बुकि फूल🪄 Profile Banner
बुकि फूल🪄 Profile
बुकि फूल🪄

@biochemicalmind

Followers
4,690
Following
77
Media
1,163
Statuses
64,165

The daughter of a man who never gives up💪 Sapiosexual #theflowerofmountain #virgo 💫

multiverse
Joined June 2019
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
Pinned Tweet
@biochemicalmind
बुकि फूल🪄
1 year
My First Love, My First Faith: Lord Shiva 🕉️❤️ #theflowerofmountain
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
5
7
26
@biochemicalmind
बुकि फूल🪄
3 years
ह्याप्पी दशै 🎉🎊❤️ (आफुलाई फोटो टास्न हतार 🤣😂) #theflowerofmountain
Tweet media one
9
2
165
@biochemicalmind
बुकि फूल🪄
3 years
उ आउँछ एउटा भ्रम लिएर उ सोच्छ, म उसको साथबिना बिल्कुल बिचरी छु तर उसलाई के थाहा म उसँग जिउनुभन्दा आगोमा जलेर मर्न मन पराउछु भन्ने उ फेरि आउँछ अर्को भ्रम लिएर उ सोच्छ, म हरेक कविता उसकै नाममा लेख्छु तर उसलाई के थाहा म उसलाई लेख्नुभन्दा मेरा हातहरु काटेर फ्याँक्न मन पराउछु भन्ने
Tweet media one
5
30
140
@biochemicalmind
बुकि फूल🪄
3 years
के भन्छ तपाइहरुकोतिर?? #theflowerofmountain
Tweet media one
69
6
149
@biochemicalmind
बुकि फूल🪄
5 years
जोडि भाग्य मै लेखेको हुन्छ भने, माया चाहिँ किन भाग्यमै नलेखेकोसङ्ग हुन्छ?? बुझ्न सकिन मैले!!
6
28
132
@biochemicalmind
बुकि फूल🪄
5 years
मेरो मौनता र सहनशिलता; बाध्यता ,रहर र कमजोरी हैन। यो मेरो बानी र गुण हो र त्यो एउटा हद पछि भत्कन सक्छ। #याद_राखेस 👊👊
13
53
124
@biochemicalmind
बुकि फूल🪄
5 years
न उ बर्सन्छ,न म रुन सक्छु ! न उ गर्जन्छ,न म चिच्याउन सक्छु! न उ सुन्न सक्छ,न म भन्न सक्छु! न उ हास्न सक्छ,न म रमाउन सक्छु! हरेकपल एस्तो लाग्छ! हटिदिए हुन्थ्यो !! उस्को सामुन्नेदेखि ती ���ाला बादलका टुक्राहरु, अनि मेरो जिन्दगीदेखि बिगतका दागहरु, आकाश र म!!
7
33
115
@biochemicalmind
बुकि फूल🪄
5 years
थाहै नदिई झरिजाने यो आँसु निश्ठुरी! रोक्दारोक्दै बगिजाने यो आँसु निश्ठुरी! उसले देको चोट मुटुभित्रै थुन्न खोज्दा! भेल बनाइ लगिदिने यो आँसु निश्ठुरि!
12
41
116
@biochemicalmind
बुकि फूल🪄
5 years
मध्यरातमा! मायाको कुरा गर्न भनि आएँ मध्यरातमा! मनको प्यास मेट्नलाई धाएँ मध्यरातमा! बाचागरि चौतारिमा भेट्छु भन्या होइन र? आएनौ तिमि किन,पर्खि राखेँ मध्यरातमा। चिसो सिरेटो ले कता कता कुत्कुत्याउदा, रात्भर कुरे तिम्लाई,दुःख पाएँ मध्यरातमा। 👇️
12
44
112
@biochemicalmind
बुकि फूल🪄
5 years
मेरो पनि त मन हो पोल्छ जलन हुदा! आशु पिई पीडा लुकाउने चलन हुदा! के थाहा तिम्लाई कति दुख्छ अतित! पुरै जाती भएथेँ म, तिमि मलम हुदा! नपढ्नु है!मेरो शब्दहरु लेख्दिनँ अब, खप्न गाह्रो हुदो रैछ आँसु कलम हुदा। ✍️✍️
7
35
105
@biochemicalmind
बुकि फूल🪄
5 years
त्यो अम्बरझै चल्न सिकेँ, निरनिधी संग जल्न सिकेँ, जिन्दगीमा अनेक भोगे ! मैले शैलसित गल्न सिकेँ साचो माया लाउदालाउदै छितिज जस्तै छल्न सिकेँ मन;फूल हो कोमल भन्थे यहाँ शिलाझै पग्लन सिकेँ समयभन्दा हालातसंग हारे मुटुमै आशु भइ बल्न सिकेँ
3
40
103
@biochemicalmind
बुकि फूल🪄
5 years
उसले म संग मलाई नै माग्यो! मैले हास्दै भने "म त तिम्रै हु नि" माग्न पर्छ र?!
4
24
103
@biochemicalmind
बुकि फूल🪄
4 years
सानी पुतली परि झै प्रकृतिमा प्रेम छर्छिन! डालिडालिमा प्रेम लिला रचाइ चुम्छिन फूल! यता र उता बगैचा चहारेर आयो पुतली! तिमी फूलझै म आवारा पुतली प्रेमिल जोडि! #हाइकु #mobilephotography #butterfly #NaturePhotography #Naturalist #nepalihaiku
Tweet media one
Tweet media two
Tweet media three
10
42
98
@biochemicalmind
बुकि फूल🪄
5 years
मलाई थाहा छ यो सपना एकदिन अवश्य पूरा हुनेछ यी आँखाहरु निदाउनेछ्न् अनि सपना देख्नेछन्, सपनामै एउटा सुन्दर संसार टेक्नेछन् त्यो दिन देखि यी आँखाहरुलाई कहिल्यै दुख हुनेछैन यी आखाहरु फेरी कहिल्यै खुल्ने छैनन् बर्षौ देखिको निद पूरा गर्न निदाईरहनेछन् सधै सधैको लागि बस् निदाईरहनेछन्
7
45
96
@biochemicalmind
बुकि फूल🪄
4 years
घृणा गरुँ या माया गरुँ दोधारमा परेँ म! फूलेर कि कलि मै झरुँ दोधारमा परेँ म! टुकृयो मुटु अचेल पहिले झै कहाँ छ र,, कसरि अझ नजिक सरुँ दोधारमा परेँ म! घातले पिटिएको थङ्थिलो मन भा'छ! फेरि मायामा  भर परुँ दोधारमा  परेँ म!
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
14
50
94
@biochemicalmind
बुकि फूल🪄
5 years
बाध्यता एउटा भ्रम हो जो डर नामको अर्को भ्रमबाट पैदा हुन्छ। ✍️✍️
3
30
89
@biochemicalmind
बुकि फूल🪄
5 years
हेर्नेलाई त मेरो जिन्दगी क्या आहा छ तर कति पीडा छ मलाइ मात्र थाहा छ मुटु चर्किदा आकाश रंगाउने उडिउडी त्यो प्रेमधुन गाउने चरीदेखि नै डाहा छ हासोमै सबै चोटहरुको उत्तर दिदै टार्छु बाहिर टालटुल भित्रभित्रै पुरै स्वाहा छ
5
32
90
@biochemicalmind
बुकि फूल🪄
5 years
मायामा रम्न खोजे घातहरुले कैदी बनायो समाएर हिड्ने तिनै हातहरुले कैदी बनायो मुक्ती पाउन चाहान्थे अतितको जंजिरबाट उस्ले छोडि गएको यादहरुले कैदी बनायो!
1
23
89
@biochemicalmind
बुकि फूल🪄
5 years
फेरिफेरि नाता गास्ने रहर थिएन यार! सधैलाई माया मार्ने जहर थिएन यार! मन त थियो मलाई प्रेमबाट टाढै रहन, तर उसंग प्यारै नहुने सहर थिएन यार! हरेक टुक्रा संगै आफू संगालिन खोजे, टुटेको मुटु जोडिदिने प्रहर थिएन यार! बारबार धोका हुदा कसलाई के भन्नू र? पलाएको भावनासंग कहर थिएन यार!
3
35
83
@biochemicalmind
बुकि फूल🪄
5 years
जोवन सुम्पि पिरती लाईन्न भो अब! प्रेमिलरसका गितहरु गाईन्न भो अब! मर्दिनँ कोहि बिना एक्लै बाच्न सक्छु! पिडा मात्र दिने तिमि चाहिन्न भो अब! भगवानसङ्ग तिम्रै खुशी माग्थेँ हरदिन! देउराली र मन्दिर,चर्च धाईन्न भो अब! 👇️
2
27
79
@biochemicalmind
बुकि फूल🪄
5 years
थाहा छ उसलाई अचेल!! तिम्रो आगमन देखी, मैले उसलाई भुल्न थालेँ, तिमिलाई पाउने चाहानामा मतलवी हुन थालेँ! तिम्रै साथमा हास्न थालेँ,रमाउन थालेँ! दुख,पीडा,एक्लोपन सबै बाट्न थालेँ! थाहै नभई मनमुटु साट्न थालेँ! यो सोध्दैन उ कि,तिमी को हौ?!!
1
35
80
@biochemicalmind
बुकि फूल🪄
4 years
मेरो पनि त मन हो पोल्छ जलन हुदा! आशु पिई पीडा लुकाउने चलन हुदा! के थाहा तिम्लाई कति दुख्छ अतित! पुरै जाती भएथेँ म, तिमि मलम हुदा! नपढ्नु मेरो शब्दहरु लेख्दिनँ भो अब, खप्न गाह्रो हुदो रैछ आँसु कलम हुदा। #Bidenspilosa #flower #blackjack #photography
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
13
52
75
@biochemicalmind
बुकि फूल🪄
5 years
लेख्न खोज्छु सबै आधा भइदिन्छ। म हरेक दिन पूरा गर्न खोज्छु सधै अधुरो रहिदिन्छ। शब्दहरुमा उतार्न खोज्छु समेट्ने शब्द नै भेट्दिनँ। खास शब्दहरुले बयान गर्न खोज्छु, तर सबै शब्दहरु कसैले कसैको लागि अर्पिसकेको भेट्छु। अनि मलाई तिनै शब्दहरु टिप्न मन लाग्दैन। थाहा छ,
4
28
74
@biochemicalmind
बुकि फूल🪄
5 years
मौन बसिदिन्छु, पिडाको कर्कश आवाजले मनमस्तिष्क अशान्त बनाइदिन्छ! अनि फेरि उथलपुथल भैदिन्छु केही क्षण मै एक हुल भावनाहरुको आबेगले मन अस्थिर बनाईदिन्छ! तर पनि म मौन बसिदिन्छु गाली गर्छु आफैलाई मौन बसेर मनमनै मौनताभित्रै अनि त्यही पुग्छु जहाँ म मौन थिए अनि फेरि मौन बसिदिन्छु! म!!
3
25
78
@biochemicalmind
बुकि फूल🪄
3 years
फूल कुमारी 😂🤣 #theflowerofmountain
Tweet media one
6
8
78
@biochemicalmind
बुकि फूल🪄
5 years
छुपाकी छु, मनको घाउ कसले देख्या छ र? खोटको कारण त्यो नाउ कसले देख्या छ र? नजिक आउन खोज्छन यहा माया जताउदै! शारीरिक प्यास मेट्ने दाउ कसले देख्या छ र? हासिदिन्छु,आजभोलि दिल खोलेर भित्रैदेखी! बिश्वासघातले भाचेको पाउ कसले देख्या छ र?
4
27
74
@biochemicalmind
बुकि फूल🪄
4 years
देख्दा पुतली फूलसंगै हासेको हर्षित हुन्छु! पुतली बस्यो सयपत्री फूलमा तिहार आयो! फूलको थुंगा तिर्खाएको पुतली बैसालु मात! #Flowers #Butterfly #photographers #nepalihaiku
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
8
40
74
@biochemicalmind
बुकि फूल🪄
5 years
बेइमानिको छल मुटुभित्र नाशो बन्यो जिन्दगी नै अल्झाई रहने पाशो बन्यो। धोका दियो मायाजालको नाटक रचि खुच्चिङ भन्ने दुनियालाई चासो बन्यो। खेल रैछ प्रेम~सम्बन्ध मैले हार्दा खेरि मैदानमा रमिता हेर्नेहरुको हासो बन्यो। ✍️✍️
4
26
71
@biochemicalmind
बुकि फूल🪄
5 years
काश! बोझहरु बर्शातसङ्गै बर्सिए तहल्का हुन्थ्यो, मेघ बेस्सरी गर्जिए,हल्का हुन्थ्यो! अनि उ सिताराको घुम्टो ओढाई चादनि सजाउथ्यो, उजेलिको डोलि ल्याउथ्यो, अनि म!! म पनि उ सङ्गै बर्सिदिन्थे, सबै बोझहरु फालेर,दागहरु धोएर हल्का हुन्थे,निस्चल हुन्थे पहिलेझै, बर्शात पछिको आकाश झै!!
4
23
68
@biochemicalmind
बुकि फूल🪄
5 years
खुला आकाश अँध्यारो अचला शुन्य रात चम्किला ताराहरु अनि जून साच्चै!! दिनभन्दा रंगिन हुन्छन् रातहरु।
3
15
69
@biochemicalmind
बुकि फूल🪄
5 years
हिजोभन्दा भिन्न देख्छु, त्यो निलो रङ्ग, अनगिन्ती सितारा, सिताराबिच मुस्कुराइरने एउटि चादनी अनि चादनिलाई ढाकिदिने काला टुक्राहरु, लाग्छ आफैभित्र उकुसमुकुस भइ बसिरहेछ, आफ्नै बोझ बोकेर बसिरहेछ अधेरिमै कतै हराइरहेछ उ तिर हेरिरन्छु म किनकी उ र मेरो मन उस्तैउस्तै लाग्छ मलाई आकाश र म!
2
32
66
@biochemicalmind
बुकि फूल🪄
5 years
म आधारात मा बार्दलिमा बसेर हेरिरहन्छु आकाशतिर मनभरिको ब्यथाहरु मनैबाट सुनाउछु, म सुनाईरहन्छु, उ नतमस्तक सुनिरहन्छ! म भन्छु , यो एक्लोपन पनि कसैले दिएको उपहार हो! उ औसिको रात सम्झन्छ। म सुनाउछु यो पागलपन कसैप्रतिको प्यार हो! उ जुन सम्झिन्छ। म कोर्छु दर्दभरी शब्दहरु,
5
17
65
@biochemicalmind
बुकि फूल🪄
4 years
त्यो अम्बरझै चल्न सिकेँ, निरनिधी संग जल्न सिकेँ, जिन्दगीमा अनेक भोगे ! मैले शैलसित गल्न सिकेँ! साचो माया लाउदालाउदै छितिज जस्तै छल्न सिकेँ! मन;फूल हो कोमल भन्थे यहाँ शिलाझै पग्लन सिकेँ! समयभन्दा हालातसंग हारे मुटुमै आशु भइ बल्न सिकेँ! #skylover #sky #mobilography #GoGreen
Tweet media one
Tweet media two
Tweet media three
9
33
67
@biochemicalmind
बुकि फूल🪄
4 years
आज फूलेर भोलि ओइलि जाने फूलको जुनी! हासिरहने त्यो गुलाबको पनि आफ्नै ब्यथा छ! प्रेमिल ॠतु फूल झै तिम्रो दिल मगमग म! Photos are owned
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
11
39
63
@biochemicalmind
बुकि फूल🪄
3 years
आईमाई केटिहरुको बथान पल शाहलाई जोगाउनतिर लाग्नुको कारण समिक्षा गलत भएर होइन पल शाह निर्दोष भएर नि होइन।केटिहरुको केटिहरुलाई नै नराम्रो देखाएर आफु राम्रो हुने प्रवृत्तिले गर्दा हो।केटिहरु नै केटिहरुको खुट्टा तान्ने आदतले गर्दा हो।
9
12
67
@biochemicalmind
बुकि फूल🪄
4 years
बर्खाको झरी बतास र असिना सहेर फूल्छु! पारिजात हुँ मन पर्दैन सुर्य धोकाको स्पर्श! घात गर्छन जो प्रेमको नाममा म माफी दिन्नँ! रातमा फूल्छु बिहानै ओइलिन्छु रातकी रानी! #पारिजात #Flowers #nightfloweringjasmine #gardening #hungernolonger #loveyourself
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
11
36
61
@biochemicalmind
बुकि फूल🪄
5 years
सहि भन्यौ "म जिद्दी छु", तिमिले छोडी जादा राम्रो। आफ्नो जिद बनाउँ तिमिलाई, यो भन्दा पैले नाता तोडि जादा राम्रो! #शुभरात्री ✌️🌺
5
23
58
@biochemicalmind
बुकि फूल🪄
4 years
अचेलभरी मनभित्र काडा फूलेजस्तो लाग्छ! सुर्यमुखी मध्याह्नमै जूनमा झुलेजस्तो लाग्छ! चन्दनको अत्तर छैन पागल भएँ कि क्या हो? सुगन्ध बाड्दै चापको फूल डुलेजस्तो लाग्छ! आफ्नै लास बोकेको जिन्दगी भो आजकल, मलाई किन चादमा औसि खुलेजस्तो लाग्छ!! #Flowers #PhotographyDay #gardening
Tweet media one
Tweet media two
9
38
57
@biochemicalmind
बुकि फूल🪄
4 years
फूलमा मात्र होइन माया पातमा पनि देखेँ जूनबिनाको अँध्यारो त्यो रातमा पनि देखेँ मायाले धन,सम्पती,उमेर,थर केही हेर्दैन रे! तर फेरि छुट्नुपर्ने कारण जातमा पनि देखेँ भन्नेले त भन्थे,सुखदुःखमा सँगै हुन्छ माया तर साथ मात्र होइन मैले घातमा पनि देखेँ! in picture: mosquito-eating spider
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
10
35
56
@biochemicalmind
बुकि फूल🪄
4 years
बिर्सिएछ अचेल उसले मलाई न यादहरु पठाउछ न पिडाहरु धेरै भयो नदुखेको यो मन ए झरी,जाउ तिमी एकचोटि बर्षिदेउ उसको शहरसम्म पुगेर रुझाइदेउ उसलाई निथ्रुक्क मैले उप्रति बर्षाउन नसकेको भावनाहरुले तबसम्म बर्षिदेउ जबसम्म उसको मन रुझ्दैन जबसम्म उ यो बेहोसीबाट ब्युझदैन #theflowerofmountain
Tweet media one
Tweet media two
5
31
60
@biochemicalmind
बुकि फूल🪄
4 years
काडामा भाव फूलमा सुन्दरता प्रिय गुलाब! सुन्दर फूल काडाको सिंहासन फूलको राजा! गम्कन्छ उस्तै दुई मन जोडेर प्रीतिको फूल! शीत र बर्षा सहेर फूलिदिन्छ प्रेमका गुच्छा!! पापी छ फूल मोहमा फसाउछ निर्दोष काडा!! #rose #gardening #Flowers #हाइकु #Nepal #Naturalist Pc: @dahalanil2058
Tweet media one
Tweet media two
9
41
60
@biochemicalmind
बुकि फूल🪄
4 years
शितको थोपा निर्दोष र निश्चल उस्तै मुनु छ! शिर्शिर हावा शितल र चन्चल ���ायालु मुनु! नीरस मन रुझाउछ मायाले पगाल्छ मन! बाँझो बारिमा रमाउछ साथमा छुनु र मुनु! in picture: छुनु & मुनु #हाइकु #मुने #baby #hungernolonger #bachcha 🤩😍😚😚
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
11
27
56
@biochemicalmind
बुकि फूल🪄
4 years
मरुभूमिको बालुवालाई पानी बनाएँ निश्प्राण समुन्द्रलाई खरानी बनाएँ! मनमा सपनाहरु दफनाएर आफैलाई चिहानहरुको राज्यभित्र रानी बनाएँ! खुशिहरु पैचो माग्दै दु:खमा नि हासेँ उस्को लागि इश्वरलाई नै दानी बनाएँ! खै!जिद हो कि माया हो बुझ्न सकिनँ आँसु दिनेलाई आखाको नानी बनाएँ!   #oldone #fresh
Tweet media one
Tweet media two
Tweet media three
7
36
54
@biochemicalmind
बुकि फूल🪄
5 years
अचेल रात अँध्यारो लेर आउँछ मलाई साथ दिन जुन चादनी लेर आउँछ मलाई चम्काउन अनि ताराहरु उदाउछन मलाई सजाउन बादलहरु डुलिरहन्छन जुनकिरी झुमिरहन्छन मेरै वरिपरि त्यो आकाश सुन्दर नजारा लिएर मलाई लोभ्याईरहन्छ, अनि त्यो छितिज छ एक जो सधै मलाई भ्रम मा राख्छ आकाश छुने सपना देखाउछ!
1
16
53
@biochemicalmind
बुकि फूल🪄
4 years
मौन बसिदिन्छु, पिडाको कर्कश आवाजले मनमस्तिष्क अशान्त बनाइदिन्छ!उथलपुथल भैदिन्छु! अनि फेरि केही क्षणमै, एक हुल भावनाहरुको आवेगले मन अस्थिर बनाईदिन्छ! तर पनि म मौन बसिदिन्छु गाली गर्छु आफैलाई मौन बसेर मनमनै मौनताभित्रै अनि त्यही पुग्छु जहाँ म मौन थिएँ अनि फेरि मौन बसिदिन्छु! म!
Tweet media one
Tweet media two
8
35
51
@biochemicalmind
बुकि फूल🪄
4 years
दर्किन्छ पानी गर्जदै आसमान बर्खे झरिमा! चुहिन्छ छानो ज्यान जाला जस्तो छ पहिरोसँगै! खहरे भेल बगाउला झै गरि उर्लेको हेर! धमिलो खोला बाढिले डुबाउला जन र बाली! *gang तो देखो 👇️* 🤣
Tweet media one
Tweet media two
8
33
53
@biochemicalmind
बुकि फूल🪄
3 years
लगाएको लुगा हेरेर कसैलाई जज नगर्नु, घटिया सोच ढाक्ने कुनै ब्रान्ड छैन संसारमा!
2
18
54
@biochemicalmind
बुकि फूल🪄
4 years
बैठाया था उसे दिल मै इबादत कि तरह! बेवजह वह बदल गया रिवायत कि तरह! मुझमे ही कमी थी या उसका दिल भर गया सारे ख्वाब रह गये शिकायत कि तरह! दो पल बिताया और खेलकर चला गया,, मेरे जज्बातों मे आया वो रियासत कि तरह! #butterfly #naturelover #Hindi #theflowerofmountain
Tweet media one
Tweet media two
6
32
56
@biochemicalmind
बुकि फूल🪄
3 years
बुकि फूल अति मनपर्छ! #theflowerofmountain
Tweet media one
Tweet media two
Tweet media three
9
5
56
@biochemicalmind
बुकि फूल🪄
4 years
नसोध न, म तिमिलाई कति चाहन्छु भनि! तिमी आकाशझै टाढियौ भने पनि म हिमाल बनेर तिम्रो सामु आउनेछु! म बादल बनेर तिमिलाई छुन आउनेछु! #theflowerofmountain #scenery #villagegirl #NaturalBeauty {in pic: कंचनजङ्घा/फक्ताङलुङ(in limbu language) हिमाल}
Tweet media one
3
16
53
@biochemicalmind
बुकि फूल🪄
4 years
पातको रंग मनमोहक दृष्टि लोभियो आँखा! हरियो चोला अनुपम सौर्न्दर्य लठ्ठ बनायो!! बसन्त भुल्ने अद्भुत सुन्दरता हेरिरहुँझै! in pic:Eichhornia(जलकुम्भि) save plant,save earth! #GoGreen #Greenmonth #greenery #Greenleaf #nature #photography #plants #aquaticplant 💚💚
Tweet media one
Tweet media two
10
33
50
@biochemicalmind
बुकि फूल🪄
3 years
मोटिभेसनल स्पिच चै मलाई जाडोमा पिसाबको न्यानो जस्तो मात्र लाग्छ 😂🤣 सुनिन्जेल मोटिभेटेड त्यस्पछी फुस्स 😂🤣 आफ्नै भोगाइले मोटिभेट गर्न नसकेकालाई इन्द्रे को बाउ चन्द्रे ले नि मोटिभेट गर्न सक्दैन 😂🤣🤣
4
14
51
@biochemicalmind
बुकि फूल🪄
4 years
फूलको चोला फूल्नु फक्रीनु झर्नु सृष्टिको रित! एउटा फूल जीवन अर्थ्याउछ हास्दै फूलेर! ओइलिनु छ तैपनि फूलिदिन्छ कति निष्फिक्री! #whiterose #WinterGarden #rose #Flowers #gardening #naturelovers #Naturalist #loveyourself #हाइकु #Nepal
Tweet media one
Tweet media two
Tweet media three
10
31
52
@biochemicalmind
बुकि फूल🪄
5 years
तिम्रो हजारौ गल्तिका वाबजुद तिमिलाई स्विकार्ने र साथ दिने तिम्रो परिवार मात्र हो! बाकि दुनिया त तिम्रो हर गल्तिमा निर्णायक बन्छन्। त्यसैले पहिला आफ्नाको आफ्नो बन, आफ्नालाई भुलेर दुनियालाई आफ्नो बनाउन नखोज!
1
22
49
@biochemicalmind
बुकि फूल🪄
5 years
निश्चित छ! एकदिन तिमि मलाई छोडिजानेछौ, झरिपछी बर्शातले उसलाई छोडेझै, सफर गर्दागर्दै बादलले बाटो मोडेझै, अनि फेरि! निश्चित छ फेरि हाम्रो मिलन,उस्को र मेरो मिलन! दूर क्षितिजमा उ,धर्तिमा म।
4
19
49
@biochemicalmind
बुकि फूल🪄
5 years
निस्सासिन्छु म! अनि आफुलाई सारा बोझबाट मुक्त पार्न सिग्रेट जलाउछु! धुवासंगै सबै ब्यथाहरुलाई आफुभित्रै धकेल्छु अनि केही धुवाहरुसंगै केहि ब्यथाहरुलाई उड्न दिन्छु, खुला आकाशमा। अनि केही धुवाहरुसंगै अमिट चोटहरुलाई आफैभित्र दबाउछु जिन्दगिलाई हरेक धुवाको सर्कोहरुसंग म घटाईरहन्छु
2
14
48
@biochemicalmind
बुकि फूल🪄
4 years
हरियो रंग जिवनको प्रतिक आहा! प्रकृती । सुन्दर दृश्य ताजगी एहसास मनै लोभिने! पानीमा प्राण पातमा सुन्दरता नफूल्ने जात! In picture:Pistia 💚 #aquaticplant #greenearth #GoGreen #NaturePhotography #mobilephotography #nepalihaiku
Tweet media one
Tweet media two
6
29
49
@biochemicalmind
बुकि फूल🪄
4 years
रुखबाट झरेको पातजस्तै अनि शरिरबाट निस्किएको आत्माजस्तै, अन्त्यमा सबै स्वतन्त्र हुनेछन्!! #dryleaf
Tweet media one
1
17
47
@biochemicalmind
बुकि फूल🪄
4 years
न भमरा आउँछ न मौरी तैपनि गमक्क फूलेकी छे त्यो बुकिफूल! हो मलाई पनि यसरि नै फूल्न मन छ। भमराको जुठो न मौरिको! न सुन्दरतामा दुनियाँको गिद्दे नजर! न रसमा कोहि झुम्छ न सुन्दरतामा अल्झिन्छ! यसपाली त एक्लै फूलिछ मलाई पनि फूल्नु छ संगै! आफ्नै सु��मा आफ्नै लागि अर्कोपाली!
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
4
17
48
@biochemicalmind
बुकि फूल🪄
4 years
कसरी मानुँ म यो कि उ खुशी छ! उ हरबखत हासिरहेको हुन्छ, अनि मनमा भएका अनेकौ पीडा लुकाउनकै लागि म पनि हासिरहेकी हुन्छु! #theflowerofmountain #flowerphotography #sky #naturalist #naturelover
Tweet media one
4
14
44
@biochemicalmind
बुकि फूल🪄
4 years
अघि-पछी न हो,मरण सबैको पालैपालो हुन्छ। बाचुन्जेल कमायो,मर्दा लैजाने तेइ टालो हुन्छ। बिषेक हुन्न कहिल्यै जति पुरानो उति दुखाउने के सुक्थ्यो र दिलको घाउ हमेशा आलो हुन्छ। आफ्नो मान्छे आफ्नै ठानि हालखबर सोध्नुपर्छ नत्र के थाहा?आजकल त सम्बन्धमै जालो हुन्छ। #wildflower #loveyourself
Tweet media one
Tweet media two
Tweet media three
5
22
45
@biochemicalmind
बुकि फूल🪄
3 years
आरोप लाउदैछौ रे मैले निकालेँ भनेर महफिलबाट! तिमी आफै आँसु बनी निस्किएको हौ मेरो दिलबाट!! #theflowerofmountain
Tweet media one
Tweet media two
7
8
47
@biochemicalmind
बुकि फूल🪄
3 years
good morning 🎊🎉🎈💜 आरुबखडाको फूल #theflowerofmountain
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
8
11
44
@biochemicalmind
बुकि फूल🪄
4 years
बर्षिएको ती थोपाहरुमा रुझाएको हरेक थोपाहरुमा उसकै स्पर्शको आभास खोजिरहेँ मेटिएको प्रेमको अस्तित्व खोजिरहेँ तर बर्षात शुन्य थियो,मृतसरि निष्ठुर झरी बेस्सरी दर्किरहेथ्यो तर बर्षिएन उसको प्रेमको वर्षात बनेर बुझाएन उसको यादमा जलेको मन उसको उपस्थितिको महसुस बनेर। #theflowerofmountain
Tweet media one
Tweet media two
5
31
46
@biochemicalmind
बुकि फूल🪄
9 months
ए... चट्ट केशमा सिउरेको बुकि फूल आयो तिम्रो यादैको एक हूल  ढुंगे धारैको.... पानी मिठो छ ढुंगे धारैको माया मिठो छ गाउघरको नलाउ टाढैको। #theflowerofmountain
Tweet media one
7
6
46
@biochemicalmind
बुकि फूल🪄
4 years
खै कहाँसम्म पुग्न हतार थियो उसलाई! जसले मलाई निकै पछाडि धकेलेर अघि गएथ्यो। तर जब धेरैपछि भेटेँ बीच बाटोमै बिचल्लिएको देखेँ बाटो भुल्यो कि गन्तव्य भुल्यो खै?! उसको आँखाहरुले केहि खोजिरहेको देखेँ! #theflowerofmountain
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
6
19
45
@biochemicalmind
बुकि फूल🪄
4 years
गन्तव्य त्यही चिहानसम्म थियो! तर यात्रामा पुरै जिन्दगी गयो! pic: @dahalanil2058 #nepaliquotes #GoodMorningTwitterWorld #theflowerofmountain #NaturePhotography #NatureHeals
Tweet media one
Tweet media two
Tweet media three
7
30
43
@biochemicalmind
बुकि फूल🪄
4 years
म चाहान्छु हरेक रात दिनभन्दा लामो होस्! ताकि भोलि दिनभरी पीडा लुकाएर दुनियाँसामु हास्नलाई पुग्दो रुन सकुँ म! #रात #flowerslovers #Flowers #goodnight
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
6
20
41
@biochemicalmind
बुकि फूल🪄
2 years
Cherry blossoms 🎊 #theflowerofmountain
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
8
11
43
@biochemicalmind
बुकि फूल🪄
5 years
म मरेपछी एउटा कहानी लेख्दिनु!! तिम्लाइ बिश्वास गर्दा कसरी आफु बर्बाद भए भनेर 💔💔
2
14
41
@biochemicalmind
बुकि फूल🪄
3 years
Tweet media one
3
6
42
@biochemicalmind
बुकि फूल🪄
4 years
आज फेरि उ हेर्न आयो, बादल बनेर पहिलेपहिले सधै भेट्न आउथ्यो उ शितल पवन बनेर चुम्न आउँथ्यो उ झरी बनेर थाहै नदिइ सुस्तरी मेरो निदरिमा आउथ्यो एक्लो हुदा म यादहरुमा साहारा बनि आउँथ्यो जब भने मैले, टाढै बस्न मदेखि त्यसदिनदेखि उ बेलाबेला जून बनी आउछ टाढाबाट म निदाएको हेर्न मात्र आउँछ!
Tweet media one
Tweet media two
3
26
41
@biochemicalmind
बुकि फूल🪄
5 years
तिम्रो खुशिको मातले म बौलाहिरहे ....................
6
10
41
@biochemicalmind
बुकि फूल🪄
4 years
हरेक बिहान भबिस्य सोचेर समेटिने यो मन, हरेक रात विगत सम्झेर छताछुल्ल भईदिन्छ! #GoodNightEveryone in picture: सुकेको पात 🤣🤣🤣
Tweet media one
3
14
40
@biochemicalmind
बुकि फूल🪄
2 years
न यी फूलहरु पहिलेझै प्रेमिल लाग्छन् न त्यो हावा तिम्रो सुगन्ध लिएर आउँछ अचेल न त्यो आकाश प्रेमको भाषा बोल्छ न त्यो बादल तिम्रो खबर लिएर आउछ प्रिय मान्छे! तिमिले प्रेम जताउन छोडेको हौ कि मलाई नै बिर्सिएको हौ तिम्ले मलाई साच्चिकै बिर्सिएको हौ कि मैलेजस्तै बिर्सिएझै मात्रै गरेका हौ?
9
13
42
@biochemicalmind
बुकि फूल🪄
4 years
Either the flower of heaven or the fire of hell! I can be both,you know very well...!! #nonartist #unknownartist #theflowerofmountain 🤙
Tweet media one
Tweet media two
Tweet media three
10
30
42
@biochemicalmind
बुकि फूल🪄
4 years
याद आउदा अतितको,तस्बिर हेरि नरोइदिनु! नबोल्ने त्यो तस्बिर सामु अब फेरि नरोइदिनु! सपनिमा आयौ आज सन्चो छैनौ क्यार तिमी! सावन,तिज,शिवरात्री आउदा खेरी नरोइदिनु! भेट हुनेछ पक्कै हाम्रो अन्तिम सास छुट्नु पैले तिम्रो नाम लिन्छु तब अंगालोमा बेरि नरोइदिनु! #आबि
Tweet media one
7
21
37
@biochemicalmind
बुकि फूल🪄
4 years
खबर थियो! फेरि एकपटक रात शुन्य हुदा आकाश जुन र ताराहरुले आफ्नो बनाएझै दुनिया आफ्नो बनाएर त्यो एक्लो प्रहरको प्रेमसागरमा डुबुल्की मार्ने बादलको पर्दाहरुबिच लुकामारी खेल्दै फूल पातहरुमा प्रेमका रंगहरु भर्ने त्यो दिक्दार दृश्यहरुसंग सामिप्यताको सास फेर्ने ! #butterfly #प्रेमिलखत
Tweet media one
Tweet media two
6
33
39
@biochemicalmind
बुकि फूल🪄
5 years
छामी हेरेँ ढुक्ढुकि धड्कन थिएन तर! मुटु भित्र मायाको कम्पन थिएन तर! छट्पटाउदै,आत्तिदै चिच्याएँ यताउति, आर्यघाटमा जल्दैथेँ तड्पन थिएन तर! झस्किएँ म देख्दा शरीरआत्मा अलग्गै, स्वतन्त्र भएँ दुनियाँ अड्चन थिएन तर!
1
17
40
@biochemicalmind
बुकि फूल🪄
4 years
हो,मलाई पनि लाग्थ्यो कुनैबेला तिमी मलाई माया गर्छौ भन्ने। तर जब तिम्ले महशुस गरायौ म गलत सोचिरहेछु, त्यसदिनबाट मैले मान्न छोडिदिएँ तिमी मलाई माया गर्छौ भनेर। भो! अब केही प्रमाणित नगर महशुस नै मायाको प्रमाण हो तिमिले जे महशुस गरायौ त्यो बाहेक अरु यो मनले मान्दै मान्दैन प्रिय!
Tweet media one
Tweet media two
4
19
41
@biochemicalmind
बुकि फूल🪄
3 years
Good morning❤️🎉 #theflowerofmountain
Tweet media one
1
7
42
@biochemicalmind
बुकि फूल🪄
4 years
टाढा छन् ती ताराहरु! त्यसैले सुन्दर र शितल लाग्छन्। नजिक हुन्थे त जलाएर खरानी बनाउथे होलान्,जसरी नजिकिएकाहरुले बनाएर गए!! #starquotes #Flowers #goodnight
Tweet media one
Tweet media two
4
17
41
@biochemicalmind
बुकि फूल🪄
4 years
दुख्दा मुटु आँसु बनी परेलिमा आउनु! शितल पवनसरी राति जुनेलिमा आउनु! सधै संगै हुन भाग्यले देला-नदेला प्रिय,, छुटे पनि सम्झानाको तरेलिमा आउनु! #Flowers #photography #naturelovers #naturalist #loveyourself ❤️❤️
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
3
23
38
@biochemicalmind
बुकि फूल🪄
4 years
बादलबाटबाट खसेको बर्शातसरि, यतैकतै बहेको हावासरि, पहराभित्र हुर्किएकि लहरासरि, छहराभित्र छन्किने गुन्जनसरी, अतितको परिधिमा, बिगतको आकृतिमा, समाजले कोरिदिएको बृत्तमा, आफ्नै निमोठिएको चित्तमा, उ! आजाद छे, स्वतन्त्र छे, मुक्त छे, स्वाधिन छे।!! #butterfly #Flowers #hungernolonger
Tweet media one
Tweet media two
11
26
37
@biochemicalmind
बुकि फूल🪄
4 years
न दुख्छ मुटु न चित्त दुख्छ न रुन्छ मन न आँखा रुन्छ न पीडा छ,न दुख छ! न आँसु छ,न चाहना अधुरो छ छ त केवल तिता अतितहरु अनि मन दुखेको अनुभबहरु! बर्षौ देखि आशुले नभिझेका आखाहरु अनि नदुख्ने यो मुटु! ++++
6
16
39
@biochemicalmind
बुकि फूल🪄
3 years
फेरि एकचोटि तिम्रो आँखामा बिझाउन मन छ! आँखाबाट बगेर छातिमा आइ निदाउन मन छ! #theflowerofmountain
Tweet media one
6
7
39
@biochemicalmind
बुकि फूल🪄
4 years
तिमी समय बिताउन खोज्छौ,टाढिन वाध्य भएँ! आज म भोलि अरु नै रोज्छौ,टाढिन बाध्य भएँ! छिनभर साथ निभाई जिन्दगीभर एक्लो हुनुपर्छ, सम्बन्ध लाई मजाक सोच्छौ,टाढिन बाध्य भएँ ! #naturelover #butterfly #greenery #photography #loveyourself #naturalist #Nepal
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
2
25
36
@biochemicalmind
बुकि फूल🪄
4 years
घात गर्नेहरु थोरबहुत माया मिसाउछन र पो त! नत्र साचो प्रेम गर्नेहरु धोकाले मात्र त कहाँ मर्छन र? #सुप्रभात 🌺 #goodmorning #theflowerofmountain #Flowers #butterfly #NaturePhotography #natural #realme
Tweet media one
8
14
40
@biochemicalmind
बुकि फूल🪄
4 years
पक्कै उ गहिरो पिडामा छ! नत्र त्यो मौनता किन? अनि अचानक शब्दहरुसँग प्यार किन? #theflowerofmountain #Flowers
Tweet media one
4
12
40
@biochemicalmind
बुकि फूल🪄
4 years
यता हेर्छु, लहरा देख्छु हरिया पातहरु लहलाउदो लहरा लहरिदै उकालो लाग्छन ती लहराहरु भित्तामा आड लिदै सपनाहरू पनि यस्तै लाग्छ मलाई आशाहरुको आड लिदै उक्लिदै यी लहराहरु जस्तै अनि म ती लहराहरुसंग आफ्ना सपनाहरु लेख्छु हरेकदिन हुर्कन्छन ती लहराहरु अनि मेरा सपनाहरू पनि #theflowerofmountain
Tweet media one
Tweet media two
9
23
39
@biochemicalmind
बुकि फूल🪄
4 years
बर्षिदा पानी त्यो प्यासी सहरले तिर्खा मेटायो! हावाको झोक्का निष्प्राण सहरमा सास ल्याउछ! भदौरे झरी चुपचाप बर्षन्छ मौन छ किन?? #Flowers #rain #photograghy #mobilephotography #raindrops #Naturalist #हाइकु
Tweet media one
Tweet media two
7
22
37
@biochemicalmind
बुकि फूल🪄
4 years
बदलिरहन्छन् आकृतिहरु हरेकछिन यी बादलहरु, खोइ के भन्न खोजेका हुन सुन्न सक्दिनँ म! घरी मलाई केही भनेझै गर्छन घरी आपसमै कुराकानी गर्छन! खोइ के बुझाउन खोजेका हुन?! म हेरिरहन्छु उनिहरु आकृति बदलिरहन्छन् तर देख्दिनँ म उनिहरुले देखाउन खोजेको यथार्थ जान्दिनँ म उनिहरुको संकेतको अर्थ!
Tweet media one
Tweet media two
4
17
38
@biochemicalmind
बुकि फूल🪄
4 years
जिन्दगीभरलाई साथ चाहनुहुन्छ भने सुन्दरता होइन सामिप्यता निखार्नुहोस! किनकी यहाँ, जून लाई हेरेर मान्छेहरु केवल केही रात बिताउछन्, पुरै जिन्दगी होइन।
3
17
35
@biochemicalmind
बुकि फूल🪄
4 years
जब जिन्दगीमा कसैले खेलौनाझै खेलेर गयो त्यसदिनबाट हो मलाई ती बजारे गुडियाहरु मनपर्न छोडेको! ती रंगिबिरंगी प्लास्टिकका फूलहरुभन्दा फूल्दैनफूल्ने पातहरु मनपर्न थालेको!! हो त्यसदिन नै हो मैले सुन्दरता रङहरुमा होइन प्राणमा भेटेको! जिन्दगीमा भेटेको! #theflowerofmountain
Tweet media one
5
16
39
@biochemicalmind
बुकि फूल🪄
4 years
पारिलो घाम उघ्रिएको आकाश दशै आएछ! पाकेको अम्बा हर्षको आगमन विजय दशै! लहरे बोडि झ्याङिदै आकाशिन्छ फल्ने आशामा! फिलिङ्गे फूल्यो माहुरी गुनगुन फैलियो बास्ना!! #हाइकु #Flowers #gardening #Naturalist #GoodEvening #loveyourself
Tweet media one
5
24
37
@biochemicalmind
बुकि फूल🪄
4 years
तिमि सँगै संसार हेर्ने मेरो एउटा रहर बाकि छ! त्यो काखमा प्राण त्याग्छु अन्तिम प्रहर बाकी छ! तिमिले भन्दा कालले धोका दिन्छ कि पहिले, जन्म र मृत्यु बिच जिन्दगीको सफर बाकी छ।। ✍️✍️ #theoldone #theflowerofmountain #color #loveyourself #GoodNightTwitterWorld
Tweet media one
4
24
38
@biochemicalmind
बुकि फूल🪄
4 years
निश्चित छ एकदिन तिमि मलाई छोडिजानेछौ, झरिपछी बर्षातले उसलाई छोडेझै, सफर गर्दागर्दै बादलले बाटो मोडेझै, अनि फेरि निश्चित छ फेरि हाम्रो मिलन,उस्को र मेरो मिलन दूर क्षितिजमा उ,धर्तिमा म तेइ दूरी,तेइ सम्बन्ध,तेइ चादनि,तेइ सितारा,तेइ उ तेइ उथलपुथल म,तेइ उकुसमुकुस म ओह म उ र म आकाश र म
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
4
18
38
@biochemicalmind
बुकि फूल🪄
4 years
पत्थरलाई पनि गलाई दियो आज समुन्द्रलाई पनि जलाई दियो आज आफू कहिल्यै नबिउझने गरि निदाएर अनिदो रातहरु मलाई दियो आज !! #शुभरात्रि #BUTTERFLY #Naturalist #nightweet #loveyourself
Tweet media one
Tweet media two
Tweet media three
5
17
38
@biochemicalmind
बुकि फूल🪄
4 years
म सोधिरहन्छु मैले लेखेका शब्दहरु किन उ कहाँ पुगेर प्यारको  आभास बनिदियो? म यता आफ्नो मनको  हालत लेख्छु उता किन महसुस बनिदियो? म यता तिर्सनाको शेरहरु कोर्छु उता किन सम्झनाको प्यास मेटियो? म यता आँसु लेख्छु  उता किन पिडाको फोहरा छुट्यो? #theflowerofmountain #Butterfly #Flowers
Tweet media one
Tweet media two
Tweet media three
6
18
36
@biochemicalmind
बुकि फूल🪄
4 years
फेरिफेरि नाता गास्ने रहर थिएन यार! सधैलाई माया मार्न जहर थिएन यार! मन त थियो मलाई प्रेमबाट टाढै रहन, तर उसंग प्यारै नहुने सहर थिएन यार! बारबार धोका हुदा कसलाई के भन्नू र? पलाएको भावनासंग कहर थिएन यार! नशामा गजल लेख्दा कबिता बन्नपुग्यो, मेरो भाव कोर्दा मिल्ने बहर थिएन यार!
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
8
25
33