![Dr. Mukul Dhakal Profile](https://pbs.twimg.com/profile_images/1815588205913358336/uXLpssYD_x96.jpg)
Dr. Mukul Dhakal
@mukuldhakal
Followers
5K
Following
11
Statuses
72
Politician, संस्थापक, राष्ट्रिय स्वतन्त्र पार्टी, महामन्त्री तथा प्रवक्ता
Nepal
Joined November 2022
सामाजिक सञ्जाल विधेयकले अभिव्यक्ति स्वतन्त्रता खोस्दैन! नेपालको संविधानले प्रत्येक नागरिकलाई अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरेको छ। कुनै पनि कानुनले यो अधिकार खोस्न सक्दैन, किनभने कानुन संविधानभन्दा माथि हुन सक्दैन—यही विधिको आधारभूत सिद्धान्त हो। ✅ कसैको आलोचना गर्ने अधिकार सुरक्षित छ। ✅ राजनीतिक विचार राख्न रोक लाग्दैन। ✅ सत्य बोल्ने स्वतन्त्रता रहन्छ। तर… ❌ फेक न्यूज, साइबर बुलिङ, हिंसा र चरित्र हत्या गर्ने छुट छैन। ❌ जातीय वा धार्मिक द्वेष फैलाउने अधिकार कसैलाई छैन। ❌ अरूको निजी गोपनीयता तोड्न पाइँदैन। 👉 सामाजिक सञ्जाल विधेयक नियन्त्रण होइन, संरक्षणको लागि हो। यो अभिव्यक्ति स्वतन्त्रता मार्न होइन, जिम्मेवार अभिव्यक्ति सुनिश्चित गर्न ल्याइएको हो। #अभिव्यक्ति_स्वतन्त्रता #उत्तरदायी_सञ्चार #सामाजिक_सञ्जाल_विधेयक
6
4
36
फेक समाचारलाई प्र���त्साहन गर! सत्यतथ्य पर्खने समय छैन! हेडलाइन बनाऊँ, हल्ला मच्चाऊँ, र लाइक-सेयर बढाऊँ! सनसनीपूर्ण शीर्षक बनाए पुग्छ, भित्र जे लेखे पनि फरक पर्दैन! समाचार सत्य हो या झूट, महत्त्वको कुरा छैन, महत्त्वपूर्ण कुरा छ – यसले ध्यान तान्नुपर्छ! 👉 सत्य भन्दा पहिले सनसनी पुग्नुपर्छ! #व्यङ्ग्य #झूटकोशक्ति #सनसनी_नयाँसत्य
7
5
27
बुलिङलाई कलात्मक बनाऊँ! अरूलाई जिस्क्याउनु, गिज्याउनु, अपमान गर्नु – यसैबाट मनोरञ्जनको स्तर मापन हुन्छ! बुलिङलाई गलत नसम्झ, यो कला हो! जो जति राम्रो गिज्याउँछ, उति नै भाइरल हुन्छ! अरूको कमजोरी खोज, सार्वजनिक गर, अनि रमाइलो गर! 👉 बुलिङ रोकिए मजाक मरिहाल्छ! #व्यङ्ग्य #बुलिङ_कला #कमजोरीखोज_मजाकबनाऊँ
2
0
16
अपराधलाई मनोरञ्जन बनाऊँ! लुटपाट, हत्या, हिंसा – यी सबै मनोरञ्जन सामग्री हुनुपर्छ! कसैलाई कुटेको भिडियो, गल्ती गरेको दृश्य, दुर्घटनाको क्लिप – यस्ता कुराले नै समाज अघि बढ्छ! कानूनी कारबाही भन्दा पहिले भिडियो बनाऊँ, सेयर गर, र लाइक बटुल! 👉 अपराध अब समाचार होइन, रमाइलो हो! #व्यङ्ग्य #मनोरञ्जन_रअपराध #भाइरलकोनयाँपरिभाषा
1
0
9
यौनजन्य सामग्रीको बाढी ल्याऊँ! मनोरञ्जन भनेकै के हो? भिडियो, पोस्ट, मिम – जहाँ पनि यौनजन्य सामग्री हुनैपर्छ! हरेक पाँच पोस्टमध्ये दुईटा अश्लील नभए, यो त पुरानो इन्टरनेट भयो! जे बिक्छ, त्यही राख्नुपर्छ, नैतिकताको कुरा गर्नु भनेको आफ्नै गन्तव्य बिगार्नु हो! 👉 ‘भ्युअर्स’ चाहियो भने, यौनजन्य सामग्री अनिवार्य! #व्यङ्ग्य #मनोरञ्जन_नयाँपरिभाषा #भ्युअर्सकोखेल
6
7
39
सामाजिक सञ्जालमा अपशब्द र उद्दण्डता अनिवार्य गर! सभ्य भाषा किन बोल्ने? राम्रा शब्द प्रयोग गरेर कसैले ट्रेन्डिङ्ग भएको छ? छैन! ट्रेन्डमा आउनलाई छाडा बोल्नैपर्छ! जहिले पनि बहस गर्ने, बुद्धिवादी बन्नेहरू कमजोर हुन्! सीधा गाली गर, उद्दण्डता देखाऊँ, र लाइक कमाउन सुरू गर! 👉 उग्र नबनेसम्म ध्यान कसैले दिँदैन! #व्यङ्ग्य #छाडातन्त्र #उद्दण्डताकोशक्ति
2
5
31
गोपनीयता नामको कुरा हटाऊँ! निजी जीवन भनेको के हो? अरूको निजी कुरा ��ोट्याउनु, भिडियो खिच्नु, पोस्ट गर्नु हाम्रो नैसर्गिक अधिकार हो! को कहाँ गएको छ, के खाएको छ, कसलाई म्यासेज गरेको छ – यो सबै सार्वजनिक हुनुपर्छ! जसले मनोरञ्जन दिन्छ, उसको व्यक्तिगत गोपनीयता भन्ने कुरा हुँदैन! 👉 जीवन खुल्ला किताब हो, तर अरूको मात्र! #व्यङ्ग्य #गोपनीयताकोअन्त्य #सबैथाहा_सबैकोजीवन
7
8
49
भीडतन्त्रले कानूनी शासनलाई विस्थापित गरोस्! न्यायाधीश किन चाहियो? जनता नै न्यायाधीश हो! कसैलाई अपराधी घोषणा गर्न प्रमाण किन खोज्ने? फेसबुक, ट्विटरमा भोट हाल, फैसला सुनाऊँ! भीडको समर्थनमा न्याय हुन्छ, जो भाइरल भयो, त्यही सही! अदालत सुस्त छ, सामाजिक सञ्जाल तुरुन्त न्याय दिन्छ! 👉 कानूनी प्रक्रिया लम्बिन्छ, भीड तुरुन्तै फैसला गर्छ! #व्यङ्ग्य #भीडको_न्याय #फेसबुक_अदालत
14
7
65
फेक अकाउन्टलाई संरक्षण देऊ! असली अनुहार देखाएर बहस गर्नुपर्ने झन्झट किन? फेक अकाउन्ट खोल, गाली गर, धम्की दे, अनि मजा ले! आफैं लुकेर अरूलाई टार्गेट गर्ने छुट छ! सहमति नभए, प्रत्यक्ष हमला गर, तर आफ्ना असली जानकारी सुरक्षित राख! सामाजिक सञ्जालमा सही परिचय आवश्यक छ भन्नेहरू कमजोर हुन्, बलियो त उही जो हजारौं फेक अकाउन्ट बनाएर भीडतन्त्र चलाउन सक्छ! 👉 नाम नखुल्दा नैतिकता पनि बच्छ ! #व्यङ्ग्य #फेकअकाउन्ट_स्वतन्त्रता #असली_नाम_कमजोरी
8
8
56
चरित्र हत्या सामान्य बनाऊँ! कसैलाई बदनाम गर्न सजिलो उपाय – सामाजिक सञ्जाल! प्रमाण किन चाहियो? अनुमान, अफवाह, अनि मेरो भावनाले प्रमाणको काम गर्छ! जोसुकैलाई खलनायक बनाऊँ, चरित्र हत्या गरौँ, अनि लाइक, कमेन्ट र सेयर बटुलौँ! अरूको बेइज्जती हाम्रो मनोरञ्जन हो! नैतिकता भन्ने कुरा कमजोरहरूको लागि हो, साँचो शक्ति त चरित्र हत्या गर्ने हातमै हुन्छ! 👉 बदनाम भए पनि नाम त कमाइन्छ, हैन र? #व्यङ्ग्य #चरित्रहत्या_मनोरञ्जन #नयाँ_न्याय_व्यवस्था
0
0
12
झूटको प्रचार खुल्ला गर! तथ्य किन चाहियो? सत्य भन्दा राम्रो झूट हुन्छ! जो धेरै पटक दोहोरिन्छ, त्यही सत्य बन्छ! एउटा क्लिकले हजारौंलाई झूट बेच्न पाइने युगमा छौं, किन रोक्ने? हल्ला मच्चाऊँ, सनसनी फैलाऊँ, ट्रेन्डिङ्ग बनाऊँ! पत्रकारिता, अनुसन्धान, प्रमाण– यी सब सुस्त मानसिकता हो! “स्रोत छैन, तर विश्वास गर्नुपर्छ” भन्ने हाम्रो नयाँ पत्रकारिता हो! 👉 सत्य भोलि आउँछ, तर झूट आजै भाइरल हुन्छ! #व्यङ्ग्य #झूटकोशक्ति #सनसनी_नयाँ_सत्य
7
2
47
गाली गर्न पाउनु पर्छ! सभ्य संवादको झन्झट किन चाहियो? जे मन लाग्छ, त्यही बोल्न पाइने समाज बनाऊँ! विचार र तर्कको ठाउँ किन राख्ने? अपशब्द र गालीगलौज नै ��सली अभिव्यक्ति स्वतन्त्रता हो! कसैको सम्मान गर्ने झन्झटै हटाऊँ, सिधै मुख चलाऊँ! कारण खोज्ने, सत्य जान्ने, सहिष्णु बन्ने – यी सबै पुराना कुरा! नयाँ समाजको नयाँ नियम – जो ठूलो स्वरले गाली गर्छ, त्यही सही! 👉 सभ्यताले रोक्न खोज्दै छ? छाडा बोल, ट्रेन्डिङ्ग बन! #व्यङ्ग्य #स्वतन्त्रताको_परिभाषा #भीडको_शक्ति
24
13
119
USAID को कार्यक्रम बन्द भएपछी नेपालमा थुप्रै एनजीओ/आइएनजीओका कार्यक्रम बन्द हुने रहेछ । मिसिनरीसहरूको कार्यक्रम पनि बन्द हुने रहेछ । कैयन सासंदका रोटी पनि बन्द हुने रहेछन् । रास्वपाका पनि २-४ जना बहुचर्चित सासंदहरूको सचिवालय खर्च बन्द हुने रहेछ । हजारौँ बेरोजगार बजारमा थपिने रहेछन् । यसले नि ठूलै प्रभाव पार्ने रहेछ । कसैले अनुसन्धान गरि लेखे हुने । ए साँच्चि, लेख्न दान दिने दाता नि बन्द हुने रहेछ ।
64
51
395
प्रचण्ड सरकारले टिकटक बन्द गर्दा भन्यो - "सामाजिक सञ्जालमा अराजकता छायो, बन्द गर्नै पर्यो ।" (प्रमाण - त्यतिबेलाका मन्त्रीको टिप्पणी) त्यतिबेला रास्वपाबाट भन्यौँ - "बन्द होइन नियमन गर ।" (प्रमाण - तत्कालिन विज्ञप्ति) त्यतिबेला रास्वपाले माग गरेजस्तै सरकारले टिकटक लगायतका सामाजिक सञ्जाल बन्द होइन नियमन गर्ने विधेयक प्रस्ताव गरेको छ । विरोधमा उत्रिएका छन्, प्रचण्ड र क्लवका सदस्यहरू । उफ् । यिनीहरूको दोगलापना । म आज पनि भन्छु - "सामाजिक सञ्जाल बन्द होइन, नियमन गर ।"
14
19
93
सरकारको “स्वतन्त्रता” नीति – एक सामाजिक व्यङ्ग्य • गाली गर्न पाउनु पर्छ – सभ्य संवादको झन्झट हटाऊँ, जे मन लाग्यो त्यही बोल्न देऊ! • झूटको प्रचार खुल्ला गर – तथ्य किन चाहियो, भाइरल हुन सके पुग्छ! • चरित्र हत्या सामान्य बनाऊँ – अरूको बेइज्जत हाम्रो मनोरञ्जन! • फेक अकाउन्टलाई संरक्षण देऊ – अनुहार लुकाएर जतासुकै हमला गर्न पाइयोस्! • भीडतन्त्रले कानूनी शासनलाई विस्थापित गरोस् – कोटी-कोटी लाइकले न्याय निर्धारण गरोस्! • गोपनीयता नामको कुरा हटाऊँ – अरूको निजी जीवन हाम्रो सार्वजनिक विषय हो! • सामाजिक सञ्जालमा अपशब्द र उद्दण्डता अनिवार्य गर – सभ्य भाषा पुरानो कुरा हो, ट्रेन्डिङ्ग हुनलाई छाडा बोल्नैपर्छ! • यौनजन्य सामग्रीको बाढी ल्याऊँ – हरेक पाँच पोस्टमध्ये दुईवटा अनिवार्य अश्लील हुनुपर्छ! • अपराधलाई मनोरञ्जन बनाऊँ – लुटपाट, दुर्व्यवहार, हिंसा सबै “कन्टेन्ट” को नाममा स्वीकार्य हो! • बुलिङलाई कलात्मक बनाऊँ – अरूलाई जिस्क्याउन, होच्याउन, मानमर्दन गर्न प्रेरित गर! • फेक समाचारलाई प्रोत्साहन गर – सत्यभन्दा सनसनी महत्वपूर्ण हुन्छ! 👉 नत्र हाम्रो कन्टेन्ट उद्योग धराशायी हुनेछ! भीडतन्त्रलाई हतोत्साहित गर्यौ भने सरकार, सिंहासन नै धरापमा पर्न सक्छ! #व्यङ्ग्य #स्वतन्त्रताको_परिभाषा #भीडको_शक्ति
26
9
72
यी युवा साथीहरूले कुतर्क गरेर सामाजिक सञ्जालसम्बन्धी विधेयकप्रति अफवाह र भ्रम फैलाइरहेका छन् । केवल आफ्नो भ्युजका लागी नाजायज तर्क गरेर समाजमा अनावश्यक प्रोपोगण्डा फैलाइरहेका छन् । कथम कदाचित, यी साथीहरूले बोलेको कुरा सत्य मान्ने हो भने पनि, विधेयक पारित हुने बितिकै सर्वोच्च अदालतमा विधेयकका ती दफा विरूद्ध मुद्दा हाल्ने बितिकै ती सबै दफा खारेज हुन्छन् , धेरै हल्ला गर्न पर्ने विषय होइन । नेपालको संविधानले नेपाली जनताको स्वतन्त्रतालाई संरक्षण गरेको छ । अफवाह नफैलाउ साथिहरू, झुठ र भ्रमको खेती गरेर कसैको गोटी नबन्नुहोस् ।
110
22
325
कानुनको हाइर्याकी बुझौँ । नेपालको संविधान सबैभन्दा माथि हुन्छ, त्यसपछी ऐन, अनि नियमावलि । सामाजिक सञ्जालसम्बन्धी विधेयकले कुनै पनि हालतमा नेपाली जनताको बोल्न पाउने स्वतन्त्रतालाई बाँध्न सक्दैन किनभने यो अधिकार नेपालको संविधानले दिएको अधिकार हो । संविधानसँग बाँझिएको कुनै पनि ऐन स्वत: खारेज हुन्छ । त्यसैले अहिले जो जोले सामाजिक सञ्जालको विरोध गरिरहेका छन्, तिनीहरूले केहिले नबुझेर, अनि धेरैले यसको नाजायज फाइदा उठाइराहेकाहरू हुन् । जसरी भौतिक समाजमा अर्को व्यक्तिलाई मुख छाड्न पाइन्न, रूप बदलेर झुक्याउन पाइन्न, आदि इत्यादी, त्यसरी नै सामाजिक सञ्जालमा अब उप्रान्त गर्न पाइन्न भनेको मात्र हो । माओवादी र काङ्ग्रेस सरकारमा हुँदा नै यसको मस्यौदा तयार पारिँदै थियो । हामी हुँदा, त्यसलाई झन् तिव्र गतिमा अघि बढायौँ र अहिलेको सरकारको बेला यो काम पूरा भयो । प्रतिपक्षि हुने बितिकै आफैँले अघि बढाएको कानुनको विरोध गर्न पर्ने, कस्तो अचम्म , अनि कस्तो घिनलाग्दो राजनीति गरेको ? ढुक्क हुनुहोस्, संविधानले ग्यारेण्टी गरिसकेको अधिकार कसैले कानुन बनाएर खोस्न सक्दैन । विरोधजीविहरूको कुरामा नअल्मलिनु होला । समाजलाई अराजक बनाउन लागेका तत्वहरू यसको विरोधमा लागिपरेका छन् । सामाजिक सञ्जाल पनि समाजको एउटा अभिन्न अङ्ग भइसक्यो र यसलाई पनि भौतिक समाज जसरी नै नियमन गर्न पर्छ । र त्यो नियमन संविधानले ग्यारेण्टी गरिसकेको स्वतन्त्रताको अधिकारभन्दा माथि हुन सक्दैन । सरकारले पेश गरेको यो मात्र होइन, कुनै पनि विधेयक जस्ताको तस्तै पारित हुनपर्छ भन्ने होइन । आवश्यक सुधार गर्नुपर्छ । तर जनतालाई यसरी त मुर्ख नबनाउनुहोस् । संविधानमा लेखिएको कुरा ऐनले तोड्न सक्दैन भन्ने कानुनको सामान्य मुल्य मान्यतालाई पनि कुल्चिएर कुरा नगर्नुहोस् । संविधानले लोकतान्त्रिक स्वतन्त्रता ग्यारेण्टी गरिसक्यो , अब यो कसैले खोसेर खोसिदैन ।
17
9
119
संसदमा दर्ता गरिएको सामाजिक सञ्जाल विधेयकले हिजो रास्वपाले उठाएका मागको नै सम्बोधन गर��को छ । प्रचण्ड सरकारले टिकटक बन्द गर्दा हामीले टिकटक बन्दको विरोध गर्दै भनेका थियौँ - सामाजिक सञ्जालहरू विधिवत रूपमा दर्ता गर्ने, सञ्जालको दुरूपयोग गर्ने विरूद्ध कडाभन्दा कडा कानुनी कारवाहि गरेर यसको सदुपयोग अभिप्रेरित गर्ने । अहिलेको संसदमा दर्ता भएको विधेयकले हामीले हिजो उठाएको मागको नै सम्बोधन गरेको छ तर विरोध गर्नेु नै धर्म मानिरहेका साथीहरूले हिजोको आफ्नै मुल्य मान्यतालाई कुल्चिएर विज्ञप्ति जारी गरेका छन् । सामाजिक सञ्जाल विधेयकका बारेमा समाजमा भ्रम फैलाइयो । 👉🏽 व्यक्तिको व्यक्तिगत एक्स, फेसबुक, टिकटक दर्ता गर्नुपर्छ भनेर भ्रम फैलाइयो । यो भ्रम हो , यिनीहरूका कम्पनि नेपालमा दर्ता हुनपर्छ भनेको हो । उनीहरूले दर्ता नगरे एक्स, फेसबुक,टिकटक ल��ायत नेपालमा चल्दैन कि भनेर पनि डराउन पर्दैन, यस्ता कम्पनिहरूले नेपाल सरकारलाई अघिल्लो वर्ष मात्र ४१ करोड बराबर कर तिरेका छन् । त्यसैले दर्ता हुँदैन कि भनेर डर मान्न परेन । (एक्स पनि दर्ता हुन लागेको छ) 👉🏽 बोल्न रोक लगाइयो भनेर भ्रम फैलाइएको छ । बोल्न रोक लगाइएको होइन, फेक एकाउन्ट बनाउन रोक लगाइएको हो । फेक एकाउन्ट बनाएर दुनियाँलाई ह्यारेस गरेर आत्महत्यासम्म पुर्याउने प्रवृत्ति बढ्दो छ । यसलाई रोक्नु राम्रो हो । फेक अकाउन्ट बनाएर अरूलाई ह्यारेस गर्नेहरू फेक अकाउन्ट बनाउनपर्छ भन्दै छन् । नत्र सहि कुरा , राम्रा कुरा गर्न फेक अकाउन्ट किन बनाउनु पर्यो ? 👉🏽 विधेयकले सामाजिक सञ्जालमा मुख छाड्न, तथानाम बोल्न नियन्त्रण गरेको छ । आफ्नो व्यक्तिगत दुनियाँमा एक अर्का साथीसँग जे गरे पनि मतलव हुने कुरा भएन, तर सारा संसारले देख्ने गरि अर्कोलाई मुख छाड्दै हिँड्ने प्रवृत्ति नियन्त्रण हुनै पर्छ । थुप्रै कलाकारदेखी सामाजिक व्यक्तित्वहरू र आम जनतासम्म यसको सिकारमा परेका छन् । साइबर सेना बनाइ मान्छेको चरित्र हत्या गर्न लागिपरेका छन् । र त्यस्तो प्रवृत्तिले दण्ड पाउनै पर्छ । 👉🏽 सामाजिक सञ्जालको सदुपयोग बढाउन र दुरूपयोग घटाउन यसले मद्दत गर्छ । कानुन नै किन चाहियो भन्दा , हलुका कानुनका आधारमा अपराधिहरू उम्कन थाले , सामाजिक सञ्जालको प्रदुषण नियन्त्रण बाहिर गयो । मानिसहरू आत्महत्या सम्म गर्न बाध्य पारिए, सामाजिक सञ्जालबाटै अरूलाई धम्की दिने प्रचलन शुरू भयो, जनताका घरबारसम्म बिग्रिए । त्यसैले राज्यले अभिभावकको भूमिका निर्वाह गर्दै यसलाई नियममा ल्याउनु राम्रो कुरा हो । मनपरितन्त्र गर्न पाइन्न , साइबर सेना राखेर सामाजिक सञ्जाल आफ्नो नियन्त्रण गर्न पाइन्न , मेरो यति लाख फलोअर छन् लेख्दिम भनेर ब्लाकमेल गर्न पाइन्न भन्ने डरले विरोध गरिरहेका छन् । सचेत बन्नुहोस् , सामाजिक सञ्जालको दुरूपयोगलाई रोक्न ल्याइएको कानुनको समालोचना गर्नु होस् तर यो हौवाको पछाडी नलाग्नु होला । संसदीय प्रक्रियाबाट विधेयकमा सुधार गर्ने ठाउँ त छँदै छ तर जसरी विधेयकको विरूद्ध नै साइबर सेना खटाउन थालिएको छ, आम नागरिकलाई सचेत बन्नलाई आग्रह गर्दछु । पार्टीमा लोकतान्त्रिक रूपमा फरक मत राखेकै आधारमा, हिजो मैले बोलेका कुरा र न्याधिशले हालसालै दिएको आदेश हुबहु मिल्दा पनि मलाई जे गरियो, इतिहास साँचि छ र आज तिनीहरू नै बोल्न पाउनपर्छ भन्दै छन् । यसैलाई ढोङ्ग�� चरित्र भनिन्छ । आफैँ सरकारमा हुँदा टिकटक बन्द गर्नेहरू पनि विरोध गरिरहेका छन् । ढोङ्गी राजनीतिबाट बच्नुहोस् ।
25
22
98
बुद्धिजीविको बाटोमा पार्टी चलाउन पर्नेमा विरोधजीविको सहायतामा पार्टी चलाउन थाले । पार्टीको काम भनेको सरकारले राम्रो गरोस्, नराम्रो गरोस् विरोध जनाउनु मात्र देखियो । हामी आफैँ सरकारमा हुँदा कैयन अध्यादेशको योजना बुनिरहेका थियौँ । हामी आफैँले ल्याउन खोजेको थुप्रै अध्यादेशमध्ये केही अध्यादेश अहिलेको सरकारले ल्यायो । अब त्यसको विरोध गर्ने रे पार्टीले । त्यहि कुरा हामीले गर्दा राम्रो, अरूले गर्दा नराम्रो ? हामीले गर्दा लोकतान्त्रिक, अरूले गर्दा अलोकतान्त्रिक ? विरोध मात्र गरेर पार्टी अघि नबढाऔँ, सिर्जनात्मक बनौँ भनेर १ वर्ष अघि पार्टीका जिम्मेवार नेताहरू सबैलाई केहि न केहि काम दिइयो । कसैलाई व्यसाय गर्ने वातावरण सहज बनाउन के के गर्ने , त्यसको सूचि बनाउन । कसैलाई कानुन बनाउने कानुनमा नै खोट छ, अध्यादेशको सहारा लिनु पर्ने बाध्यता छ, कसरी कानुन बनाउने कानुन सुधार्ने, त्यसको सूचि बनाउन । अनेकन जिम्मेवारी प्राय सबैलाई दिइयो । देश बनाउने ब्लु प्रिन्ट तयारीका लागी पार्टीका प्रत्येक नेतालाई केहि न केहि काम केन्द्रीय समितिको बैठकबाटै निर्णय गरेर दिइयो तर काम शुन्य । काम गर्नु रहेनछ कसैलाई, विरोध मात्रै गरेर पुग्ने रहेछ । काम गर्दा, गर्न खोज्द नै घेराबन्दी गरियो, तिरस्कार गरियो । काम गर्ने होइन, अर्काको विरोध मात्र गर्न पर्न रहेछ । राजनीतिमा काम त गुट बनाउने रहेछ, हल्लिने, भेट्ने, गफ दिने काम रहेछ । म देश बनाउने, ऐन-कानुन-नियम-नीति के के गर्नपर्छ, त्यसमा घोटिन्थे । आफ्नाले जति गल्ती गरे पनि वाह वाह भन्न पर्ने रहेछ , अरूले जे गरे पनि विरोध गर्न पर्ने रहेछ । आफूँले ल्याउने अध्यादेश वाह वाह, अरूले त्यहि ल्याए विरोध गर्न पर्ने रहेछ । देश बनाउने नीति र राजनीति फरक रहेछ । कठै, कसरी बन्छ देश यस्तो तरिकाले ।
26
12
125
शहीदहरूले देशको लागि आफ्नो प्राण उत्सर्ग गर्दा उनीहरूको सपना केवल स्वतन्त्रता र समानतामात्रै थिएन, त्यो सपना बलियो प्रणाली निर्माणको थियो। उनीहरूले सधैं प्रणालीलाई प्राथमिकता दिए, किनभने उनीहरूलाई थाहा थियो—व्यक्ति परिवर्तनशील छ, त्यसैले सुदृढ प्रणालीले मात्र लोकतन्त्र र समृद्धि सुनिश्चित गर्न सक्छ। एक समयमा, मैले पनि व्यक्ति-केन्द्रित संरचना निर्माणमा भूमिका खेलेँ। त्यो बेला, चुनावी चुनौती र अभियानको स्थापनाका लागि यो अपरिहार्य थियो। अभियानलाई जगमा उभ्याउनका लागि व्यक्तिमा केन्द्रित हुनु समयको माग थियो। तर समयसँगै परिस्थितिले परिवर्तन माग गर्यो। व्यक्ति-केन्द्रित राजनीतिबाट प्रणाली-केन्द्रित बाटोमा जानु आजको आवश्यकता हो।तर जब म यो मार्ग परिवर्तन��ो पक्षमा उभिएँ, मलाई त्यसैको लागि प्रतिरोध गरियो । आज हामी सबैले बुझ्नुपर्ने कुरा हो—शहीदहरूले देखाएको बाटो पनि प्रणाली-केन्द्रित नै थियो। यदि व्यक्ति सबैथोक हुन्थ्यो भने, उनीहरूलाई मृत्युको डरले कहिल्यै अघि बढ्न दिँदैनथ्यो। आज, हामीले शहीदहरूको बलिदानलाई केवल सम्झने मात्र होइन, उनीहरूको सपना साकार पार्ने दृढता राख्नुपर्छ। सुदृढ लोकतन्त्र, न्यायपूर्ण समाज, र सबैका लागि समृद्धिको ग्यारेन्टी दिने एकमात्र उपाय बलियो प्रणाली हो। शहीदहरूको सपनाको सम्मान गर्दै, हामीले व्यक्ति-केन्द्रित सोचलाई त्यागेर प्रणाली-केन्द्रित राजनीतिलाई अघि बढाउन प्रतिबद्ध हुनुपर्छ। यहीँबाट समृद्ध र न्यायपूर्ण नेपालको भविष्य निर्माण हुनेछ। ज्ञात अज्ञात शहीदहरूलाई हार्दिक श्रद्धाञ्जली। 🙏
0
0
8