Sharad Raj Pathak Profile Banner
Sharad Raj Pathak Profile
Sharad Raj Pathak

@SharadRPathak

Followers
7,328
Following
393
Media
1,163
Statuses
11,725

महामन्त्री-राप्रपा। मूल सरोकार: सुशासन। General Secretary: Rastriya Prajatantra Party. Contested 2074 election in Chitwan3. MA-Rural Development. Former journo.

KATHMANDU, NEPAL
Joined April 2009
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
@SharadRPathak
Sharad Raj Pathak
2 years
माओवादी सशस्त्र द्वन्द उत्कर्षमा थियो। राजा रानीको सुरक्षा चुनौति अत्यन्त उच्च हुनेनै भयो। माता पितालाई गर्भवती छोरी श्रुति भेट्न मन भयो। ठमेलस्थित छोरीको घर विना तामझाम पैदल जाँदै गरेका राज दम्पतीलाई फोटोग्राफर नरेन्द्र श्रेष्ठले चिनेर लुकेर फोटो खिचे। अनि, कान्तिपुरमा छापियो।
Tweet media one
49
125
1K
@SharadRPathak
Sharad Raj Pathak
6 years
विमानस्थलमा सिर्जित मेरो युगकै सर्वाधिक शक्तिशाली चित्रकथा १) राम्ररी हातमुख जोर्न नपुगेपछि खाडी हिंडेका छोरालाई नियाल्दै एक पिता। २) पहिलो तस्वीरका पिताजस्तै सर्वहारा वर्गको मुक्तिकालागि गरिएको युद्धका प्रमुख आफ्नी पत्निको उपचारलाई अमेरिका जाँदा विदाइका लागि लामवद्ध कार्यकर्ता।
Tweet media one
Tweet media two
89
456
1K
@SharadRPathak
Sharad Raj Pathak
2 years
प्रकाशमानजी ले शेरबहादुरजीलाई सभापति जिताउनुभयो। नत्र नेतृत्व पुस्तान्तरण हुन सक्थ्यो। मिनेन्द्र,स्वर्णिम,गोविन्द,दिनेश जस्ता नेताले टिकट नपाउने स्थिति पक्कै हुन्नथ्यो। यो चुनाबमा प्रकाशमानजी छाडेर रवीन्द्र मिश्रलाई भोट हाल्दा काँग्रेसी मतदाताले पार्टी/आफैलाइ न्याय गरेको हुन्छ।
32
90
715
@SharadRPathak
Sharad Raj Pathak
2 years
लगभग रू २५ लाख पुग्यो। अब थप सहयोग नगर्न आग्रह गर्दै हालसम्म सहयोग गर्ने सबैप्रति हार्दिक नमन गर्दछु! (By RM)
28
91
645
@SharadRPathak
Sharad Raj Pathak
2 years
रवीन्द्र मिश्र: २४१३ प्रकाशमान सिंह: २१४० काठमाडौ-१ को पछिल्लो अपडेट।
34
32
554
@SharadRPathak
Sharad Raj Pathak
2 years
संविधानविद् भीमार्जुन आचार्य @BhimarjunPhD को एक एक शब्दमा म सहमत!
17
103
551
@SharadRPathak
Sharad Raj Pathak
3 months
छोरी नयनलाई गाउने रहर छ भन्ने हामीले थाहा पाएको केही महिनामात्रै भएको थियो। लाइव म्युजिक, ठूलो स्टेजसहित रियालिटी शो का लागि अलि तयार छैनन् कि भन्ने हामीलाई लागेको थियो। तै पनि उनले रहर गरिन्। रहर र आँट पहिलो खुड्किलो हो। हामीले उनको रहरमा साथ दियौँ। अनि त्यसपछि यस्तो भयो...
62
15
541
@SharadRPathak
Sharad Raj Pathak
2 years
लोकप्रिय राजा श्री ५ वीरेन्द्रप्रति उहाँको जन्म जयन्तीका अवसरमा हार्दिक श्रद्धासुमन! (फोटोको अगाडी प्रहरी अधिकृत- मेरो बुवा स्वर्गीय गोपालराज पाठक)
Tweet media one
11
13
498
@SharadRPathak
Sharad Raj Pathak
4 years
प्रचण्ड पुत्रको निधनले दु:ख लागेर मैले चितवन क्षेत्र नम्बर ३ मा सो दिन र भोलीपल्ट चुनावी प्रचार स्थगित गरेको थिएँ। पुत्रशोकले विह्वल भएर प्रचण्ड रूँदाको फोटो राखेर प्रमका सल्लाहकार/ उनका पूर्वसहकर्मी नेताले घोचपेचयुक्त ट्वीट लेखेछन्। कसरी सक्छन्? सुसंस्कृत राजनीति आजको आवश्यकता!
17
37
486
@SharadRPathak
Sharad Raj Pathak
1 year
मेयर बालेन जीलाई वारेस राख्न नदिने सर्वोच्च अदालतको निर्णय उदेकलाग्दो र निन्दनीय छ। उनले कति गम्भीर प्रकृतिको अपराध गरे र? दलको लेवी तिर्दातिर्दै फ्याट्ट न्यायाधीश बनेकाहरू र नियुक्तिपछि धन्यवाद दिन पार्टी कार्यालय धाउनेहरूका कारण अदातलको साख यसै खस्किएको छ। अब थप के?
14
105
475
@SharadRPathak
Sharad Raj Pathak
6 years
कुखुराको अण्डामा समेत कर तिर्नुपर्नेले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ पार्टीको बैठक राखेर सबैलाई क्याटरिङको खाना खुवाएर बिल भुक्तानी राज्���कोषबाट गरिन्छ भन्ने थाहा हुँदा कस्तो लाग्दो हो? यति लेख्दा मलाई नै कारवाही त नहोला नि, सरकार?
10
114
464
@SharadRPathak
Sharad Raj Pathak
5 years
राती घर आईपुग्दा 'सानो नारायणगोपाल' को आवाजमा "तिमी जुन रहरले म मा फुल्न आयौ" सुन्न पाएपछि दिनभरको थकान चट्। #NarayanGopalSong
36
26
447
@SharadRPathak
Sharad Raj Pathak
2 years
आहा!
3
43
435
@SharadRPathak
Sharad Raj Pathak
3 years
सवारीचालक अनुमतिपत्र ट्रायल परीक्षामा आफ्नो सवारी साधन प्रयोग गर्न नपाइने नियम लादेर ठेकेदारका पत्रु साधन प्रयोग गर्न बाध्य पारी ठूलो संख्यामा आवेदकलाई नियतवश फेल गराइँदैछ। ट्रायल सेण्टर संचालक र विचौलिया मोटाउन दिने, करदाता नागरिकलाई सोस्ने यो खुलेआम लुट रोक्न कसैको ध्यान जान्छ?
14
59
435
@SharadRPathak
Sharad Raj Pathak
4 years
आत्मालोचना भनेको के हो? यती ग्रुपसँगको नाजायज सम्वन्ध टुट्छ? कौडीको भाउमा लिजमा लगाईएको राज्यको सम्पति फिर्ता हुन्छ? ७० करोड घोटाला छानविनमा सघाईन्छ?ओम्नीसँग मिलेमतोको के हुन्छ? नेताको सम्पति छानविन हुन्छ? नेता कार्यकर्ताले मेहनतको कमाईलेमात्र खान्छन्? नागरिकलाई उत्तर देउ।
21
74
426
@SharadRPathak
Sharad Raj Pathak
7 years
प्रचण्ड काठमाण्डौबाट हेलिकप्टर लिएर चितवनको शरदपुर गई विद्यालय भवन उद्घाटन गरेर हेलिकप्टरमै फर्कनुभएछ। हेलिकप्टरको भाडा कसले तिर्छ? खर्चको स्रोत के हो? जनयुद्ध दिवस भएपनि प्रश्न गर्न त पाईएला नि!
8
76
409
@SharadRPathak
Sharad Raj Pathak
5 years
प्रभु बैंकको एउटा कर्मचारी अलिकति चनाखो नपरेको भए हिजो चिनियाँ चोरले करोडौं लुटेर लैजाने रहेछन्। हजारौं/लाखौंको कारोवार गर्ने ग्राहकले लैजाला भनेर ५ रूपैयाँको कलम चाहिँ धागोले बाँधेर राख्ने बैंकहरूको साइबर सुरक्षा चाहिँ यति झुर? धत् !
10
46
382
@SharadRPathak
Sharad Raj Pathak
7 years
चितवन ३ बाट संघीय प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेको छु। सदाझैं साथ र समर्थनको अपेक्षा छ। #WeDeserveBetter #BibeksheelSajha
Tweet media one
Tweet media two
16
81
355
@SharadRPathak
Sharad Raj Pathak
7 years
चितवन ३ का बाम गठवन्धनका एक नेताले मसंग भने “हुन त मेरै छोरो पनि विवेकशील साझाको समर्थक हो, तर २/४ दर्जन ‘प्युसा’ले हल्ला गरेर देशको कहाँ राजनीति चल्छ?” मैले उत्तर दिएँ, ”तपाईंकै घरमा छोराले विद्रोह गरिसकेछन्, देशको राजनीतिको ठेक्का अब नलिनुस्।”😀
8
112
359
@SharadRPathak
Sharad Raj Pathak
4 years
'गिरिजाप्रसादलाई राष्ट्रपति बन्ने कत्ति चाह थिएन। चाहना हुन्थ्याे भने उहाँले रामवरणलाई उम्मेदवार नबनाई आफै बन्नुहुन्थ्याे र यादवभन्दा बढी मत ल्याउनुहुन्थ्याे': @theyatriji सँग कृष्ण सिटाैला। मात्रै दशकअघिकाे सर्वाधिक महत्वकाे राजनीतिक घटनाबारे कति कन्फिडेन्सका साथ झुट?छक्क परेँ!
40
29
361
@SharadRPathak
Sharad Raj Pathak
4 years
नीति तथा कार्यक्रममा एउटा गम्भिर शाव्दिक त्रुटी छ। "लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमी हो। त्यसलाई प्राप्त गर्न ठोस कुटनीतिक पहल गरिने छ।" आफ्नो भूमी हो, 'प्राप्त गर्ने' भन्ने कुरै हैन। बरू, 'अतिक्रमण गर्ने पक्षलाई फिर्ता पठाइनेछ' भनिनुपर्छ। @PM_Nepal @PradeepgyawaliK
13
55
347
@SharadRPathak
Sharad Raj Pathak
5 years
प्रधानमन्त्रीको भारत उडानका कारण आज आन्तरिक उडान धेरै रद्द भए। बुद्ध एअरलाईमात्रै साढे ३ करोडको नोक्सानी भयो भन्ने सुनियो। यस्तो स्थिति कहिले अन्त्य होला? समृद्धि ल्याउँछु भन्ने शासकको 'राजशी ठाँट' मा परिवर्तन कहिले आउला?
26
65
347
@SharadRPathak
Sharad Raj Pathak
1 year
घाँटीमा फाँसीको फन्दा, खुट्टामुनि पग्लिँदो बरफ जलवायु परिवर्तनका कारण आउँदै गरेको गम्भीर सङ्कटतर्फ विश्व समुदायको ध्यानाकर्षण गराउन जर्मनीको कोलोनमा विद्यार्थीहरूले सन् २०१९ मा बिच सडकमा यसरी प्रदर्शन गरे। उनिहरूको घाँटीमा फाँसीको फन्दा थियो, खुट्टामुनि पग्लिँदो बरफको टुक्रा।
Tweet media one
5
42
343
@SharadRPathak
Sharad Raj Pathak
2 years
प्रकाशमान सिंह: "मनोनयन दर्तामा भेट भाथ्यो, आज भेटियो। अब ५ बर्षपछि भेटौँला।" रवीन्द्र मिश्र: "अब अर्को पटक उम्मेदवारकारूपमा हाम्रो भेट नहोला। किनकी तपाईँलाई विश्राम चाहिएको छ, काठमाडौ-१ का मतदातालाई अब म चाहिएको छ।" (रत्नराज्य महादेवस्थान केन्द्र अगाडीको जम्काभेटमा कुराकानी।)
Tweet media one
13
20
337
@SharadRPathak
Sharad Raj Pathak
2 years
राष्ट्र निर्माता पृथ्वीनारायण शाहको यथोचित सम्मान गर्नु हामी सबैको कर्तब्य हो। पुष २७ को राष्ट्रिय एकता दिवसलाई सरकारले ‘नेपाल दिवस [Nepal Day]’ घोषणा गर्दै सार्वजनिक बिदा कायम गरोस्। नेपाली रुपैयाँमा पृथ्वीनारायणको तस्बिर अंकित गरियोस्। सरकारी कार्यालयमा उहाँको फोटो टाँगियोस्।
23
50
340
@SharadRPathak
Sharad Raj Pathak
7 years
विवेकशील साझा पार्टीले चितवनमा समानुपातिक प्रणालीतर्फ प्रतिनिधिसभामा कुल ९,५२० र प्रदेशसभातर्फ ९,२५२ मत प्राप्त गरेको छ। यो मतले हामी चितवनमा चौथो दल भएका छौं। तपाईँको यो विश्वासका लागि हार्दिक नमन। अब चुनावी प्रतिवद्धता अनुसार विभिन्न गतिविधिका साथ हामी तपाईँसंग जोडिईरहनेछौं।
8
34
321
@SharadRPathak
Sharad Raj Pathak
5 years
ज्ञानेन्द्र नागार्जुनमै रहुन्। अति विलाशी नक्कली कम्युनिष्ट कमरेडलाई चाहिँ आउने चुनावबाट राजनीतिबाटै विस्थापित गर्न पाए हुने। बस्, मतदाताले बुझ्नुपऱ्यो।
@Online_khabar
Onlinekhabar
5 years
पूर्वराजा ज्ञानेन्द्रलाई नागार्जुनबाट निकाल्ने प्रचण्डको चेतावनी
78
23
258
14
47
326
@SharadRPathak
Sharad Raj Pathak
2 years
राप्रपाले वर्तमान संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको छ। साथै प्रदेश सरकारहरूबाट समेत बाहिरिने निर्णय भएको छ।
Tweet media one
44
24
320
@SharadRPathak
Sharad Raj Pathak
3 years
बालुवाटारबाट बहिर्गमनको प्रसङ्गमा कृष्णप्रसाद भट्टराई र केपी ओलीको फोटोसहित तुलना गर्नु भट्टराईजस्ता नेताको घोर अपमान हुन्छ है। एउटै पदमा रहेका सबैको तुलना गर्न मिल्दैन। कहाँको नामी सदाचारी, कहाँको घोर अहंकारी।
8
36
321
@SharadRPathak
Sharad Raj Pathak
7 years
गएराती पौने ८ बजे। औंला काटिएको बच्चा। टिचिङ हस्पिटल ईमरजेन्सी। स्टाफ:"सरी।पव्लिक हलिडे,प्लाष्टिक सर्जन हुनुहुन्न।अन्तै लैजानुस्।" सवा ८बजे: ट्रमा सेन्टर "सरी पव्ल��क हलिडे,एनेस्थेसिया एकजनामात्रै हुनुहुन्छ। किर्तिपुर लैजानुस्।" ट्याक्सी: दुई हजार लाग्छ। धन्न बाँचेका छौं।
20
116
320
@SharadRPathak
Sharad Raj Pathak
2 years
देश र जनतालाई शीरमा राख्नेहरूको कहिल्यै हार हुँदैन। हाम्रो राजनीतिमा सबैभन्दा चर्को संकट इमान र देशप्रेमको हो, जुन तपाईँमा मनग्गे छ। त्यो इमानको ज्योति आगामी दिनमा अझ फैलियोस्। धेरै धेरै शुभकामना रवीन्द्र जी!
Tweet media one
9
25
321
@SharadRPathak
Sharad Raj Pathak
2 years
हिजो सुरू भएर अबको केही दिन म अलिकति चर्को सुनिन सक्छु। तर शालिन मौनताले असत्य स्थापित हुँदै गएको देखेपछी मेरो मनले मानिरहेको छैन। विगतका धेरै आन्तरिक कुरा सार्वजनिक गर्नुपर्ने देख्दैछु। मलाई माफ गरिदिनुहोला।
30
21
318
@SharadRPathak
Sharad Raj Pathak
2 years
८४ बर्षको उमेरमा स्काइ डाइभ: हिम्मत र नयाँ अनुभवका लागि उमेर बाधक नहुने रहेछ। मेरी ८४ बर्षिया फुपु दिदी खोपकुमारी उप्रेति (जो केही बर्षयता अमेरिकामा नातिसँग बस्दै आउनुभएको छ) ले अदम्य साहसका साथ १४ हजार फिट माथिबाट 'स्काइ डाइभ' गर्नुभएछ। घरी घरी हेरेर दङ्ग छु।
10
21
313
@SharadRPathak
Sharad Raj Pathak
2 years
एक्ला 'प्रतिगामी' सांसद लिङ्देनले दर्जनौँ 'अग्रगामी' सांसदलाई आज सदनमा नैतिकता, राजनीतिक संस्कार र मूल्यको राजनीतिको गहिरो ब्यवहारिक पाठ सिकाए। मुलुकमा 'प्रतिगमनकारी षड्यन्त्रको जोखिमविरूद्धका योद्धा माननीय'हरूको अनुहार हेर्नलायक देखियो। शायद यो 'षड्यन्त्रको' यिनले भेउनै पाएनन्।
6
56
312
@SharadRPathak
Sharad Raj Pathak
2 years
राजनीतिक पात्रले आफ्ना कदमहरूको औचित्य पुष्टि गर्नुनै पर्छ। आज लामो ब्याख्या लेख्न मन छैन,उपयुक्त समयमा लेख्ने/बोल्ने नै छु। शब्दभन्दा कर्मले धेरै बोल्नुपर्छ भन्नेमा म प्रष्ट छु। इमानको राजनीति स्थापित गर्न भूमिका खेल्न सकूँ,मेरो मूल प्राथमिकता यही हुनेछ।
46
12
313
@SharadRPathak
Sharad Raj Pathak
5 years
नागढुंगाकाे जाममा फसेर मृत्युवरण गर्ने नागरिक र देशका वर्तमान प्रधानमन्त्रीकाे राेग एउटै रहेछ : मृगाैलाकाे समस्या । मत दिनेकाे सडकमा मृत्यु, मत पाउनेकाे सिंगापुरमा पटक पटक उपचार । अनि, याे देश समाजवाद उन्मुख।
10
66
310
@SharadRPathak
Sharad Raj Pathak
2 years
स्कूल स्कूलमा विद्यार्थी संगठन बनाउन फर्मान जारी गर्ने पार्टी सभापति। मेयर नजित्ने पालिकामा पैसा नपठाउने धम्की दिने 'फर्स्ट लेडी'। केही 'स्वतन्त्र बुद्धिजीवी'लाई यता आँखा चिम्लिने धेरै बहाना छ। तर रवीन्द्र मिश्र र विवेकशील साझाको सानो त्रुटीलाई तिलको पहाड नबनाई बस्ने सुविधा छैन!
11
58
311
@SharadRPathak
Sharad Raj Pathak
2 years
विवेकशील साझालाई आएको मत एकदमै अनपेक्षित छ। हामी गहिरो समिक्षा गर्नेछौँ। कतिपयले भनेजस्तो "विचारभन्दा माथि देश" दस्तावेज कारण हो भन्ने लाग्दैन। अहिलेमात्र होइन, दस्तावेज नआउँदै भएको गत उपनिर्वाचनमा पनि नतिजा यस्तै रह्यो। २०७५ को विभाजनपछि पार्टी माथि उठ्नै नसकेको भने सत्य हो।
141
11
308
@SharadRPathak
Sharad Raj Pathak
1 year
नेपालमा खेलकुद समारोहहरूमा केही समयअघिसम्म दर्शक दीर्घाबाट आयातित भुँभुँजेलाहरूको कर्कस आवाज सुनिन्थ्यो। तर, पछिल्लो समय खेल हेर्न शङ्ख लिएर जाने र यसैगरी शानदाररूपमा बजाउने यस्ता युवाहरूको संख्या बढेको देख्दा गर्व लाग्छ।
Tweet media one
6
13
306
@SharadRPathak
Sharad Raj Pathak
6 years
मन्त्रीको स्वागतमा चर्को घाममा कलिला स्कूले नानीलाई ताँती लगाईएको देखेपछि दिक्क छु। यो हदमा त ज्ञानेन्द्र शाह पनि जाँदैनथिए।
Tweet media one
35
101
299
@SharadRPathak
Sharad Raj Pathak
2 years
'ई बाट ईश्वर हटाउँदा ईमान किन लेखिएन? कहाँबाट ईसा आयो?' @BhimRawal179 को सटिक खबरदारी।
@AP1HDTV
AP1 HD TV
2 years
भीम रावलको प्रश्न- धर्मनिरपेक्ष देशको पाठ्यक्रममा कहाँबाट ईसा आयो ?
32
68
427
18
35
306
@SharadRPathak
Sharad Raj Pathak
2 years
'राप्रपाका अध्यक्ष @rajendralingden सहित सबै सांसदहरुले संघीय संसद सचिवालयले उपलब्ध गराएको शपथको व्यहोरा पढिसकेपछि ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर काम गर्नेछु’ भन्ने वाक्य पढेर हस्ताक्षर गरी सचिवालयमा बुझाएका छन्।' यो चानेचुने वाचा होइन।
26
14
305
@SharadRPathak
Sharad Raj Pathak
4 years
नमनराज पाठक। उमेर : पौने ४ बर्ष। रुचि: गीत संगीत। स्वरसम्राट नारायण गोपालको ठूलो फ्यान। "लौ सुन म भन्छु, मेरो राम कहानी"
19
14
298
@SharadRPathak
Sharad Raj Pathak
5 years
त मान्यवरहरू, राज्यकोषको अरबौं बजेट लगाएर हामीलाई चाहिएको र भविष्यमा पनि चाहिने के रहेछ? भ्यू टावरहरू कि सुविधायुक्त थप अस्पतालहरू?
7
52
295
@SharadRPathak
Sharad Raj Pathak
2 years
मौन अवधि, मुस्कानको घडी! @RabindraMishra
Tweet media one
11
12
291
@SharadRPathak
Sharad Raj Pathak
6 years
भर्खर पढें : छोरीका लागि न्याय माग्दामाग्दै निर्मलाका बुवा डिप्रेशनमा। आउनुस्, हामी सबैजना आ-आफ्नो 'अपराध'का लागि क्षमायाचना गरौं। बलात्कारी र हत्यारा संरक्षण गर्ने यस्ता नालायकहरूलाई सत्तामा पुऱ्याउने र सारा राष्ट्रलाई लज्जित बनाउने तपाईँ हामी पनि सानातिना 'अपराधि' नै त हौं नि।
5
83
289
@SharadRPathak
Sharad Raj Pathak
5 years
कास्की २ का प्रमुख उम्मेदवारहरूबिचको बहस। चुनावी मैदानमा रहेका उम्मेदवारहरूलाई एकै मञ्चमा ल्याएर उनिहरूका एजेण्डामाथि बहस चलाउने पत्रकार महासंघको यो प्रयास अत्यन्त सह्रानीय छ। यस्ता बहस धेरै भन्दा धेरै भए हामीले चाहेको निर्वाचनको शुद्धिकरणमा ठूलो भूमिका खेल्नेछन्।
Tweet media one
6
32
288
@SharadRPathak
Sharad Raj Pathak
2 years
राष्ट्रपति विद्या भण्डारीको शारीरिक अवस्थाका कारण बस चढ्न पिर्का राखिदिएकोमा पनि यत्रो आलोचना? टिप्पणीनै गर्न मन लागे त्यो यात्राको औचित्यदेखि अरू कयौँ विषय छन्। तर पिर्कामा बहस? कति असंवेदनशील र अमानवीय हामी? के हाम्रा बा-आमालाई पनि यस्तै गर्छौँ? हामी आफै चाहिँ बृद्ध हुँदैनौ?
39
26
289
@SharadRPathak
Sharad Raj Pathak
5 years
यसपालीको भोट सबै झ्याप्पै तराजु। भक्तपुर दुवाकोटमा साझा पार्टीको सभा सुरूहुनुअघि चुनावी गीतमा नाचेर उत्साह छर्दै शीर्ष नेताहरू।
22
35
273
@SharadRPathak
Sharad Raj Pathak
4 years
भाेकाे पेटमा दाम्लाे कसेका मजदूरकाे अविरल अश्रुधारा, ब्रुफिन खाएरै ठेला धकेल्दै परिवार पाल्ने जाेहाे गर्न हिडेकी महिलाकाे करुण क्रन्दन, मनकारीहरूले बाँडेकाे भात खान लाममा बसेका निरिह केटाकेटीकाे आँखामा छछल्किएकाे पीडा। याे सबै देख्दा शासकहरूलाई खाना रूच्या हाेला?कि देखिएकै छैन?
15
32
258
@SharadRPathak
Sharad Raj Pathak
4 years
चितवन क्षेत्र नं ३ (भरतपुर ६) को गीतानगरस्थित सहकारी संस्थामा १ सय २० बोरा मल बाँडिने भएपछि विहान ४/५ बजेदेखि लागेको किसानको लाइन। यहाँका जनताले पुष्पकमल दाहाललाई मत दिए। दाहालले घरबेटीलाई ठेक्का दिलाईदिनुभयो। बाँकी कुरा छर्लंङ्गै छदै छ। (भिडियो/आवाज: रूद्र अधिकारी, गीतानगर)
17
109
257
@SharadRPathak
Sharad Raj Pathak
4 years
साझा पार्टीले मलाई प्रवक्ताको जिम्मेवारी सुम्पिएपछि विभिन्न माध्यमबाट तपाईँहरूले निकै हार्दिकतापूर्वक बधाई/शुभकामना दिनुभएको छ। व्यक्तिगत रूपमा म माथि र मेरो राजनीतिक यात्राप्रति तपाईँको लगातारको सद्भाव र शुभेच्छा लागि अत्यन्त आभारी छु। सबैको जय होस्!
Tweet media one
50
8
261
@SharadRPathak
Sharad Raj Pathak
2 years
भारतका राजदूतको विदाई गर्न प्रधानमन्त्री, पूर्व प्रमसहितका नेता लाम लागेर लैनचौर धाएको धेरै भएको छैन। नरेन्द्र मोदीले अपमानजनक ढंगले भेट रद्द गरिदिएपछि प्रचण्डले भन्नुभएछ, "मलाई टेन्सन छैन।" कमरेड, हामीलाई त सरोकार छ। कहाँबाट कहाँ पुऱ्यायो 'अग्रगमन'ले? सान पनि छैन, मान पनि छैन!
10
49
260
@SharadRPathak
Sharad Raj Pathak
2 years
जनार्दन जी लाई २५ दिन मन्त्री पदबाट बाहिर राखेकोमा गठबन्धनको तर्फबाट सार्वजनिक क्षमायाचना गर्दै उहाँलाई राज्यकोषबाट तत्काल २५ अर्ब रूपैयाँ क्षतिपूर्ति दिन जोडदार माग गर्दछु। काँग्रेस, माओवादी, समाजवादी इत्यादीका सबै सांसद मिलेर सिंहदरबारमा २५ दिन अखण्ड क्षमापूजा पनि गरियोस्।
6
66
260
@SharadRPathak
Sharad Raj Pathak
2 years
प्रधानमन्त्री निवास बालुवाटारको ठिक अगाडीको पैदलमार्गको अवस्था। भित्र प्रधानमन्त्रीका लागि हेलिकोप्टर ल्याण्ड हुन्छ। बाहिरपट्टी दृष्टीविहिन र ह्वीलचेयर प्रयोगकर्ताको त कुरै छाडौँ, सर्वसाधारण पैदलयात्रीले समेत सजिलै हिँड्नसक्ने अवस्था छैन।
12
52
253
@SharadRPathak
Sharad Raj Pathak
1 year
आज ठ्याक्कै ३८ बर्ष भयो छाडी जानुभएको। (असोज ६, २०४२, जिल्ला प्रहरी कार्यालय सिराहा।) वार्षिक पुण्य तिथिको यो दिनमा हार्दिक श्रद्धासुमन बुवा। माथिबाट हेरिरहनुभएको भए गौरव महसुस गराउन सकौँ। हामीलाई आशिर्वाद मिलिरहोस्।❣️
Tweet media one
21
4
250
@SharadRPathak
Sharad Raj Pathak
3 months
यो रिपोर्ट एकदमै असन्तुलितमात्र हैन धेरै हदसम्म पूर्वाग्रही पनि छ। सडक ब्यापारको एकमात्र विकल्प देह ब्यापार थियो भन्नेजसरी निष्कर्ष निकालिनु सर्वथा अनुचित र समाजलाई गलत दिशा दिने आपत्तिजनक प्रयास।
23
58
254
@SharadRPathak
Sharad Raj Pathak
4 years
"बदर गरिसकिएका अध्यादेशलाई विवादको मुद्दा बनाएर प्रमको राजीनामा माग्ने कार्य संकटको वर्तमान अवस्थामा उत्तिकै अप्रासंगिक" भन्ने तर्कमा तुक छैन। ओली पदमा याेग्य छन् छैनन् भन्ने कुरा खान नपाएर रूदै हिँडेका मजदूर र काखे नानी च्यापेर सयाैँ किमि पैदल हिडेका ती निमुखा नागरिकलाई साेधाैँ।
22
39
251
@SharadRPathak
Sharad Raj Pathak
1 year
धनराज जी सरकारबाहिर हुँदा टीकापुर घटनाबारे यस्तो लेख्नुहुन्थ्यो। अहिले उहाँ स्वयम् कानुन/न्याय मन्त्री रहेको मन्त्रीपरिषद्ले उक्त घटनामा तीनै तहका अदालतबाट दोषी ठहर रेशम चौधरीलाई सजाय माफी दिन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गऱ्यो। क्या मजाक भयो नि राजनीति @dhanrgrg !
@dhanrgrg
Dhan Raj Gurung
7 years
टिकापुर घट्नालाई राजनीतिको पछ््यौरीले छोपेर छोपिंदैन सरकार/ टिकापुर घट्नाका अपराधीहरुको मुद्वा फिर्ता लिने निर्णय फिर्ता लिइयोस् सरकार/
98
188
492
29
69
250
@SharadRPathak
Sharad Raj Pathak
2 years
@belakoboli खगेन्द्र जी, जुन देशमा नागरिक अगुवा तपाईँजस्ता र पत्रकारका अगुवा किशोर नेपालजस्ता हुन्छ्न्,त्यो देशको हाल हाम्रैजस्तो हुन्छ। मेरा साना बच्चा छन्। मैले मनमनै कामना गर्ने के हो भने तिनले हुर्किएपछि नागरिक अभियानमा सरिक हुन खोजे तपाईँको नाम सुन्नु नपरोस्। पत्रकारितामा किशोरजी को।🙏
19
52
251
@SharadRPathak
Sharad Raj Pathak
5 years
पार्टीको बैठक प्रधानमन्त्रीको सरकारी निवासमा गर्न यदि मिल्छ भने ठेलामा ब्यापार गरेर परिवारको गुजारा चलाउने नागरिकले सडकको एउटा छेउ प्रयोग गर्न किन मिल्दैन? यो भूइँमान्छेको प्रश्न हो। उत्तर कसले दिन्छ?
Tweet media one
Tweet media two
12
54
248
@SharadRPathak
Sharad Raj Pathak
3 years
संविधान निर्माण प्रकृया, प्रदेश सीमाङ्कनबारे स्व. उज्वल थापाको स्पष्ट धारणा। नेपालले ३ वटा प्रदेशमात्र धान्न सक्छ, उहाँहरूको दस्तावेजमै थियो। भन्नुभएको रहेछ: धर्म निरपेक्षताले विभाजन ल्याउँदैछ भने जनमतसंग्रह गर्नु राम्रो। प्रिय उज्वल जी,अहिले साथीहरू 'विकृत वामवाद' को जालोमा परे।
15
34
246
@SharadRPathak
Sharad Raj Pathak
4 years
‘राज्यले नदेखेको पैदल यात्री पत्रकारले कसरी देखे?’ -प्रधानमन्त्री @PM_Nepal को प्रश्न। तपाईँहरूले भयंकर बल लगाएर लुकाउन खोजेका कत्रा कत्रा काण्ड त फ्याट्टै पत्ता लगाउने पत्रकारले तपाईँहरूले आँखा बन्द गरेर नदेखेको पैदल यात्री राजमार्गमा देख्नु के नौलो भयो? जाग्नुस् प्रमज्यू!
3
38
241
@SharadRPathak
Sharad Raj Pathak
2 years
वैकल्पिक राजनीति रवीन्द्र मिश्रले सके, एकथरीको सधैको टिप्पणी। रवीन्द्रसँग वैरभाव राख्नेलाई मेरो भन्नु केही छैन। तर वस्तुपरक यथार्थ के हो भने 'विवेकशील साझा' विकल्पको पर्याय हैन/थिएन। र यो पार्टी को सम्भावना साध्याउने काम उज्वल थापाले सुरू गरेका हुन्, सानो मतभेदमा पार्टी फुटाएर।
25
31
242
@SharadRPathak
Sharad Raj Pathak
2 years
शक्तिशाली! अति शक्तिशाली!!
Tweet media one
6
46
237
@SharadRPathak
Sharad Raj Pathak
2 years
पञ्चायतकालिन 'मिटरब्याज' र राजा महेन्द्रको दण्ड। सुनौँ!
@ArunLuitel7
Arun Luitel
2 years
पञ्चायतकालमा पैसा मिटरब्याजमा लगाउनेहरुलाई राजा महेन्द्रले कसरी कारबाही गर्थे सुनौ यी गुरुङ काकाको मुखबाट ।
10
124
535
4
43
238
@SharadRPathak
Sharad Raj Pathak
4 years
प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति आपत्तिजनक छ। मेडिकल सामग्री खरिद भ्रष्टाचार सदर गर्ने, लकडाउनमा निमुखा नागरिकका पीडाले नछुने, दल फुटाउन आफै असंवैधानिक हर्कत गर्ने।अनि मिडिया र सामाजिक संजालले अस्थिरता फैलाउने प्रयास गरे भन्ने? मिडिया र नागरिक तपाईंका भक्ति मण्डली हैनन्।
12
31
233
@SharadRPathak
Sharad Raj Pathak
1 year
"तीनै तहका अदालतले दोषी ठहऱ्याए पनि हामी राजनीतिक दलका सबै नेताले उनि निर्दोष भन्यौँ। त्यसैले राष्ट्रपतिबाट आम माफी दिइयो", प्रधानमन्त्री। अदालतभन्दा माथि दल। यो सबै सुन्ने, यसलाई सदर गर्ने, ताली ठोक्नेहरूले आईन्दा विधिको शासन र कानुनी राज्यको कुरा नगरून्!
13
55
236
@SharadRPathak
Sharad Raj Pathak
7 years
पुर्ख्यौली सम्पति खासै नभएका जीवनभर आयआर्जनको एउटै काम नगरेका तर, आज आलिसान जीवन वाँचिरहेका ‘ठूला कमरेड’लाई कसैले भनिदेओस्, निष्ठाका प्रतिमूर्ति डा गोविन्द केसीविरूद्ध विषवमन गर्ने नैतिकता तपाईँसंग एक पैसाको पनि छैन। हद भयो।
5
99
234
@SharadRPathak
Sharad Raj Pathak
2 years
🤞🙏
Tweet media one
24
4
234
@SharadRPathak
Sharad Raj Pathak
10 months
उमेर हेर्दा ७५ काटेकाजस्ता देखिने यी ज्येष्ठ नागरिकले बाटोमा पैदल हिँड्दा 'गणतन्त्र' धर्मराएछ। घोर लज्जास्पद!
@ukaalonews
Ukaalo
10 months
तीनकुनेमा प्रहरीको धरपकड #Protest #police #arrest #Kathmandu
14
57
165
7
56
236
@SharadRPathak
Sharad Raj Pathak
3 years
विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई पार्टीको सदस्य समेत नरहने गरी निष्कासन गरेको छ।
Tweet media one
58
24
233
@SharadRPathak
Sharad Raj Pathak
2 years
काठमाडौबाहिर पनि चासो राख्नेहरूका लागि: बाराको फेटा गाउँपालिकामा पुरै सेट @BibekshilSajha ले जित्ने जस्तो देखिँदैछ। काठमाडौसहितका महानगर र नगरहरूमा जे जस्तो भएपनि मधेस प्रदेशमा "तराजु" स्थापित हुने देखिन्छ।
Tweet media one
Tweet media two
33
21
231
@SharadRPathak
Sharad Raj Pathak
2 years
चुनावी अभियानको अन्तिम भिडियो सन्देश: मरेर काम गर्यौं, सकेको गर्यौँ, अब निर्णय तपाईँको हातमा। जे निर्णय दिनुहुन्छ, त्यो शिरोधार्य हुनेछ। एउटै अनुरोध: भोट बाँडिएर पुरानै विकृतिको पोकोले संसद प्रवेश नपाओस्। #NoNotAgain #योपटककोभोटहलोलाई देशको राजनीति ट्रयाकमा ल्याउनैपर्छ। (By RM)
17
42
227
@SharadRPathak
Sharad Raj Pathak
1 year
१) मधेश सरकारले १७ हजार साइकल खरिद गर्दा ११ करोड रुपैयाँ अनियमितता भएको अख्तियारको ठहर २) २०७८ साउन १७ मा विशेष अदालतमा दायर भ्रष्टाचार मुद्दा अझै विचाराधीन भ्रष्टाचार र वेथितिको चाङ्ग एकातिर। हाम्रा बरालिएका बहस र प्राथमिकता अर्कोतिर।
9
53
231
@SharadRPathak
Sharad Raj Pathak
4 years
यति ठूलो संकटको घडीमा पनि 'सांसद विकास कोष' लाई निरन्तरता दिनु नि:सन्देह वित्तिय अपराध हो। यस्तो अनुत्पादक कोष खारेज गर्न कोरोना संकटले उपयुक्त अवसर दिएको थियो। यो कोषको खारेजीको माग गरेको प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले अब यसको सशक्त विरोध र वहिष्कार गर्ला त? हेरौँ!
14
48
227
@SharadRPathak
Sharad Raj Pathak
6 years
चितवनको कालिका नगरपालिका ६ मा कृषक समूहले लगाएको ३ हजार बढि केराको बोट अराजक समूहले गएराती काटेर सखाप पारेको घटनाले स्तब्ध छु। सो समूहलाई तत्काल पक्राउ गरि कडा कारवाही र पीडित कृषकहरूलाई उचित क्षतिपूर्तिको व्यवस्था ह��स्। @Hello_Sarkar कृषकलाई गरिखान दिईयोस्।
Tweet media one
18
89
221
@SharadRPathak
Sharad Raj Pathak
2 years
रवीन्द्र मिश्रले विचार परिवर्तन गरेर विवेकशील बिगारे भन्ने पढियो। विवेकशील साझाभित्रको अन्तरकथा थाहा नहुने समूहले चुनावको मुखमा झन् संगठित रूपमा यस्तो प्रचार गरेको देख्दैछु। खासमा यथार्थ के हो भने स्वयम् उज्वल थापा संघीयता, धर्म निरपेक्षता र राजसंस्थाबारे यस्तो धारणा राख्थे।
9
47
224
@SharadRPathak
Sharad Raj Pathak
2 years
राजा ज्ञानेन्द्र शाहलाई मर्यादाक्रममा समेट्न मन्त्रीपरिषद्ले अस्वीकार गरेछ। आफू र आफ्नालाई पार्टीमा 'सम्मानित नेता', 'वरिष्ठ नेता', 'महामानव', 'युगपुरूष' इत्यादी पद सिर्जना गरी सम्मान खोज्नेहरूले ऐतिहासिक पहिचान बोकेको संस्थालाई यथोचित मान दिन देखाएको यो संकिर्णता उदेकलाग्दो छ।
15
26
227
@SharadRPathak
Sharad Raj Pathak
1 year
टेलिभिजनमा साँझको प्राइम टाइममा चर्चित संचारकर्मीद्वारा हत्या संवाद आयोजना। राष्ट्रपतिबाट आम माफी पाएर जेलमुक्त हत्यारा बहसको अथिति। बहसका विषय: 'खुँडाले काटेको कि खुकुरीले हानेको?' 'किन खुँडा हानेको?' 'रगत कति बग्यो?' अहो! न संवेदनशीलता, न जिम्मेवारीबोध। 😪
21
52
227
@SharadRPathak
Sharad Raj Pathak
2 years
सुन्या हो? ६५ वर्षमै वृद्ध भत्ता, ५० युनिटसम्म विजुली फ्रि गर्ने रे। अनि त्यो सबै गर्न पैसो चाहिँ कहाँबाट आउँछ नि? उ क्या त, अमेरिकाले ६० अर्ब दिने सहमति भैसक्यो। अब चीनसँग ७० र भारतसँग ८० अर्ब माग्ने रे त। फलाना नेताले भन्या हैन्त? (चितवनको एउटा चौतारोमा साँझ सुनिएको संवाद😃)
8
44
222
@SharadRPathak
Sharad Raj Pathak
6 months
प्रमाणित भ्रष्टाचारीको सालिक करदाता नागरिकको पैसाले निर्माण। यो भन्दा अराजकता र नागरिकविरूद्धको अपराध अरू के हुन्छ?
Tweet media one
34
83
222
@SharadRPathak
Sharad Raj Pathak
2 years
@dambarkhatiwoda डम्बर जी, लाज लाग्दैन? विचार परको कुरा, चन्दा नदिएको, भात नखुवाएको, लुटयुद्धमा नहिँडेकोमा मान्छे गिँड्ने, जिउदै खाल्डोमा पुर्ने, डोजरले पेल्नेहरूका चेला चपेटा तपाईँहरूले रवीन्द्रले विचार राख्दा परिवार जोडेर रोग भन्ने? समाजको रोग तपाईँहरू हो। संयम राख्दै यत्ति भनेँ। सम्हालिनुस्।
23
38
222
@SharadRPathak
Sharad Raj Pathak
7 years
प्रतिनिधिसभाको समानुपातिक प्रणालीतर्फ हामी विवेकशील साझा पार्टीलाई दुई लाख बढी मत दिनुहुने तपाईँलाई हार्दिक धन्यवाद। हाम्रो आत्मबल बढाईदिनुहुने तपाईँ सबैको जय होस्। (गणना जारी छ।)
Tweet media one
11
39
217
@SharadRPathak
Sharad Raj Pathak
2 years
‘१२ बुँदे सम्झौता दिल्लीले गराएको होइन’ : डा.बाबुराम भट्टराई ‘जुन सम्झौता भयो...हामी शिकार भयौँ...भारतले जे चाहेको थियो त्यही गर्न पुग्यौँ’: सीपी गजुरेल 👇
4
74
214
@SharadRPathak
Sharad Raj Pathak
2 years
अब लक्ष्यमा ढुक्क नेपालको जय होस्!
Tweet media one
8
7
217
@SharadRPathak
Sharad Raj Pathak
2 years
माओवादी केही समय पेण्डुलम भएर विलय हुन्छ कि साँघुरिन्छ भन्ने विश्लेषण सहि त छ नि। सधै यसरी नै बाक्सा साटेर चुनाव जितेर अस्तित्वमा रहन कहाँ सम्भव छ त?
26
66
216
@SharadRPathak
Sharad Raj Pathak
2 years
रवीन्द्र मिश्र: ३०५८ प्रकाशमान सिंह: २८७३ किरण पौडेल: १७३० रवीन्द्र मिश्रको अग्रता: १८५ (काठमाडौं १ को साँझ ६ बजेसम्मको अपडेट)
9
9
212
@SharadRPathak
Sharad Raj Pathak
6 years
सुन, हिरा, जवाहरात र घर घडेरीको चाङ्ग देखाउनेहरूको भिडमा परराष्ट्रमन्त्री @PradeepgyawaliK ले आफ्नो पुस्तकालयमा भएका २५०० पुस्तकलाई सम्पतिमा देखाउनुभएछ। राम्रो लाग्यो। 👍🏻
2
32
214
@SharadRPathak
Sharad Raj Pathak
2 years
बुद्ध एअरले एक जनामात्र यात्रु हुँदा पनि विमान उडाएर गन्तव्यमा लगेछ । कुनै प्राविधिक कारण देखाएर उक्त उडान स्थगित गर्न पनि सक्थ्यो, धेरै विमान सेवाले यसो गर्छन् पनि। सेवाग्राहीको हकको सम्मान गरेरै उडाएको हो भने @AirBuddha को प्रशंसा गर्छु। राम्रो कामको प्रशंसा गर्नुपर्छ।
28
7
215
@SharadRPathak
Sharad Raj Pathak
4 years
प्रधानमन्त्री ओली @kpsharmaoli जीले कुनै बेला प्रतिपक्षमा हुँदा यो भिडियोमा टिप्पणी गरेजस्तो अदालत 'कठैबरा अदालत!' नहोस्। उहाँकै शब्द सापटी लिएर भन्दा 'अदालतले स्वतन्त्र न्यायपालिकाको गरिमा कायम राख्न सकोस्। अदालत जस्तो होस्।'
9
73
215
@SharadRPathak
Sharad Raj Pathak
6 years
रवी पूर्ण छैनन्। परिपक्व र मर्यादित पनि देखिन्नन् कहिलेकाहिँ। यी एउटा पाटो। तर, निमुखा दु:खी पिडित जनताले कस्तो सञ्चारकर्मी चाहेका रहेछन् भन्ने अरू 'स्वदेशी' पत्रकारहरूलाई ज्ञात भयो होला नि यतिञ्जेलमा। कि उनलाई भगाएपछि आनन्दै हुन्छ भन्ने मुडमा?
12
17
205
@SharadRPathak
Sharad Raj Pathak
2 years
जनतासँग हात मिलाउँदै रेल चढ्ने क्यानडाका ट्रुडो, स्याउ टोक्दै साइकलमा अफिस जाने नेदरल्याड्सका प्रम मार्क, ठूलो आगलागी हुँदा निभाउन पुग्ने अष्ट्रेलियाली प्रम जस्ता नेता नेपालीले खोजेका छन्। आरजू राणा जी 'भोट हाल, बालुवाटार गेट खोलेर भित्र आउनदिन्छु' भन्नुहुन्छ। लज्जा शरणम्!
8
41
213
@SharadRPathak
Sharad Raj Pathak
6 years
त्यो प्राण अरू कयौं बर्ष टिकाउनुछ किनकी, यहाँ कम्युनिष्टलाई नै समाजवाद सिकाउनु छ। #IAmWithDrKC
Tweet media one
5
56
210
@SharadRPathak
Sharad Raj Pathak
6 years
कामः पूर्णकालीन राजनीति। उद्यम: छैन। बैंक ब्यालेन्स: परार ७ लाख, अहिले ४० लाख। यो देख्दा दिक्क लाग्छ?: नेताजीलाई आयको स्रोत सोध्नुस्। दिक्क लाग्दैन?: देश खत्तम भो भन्न छाड्नुस्।
5
63
210
@SharadRPathak
Sharad Raj Pathak
6 years
राजनीतिकर्मीले आजको दिनमा आम सर्वसाधारणको मन जित्न धेरै ठूलो कसरत गर्न पर्दैन। पद्दतिको पालनामात्रैले पनि धेरै काम गर्छ। @RabindraMishra
Tweet media one
5
25
208
@SharadRPathak
Sharad Raj Pathak
1 year
भाईहरू मरणासन्न हुने गरी प्राध्यापक पिट्छन्, दाईहरू प्रिय भाईलाई छुटाउँछन्। प्राध्यापक चोट बोकी न्याय खोज्दै भौँतारिन्छन्, पक्राउ पर्छन्। दाईहरू टिभीमा प्रि-प्लान्ड अन्तरवार्ता दिन्छन्।सोसल मिडियामा चाप्लुसहरूको तालीले दङ्ग पर्छन्। अनि भाषण गर्छन्, म १ नं नेता भए देश बन्छ बन्छ।
5
83
206
@SharadRPathak
Sharad Raj Pathak
4 years
यी फोटोहरू साँचेर राख्नुपर्छ। राजनीतिमा युवा शक्ति, सोच, शैली र अभ्यासको व्याख्या गर्दा यिनीहरू उदाहरणका रूपमा सधै काम आउनेछन्।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
23
33
203
@SharadRPathak
Sharad Raj Pathak
3 years
गुण्डा नाइके राजनीतिमा आयो, पैसा खन्याइ चुनाव जित्यो, उसको हाईहाई। तस्करीको पैसाको बलमा राजनीतिमा आयो, २/४ मिडिया स्टण्ट गऱ्यो, उसैको नि हाईहाई। विचारप्रति असहमतलाई मारकाट गर्ने राजनीति गरेर आयो। मतपत्र च्यातेर चुनाव जित्यो। १०/२० बाटो पिच गऱ्यो,उ विकासप्रेमी नेता हुने। कठै हामी!
8
34
210
@SharadRPathak
Sharad Raj Pathak
2 years
रवीन्द्र मिश्र @RabindraMishra जी को ट्वीटर अकाउण्टमा समस्या आएछ। निर्वाचनको मुखमा दश लाखभन्दा बढी फलोअर भएको ट्वीटर अकाउण्टमा समस्या आएपछि उहाँको आग्रहमा समस्या समाधान नहुँदासम्म उहाँको सन्देश मेरो अकाउण्टबाट प्रेषण गरिदिनेछु। रवीन्द्र जी को सन्देशको अन्त्यमा (By RM) लेखिनेछ।
Tweet media one
14
27
207