Khagendra Sangroula Profile
Khagendra Sangroula

@belakoboli

Followers
390,000
Following
402
Media
693
Statuses
14,983
Explore trending content on Musk Viewer
@belakoboli
Khagendra Sangroula
5 years
राष्ट्रपतिले भनिछन्- सरकारकाे प्रभावकारी कदमले काेराेना फैलिन पाएन । काममा ढिलासुस्ती,स्वास्थ्य सामग्रीमा अाेम्नी पार्टनरसँग मिलेर हाकाहाकी लूट,७० दिनमा जम्मा १२७७ काे परीक्षण- यही हाे सरकारकाे प्रभावकारिता? सरकारी लेखनदासले लेखेकाे भजन पढ्न लगाएर राष्ट्रपति पदकाे दुरूपयाेग,हैट्!
98
387
2K
@belakoboli
Khagendra Sangroula
3 years
उज्ज्वल थापा बृहत् नागरिक आन्दाेलनकाे जुलुसमा भेटिएका थिए।न ब्यानरपछाडि देखिने लालसा,न क्यामेरालाई दाँत देखाउने आतुरता।निस्पृह,शान्त र माैन।पद पाएपछि मरे नछाड्ने कुसंस्कृतिलाई गिज्याउँदै यिनले विना प्रचारवाजी पद सुम्पिएका थिए।यस्ताअसल मानिस धेरे बाँचेकाे राम्राे।मेराे शुभेच्छा!
Tweet media one
70
173
2K
@belakoboli
Khagendra Sangroula
6 years
मन्त्री वर्षमान पुन र शक्ति बस्नेतसँग क्वाटरमा बस्ने पत्नी सांसद अाेन्सरी घर्ती र सन्ध्या पहाडी पनि घरभाडाकाे रकम हसुर्दै?पतिकाे मन्जुरीसाथ?घरविनाका भूकम्पपीडित,सुकुम्बासी,अमुक्त कमैया यिनलाई के भन्दा हुन्?कम्निस्टकाे बिल्ला भिरेका लुटेरा?कम्निस्टका निधारका कलङ्क?हैट्,खानका काल!
114
482
2K
@belakoboli
Khagendra Sangroula
3 years
अष्टलक्ष्मी,घनश्याम,रावल,सुरेन्द्र,भीम,रघु,गाेकर्ण,युवराज,याेगेश सिध्दान्त,नीति र नैतिकताका मन्त्र जप्दै ओली प्रवृत्तिविरूध्द गर्जन गर्दैथिए,आखिरमा ओलीकै चरणमा शरण परेर माधवलाई जघन्य धाेका दिए।यिनकाे मार्क्सवाद-लेनिनवाद त गाँठ्ठे व्यक्तिवाद र अवसरवाद पाे रहेछ।भसक्कै नाङ्गियाे त!
253
218
2K
@belakoboli
Khagendra Sangroula
4 years
माननीय पर्यटन मन्त्री याेगेश भट्टराईले डा. केसीकाे सत्याग्रहलाई "इमाेशनल ब्ल्याकमेलिङ"काे संज्ञा दिएछन्। स्मरण रहाेस्,मान्यवर,विरलाकाेटी प्रतिभाका धनी याेगेश महाेदयकाे लाभदायक मन्त्री पद डा. केसीकाे सत्याग्रहकाे विराेध गरेबापत पाएकाे बक्सिस हाे। किमधिकम्?
51
263
2K
@belakoboli
Khagendra Sangroula
6 years
रेशम चाैधरीलाई चुनाव लड्न दिने यही राज्यकाे चुनाव अायाेग,कांरेस,एमाले,माअाेवादीलाई हराउँदै अत्यधिक मतले जिताउने यही राज्यका मतदाता,जन्मकैद सुनाउने यही राज्यकाे अदालत।हैट् विडम्बना! रेशमका ठाउँमा नेकपा डबलकाे कुनै ठेकदार,बिचाैलिया वा भान्जाे भएकाे भए फैसला के हुँदाे हाे मान्यवर?
227
317
2K
@belakoboli
Khagendra Sangroula
4 years
अाेली- अध्यादेश जारी गर। विद्या- हस् सर,जारी गरेँ। अाेली- अध्यादेश खारेज गर। विद्या- हस् सर,खारेज गरेँ। ल हेर,प्रधानमन्त्री कुसुले,राष्ट्रपति कुसुलेका हातकाे मैनकाे पुतली! खाइखुराकी हात्तीकाे,इसारा प्रधानमन्त्रीकाे!भनेसि राष्ट्रपति नाउँकाे याे कठपुतली संस्था किन चाहियाे,मान्यवर?
110
263
2K
@belakoboli
Khagendra Sangroula
4 years
१.१०३ सवारी साधन ८|१० घण्टा गुडेर नागढुङ्गा अाइपुगेकाे थाहा नपाउने र उतै फर्काउने! २.बिदेशबाट नागरिकलाई ल्याउन पैसा नहुने,पानीजहाज अड्डालाई डेढ कराेडका गाडी किन्ने! ३.परिक्षणकाे दायरा नबढाउने,लकडाउन थप्ने! ४.ल्याबकाे क्षमता दिनकाे ३००० जाँच्ने छ,३०० परिक्षण गर्ने! नालायक सरकार!
75
301
2K
@belakoboli
Khagendra Sangroula
5 years
मैले मूर्ति कुँदिनसकुन्जेल तिमी पत्थर थियाै र म थिएँ मूर्तिकार जब मेराे काम तमाम भयाे.... तिमी देवता बन्याै र म दलित? - कमरन काश्मिर
Tweet media one
47
411
2K
@belakoboli
Khagendra Sangroula
4 years
नामुद बाहुबली श्री वामदेव गाैतम प्रधानमन्त्रीकाे कुर्सी हेरेर घुटुक्क थुक निल्दै तड्पिई-तडेपिई मर्नेभए। लाैन यिनलाई श्रीपेच लाइदिएर अाेली सरकाे बयलगाडामा तीन शहर घुमाएर यिनकाे फाेटाे सिंहदरबारमा झुन्ड्याइदिऊँ। यी दुखीकाे जरूवा तृष्णा तृप्त गरिदिँदा ठूलाे पुण्य लाभ हुन्छ,मान्यवर!
89
189
2K
@belakoboli
Khagendra Sangroula
4 years
ऊ चाहे जुनसुकै दलकाे किन नहाेस्,प्रधानमन्त्री एक प्रकारले अन्य दलकाे पनि अभिभावक हाे। प्रम अाेलीले अन्य दललाई फुटाउन विधेयक ल्याएकाे हुँ भनेछन्। याे लाेकतन्त्रका प्रधानमन्त्रीकाे हाेइन,भँडुवा,गुण्डा,दलाल,अपराधीकाे बाेली हाे। जगत् कान थापेर सुनाेस् अाेली सर चिनिने अस्सली बाेली!
59
286
2K
@belakoboli
Khagendra Sangroula
6 years
महारानीतुल्य राष्ट्रपति विद्याद्वारा सुनामीमा धेरै जनकाे ज्यान गएकाेमा इन्डाेनेसियालाई बधाई बक्स भएछ।राष्ट्रकाे घाेर बेइजती हुने यस्ताे क्रूर सन्देश जारी गरिँदा राष्ट्रपतिकाे सल्लाहकार नामक झुण्ड के गाँजा-भाङ-धतुराेमा लठ्ठ थियाे?कि विना काम तलब-भत्ता-सुबिधाकाे अानन्दमय नशामा?
99
335
2K
@belakoboli
Khagendra Sangroula
6 years
तीलगङ्गा अस्पताल जाँदा निर्मम यथार्थले मलाई द्रवीत तुल्यायाे।अन्धविश्वासका कारण अार्यघाटमा दिनहुँ सयाैँ अाँखा जल्छन्,उज्यालाेमा निस्कन रहर गर्नेहरू अाँखा नपाएर रून्छन्।मृत्युपछि अाफैँबाट अाफू हराएर चितामा जल्ने अाँखा तीलगङ्गा अस्पतालाई दान गर्न मैले वाचा गरेँ है मान्यवर।तपाईँ नि?
82
243
2K
@belakoboli
Khagendra Sangroula
4 years
खड्गप्रसाद शर्मा अाेली कतिसाह्राे विद्!काेराेनाविद् यिनै,करणीविद् यिनै,जलवायुविद् यिनै,ग्रहदशाविद् यिनै,उखानटुक्काविद् यिनै,काव्यविद् यिनै,जडिबुटीविद् यिनै,हावाविद् यिनै।अतिविद् अाेली सर युगान्तकारी टपर्टुइयाँ हुन्।जब याे युग तुरिन्छ,दुनियाँले यस्ताे अर्काे अाेली झेल्नुपर्नेछैन।
138
241
2K
@belakoboli
Khagendra Sangroula
3 years
स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भन्या- सिरमकाे नेपाली एजेन्ट हुकाम प्रालिका विजय दुगड,अभिषेक दुगड,सुरज वैद्य र ऋतुसिंह वैद्यले ३५ कराेड कमिसन खाने दाउमा ५० लाख खाेप किन्ने बाटाे छेकेछन्।नागरिककाे जीवनमाथि खेलबाड गर्ने यी द्रव्यपिचासलाई ठाेक्नुपर्ने हाे।के हेरिबस्याछन् ओली बा?
109
207
2K
@belakoboli
Khagendra Sangroula
4 years
पुष्प-माधव-झल-वाम १अाेलीले अभिव्यक्ति स्वतन्त्रता कुल्चिँदा यी बाेले? २अाेलीले सारा अायाेग अाफ्नाे मुठ्ठीमा पार्दा यी बाेले? ३अाेलीले राज्यकाे श्राेत पैतालामुनि थुपार्दा यी बाेले? ४अाेलीले डा.केसीकाे माग दमन गर्दा यी बाेले? अहिले अाेलीकाे विराेध गरेकाे अाेलीजस्ताे हुन नपाएर हाे?
79
236
2K
@belakoboli
Khagendra Sangroula
6 years
हैट्,वाइड बडीका लुटेराद्वारा इलेक्ट्रिक बसमा लूट! भारतकाे खाेटाे बसलाई चीनकाे भनी सही नगर्दा सचिव कृष्णप्रसाद देवकाेटालाई सरूवाकाे सजाय। लूटकाे झूटलाई सत्य साबित गर्न राष्ट्रपति र प्रधानमन्त्री कार्यालकाे दबाब। याे हाे भ्रष्टाचारमुक्त अाेली राजकाे सुशासनकाे अस्सली अनुहार।थुइक्क!
83
341
2K
@belakoboli
Khagendra Sangroula
5 years
हैट्,भ्रष्टाचारमाथि थप भ्रष्टाचार!चीनबाट सयाैँ गुना चर्काे माेलमा किनेका स्वास्थ्य सामग्री त नक्कली पाे रहेछन्। सात कराेडमा किनेका ७५ हजार टेस्टिङ कीट काम नलाग्ने पत्रु रे! यी पत्रुकाे माेल स्वास्थ्यमन्त्री ढकालले बेहाेर्ने हाे कि यिनका ख्वामित् अाेली सरले? याे लुट हाे,सरासर लूट!
97
334
2K
@belakoboli
Khagendra Sangroula
4 years
राजा महेन्द्रले करिब ८ दशकअघि नेहरूलाई बेचेकाे कालापानी राष्ट्रवादकाे पगरी र चुनावी नारा बन्न घरीघरी बल्झिरहन्छ।यसकाे समाधान गर्ने कूटनीतिक उपायलाई माेदी टेर्दैनन्।फाैजी कार्वाइ गर्न बलबुता छैन।अन्तर्राष्ट्रीयकरण गर्न पामर अाेली सरकार अाँट गर्दैन।दुई दिन गर्ज्याे,फास्स न फुस्स!
207
209
2K
@belakoboli
Khagendra Sangroula
6 years
ल हेर फेरि! काठमाडाैँमा महल भएका धनाढ्य सुवास नेम्बाङ,याेगेश भट्टराई,रामकुमारी झाँक्री,राजेन्द्र महताेले पनि घर नभएका सांसदले पाउने घरभाडा ज्युनार गरेछन्।हैट्,पहाड-मधेश मिलिजुली यी खानका कालहरू!यी भ्रष्टले खाएकाे फिर्ता गराउन ताता-राता तरूणहरू मुक्का उठाउँदै सडकमा निस्कनु नपर्ने?
84
310
2K
@belakoboli
Khagendra Sangroula
5 years
त्रिहत्तर हिउँद काटेर चाैहत्तरमा टेक्दा मेराे मृत्युसम्मकाे दूरी एक वर्षले घट्याे। प्रिय जन र शुभचिन्तकहरू मानाैँ अवसानकाे चिन्ता र मृत्युकाे भयलाई छल्न भनिरहेछन्- ह्याप्पी बर्थ डे टु यु! एकबारकाे याे जीवन बडाे राेचक र सुन्दर छ।
279
74
2K
@belakoboli
Khagendra Sangroula
5 years
४१ वर्षअघि।
Tweet media one
67
22
2K
@belakoboli
Khagendra Sangroula
5 years
हैट्,चीनबाट मेडिकल चीज खरिदमा सरकारी लूट!हेर्नाेस् है चल्तीकाे दर र लूटकाे दर! ४ डलर पर्ने गगल्सलाई १८ डलर रे! ३३ डलर पर्ने थर्माेमिटरलाई ६५ डलर १० डलर पर्ने टेस्टिङ किटलाई ३८ डलर १ सेन्ट पनि नपर्ने डिस्पाेजेबल जुत्तालाई २ डलर अढाई डलर पर्ने मास्कलाई ७ डलर हैट्,दसाैँ कराेड लूट!
154
331
2K
@belakoboli
Khagendra Sangroula
6 years
खुल्याे है पाेल! माकुने सर वर्षाैँदेखि इसाइकरणकी शिकारी मुन माताका नेपाल ठेकेदार रहेछन्।राजन भट्टराईले १नाथका भरिया भएर याे भाँड सम्मेलनकाे निम्ता बाँडेछन्।यी २ नवइसाईलाई पक्रेर केरकार गरे सारा कुरा खुल्छ।तर पक्राउ गर्ने अाेली सर अाफैँ नाङ्गै छन्,यी नाङ्गालाई कल्ले पक्राउ गर्ने?
55
262
2K
@belakoboli
Khagendra Sangroula
5 years
"जुन देशमा प्रधानमन्त्री निवासकै जग्गा भूमाफियाले बेच्छ,कम्निस्ट पार्टीकाे महसचिवले किन्छ र सरकारकाे प्रवक्ता महासचिव ठगिए भन्दै सार्जनिक विलाप गर्छ,जहाँ सत्ताधारी क.पार्टीकाे नेता शिक्षा-स्वास्थ्यकाे बेपार गर्छ,त्याे देशकाे कवि विद्राेही नभए के हुन्छ??" - विनाेद लाेहनी,नयाँ पत्र
41
309
2K
@belakoboli
Khagendra Sangroula
7 years
जगतसामु श्रीमान् गाेपाल पराजुलीकाे भव्य चिनारी- जन्ममिति किर्ते,शैक्षिक प्रमाणपत्र किर्ते,सकल मेडिकल माफियाका रक्षक,ढाडे भ्रष्टहरूका मुक्तिदाता,नातावादका उस्ताद,रकम र चाकरीमार्फत प्रधान न्यायाधीश !डा.केसीकाे भयमुक्त विद्राेहले मिस्टर पराजुलीलाई चरीनाङ्गै बनाएर चिनायाे है मान्यवर!
40
468
2K
@belakoboli
Khagendra Sangroula
6 years
दुई छद्मभेषी अनुहार! पति केपी तन्नम,पत्नी राधिका धनाढ्य;पति ईश्वर पाेखरेल कङ्गाली,पत्नी मीरा धनवान्;पति महासेठ टाट,पत्नी जुली सेठ;पति बादल सर्वहारा,पत्नी नैनकला पूँजीवाली। यी चतुरमान ब्राेहरू भन्दा हुन्- पत्नी मेरी हुन्,धन मेराे हाइन। हैट्,छलकारी,ढाेँगी छटेलहरू!
76
405
2K
@belakoboli
Khagendra Sangroula
6 years
हिजाे रवीन अधिकारी गगनजस्तै अाशलाग्दा वामपन्थी मानिन्थे।मन्त्री भएपछि अाज? १अाज दम्भी ठाँटबाँटवाले राजकुमार २वाइड बडी विमान खरिदकाे ६ अर्ब घाेटाला(?)का पार्टनर ३निजगढमा हिथ्राे र हङकङभन्दा ठूलाे एयरपाेट बनाउने सिल्ली याेजना रचेर दुर्लभ वन विनाश गर्न तम्सिने वनमारा।हैट् अाैतारी!
78
286
2K
@belakoboli
Khagendra Sangroula
6 years
अाेली सरका गाेटाकाे २ कराेड ७० लाख पर्ने दुईवटा बुलेट प्रुफ गाडी पहिल्यै थिए। अहिले दुई कराेड पर्ने अर्काे बुलेट प्रुफ मर्सिडिज झिकाएछन्। अब किफायती सादा जीवन र उच्च विचारकाे झण्डा फहराउँदै अाेली महाराजकाे ३ वटा बुलेट प्रुफ गाडीमा समाजवादतर्फ हरर सवारी?! क्याबात् जबजवादी ब्राे!
87
344
2K
@belakoboli
Khagendra Sangroula
4 years
उद्याेगमन्त्री लेखराज भट्टले भनेछन्-उखु किसानकाे बक्याैता चुक्ता नगर्ने ठगलाई कारबाही नगर्न नेताहरूबाटै दबाब अायाे।ए भट्ट,कि दबाब दिने ठग नेताहरूका नाम भन कि म दबाब दिनेकाे मतियार हुँ भन कि म पानीअान्द्रे मनुवा हुँ भनेर कान समात्दै मन्त्री पद त्याग।दुनियाँलाई थाङ्ने गनगन नसुनाऊ!
49
135
2K
@belakoboli
Khagendra Sangroula
6 years
अाेली सरले भनेकाे- "अनुहार हेरिँदैन,भ्रष्टाचार गर्नेलाई छाडिन्न।" सरले नभनेकाे- ३३ किलाेवालेलाईअाशिर्वाद,वाइड बडीवालेलाई कृपा,घरभाडा ठगलाई प्रतिरक्षा,विलास वीराङ्गनालाई १८ कराेडकाे गाडी र २ अर्बकाे हेलिकप्टर,दानी मार्सी ब्राेलाई अनुवन्धन दिन छाडिन्न। जे त पर्ला। गजप छ बा!
50
282
1K
@belakoboli
Khagendra Sangroula
5 years
६ कराेडकाे पाकेट खर्चले नपुगेर सांसद नामक अगस्तीले कर्मचारी सरह दशैँ खर्च मागेछन्।माग्दै जाँदा यी मगन्तेले पेन्सन पनि माग्लान्।मति हेर्दा त मान्यवर,यी लम्पट कान्जी हाउसमा थुनेर टन्न घाँस ख्वाइन लायक छन्।हैट्,मति र प्रवृत्तिकाे पर्बाह नगरी यस्ता लरिल्वाँठलाई भाेट दिने हामी उल्लु!
70
300
1K
@belakoboli
Khagendra Sangroula
4 years
विवेकशील साझाका अभिनेता रवीन्द्र मिश्रले अाफू सरकारमा पुग्नासाथ केपी,पीके र देउवालाई जेल पुय्राउने चेतावनी दिएछन्।पुगुन् र पुय्राउन्,यसमा मलाई न हर्ष न बिस्मत।मेराे सानाे जिज्ञासा- अबकाे अाम चुनावमा श्री मिश्रकाे पार्टीले प्रत्यक्षमा एक सिट त जित्ला?हुती मुसाकाे,हुङ्कार सिङ्गकाे!
195
107
1K
@belakoboli
Khagendra Sangroula
4 years
अाेली सर अादर्श,नैतिकता,इमान सबै परीक्षामा फेल भए।अब इतिहासकाे दाेबाटाेमा निर्वस्त्र खडा हुनमात्र बाँकी छ।तैपनि नेकपाजन गद्दीबाट हट,हामी लाई थप बद्नाम नगर किन भन्दैनन्?किनभने पार्टीमा सचेत र स्वतन्त्र जन छैनन्,केवल निहित स्वार्थकाे झाेली बाेकेका भक्तिमार्गी याचकहरू मात्र छन्।
61
193
1K
@belakoboli
Khagendra Sangroula
6 years
अाेलीका दृष्टिमा डा.केसी नेकाकाे उक्साहटमा नेकाकै स्वार्थमा अनसन बसेका रे।यसकाे अर्थ अाेलीका दृष्टिमा काेही कि अाेलीभक्त हुन्छ कि नेकाभक्त,स्वतन्त्र काेही हुँदैन।अाेलीकाे याे सङ्कीर्णता र असहिष्णुतामा फासीवादकाे गन्ध अाउँछ। मान्यवर,केसीमाथि अाेलीकाे याे अाराेप नागरिक अपराध हाे!
59
373
1K
@belakoboli
Khagendra Sangroula
5 years
कङ्गाल ३३४सांसदलाई ६कराेडकाे हरियाे घाँसपछि १-१ लाखकाे ल्यापटप!अपवाद बाहेक सूचना,ज्ञान र न्याय-चेतनाकाे मतलब नराख्ने सांसदलाई ल्यापटप तास खेल्न कि पाेर्नाे हेर्न?खाने धन्दामा प्रतिपक्ष सत्तापक्षसँग सधैँ सहमत।मानाैँ कांग्रेस नाउँकाे याे जिनिस प्रतिपक्ष हाेइन प्रति-भक्षक हाे।तुइत्!
77
282
1K
@belakoboli
Khagendra Sangroula
5 years
बल्ल अायाे पारा!पहिले श्री ५ काे सरकार छँदा राजा "मेराे सरकार" भन्थे।अहिले नीति तथा कार्यक्रम पढ्दा राष्ट्रपति विद्याले प्वाक्क "मेराे सरकार" भनिन्।भनेसि प्रम अाेली विद्या सरकारका प्रजा भएछन्।म त भन्छु-तै तै विद्यालाई महारानी घाेषित किन नगर्ने?माग्नु छ माेही,ढुंग्राे किन लुकाउने?
84
245
1K
@belakoboli
Khagendra Sangroula
4 years
अाेली सरकार बालुवाटारकाे माटाे खान्छ,गाेकर्णकाे वन खान्छ,सेक्युरिटी प्रेसकाे थैलाे खान्छ,किर्ते माेल देखाएर स्वास्थ्य सामग्रीमा एक रास कमिसन खान्छ।यी सब खाँदा पनि नअघाएर सरकारले अपाङ्गजन र एकल महिलाकाे सामाजिक सुरक्षा भत्ता पनि खाएछ।देखायाे त सर्वहाराकाे कम्निस्ट सरकारकाे चरित्र!
134
210
1K
@belakoboli
Khagendra Sangroula
4 years
ल हेर,हिटलरउन्मुख ठूलाे अाेली सत्ताच्यूत हुने भाे भनेर दङ्ग पर्दै ठूलाे अाेली बन्न अातुर साना अाेली द्वय खुसियालीमा लड्डु ज्युनार गर्दै!
Tweet media one
93
117
1K
@belakoboli
Khagendra Sangroula
6 years
संसदमा जुलुम भयाे।मेडिकल माफिया पास भयाे,सत्याग्रही लाञ्छित भयाे।जाली स्रेस्ता पास भयाे,सत्य दमीत भयाे।मुढेबल पास भयाे,विवेक तिरष्कृत भयाे।ख्वमितकाे निहित स्वार्थ र अहंकारकाे सर्वाेच्चता कायम भयाे,विधि र मर्यादाकाे बध भयाे।र,"कम्निस्ट-समाजवादी"हुँ भन्ने नेक्पा डबल नाङ्गियाे।हैट्!
112
265
1K
@belakoboli
Khagendra Sangroula
4 years
मुलुकमा मान्छे भाेकले मर्दैछन्,जनमारा राजा ज्ञानेन्द्रलाई बीसाैँ लाख खर्च लाग्ने १०० जना सुरक्षाकर्मी?अनि साना राजा पीके,शेबदे,माकुने,चन्द,जेएन,रेग्मी,बाबुराम,वामदेव,सिटाैला,निधि,गच्छदार,प्रभाकरलई ३ देखि ४८ जनासम्म सुरक्षाकर्मी?यतिका राजालाई मुलुकले कसरी बाेक्नसक्छ हाव साेल्टी?
181
144
1K
@belakoboli
Khagendra Sangroula
6 years
हेलाे अाेली सरकार र नागरिककाे वार्ता: नागरिक- हेलाे,म धरतीमा,धूलाेमा,अाफू कहाँ? अाेस- म गगनमा,अन्तरिक्षमा। नागरिक- कुलाे-पैनी-नहर चाहियाे,सरकार! अाेस- न,न,रेल। नागरिक- गारेटाे,सडक चाहियाे सरकार! अाेस- न,न,पानीजहाज। नागरिक- सिटामल,जीवनजल चाहियाे सरकार! अाेस- न,न,मार्सी,मह,मस्ती !
52
345
1K
@belakoboli
Khagendra Sangroula
5 years
" "प्रचण्ड" अबकाे समयमा शब्द मात्रै हाे। न उनले परिवर्तनकाे "अाँट" गर्नेछन्,न जनताले उनीबाट "अास" गर्नेछन्।" - किशाेर नेपाल,कान्तिपुर
56
199
1K
@belakoboli
Khagendra Sangroula
6 years
मन्त्री लालाबाउ पण्डित- "भ्रष्टाचारमा कसैलाई छूट हुँदैन।" दुई बुलेट प्रुफ गाडी हुँदाहुँदै प्रम अाेलीलाई राजाजस्ताे देखिन २ कराेडकाे बुलेट प्रुफ मर्सिडिज? याे राज्यकाेषमाथि अाेलीकाे भ्रष्टाचार हाेइन? कि पवनुत्रका नाकमा श्रीरामकाे याे भ्रष्टाचारबाट हरर बास्ना अाउँछ?अाे लालबाउ,बाेल!
70
340
1K
@belakoboli
Khagendra Sangroula
6 years
प्रदेश २का मुख्यमन्त्रीकाे माेदीका चरणमा निवेदन-"विभेदकारी संविधानविरूध्द हाम्राे संघर्ष जारी छ।" घरकाे कुरा परकालाई पाेेल लाउनु हस्तक्षेप र दासताकाे अपेक्षा हाे।जाे स्वभिमानी हाे,ऊ परकासँग रूँदैन,बरू सिंहदरबारका ठालूसँग लडेर समान हक खाेसेर लिन्छ।हैट,धिक्कार छ माेदीकाे चाकरीलाई!
58
347
1K
@belakoboli
Khagendra Sangroula
5 years
शाहीतन्त्रमा गाडीले किचेर कलाकार प्रवीण गुरूङलाई मार्दा दरबारले नक्कली ज्यानमारा खडा गरेर पारस शाहलाई जाेगाएकाे थियाे। अहिले गणतन्त्रमा विमानस्थलमा प्रहरीलाई पिट्ने पारसलाई पक्राउ नगरी जाेगाउने काे हाे? प्रहरी चीफ खनाल? गृहमन्त्री बादल? कि प्रधानमन्त्री अाेली? हैट्,पामरहरू!
126
195
1K
@belakoboli
Khagendra Sangroula
4 years
नेपालकाे राजदूतले चीनकाे एउटा खरिदारलाई भेट्न पनि असम्भव हुँदाे हाे। अाेली,दाहाल र नेपाल अर्ती,कृपा र अाशीर्वाद हात थापेर बसे,चिनियाँ राजदूत हाउ याङ्छीले तीनैजनालाई फटाफट भेटिन्। यसलाई" देशी-बिदेशीकाे चलखेल" हाेइन,मावलीकाे दर्शनभेट बक्स भन्नुपर्ला,हैन? हैट्,अात्महीन बुख्याँचाहरू!
47
154
1K
@belakoboli
Khagendra Sangroula
4 years
माअाेवादीकाे जग्जगी कालमा रूकुम सांस्कृतिक रूपान्तरण अभियानकाे केन्द्र मानिन्थ्याे क्यार।अहिले त्यही केन्द्रमा अन्तरजातीय प्रेम प्रकरणमा जघन्य हत्याकाण्ड घट्याे,त्याे पनि,सुनेअनुसार,स्थानीय माअाेवादी नाइकेकै कमाण्डमा।माअाेवादी पहिल्यै झल्ला थियाे कि अहिले पतीत भएकाे हाे, साेल्टी?
117
204
1K
@belakoboli
Khagendra Sangroula
5 years
उपद्रै महँगाेमा चीनबाट झुर मेडिकल सामान सप्लाइ गर्ने अाेबीसीअाई प्रालि अाेली सर निकट,प्रालिसँग सेटिङ मिलाउने ईश्वर पाेखरेलका पुत्र स्वराज र विष्णु रिमालका पुत्र क्षितिज,विजुली पर्दाबाट याे समाचार मेट्ने प्रमका सल्लाहकार अलि।हैट्,अाेलीतन्त्र माने भ्रष्टाचार र भ्रष्टाचार मात्र!
47
256
1K
@belakoboli
Khagendra Sangroula
6 years
उद्दण्ड पारस शाहले जब कलाकार प्रवीण गुरूङलाई गाडीले कुल्चेर मारे,न्यायकाे संघर्षमा तन्नेरी रवीन्द्र अधिकारी मेरा असल सडक कमाण्डर थिए। यी रहेनन् र अहिले मलाई ती दिनकाे झल्झली याद अायाे। ती संग्रामी दिनका मेरा प्रिय रवीन,तिमी र तिम्रा ६ जना सहयात्रीलाई मेराे हार्दिक श्रध्दाञ्जलि!
33
134
1K
@belakoboli
Khagendra Sangroula
5 years
प्रिय नाति मिभान बालसुलभ अमूर्त्त भाषामा साेध्छ- बाजे,म जीवन्त जीव नाकैअगाडि छु,मलाई नबाेकी निर्जीव ल्यापटपमा के झुमिराख्या? जटिल विषय केटाले बुझ्ने साझा भाषा हामीसँग छैन। क्या फसाद!
Tweet media one
37
21
1K
@belakoboli
Khagendra Sangroula
4 years
दुईजना संत्रमित हुँदा सरकारले लकडाउन थाेपय्राे।वास्तवमा अहिले संक्रमित ह्वात्तै बढेर बिरामी मर्न थाल्दा लकलाउन लाउनुपर्ने हाे।तर कुबेलाकाे लकडाउनले थाकेर भाेकै मर्न लागेका मानिस लकडाउन ताेड्न थाले।याे सरकार ठूलाे कपुरी क वाले कालिदासजस्तै छ,जाे हाँगाकाे टुप्पाेतिर बसेर फेद काट्छ।
90
157
1K
@belakoboli
Khagendra Sangroula
6 years
ज्ञानेन्द्रकाे फाैजीतन्त्रमा हामी नागरिक अान्दाेलनले "रत्नपार्क जनताकाे हाे" भन्याैँ,लड्याैँ र जित्याैँ। रत्नपार्क र मण्डला प्रम खड्गप्र अाेली र गृहमन्त्री राम थापा बादल एवं घुँडा टेकुवा पीके र काजीका बाउका बिर्ता हाेइनन्,जनताका हुन्। हामी लड्छाैँ,निषेधाज्ञा ताेड्छाैँ र जित्छाैँ!
69
304
1K
@belakoboli
Khagendra Sangroula
7 years
अाफ्नै बाेसकाे इसारमा डा.केसीविरूध्द मुद्दा हाल्ने सर्वाेच्चकाे कर्मचारी,केसीलाई पक्रने फैसला गर्ने सर्वाेच्चकै न्यायाधीश,झटपट प्रक्रने छापामार प्रहरी,केही चाल नपाउने लठ्ठक प्रधानमन्त्री;सर्वाेच्चद्वारा भ्रष्ट र चाेरहरूलाई चाैतारी,सत्याग्रही सन्तलाई शूली!हैट्,याे अन्धेर नगरी!
23
492
1K
@belakoboli
Khagendra Sangroula
4 years
"जमिन (कालापानी-लिपुलेक-लिम्पियाधुरा) फिर्ता ल्याउन सम्भव थियाे,अाेलीले त्याे बाटाे बन्द गरिदिए। प्रधानमन्त्रीले भूमि फिर्ता ल्याउँछु भनेर गरेकै हाेइन,त्याे उनकाे राजनीतिक व्यवसाय हाे।" - प्रदीप गिरी, नयाँ पत्रिका
59
135
1K
@belakoboli
Khagendra Sangroula
6 years
सत्याग्रही डा.केसीका मागप्रति यतिमात्र विवेक र विनम्रता तीन हप्ताअघि देखाएकाे भए दम्भ,संकीर्णता र प्रतिशाेधका अाैधी धनी अाेलीले बद्नामीकाे यत्राे पूँजी अार्जन गर्नुपर्ने थिएन। हैट्,दुई तिहाइकाे अहंकारले एक महिनामै अाेली सरकाे नाक झण्डै दुई तिहाइ काटियाे!
85
199
1K
@belakoboli
Khagendra Sangroula
4 years
अाेली सर पहिले महाकाली सन्धिबाट देशले वर्षकाे एक खरब बीस अरब पाउँछ भन्थे। उनले कति पाए कुन्नि,देशले एक सुकाे पनि पाएन। अहिले उनै अाेली सरले माैसमी राष्ट्रवाद बिसाएर "मलाई त्यै केटी चाहिन्छ"काे भाकामा "एमसीसी" भनेकाे सुन्दा महाकालीकाे भूतले दुनियाँलाई तर्सायाे पाे हाव साेल्टी!
43
201
1K
@belakoboli
Khagendra Sangroula
5 years
मेराे ट्वीट नबुझिएकाे गुनासाे अायाे। म अब उप्रान्त एकदम बुझिने गरी ट्वीट गर्छु,मान्यवर । जस्ताे कि: गाई धर्मान्ध हिन्दुले पुज्ने र सुरूप्प मुत खाने एक चाैपाया जन्तु हाे। याे ज्ञानेन्द्र,कमल,पस्पति,लाेहनी,बिष्ट,शशांक,घैँटे,चैते र भातेकाे राजनीति गरिखाने अादिम हतियार हाे। जय नेपाल।
215
138
1K
@belakoboli
Khagendra Sangroula
6 years
बलात्कारीलाई पक्राउ गर्नु त कता हाे कता,गृहमन्त्री रामबहादुरले सिध्दान्त छाँट्दै "पूँजीवादले बलात्कार बढायाे"भनेछन्। अपराधीलाई जाेगाउने र न्यायकाे बध गर्ने क्या कुटिल दाउ!निर्मलाका लुगा जलाउने र उनका बाकाे नक्कली अाैँठाछाप लाउने कुकर्मीलाई गृहमन्त्रीले अझै चिन्या छैन?हैट्,नालायक!
39
256
1K
@belakoboli
Khagendra Sangroula
5 years
कठै,क्रान्तिका दुई भूपू नायककाे याे हरिबिजाेक! पुष्पकमल नेकपा डबलमा उचित स्थान र मान पाऊँ ख्वामित् भनेर याचना गर्दै अाेली सरका पाउमा लुटपुटिइरहेका छन्, बाबुराम सरकार छाड्नाेस्न प्रभु भन्दै उपेन्द्र यादबका चरणमा मालिस गरिरहेका छन्। हैट्,जिन्दगीमा यस्ताे देख्नुपर्ने दिन पनि अायाे!
64
184
1K
@belakoboli
Khagendra Sangroula
6 years
समान्यजन इमरान खान बुलेटप्रुफ गाडी नचढ्ने, विलासी सरकारी निवासमा नबस्ने भए,र सरकारी सञ्चारबाट सबै राजनीतिक सेन्सरसीप हटाए।अाेलीले २टा बुलेटप्रुफ गाडी थपे, अासेपासेलाई राज्यकाेषकाे रकम भरमार बाँडे।र,अब सामाजिक सञ्जाललाई निषेधित क्षेत्र घाेषित गर्न बेर छैन।हैट्,यी जनवादी-समाजवादी!
52
233
1K
@belakoboli
Khagendra Sangroula
6 years
निर्मला हत्याकाण्डका प्रमाण नष्ट गर्ने प्रहरी,निर्दाेष व्यक्तिलाई यातना दिएर अपराधी अाविष्कार गर्न खाेज्ने प्रहरी,सन्दिग्ध जीवकाे डीएनए जाँच प्रहरीकै प्रयाेगशालामा र प्रम अाेलीकाे बाेलीमा अपराधी पत्ता लाग्न १२ वर्ष लाग्न सक्ने।तैतै अाेली सरले अपराधी मंगल ग्रहमा छ भने कसाे हाेला?
47
221
1K
@belakoboli
Khagendra Sangroula
5 years
अाफूलाई पदच्यूत हुन अादेश दिने दुई जुँगामुठे अध्यक्ष अाेली-दाहाललाई उपसभामुख शिवमायाले भनिछन्- म छाड्दिनँ,सभामुखमा लड्छु।बस्,याे हाे काइदा।सभामुख पद यी दुई मुखियाका खल्तीकाे बक्सिस हाे र,मान्यवर?
35
144
1K
@belakoboli
Khagendra Sangroula
6 years
पाेखरा रङ्गशालामा अबाेध छात्राहरूलाई खालीखुट्टा उभ्याएर ङिच्च हाँस्दै स्वागत ग्रहण गर्ने मन्त्री पदधारी याे राजा काे हाे?भूईँफुट्टा राजाकाे स्वागत गर्न छात्राहरूलाई खालीखुट्टा उभ्याउने याे अायाेजक काे हाे?निरीह छात्राहरूलाई खालीखुट्टा उभ्याउन दिने याे मास्टर काे हाे? तँलाई ताेरी!
Tweet media one
104
300
1K
@belakoboli
Khagendra Sangroula
6 years
केदारभक्त माथेमाले पुस्तक किनेकाे देेखेर चकित हुँदै एउटा ठिटाले साेधेछ,"सर,तपाईं याे उमेरमा पनि पढ्नुहुन्छ?" कलेजमा पढाउँछु भन्ने त्यस ठिटालाई माथेमाले झाेक्किँदै भनेछन्,"बाबु,पढ्ने मान्छेले मेराे उमेरमा पनि पढ्छ,नपढ्ने मान्छेले तपाईँकाे उमेरमा पनि पढ्दैन!" हैट्,खतरा ताजन!
16
230
1K
@belakoboli
Khagendra Sangroula
4 years
इन्सपेक्टर अाैषधि किन्ने महिलालाई निर्घात कुट्ने,डीअाइजी प्रहरीलाई उत्तेजित नगरूँ भन्दै कुट्नेकाे बचाउ गर्ने!प्रहरी प्रमुख मूक दर्शक,गृहमन्त्री बादल सत्ताकाे नशामा लठ्ठ,प्रम अाेली नीति उपदेशमा मग्न!नागरिक कुटिऊन्,कसैलाई मतलब नाइँ!निरङ्कुश अाेलीतन्त्र झनै निरङ्कुशतातिर,हैट्!
70
163
1K
@belakoboli
Khagendra Sangroula
4 years
दिल्लीमा भारतका रक्षामन्त्री राजनाथलाई हाम्रा परराष्ट्रमन्त्री प्रदीप गुरूकाे धनुषटंकार दर्शन!
Tweet media one
229
115
1K
@belakoboli
Khagendra Sangroula
3 years
१८/२० लाख मानिस सडकमा उत्रिएर,लडेर ल्याएकाे हाे संघीयता र धर्मनिरपेक्षता।यिनलाई मास्न तिमीलाई जनमत संग्रह चाहियाे?१८/२० लाख मानिस सडकमा उतार वा संसदकाे दुई-तिहाई आफ्नाे बनाऊ।बस् ,जनमत संग्रह हुन्छ।नत्र भुइँफुट्टा ज्ञानी भएर, सुकुलगुण्डे गफ गरेर तिम्राे जनमत संग्रह हुँदैन काजीसाप!
342
135
1K
@belakoboli
Khagendra Sangroula
5 years
कुन वंशकाे काे राजा हाे याे?
Tweet media one
310
184
1K
@belakoboli
Khagendra Sangroula
6 years
कलाकारले राष्ट्रपतिकाे विलासी हेलिकप्टरलाई पुण्यकर्म,शासककाे दुष्प्रत्तिलाई पवित्र पराक्रम र कार्यकर्ताकाे अन्धभक्तिलाई सलाम भन्नुपर्ने हाे?दुर्बल मानसिकता भएका पशुपति शर्मालाई अत्याएर घुँडा टेकाउन सकिएला,प्रतिपक्षीय चेतनालाई दबाउन सकिन्न मान्यवर।याे ज्ञानेनकाे फाैजीतन्त्र हाे र?
34
208
1K
@belakoboli
Khagendra Sangroula
4 years
लुटिँदैछ मेराे देश राष्ट्रगीत गाउनेबाट दाैरा-सुरूवाल ढाकाटाेपी मिलाएर लाउनेबाट । - मनु ब्राजाकी
28
234
1K
@belakoboli
Khagendra Sangroula
3 years
पतीत ओली डरले संसदमा गयल,ओलीका परम प्रिय पवनपुत्र प्रदीप ज्ञवालीका ठूला कुरा! हैट्,लाजमर्नु!
107
77
1K
@belakoboli
Khagendra Sangroula
7 years
बधाई सिरियल मान्यवर ! १०४ वर्षे पश्पति राजा, सदैव दमनकारी शाही गुलाम कमले मण्डले, हरिप अशक्त मण्डले दिपक बाेहरा, सदैव लाेकसेवा पारित भतुवा श्रीमान् गच्छदार- हामीलाई इतिहासकाे सानाे बाेझबाट मुक्त गय्राै, तिमीहरू धन्य,धन्य हाै ! अल बिदा!
87
329
1K
@belakoboli
Khagendra Sangroula
5 years
त्यति परकाे भेनेजेएलामाथि अमेरिकी दादाकाे गिध्ददृष्टि पर्दा नेकपा डबलका शासक तीन हात उफ्रेर कुर्लेका थिए।अहिले नाकैअगाडि माेदीले काश्मिर निल्दा किन मुर्दासरी माैन?कारण प्रस्ट छ।शासनकाे अासनमा उक्लिन रहर गर्नेलाई अाशिर्वाद दिने उनै प्रभु,श्राप दिने उनै प्रभु।अनि बाेलिसक्नु भाे र?
85
178
1K
@belakoboli
Khagendra Sangroula
6 years
घर हुँदाहुँदै घरभाडा ज्युनार गर्ने केही सांसदले खाकाे रकम फिर्ता गर्ने घाेषणा गरेछन्।राम्राे!याे म ठग हुँ भन्ने सप्रमाण साबिती बयान हाे।अब सभामुखले कि त संसद ठगहरूकाे अखाडा हाे भनी घाेषणा गरून् कि यी ठगहरूलाई दण्डित गरून्।नगरे लाेकले भन्नेछ- ठगहरूका सभामुख महरा सुपर ठग हुन्!
54
227
1K
@belakoboli
Khagendra Sangroula
4 years
डा.बाबुराम भट्टराई "रअ" प्रमुख सामन्त गाेयल्सलाई सुटुक्क भेट्ने,सामन्त गाेयल्स बाबुराम भट्टराईका देहमा सुटुक्क काेराेना भाइरस सल्काउने! अनि यता बाबुराम अाइसाेलसनमा,उता सामन्त अाइसाेलेसनमा। देहमा भाइरस सल्काइनु सामान्य कुरा हाे,दिमागैमा भाइरस सल्काए कि भन्ने अाशंकाले पाे सतायाे!
77
52
1K
@belakoboli
Khagendra Sangroula
5 years
थाेरैमात्र विवेक,इमान र शरम भए पुष्पकमल दाहाल अाफूलाई जुत्ता प्रहार गर्ने सहिद परिवारका रतन तिरूवाकाे अाक्राेशकाे कारण साेधखाेज गर्थे,क्षमा याचना र पश्चाताप गर्थे। विवेक,इमान र शरम नहुँदा ठालु शासकले झैँ रतनलाई पक्राउ गरेर दाहाल सुरक्षित भएकाे महसुस गरिरहेका हाेलान्। विडम्बना!
44
169
1K
@belakoboli
Khagendra Sangroula
4 years
प्रधानमन्त्री अाेलीले लाेभी दिल्ली दरबारले मिचेकाे कालापानी,लिपुलेक,लिम्पियाधुराकाे भूमि कुटनीतिक काइदाले फर्काएरै छाडिनेछ भन्दै अकूटनीतिक गर्जन गरे। तामसी गर्जनले मिचिएकाे भूमि फिर्ता गराउने त कुन्नि,अाेली सरकाे याे बेढङ्गे शैलीले थप दु:ख निम्त्याउने खतरा पाे दखियाे,मान्यवर।
238
113
1K
@belakoboli
Khagendra Sangroula
6 years
सरल,किफायती र असल साइकल मन्त्री भनेर प्रचारित लालबाउ पण्डितकाे कब्जामा चारवटा सरकारी गाडी! गाडी नं बा२झ १०७५,बा१झ ९८४७,बा२झ५५५,बा२झ ३९६३ ।इन्धन र चालक सरकारी।मन्त्रीपत्नी विमला उर्फ गृहरानीलाई राताे-नीलाे प्लेट हटाएर सेताे प्लेट राखिएकाे गाडी।हैट्,ढाेँगी लालबाउकाे याे ठग अाैतार!
73
269
1K
@belakoboli
Khagendra Sangroula
4 years
अत्युत्तम गृहमन्त्री रामबहादुर थापा "बादल"का महावाणी- १.झुट अन्त पनि छ,चिन्ता नगर। २.लुट अन्त पनि छ,चिन्ता नगर। ३.भ्रष्टाचार अन्त पनि छ,चिन्ता नगर। ४.हत्या अन्त पनि हुन्छ,चिन्ता नगर। ५.भाेकै मृत्यु अन्त पनि हुन्छ,चिन्ता नगर। ६.बलात्कार याँमात्र हाेइन,अन्त पनि हुन्छ,चिन्ता नगर।
50
242
1K
@belakoboli
Khagendra Sangroula
6 years
एसपी बिष्ट,पुत्र बिष्ट र मेयरका भतिजाकाे डीएनए परिक्षण सरकारकाे अर्काे छलकारी नाटक हाे कि ल्याब टेक्निसियनले दबाबमुक्त भई गर्न पाउने हाे?अपराधीलाई संरक्षण दिने र सामान्यजनकाे जीवनलाई माखालाईजति पनि नगन्ने अाेली राजकाे कृत्य कम्निस्टकाे नाममा कमाल हाे कि कलङ्क?साेध्ने कसलाई ब्राे?
45
281
1K
@belakoboli
Khagendra Sangroula
5 years
"सरकारले गर्न नसकेकाे काम सेनालाई दिने भए क्याबिनेट नै सेनालाई बुझाए भैगाे नि!" - राजनीतिशास्त्रका पण्डित कृष्ण खनाल
41
161
1K
@belakoboli
Khagendra Sangroula
4 years
एक चिल्ला मन्त्रीले भने- अब लकडाउनकाे स्वरूपबारे साेचिन्छ। साेच्न अब कार्यदल बनाइएला। साेच्नेबारे साेच्दा���ाेच्दै कार्यदलकाे म्याद सकिएला। अनि सरकार परीक्षण ह्वात्तै बढाउनेबारे साेच्ला। साेच्दासाेच्दै मरेकाे बिरामीकाे स्वाव परीक्षण गर्दा पाेजेटिभ देखिएला।सरकार त भाग्यले पाएकै हाे!
35
157
1K
@belakoboli
Khagendra Sangroula
4 years
विवेकशील साझा पार्टीकाे न कुनै दार्शनिक मान्यता देखियाे न मूर्त्त राजनीतिक कार्यदिशा। यस्ताे दिग्शून्य र सुखवादी सुकुलगुण्डे तालले वैकल्पिक पार्टी बन्न असम्भव छ,मान्यवर। प्रवृत्ति र अभिरूचिका दृष्टिले त रवीन्द्र मिश्र फिल्मी हिराे र मिलन पाण्डे शिक्षक हुनुमा पाे कल्याण छ,ब्राेज्!
125
100
1K
@belakoboli
Khagendra Sangroula
4 years
महान् र तुच्छ म जान्दिनँ,यसरी चप्पल लाउने म पनि थिएँ।
138
68
1K
@belakoboli
Khagendra Sangroula
6 years
पहिले अाेली प्रवृत्तिकाे अरिङ्गाल सेनाका कमाण्डर महेशले गजप कमाण्डरी गरेर मन्त्री बकस पाए।अहिले महेशपथका जण्ड कमाण्डर याेगेश डा.केसीलाई दलालकाे दर्जा दिँदै बकस थाप्न अातुर छन्।स्याबास् याेगेश कमरेड,अाेली राजकाे अायु घटाउन याे कमाण्डरी अचुक छ।बिन्ती छ सर,याे पराक्रम जारी रहाेस्!
60
203
1K
@belakoboli
Khagendra Sangroula
6 years
भारतीय राजदूत सिंह मावल गएझैँ जङ्गीअड्डा गए,प्रसेनापति थापाले भान्जालाई झैँ जङ्गीअड्डाकाे ढाेका खाेलिदिए।के याे कूटनीतिक मर्यादा र सैनिक अनुशासनसँग मिल्ने कुरा हाे? के हेरीबसेका छन् परराष्ट्र र रक्षामन्त्री?अनि माैसमी राष्ट्रवादी प्रधानमन्त्री?के नेपाल भारतकाे क्रीडाभूमि हाे?
44
266
1K
@belakoboli
Khagendra Sangroula
6 years
कथित पूर्वविशिष्टलाई घरभाडा मासिक २लाख,घर मरम्मत मासिक १लाख! अन्य सुविधा कतिकति! पूर्वका नाममा अाफ्नै पेन्सनकाे चाँजाे मिलाउने विद्या,केपी र पीकेकाे दाउ। रामवरण,माकुने,जेएन,शेरबहादुर र बाबुरामकाे माैन समर्थन? हैट्,खान भनेपछि सबै खानका काल एकमत! नारा- भ्रष्टजति एक हाेअाैँ! हे राम!
69
304
1K
@belakoboli
Khagendra Sangroula
4 years
सेकुरिटी प्रेसकाे धन्दामा ७० करा��ड कमिसनमा रकम थपिदिन गाेकुल बाँसकाेटाले ठेकदासँग गरेकाे निवेदनमा उनकाे बाेली प्रस्टै चिनिन्छ।भागबण्डे अख्तियार भ्रष्टाचारकाे प्रमाण पुगेन भन्दै गाेकुललाई चाेख्याउनतिर लाग्याछ।अब गाेकुलकाे यति प्रस्ट बाेली नचिन्ने अख्तियारका कान जचाउनुपरेन,मान्यवर?
51
158
1K
@belakoboli
Khagendra Sangroula
5 years
नाति भनूँ कि सानाे साथी भनूँ,अाफू त यिनकै माेहजालमा अल्झिराछु हाव साेल्टी।
Tweet media one
38
18
1K
@belakoboli
Khagendra Sangroula
6 years
कञ्चनपुरमा पहुँचवाल सरकारी बलात्कारीलाई जाेगाउन नक्कली बलात्कारी अघि सार्ने प्रहरी,देख्या नदेख्यै,सुन्या नसुन्यै गर्ने अाेली सर र बादल ब्राे,न्यायप्रेमीकाे बध गर्ने उही प्रहरी,शहीद घाेषणा गर्ने उपकारी उनै अाेली र बादल महाेदय।हैट्,चरम् ढाेँगी अाैली राजकाे याे निर्लज्ज नाटक!
41
226
1K
@belakoboli
Khagendra Sangroula
6 years
संसदमा प्रम अाेलीका दिव्य वाणी: १सांसदकाे भ्रष्टाचारकाे विराेध माने लाेतन्त्रमाथि धावा, २राष्ट्रपतिकाे विलासी अाकांक्षाकाे विराेध माने गणतन्त्रकाे तेजाेबध, ३निर्मलालाई न्याय माग्नु माने "सडककाे अराजक भीड" मानिनु। यस्ता पाे प्रम!कति विनम्र!कति सहिष्णु!कति उदार!कति फराकिलाे छाती!
41
243
1K
@belakoboli
Khagendra Sangroula
5 years
शासक विद्या,नन्दबहादुर,केपी,पीके,ईश्वर र बादललाई मन्दिर उद्घाटन,लट्टे दर्शन,ताताेपानी स्नान र मस्ती शयरका लागि हरपल हेलिकप्टर उपलव्ध छ।हुम्लामा २० दिनसम्म अाैषधी लाने हेलिकप्टर नपाएर रूघाखाेकीले ९ जनाकाे ज्यान गयाे।याे हाे अाेलीतन्त्रमा शासकलाई समृद्धि र सुख,गरीबलाई कालकाे उपहार!
42
245
1K
@belakoboli
Khagendra Sangroula
4 years
इमिरेट्सले भन्याे- अाफ्ना नागरिक फिर्ता लैजाऊ,नत्र सम्झाैता बदर गर्छु।सरकार चुप्!बंग्लादेशमा अड्केका विद्यार्थीले भने- विमान पठाईदेऊ,पैसा तिर्छाैँ,भन्या ठाउँमा क्वारेन्टाइन बस्छाै।सरकार चुप्!असल परराष्ट्रमन्त्री प्रदीपले सुरक्षा र उपचार त्यतै राम्राे छ,त्यसै बस भन्लान् भन्ने डर!
60
211
1K
@belakoboli
Khagendra Sangroula
6 years
मिस्टर हर्के जिन्दगीभरि पढ्दापढ्दै हड्डी खिएर मय्राे,डाक्टरकाे उपाधि पाएन। अाेली सरले कहिल्यै‌े पढेनन्,सुतीसुती ट्रिपल डाक्टर पड्काए। काेस्टारिकाबाट डाक्टरी भिरेर फिर्ती सवारी हुँदा अाेली सरकाे सवारी चलाउन काठमाडाैँका सडक पूरापूर रित्याइए। श्रीपेचविनाका महाराज अाेलीकाे जय जय जय!
88
192
1K
@belakoboli
Khagendra Sangroula
3 years
दु-दुईपल्ट राष्ट्रपति बनाइदिने कृपाकारी ओली।ईश्वर दाहिना भए फेरि राष्ट्रपति बनाइदिने दयालु ओली।सुख-दुःखका पार्टी कमरेड ओली।जवजका अटल सहयात्री ओली।विद्यादेवीले एकाघरका यस्ता असल कम्निस्ट ओलीलाई छाडेर प्रतिक्रियावादी देउवालाई प्रधानमन्त्री बनाइदिने?हैट्,आकाशकाे फल,आँखा तरी मर्!
40
101
1K
@belakoboli
Khagendra Sangroula
1 year
रवि सरका पुजारी!
Tweet media one
277
42
1K
@belakoboli
Khagendra Sangroula
5 years
झापाकाे बीएन्डसी अस्पतालले संकटका बेला झाडापखाला लागेर जीवनरक्षा गरिमाग्न अाएका बालकलाई गेटबाटै कालकाे मुखतिर फर्काइदिएछ। एेन माैकामा देखायाे है "मार्सी"ले चरित्र! याे चरित्रकाे महिमाबारे सिंहासनबासी अाेली सर र दाहाल ब्राेकाे केही भन्नु छ कि?
Tweet media one
72
249
1K
@belakoboli
Khagendra Sangroula
6 years
न्याय माग्न काठमाडाैँ अाएका निर्मलाका मर्माहत अामाबा र अधिकारकर्मी भन्छन्- हामीलाई सरकारी जासुसले पलपल पछ्याएर अातङ्कित तुल्याए।अब हाम्ले क्यार्ने हाे दाइ? अरे,अाेली सरका अरिङ्गाल अाततायी जासुसी अाैतारमा? केपी-पीकेकाे कथित कम्निस्ट शासन त अातङ्ककाे शासन पाे भाे ��ार!क्या लाजमर्नु!
35
224
1K
@belakoboli
Khagendra Sangroula
5 years
रवि लामिछाने अाफ्नाे प्रतिरक्षा गर्न जीवित छन्,शालिकराम पुडासैनी सदाका लागि मारिए(?!) रविकाे जयजयकार गर्ने फ्यानहरू शालिकराममाथिकाे अन्यायबारे किन यति साह्राे माैन? रविका फ्यानहरूकाे विराेधकाे शीलीमा रविकै पत्रकारिताकाे शैली झल्क्याे भन्छन् ज्ञानीहरू। हैन,कुराे के हाे श्रीमान्?
118
185
1K