरीब मारा, मधेश विरोधी, जनतामारा, असमान बजेटलाई समर्थन नगर्ने निर्णय आज जनमत पार्टीको संसदीय दलको बैठकले गरेको छ। अर्थतन्त्र धराशायी भइराखेको बेलामा लूटतन्त्रमुखी कार्यकर्ता पोस्न ल्याइएको बजेट कुनै पनि हालतमा स्वीकार्य छैन। मन्त्री पदकै लोभमा अरू पार्टी जस्तो समर्थन दिन सकिदैन
Tweet media one
24
18
347
@drckraut
Dr. CK Raut
1 year
यहाँ प्रधानमन्त्री आफैं त कति दिन टिक्ने ठेगान छैन। मधेश प्रदेशका मुख्यमन्त्रीको उपनिर्वाचन पछि आफैं बहिर्गमन हुँदैछ। सत्ताधारीको धम्कीको कुनै अर्थ छैन। चैत्र १५ गतेको माओवादी, काँग्रेस र जनमतको सहमतिप्रति काँग्रेस इमान्दार भए जनमतको मुख्यमन्त्री बन्दैछ, नभए काँग्रेसको। 📷📷📷
20
35
343
@drckraut
Dr. CK Raut
2 years
Tweet media one
46
20
338
@drckraut
Dr. CK Raut
1 year
जसपाका मुख्यमन्त्री, मन्त्री सबै सरकारी साधनस्रोतको दुरुपयोग गरेर प्रचारमा। प्रहरीप्रशासन तिनीहरूको सेवामा। खाली जनमत पार्टीको झण्डा हटाउँदै र डिजे बन्द गराउँदै, कार्यकर्तामाथि डर देखाउँदै। समान व्यवहार होस्, जनताले सबै हेरिराखेका छन् @ECNepal @NepalPoliceHQ @cmprachanda
31
27
336
@drckraut
Dr. CK Raut
7 months
डा सी के राउत, मन्त्री अनिता साह, सभापति अब्दुल खान, दीपक साह सहित हिरासतमा
Tweet media one
40
14
337
@drckraut
Dr. CK Raut
5 months
देशभरिका #इन्जिनियरहरू एक होऔं - देश विकासमा जुटौं। नेपाल कहिले बन्यो भने त्यो #इन्जिनियरहरूकै हातबाट नै बन्नेछ किनकि निर्माण भनेकै इन्जिनियरिङ्गसँग सम्बन्धित शब्द हो। हजारौं वर्षदेखि धर्म, दर्शन, कानून र राजनीतिले दिन नसकेको समाधान अन्तत: इन्जिनियरिङ्गले नै दिन्छ।
20
19
340
@drckraut
Dr. CK Raut
1 year
नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशमलाल चौधरीसँग जनमत पार्टीका अध्यक्ष डा. सी. के. राउतको भेटघाट
Tweet media one
30
9
327
@drckraut
Dr. CK Raut
2 years
गजेन्द्र नारायण सिंह #अस्पताल #राजबिराज सुधारको पहिलो कदम - जनताको सुझाव र सहयोगबाट नै यो सम्भव हुन सक्छ। #रेफरल_सेन्टरमा सिमित हुन पुगेको अस्पताललाई जोगाऔं। #नि:शुल्क पाउनुपर्ने #औषधी पनि अस्पतालले विरामीलाई उपलब्ध गराएन भने त्यो पनि खबर गर्नुहोला🙏
Tweet media one
16
28
329
@drckraut
Dr. CK Raut
7 months
म प्रचण्ड होइन, म सी. के. राउत हूँ - full interview at
30
26
321
@drckraut
Dr. CK Raut
3 years
गौरकांड झैं नरसंहार गरिदिने र घेराऊ हालेर हत्या गरिदिने संघीय मन्त्रीको घोषणाको ४८ घंटा बितिसक्दा पनि मंत्री परिषद्‍बाट कुनै स्पष्टीकरण नआए पछि यसलाई नेपाल सरकारकै #आधिकारिक #घोषणा मान्नै पर्ने भयो। प्रहरीबाट सुरक्षाको आश भएन। अब आफ्नो आत्मरक्षा गर्दा कसैले आपत्ति नमान्नुहोला।
40
45
317
@drckraut
Dr. CK Raut
1 year
यी बूथहरू जसपा #लूट्नका लागि तैयारी गरेका छन् - पत्रकारहरूलाई हेर्न आउन चुल्हो निम्तो @NepalPoliceHQ @ECNepal
Tweet media one
Tweet media two
29
55
320
@drckraut
Dr. CK Raut
1 year
भोट किन काट्ने ? हर्नमा नै हाल्ने । अरू चिन्हमा भोट हाले भोट काटिन्छ र #गौर #नरसंहार गर्नेले जित्छ, सबैलाई #लखेट्छ, जंगलराज लाद्छ। त्यसैले हर्न छापमा नै मतदान गरौं, भोट खेर नफालौं।
Tweet media one
39
34
318
@drckraut
Dr. CK Raut
1 year
जनअभिमत प्रति हाम्रो उत्तरदायित्व छ। सत्ताकै लागि हामीले ठीक बेठिक सबै कुरामा हो-हो भन्नेवाला छैनौं। त्यो मन पर्दैन भने जनमत पार्टी जतिबेला पनि सरकारबाट निस्किन तयार छ।
Tweet media one
23
20
311
@drckraut
Dr. CK Raut
2 years
म एक `निस्काम कर्मयोगी´- डा. सीके राउत #तमसोमा_ज्योतिर्गमय सोमवार आज राति ९:०० बजे
Tweet media one
14
9
312
@drckraut
Dr. CK Raut
2 months
तम्रा घरका जगै रातो या हुन् बलिवेदी रगतका रंग ती ... घाँसको सिरैसिर रातो या हुन् घाइते बिसाएका छाप ती झारको झ्याङ्गै रातो या हुन् लट्केका लाशका राप ती बोटको गुराँसै रातो या हुन् आला रगतका डोब ती ... रात्तै रात छ प्रात रात्तो तैपनि किन आँगन रित्तो, कर्णाली?
13
31
314
@drckraut
Dr. CK Raut
1 year
मीटरब्याजी पीडितको मार्च: माफिया, व्यापारी र चंदा दाताले प्रहरी, प्रशासन, अदालत र सरकारलाई खरीद गर्दै चलाएको मेरो देशमा न्यायको लागि भौंतारिँदै गरेका आमजनता। नि:शब्द छु। @cmprachanda
Tweet media one
28
12
308
@drckraut
Dr. CK Raut
3 months
घाँसको सिरैसिर रातो या हुन् घाइते बिसाएका छाप ती झारको झ्याङ्गै रातो या हुन् लट्केका लाशका राप ती बोटको गुराँसै रातो या हुन् आला रगतका डोब ती तम्रा त डाँडा नै रातो या हुन् रूष्ट प्रकृतिका क्षोभ ती रात्तै रात छ प्रात रात्तो तैपनि किन आँगन रित्तो, कर्णाली? रातो कर्णाली - CK Raut
Tweet media one
16
19
309
@drckraut
Dr. CK Raut
2 years
Tweet media one
Tweet media two
Tweet media three
13
9
299
@drckraut
Dr. CK Raut
9 months
देशको भित्री अवस्था के छ, एउटै आदेशले देखाइरहेको छ। तर श्री ६ महाराजहरूलाई अझै पनि समीक्षा गरौं आफूभित्र पनि एक पटक हेरौं, अरूको पनि सुनौं भन्ने बिलकुल नै छैन। बरू कोही विद्रोहमा उत्रे प्रतिगामी भनौं, नयाँ शक्तिहरूलाई ध्वस्त पारौं तर देशलाई डुबाएरै पनि आफू उम्कौं भन्ने मात्र छ।
Tweet media one
20
52
299
@drckraut
Dr. CK Raut
7 months
हाम्रो पार्टी सरकारमा छ भन्दैमा मैले रातलाई दिन, दिनलाई रात भन्दिनु पर्ने? गलतको विरोध मैले निजीरूपमा पनि गर्न नपाउने? त्यसोभए त्यही सरकारले दिएको नागरिकता बोकेर, सेवा लिएर,त्यही सरकारले गरेको निर्वाचनमा मतदान गरेर, तपाईंले बनाएको सरकारको तपाईंले पनि कसरी विरोध गर्न सक्नुहुन्छ?
Tweet media one
39
38
293
@drckraut
Dr. CK Raut
2 years
विहानैविहान जनताको जनआकांक्षा सुन्दै, सप्तरीको मंसापुर र वभनगामामा🙏 #जनताराज
10
13
295
@drckraut
Dr. CK Raut
9 months
शुभप्रभात ! आजको विहानी #सुर्खेत विमानस्थलमा🙏यहाँबाट जनमत पार्टीको टोली #भूकम्पपिडित क्षेत्र #जाजरकोट र #रूकुमतिर🙏
Tweet media one
9
9
285
@drckraut
Dr. CK Raut
1 year
मिलेमतोको पनि हद हुन्छ। यस्तै हो भने जसको लागि यो नौटंकी गरिँदैछ, उसलाई सीधै निर्वाचित घोषणा गरे भो नि त। संघीय सचिवालयले पद रिक्त भएको जानकारी बल्ल दिँदै गर्दा निर्वाचन आयोगले एक महिना पछि चितवनकै समयतालिकामा वैशाख १० गते नै बारा -२ को निर्वाचन गराउने सूचना जारी गर्छ @ECNepal
Tweet media one
56
39
282
@drckraut
Dr. CK Raut
1 year
पारदर्शिताबाट डर किन ? मतगणना स्थलको #लाइभ गरिनु पर्ने हाम्रो मागको विपरीत #मोबाइल फोन समेत #निषेध गरी मतगणना गर्नुको रहस्य के? प्रहरी, प्रशासन र निर्वाचन अधिकृतको मिलेमतो हिजो पनि बूथहरूमा देखिएकै हो, मतपत्र बाहिर छयाप्छ्याप्ती भेटिएकै थिए, मतपेटिकाको सील पनि तोडिएको छ। @ECNepal
Tweet media one
Tweet media two
9
49
279