Nabin Disturb Profile Banner
Nabin Disturb Profile
Nabin Disturb

@Nabin_Disturb

Followers
23,884
Following
13,690
Media
38
Statuses
73,678

म सङ्ग जे छ त्यो मेरो पहिचान हो,स्वाभिमान हो जुन म गुमाउन चाहान्न।जीवन जीउने हजारौँ स्तरीय बाटा छन त्यसैले झुटको सहारामा रमाउन चाहान्न follow me-100%follow back

Nepal
Joined December 2017
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
Pinned Tweet
@Nabin_Disturb
Nabin Disturb
4 years
यो साहसको प्रतीक हो,मेरो उडाइको निसानी हो। अकाट्य भाग्यसँग संघर्षित लडाइँको निसानी हो। नठान्नु हर्नाठ फुटेको खुट्टो-हो यो माटोको मूल्य, तमाम जिवन्त वात्सल्यपुर्ण पढाइको निसानी हो।
Tweet media one
12
57
228
@Nabin_Disturb
Nabin Disturb
4 years
भारतिय मिडियाको उक्सावटपुर्ण दादागिरी र मोदिको हिन्दु उग्रराष्ट्रवादको परिणाम आज उसका२० सैनिकले ज्यान गुमाए। पाकिस्तान र नेपाल जस्तो सोँचेर चीनमाथी हावी बन्न खोज्दाको नतिजा भारतले भोग्दैछ।अर्काको माटोलाइ मेरो भन्ने भारतिय विस्तारवादी चरित्रलाई अब नेपालले पनि उदाङ्गो पार्दिनुपर्छ।
35
129
455
@Nabin_Disturb
Nabin Disturb
4 years
हिँजो "कस्मिर"मा भारतिय गोरखा सैनिकमा कार्यरत गुल्मीका एक युवाको ज्यान गयो। लाग्यो त्यो पनि त नेपाली सेनामा तलब थोरै देखेर पैसामा बेचिएको हो,के यो देशको लागि मरेको होर? युवाहरुमा इन्डियन आर्मीप्रतिको मोह देख्दा सार्है रिस उठछ।तर जस्तो भएनी एक नेपाली मर्दा मुटु चाहिँ पोल्दो रहेछ।
33
70
282
@Nabin_Disturb
Nabin Disturb
4 years
क्वारेन्टाइनमा बस्ने चलन आजको होइन सदिऔंं देखीको हो। हाम्रो हिन्दु सभ्यतामा क्षयरोग,कुष्ठरोग,झाडापखाला तथा ठेउला जस्ता महामारीले सताउदा छुट्टै राखेर उपचार गरिन्थ्यो। हाम्रो यस चलनलाइ अन्धविश्वास भनेर इन्कार गर्ने पश्चिमाहरु आज क्वारेन्टाइनको नाम दिएर हाम्रै सभ्यताको सिको गर्दैछन।
25
73
257
@Nabin_Disturb
Nabin Disturb
4 years
घमण्ड हेर्दा ओलि र ट्रम्प उस्तै उस्तै लाग्यो तर दु:खद अहिलेलाइ प्रतिपक्षमा ओलिलाई हराउन सक्ने वाइडेन छैनन्। शुभप्रभात
29
37
259
@Nabin_Disturb
Nabin Disturb
4 years
एउटा आयो पुजापाठ गर्नु,गाइको मुत खानु कोरोना लाग्दैन। अनि अर्को प्रभु यशुको प्राथना गर्नु कोरोना लाग्दैन कोहि अल्लाहले सबै ठिक गर्छन। ए बाबा, धर्म आस्था हो। सबै धार्मिक ग्रन्थ पवित्र छन। यो दुष्प्रचार किन? यसरीनै ठिक हुने भए,९५%इसाइ भएको इटलि किन संकटमा? भारतमा किन फैलिदै कोरोना?
19
44
247
@Nabin_Disturb
Nabin Disturb
4 years
धादिङको तरकारी पोखरामा फ्याकिदिने, कपिलवस्तुको तरकारी अर्घाखाँचीमा फ्याकिदिने अनि भारतको तरकारी देशैभरी? तरकारिबाट कोरोना सर्छ भनेर WHOले प्रमाणित नगरेको अवस्थामा नेपाल प्रहरीले किन यस्तो हर्कत गरिरहेको छ?यो तालले किसानको उथ्थान कसरी हुन्छ,कतै नेपाल प्रहरी भारतबाट परिचालित त छैन?
16
72
237
@Nabin_Disturb
Nabin Disturb
4 years
बुढिगण्डकी जलासययुक्त आयोजनामा देउवा,ओली र प्रचण्ड मीलेर नौ अर्ब भष्ट्राचार गरे भन्ने डा-बाबुराम भट्टराईको आरोप यदि सत्य सावित हुने हो भने देशले त उन्मुक्ति पाउँथ्योनै,सबैभन्दा ठुलो फाईदा काङ्ग्रेसलाइ हुनेछ। देउवाको पञ्जाबाट मुक्त हुने अवसर यही हो काङ्ग्रेसीहरु
16
65
246
@Nabin_Disturb
Nabin Disturb
4 years
राष्ट्रियताको मामलामा खर्‍ओ उत्रीने र सन्तान नभएकोले यीनले पक्कै भ्रष्टाचार गर्दैनन् भनेर प्रधानमन्त्री ओलिलाइ धेरैलाइ राम्रो ठान्छन साथै उनलाइ उनका आसेपासेले बिगारेको ठम्याइ गर्छन तर वास्तवमा कपटी ओलिनै हुन उनी भ्रष्टका जड त हुन नै उनलाइ कोहि आफू भन्दा अब्बल भएको पनि मन पर्दैन
19
86
235
@Nabin_Disturb
Nabin Disturb
4 years
"मान्छेहरु भन्छन झुक्ने गर्नुस झुकेरनै कलमले कैयौं ईतिहास लेख्छ।" तर म भन्छु झुक्नेहरुले जहिल्यै अरुको इतिहास मात्र लेख्छ्न आफ्नो होइन। दुनियाँमा ती मान्छेहरुका मात्र झुकेर ईतिहास लेखिएका छन जसले सिर ठाडो पारेर आफू बाँचे र अरुलाइ पनि ��िर ठाडो पार्न सिकाए। शुभ विहानी हरी ॐ
36
91
232
@Nabin_Disturb
Nabin Disturb
4 years
चिनले सगरमाथा हडप्न खोज्दा,चिनमै पुगेर माओको अगाडि नक्शा राखि वार्ता गरेर सगरमाथाको शिर हाम्रो बनाइ सधैका लागि विवाद टुंगाएका थिए वि.पि कोइरालाले। अनि केही मर्न नसकेका नालायक छन जो खोक्रो राष्ट्रवादको खोल ओढ्ने, घरमा बाघ र वनमा स्याल बन्ने टुक्केवाज ओलिलाइ वि.पि सँग तुलना गर्छन।
Tweet media one
8
70
226
@Nabin_Disturb
Nabin Disturb
4 years
म चाहान्छु। भारतले नेपाललाइ नाकावन्दी लगाओस। यदि त्यस्तो भयो भने केही गार्हो त होला तर देश आत्मनिर्भर हुँदै जानेछ।केही समय पैदल हिड्नुपर्ने अवस्था त आउला तर नेपालिहरु भोकले चाहिँ मर्ने छैनन्। तर ढुक्क हुनुस भारत विहार र उत्तरप्रदेशका धेरै किसान र व्यापारीले आत्महत्यानै गर्नेछन।
16
88
224
@Nabin_Disturb
Nabin Disturb
4 years
अब फेरी गाउँ फर्क अभियान चलाउनुपर्छ,आफ्नो गाउँ आफै बनाउनुपर्छ। स्थानिय तहमा हुने कार्यको हिसाब-किताब माग्ने,लेखाजोखा गर्ने शिक्षित युवा गाउँमा नहुँदा सिमित कर्मचारी तथा जनप्रतिनिधिले जन्ताको पसिनाको दुरुपयोग गरेको अवस्था छ। मित्रहरु एकपटक मागौ हिसाब बजेट कहाँ कसरी खर्च भइरहेको छ,
24
119
228
@Nabin_Disturb
Nabin Disturb
4 years
आज जमिनमा घस्रेर हिंडने सरीसृप जनावरको पुजा अर्चना गरीने दिन, वैद्विक दर्शनअनुसार आज १२नागको उपस्थिति हुने नागपञ्चमी साथै भगवान विष्णुको दशौं तथा अन्तिम "कल्की अवतार" आजकै दिन कलियुगमा प्रकट हुने धार्मिक मान्यतानुसार मनाइने कल्की जयन्तीको सम्पुर्ण "ट्विटेहरुमा लाखौं लाख शुभकामना"
23
84
231
@Nabin_Disturb
Nabin Disturb
4 years
रोटि-बेटिको के कुरा गर्छौ मित्र? हामी नेपाली दान दिनेवाला हौँ। परिश्रम गरेर, किनेर खानेवाला हौँ। लिनेवाला, हात जोडेर माग्नेवाला होइनौ। जति गोर्खा सैनिकलाइ तिम्रो देशले रोजगार दिएर सिमानामा खटाएको छ नि त्यो भन्दा धेरै तिम्रो देशका नागारिक हाम्रो देशको सडकमा भिख माग्छन।
20
88
221
@Nabin_Disturb
Nabin Disturb
4 years
विद्युत प्राधिकरणका अनुसार हाल दैनिक करौडौँको विद्युत खेर गइरहेको छ। भारत किन्दैन, अन्य देशमा पठाउन प्रसारण लाइन छैन,भएपनि भारतले दिँदैन। देशभित्र खपत हुँदैन।अधिक विद्युत खपत हुने रासायनिक मल,तेल रिफाइनरी तथा अन्य अर्थपुर्ण उद्योग खोल्नमा सरकारको ध्यानै छैन। मेरो देश कहिले बन्ला
6
87
220
@Nabin_Disturb
Nabin Disturb
4 years
जे कुरामा पनि क्षत्री बाहुनलाइ दोष दिएको देख्दा दिक्क लागिसक्यो, होइन अरुले चाँहि कुन से के गरेका छन हँ? प्रदेश एक का मुख्यमन्त्री अहिलेसम्म कति पटक बलात्कार काण्डमा परे अनि गण्डकी प्रदेशका मुख्य मन्त्रीको हरेक भाषणमा रेड लाइट एरिया, अनि हामी चाहिँ शरणार्थी रे😂😂 इतिहास हेर बे
25
75
215
@Nabin_Disturb
Nabin Disturb
4 years
नेपालको यो फोहोरी राजनिती देखेर जन्तामा वितिष्णा उत्पन्न हुनु स्वभाविक भएपनि देशमा हुने राजनीतिक घटनाक्रम, वेथिती तथा पदमा रहेका व्यक्तिहरुको गैरजिम्मेवारप्रती चासै नदेखाउनु दु:खद हो। राज्यमा हुने हरेक प्रकारका गैरकानुनी कार्य विरुद्ध सम्पुर्ण जन्ताको आवाज एक हुनु जरुरी छ।
12
85
219
@Nabin_Disturb
Nabin Disturb
4 years
देशमा नारी नभ्एका घर पक्कै छैनन।ती बलात्कारीलाइ जन्माउने पनि एक महीला हुन,ती बलात्कारीको घरमा पनि कुनै न कुनै नारी होलान्।दरीद्रले त यस्तो कुरा सोच्न सक्दैनन् तर अब सबै महिलाले सोचौँ,आफ्नै घरमा विद्रोह गरौँ,आफ्नै परीवारका पुरुषलाई सुधारौँ। आजको ढाकछोपले भोली हाम्रै चिरहरण गर्नेछ
16
70
220
@Nabin_Disturb
Nabin Disturb
4 years
स्थानिय तहमा जनप्रतिनिधिको लापरबाही देख्दा कस्तालाइ जिताएछौ भनेर हामीमा आत्मग्लानी हुनु स्वभाविकै हो तर हामीले हराएका मान्छे जो अहिले प्रतिपक्षमा छन के तिनले बढ्दै गरेको बेथितिबिरुद्ध बोल्नुको साथै जन्ताका समस्या समधानको लागि दवाव दिने काम गरेका छन त वास्तवमा हामीसँग अप्सनै थिएन।
9
82
214
@Nabin_Disturb
Nabin Disturb
4 years
रेडियोभित्र मान्छे हुन्छन ठानि रेडियोनै फुटाइयो।चुम्बक निकाल्न रेडियो फुटाएर बुबाको दिल टुटाइयो। रेडियो किन्ने हैसियत थिएन हाम्रो! आफन्तले ल्याइदिएको रेडियो थोत्रो होउन्जेल बजाउथ्यौ,ब्याट्री तताइ तताइ बजाउथ्यौंं,नबज्दा ठोकठाक पारेर बजाउथ्यौं साङ्लाको घर अनि हाम्रो रहर थियो रेडियो
18
90
216
@Nabin_Disturb
Nabin Disturb
4 years
बेलायतमा कोरोनाले मर्नेको संख्या दोब्बर भयोरे,भारत र नेपालमा सर्नेको संख्या तेब्बर हुँदैछ।बाढी-पहिरोले नागरिकको जनजीवन तहसनहस अवस्थामा छ भने सडक दुर्घटना र विषाक्त रक्सिले मरेका समाचार पनि आँउदैछन।उता आत्महत्या गर्नेहरुको कुनै लेखाजोखा छैन।गर्व गरौं सरकार चिन्तामा डुब्नेवाला छैन।
19
79
216
@Nabin_Disturb
Nabin Disturb
4 years
कुकुरहरुलाइ नियन्त्रण गर्न तिरको होइन जन्जिरको प्रयोग गरि दारा भाँच्दिनुपर्छ। तबमात्र यरीया छुट्टाएर भुक्ने र टोक्ने मौका पाउदैनन्। शुभप्रभात हरी ॐ
31
82
213
@Nabin_Disturb
Nabin Disturb
4 years
सुस्ता फर्काउछु कालापानी फर्काउछु बुढेसकालमा फेरी जवानी फर्काउछु आवस न मात्रै मेरो हातमा राज्यसत्ता हाम्रो सबै जमिन तानितानी फर्काउछु कसम धर्तिमाता चन्द्र सुर्य साक्षी छन लिपु, काँगडा अनि टिस्टानी फर्काउछु नदिमा बार सिमामा प्रखाल हुन्छआमा तिम्रो लागि शान्तिको सिरानी फर्काउछु
37
116
211
@Nabin_Disturb
Nabin Disturb
4 years
कुनै समय पाइन्ट लगाउदा इज्जत जान्थ्यो,प्रेम विवाह गर्दा परिवारको नाक काटिन्थ्यो,र्याप गित सुन्दा,कपाल रँगाउदा, छाडा भइन्थ्यो। साँच्चै! मैले प���ि त परिवारको नाक कटाएकी थिँए पोइल गएर अनि छाडा भएकी थिँए वेथिती विरुद्ध बोलेर हिँजो जुन कुरा बेइज्जत थियो आज त्यही कसरी इच्छा र चेतना भयो?
18
73
213
@Nabin_Disturb
Nabin Disturb
4 years
भारतिय मिडियाले अन्तर्राष्ट्रिय बेइज्जत गरिसक्दा के हेरेर बसेको? राजदुतलाइ स्पष्टीकरण सोधेको खोइ? दिउसभरी राष्ट्रवाद अनि रात परेपछी दूतावास? नक्सामा ३००वर्ग किमि थप,महान राष्ट्रवादीको जमिन फिर्ता प्रयास शुन्य, हामिले बाइकट इन्डिया भन्न सक्ने अवस्थामा कहिले पुग्ने? नमस्ते हरी ॐ
28
82
208
@Nabin_Disturb
Nabin Disturb
4 years
दु:खद समाचार आयो विहानै गाँउबाट। छोरी बलात्कृत भएको आफ्नै बाउबाट। दिदि-बहिनिले इन्साफ कहिल्यै पाएनन् दाजुभाइमार्फतै अपराधीको बचाउबाट। जब ल्याएको ऋण तिर्न ढिलाभो हजुर, पुत्री बन्दगी राख्ने उर्दि आयो साहुबाट। महिलालाइ निकाल घरमै राख सरकार, असुरक्षित क्वारेन्टाइनबाट र छाउबाट।
25
120
204
@Nabin_Disturb
Nabin Disturb
4 years
कसैले सुन्दैन भनेर बोल्न नछोडौ, प्रतिफल देखिएन भनेर काम गर्न नछोडौ। हिंड्नु-अगाडि बढ्नु त जरुरीनै छ, समयको खेल न हो। एकदिन पक्का नसुन्नेले पनि सुन्न बाध्य हुन्छ।नदेखिएको सफलता पनि पछि लाग्छ। सहि समयमा-सहि ठाउँमा गरेको कडा मेहनतले हामीलाइ त्यो सफल दिन छिट्टो चुमाउनेछ,जुन टाढा छैन।
25
95
208
@Nabin_Disturb
Nabin Disturb
3 years
सुकुम्बासी भनिएकाहरुको चार पुस्ते विवरण खोजियोस, गाउँको घरजग्गा छोडेर शहर अनि पहाडको खेतबारी छोडेर तराइ झरेका हुकुम्बासीहरुलाई यथास्थानमा फिर्ता गरीयोस। सुकुम्बासीको नाममा तराइको जङ्गल मेट्ने र काठमाडौलाई कुरुप बनाइ भोट असुल्ने राजनीतिक पार्टिलाइ बहिष्कार गरौँ। हरी ॐ
11
67
211
@Nabin_Disturb
Nabin Disturb
4 years
पछिल्लो समय संसारमा उग्रराष्ट्रवादको लहर बढ्दो छ।यदि यसरिनै उग्रराष्ट्रवाद बढ्दै जानेहो भने भोली सयुक्त राष्ट्रसङ्घ जस्ता विश्वव्यापी सस्था पनि नाकाम हुनेछ्न। त्यसैले नेपाल जस्ता साना र कम्जोर मुलुकले आफ्नो अस्तित्व जोगाउनु छ भने अहिलेबाटै सैन्य प्रयोजनमा विशेष जोड दिनु आवश्यक छ।
19
93
203
@Nabin_Disturb
Nabin Disturb
4 years
भारतले आफ्नो रेल्वे प्रविधिलाइ धमाधम ब्रोड गेज बाट स्ट्यान्डर्ड गेजमा अपग्रेड गरीरहेको अवस्थामा नेपाल जस्तो पहाडी देशमा सरकारले विश्वबाटै लुप्त हुन लागेको रेल सेवा विस्तार गर्नु जन्ताको पसिनामाथिको खलवाड हो। १००मि बाटोमा१मि उकालो चढ्न नसक्ने रेल तराइलाइ मात्र हो? सन२०२०मा१९३०तिर?
17
84
202
@Nabin_Disturb
Nabin Disturb
4 years
देउवाले म चार पटक प्रधानमन्त्री भए अरु कोहि हुन सक्छ भनेर च्यालेन्ज दिँदा लाज लाग्दैन भनेर गाली गर्नेको लर्को लाग्यो। आखिर ठिकै त भने,गाली किन?चार पटक प्रधानमन्त्री बनेकै हुन,अब अरुलाइ त्यति हुन मुस्किलै छ। लाज त हामीलाई लाग्नुपर्ने त्यस्ता नालायकलाइ चार चोटि नेतृत्व जो सुम्पियौ।
17
75
208
@Nabin_Disturb
Nabin Disturb
4 years
हिँजो राजालाइ तानाशाही भनेर प्रजातन्त्रको लागि संघर्ष गरेकाहरु आज स्वयम् तानाशाही बने। हो राजा वास्तवमै तानाशाही थीए तर आजकल राजाको शालीनता देखेर राजतन्त्र फर्काउनुपर्छ भन्ने जमात बढ्दो छ।आफुलाइ जन्ताका प्रतिनिधि ठान्नेहरुले समयमै आफ्नो रवैया नसुधारे देश पछाडि फर्किने निश्चित छ।
14
85
205
@Nabin_Disturb
Nabin Disturb
4 years
श्रीमानले अर्कि बिहे गर्दा,छोड्दा साथै श्रीमानको निधनपछी देशमा कैयौं महिलाले रगत र पसिना एक गराएर छोराछोरी पालेको नदेख्ने दुनियाँले एक जना पुरुषले आफ्नो बच्चा पाल्न केही मेहनत गर्यो भन्दैमा उस्लाइ खुब- महान काम गरेको सम्झिन्छ। के सन्तानप्रती एक बाबुको कुनै दायित्व हुँदैन?
16
70
203
@Nabin_Disturb
Nabin Disturb
4 years
कम्जोरलाइ सधै कम्जोरै सम्झिनुनै बलियोको सबैभन्दा ठूलो कम्जोरी हो। अक्सर साना र कम्जोरको प्रहारबाट्नै ठुला र शक्तिशाली मान्छेको अवसान हुने गरेकोछ। याद राँखौ आजसम्मका अधिकतम विश्वचर्चित मानवहरुलाइ गरिबलेनै जन्माएका थीए। शुभप्रभात हरी ॐ
28
66
197
@Nabin_Disturb
Nabin Disturb
4 years
गुन्द्रुक र पिँडालुको तरकारिसँग तातो-तातो ढिँडो खाइ बनाएको ज्यान हो यो, मिलले चुसेर फ्याँकेको कुहेको होइन,आफैले ढिँकिमा कुटि निफनेर-केलाएर बनाएका चामल चपाइ जिएको जिन्दगी हो यो।घरको कडा अनुशासनमा संस्कार सिकेको दिमाग हो यो। ठट्टा होइन कान्छा समयका हरेक अवयवसँग जुध्ने आँट राख्छु।
20
100
199
@Nabin_Disturb
Nabin Disturb
4 years
भन्छन अरुलाइ सफल बनाउनेहरु कहिल्यै असफल हुँदैनन्। के अरुलाइ सफल बनाउदा बनाउदै आफ्नो जिन्दगीनै दुखै-दुखमा समाहित गर्नु सफलता होत? सायद आफैमा असफल देखिएपनि अरुलाइ सफल बनाइ सबैको प्रेरणाको स्रोत बन्नु साथै सफल बन्नेहरुको मनमा अमिट भएर रहनुनै सफलता हो। शुभविहानी हरी ॐ
33
92
200
@Nabin_Disturb
Nabin Disturb
4 years
गुल्मी जिल्लाले कैयौं आसालाग्दा नेता जन्मायो। मात्र आसा लाग्दा काम लाग्दा होइन रहेछ। अहिले तत्कालिन तथा दुई दशक देखि राज गर्दै आएका शालिन नेता "गोकर्ण बिस्ट, प्रदिप ज्ञवली र डा.चन्द्र भण्डारी"तर गुल्मीको विकास खोइ? यी नेतालाइ हेर्दा गुल्मी अन्य जिल्ला भन्दा अगाडि हुनुपर्ने होइनर?
28
94
197
@Nabin_Disturb
Nabin Disturb
4 years
सरकारले जे-जे काम जति बजेटमा ठेक्कामा लगाउछ उक्त काम हिसाब गर्नुस, त्यतिको आधा रकममा पूरा हुन्छ। हैन भने प्राइमेरी ठेक्कालाइ सेकेन्डरी किन बनाइन्छ? एक जनाले ठेक्का लिन्छ अनि आधा रकम कुम्ल्याएर अर्कोलाइ दिन्छ। र पनि कैयौं ठाँउमा राम्रै काम भएका छन भने कैयौं अलपत्र। हरी ॐ
26
103
197
@Nabin_Disturb
Nabin Disturb
4 years
प्रधानमन्त्रीज्यूले आफ्नो कार्यकालमै वृद्ध भत्ता पाँच हजार पुर्याउछु भन्नुभएछ जुन बिल्कुल राम्रो विचार हो तर छोरा-नातिलाइ विदेशीको गुलाम बनाएर बाउ-आमालाइ वृद्ध भत्ता दिनुको के औचित्य? अहिले पनि मासिक करीब साढे तीन अर्ब राज्यले वृद्ध भत्तामै खर्चिरहेको छ। भोटको राजनिती कहिलेसम्म?
17
56
198
@Nabin_Disturb
Nabin Disturb
4 years
हिन्दु नारीहरुको महान चाड "हरीतालिका तिज"को शुभ-अवसरमा देश विदेशमा रहनुहुने सम्पुर्ण दिदिबहिनिहरुलाइ तिजको लाखौं लाख शुभकामना "जहाँ छौँ आफ्नो ख्याल राखौं" "अहिलेको तिज घरमै मनाउ" हरी ॐ
21
76
202
@Nabin_Disturb
Nabin Disturb
4 years
देशमा खडेरी पर्यो। दस जनाको परीवार, भोको पेट भर्नैपर्यो। उत्पादित अन्नले 6 महिनालाइ नपुग्ने। भोकमरीबाट जोगीन हजुरबुबाले पानी लाग्ने खेतमा धान नरोपेर करीब हजार बोट तरुल लगाउनुभएछ, सबैले यो बौलायो भनेछन तर पछि भोकमरीमा त्यसले ठुलो काम गरेछ। एक बोट तरुलले एकदिनको खर्च टर्थ्यो।
16
87
198
@Nabin_Disturb
Nabin Disturb
4 years
देख्दादेख्दै विपरीत धुर्व भयौ। प्रीय म पश्चिम तिमी पुर्व भयौ। बाँकि थप्दै जानू है......................
25
72
202
@Nabin_Disturb
Nabin Disturb
4 years
खोइ मान्छेमा कुन राक्षसले बास गर्दैछ। बाउबाट छोरी, छोराबाट आमा, दाजुबाट बहिनी बलात्कृत भइरहेका छन। श्रीमती मारेका अपराधीलाइ जेलबाट छुटाइन्छ। महिलाहरु एक्लै बाटोमा हिंड्ने वातावरण छैन।एसिड प्रहार गर्नुजस्तो अपराधलाइ सामान्य रुपमा लिइन्छ। साँच्चै आज मेरो देशमा न्याय हराएको छ। हरी ॐ
25
97
200
@Nabin_Disturb
Nabin Disturb
4 years
ट्विटरमा आदर्शपुर्ण गफ बुलन्द गर्ने तर डाइरेट म्यासेजमा महिलाहरुलाइ सामाजिक अपचलनयुक्त फोहर-फोहर शब्दको प्रयोग गरि बोलाउने,पहिले साथित्वको ट्याग लगाइ बिस्तारै अत्यधिक सेक्सुअल ह्यारेस हुने खालका शब्द पर्योग गरि लज्जित पार्नेलाइ साइवर अपराध विरुद्धको कानुन लाग्छ कि नाइ?
11
24
194
@Nabin_Disturb
Nabin Disturb
4 years
बाहुनले देश बिगारे भन्नेहरु प्रदेश-१को सरकारमा छन। बलात्कारमा मुछिने लगाएतका कैयौं विकास देख्दै छौँ। पहाडियाले मधेसलाई हेपे भन्नेहरु प्रदेश दुईमा छन।त्यहाँ बेथिती,भ्रष्टाचार साथै क्वारेन्टाइनको मृत्यु पनि देख्यौं। आखिर जात र क्षेत्रले रहेछत देश बनाउने? अझैपनि नश्लिय राजनीति किन?
14
65
200
@Nabin_Disturb
Nabin Disturb
4 years
कुलमानको विदाइमा काङ्ग्रेसीले कुनै प्रतिक्रिया जनाएनन् कारण निर्वाचनमा कुलमान नेकपाको भोट तान्ने अस्त्र बनेका थिए, ओलिका चम्चा त कुलमानको विरोधमै उत्रिए जसले माफियागीरीको स्वाद चाखेका थिए। अब कुलमानको पुनर्नियुक्ती चाहाने पुर्व माओवादी र सच्चा नेपाली जन्ता हुन जसको केही जोर चलेन।
18
74
192
@Nabin_Disturb
Nabin Disturb
4 years
तरकारीको महङ्गाइले आकाश छोएको अवस्थामा मासु सस्तो गराएकोमा सरकारलाइ धेरै धेरै धन्यवाद, चाहे जुनसुकै कारणले मासुको मूल्य घटेको होस तर श्रेय सरकारलाइनै दिनुपर्छ। अब तरकारी किन्न नसक्नेले मासु पकाएर भातलाइ निस्तो हुनबाट जोगाउनेछन। शुभप्रभात हरी ॐ
36
77
200
@Nabin_Disturb
Nabin Disturb
4 years
म पत्याउदिन जनयुद्ध जनतालाई तानाशाहिबाट मुक्ती दिलाउन भएको हो। म मान्दिन सशस्त्र सँघर्षले जन्ताका अधिकार स्थापित गर्यो। आजभोली लाग्दैनकि जनयुद्धमा मर्नेहरु देशका लागि सहिद भएका हुन। त्यो त केवल प्रचण्डको सत्तामा पुग्ने गुरुयोजना थियो। नेपालमा हिन्दुत्व मेटाउने पश्चिमाको खेल थीयो।
18
70
187
@Nabin_Disturb
Nabin Disturb
4 years
आर्यघाटमा लगेर जीउँदै गाड्न पर्ने पिशाचहरुलाइ स्वर्ग जस्तो देशमा मातिएर अझै अलकापुरी बनाउ भनेर जिम्मा दिएपछि देश कहाँ पुग्ला?साहुको ऋण तिर्न गार्हो मानी अर्काको जग्गा जमिन हडप्न क्रान्तिमा लागेका सुकुलगुन्डाहरु अहिले सत्ताको लुछाचुँडिमा मस्त छन। नपाउनेले केरा पायो बोक्रैसँग खायो।
16
92
194
@Nabin_Disturb
Nabin Disturb
4 years
कुइकिनेलाइ डाहडिएर भुक्ने बनाउछु भुक्दा भुक्दै त्यो घाटिनै सुक्ने बनाउछु काम छोडेर मेरै कुरा काट्दै हिँड्नेलाइ हेर्दै जाउ यहि खुट्टामा झुक्ने बनाउछु सघर्षित पाइला कसो सफल नहोलान कसम,पछुतोमा लाजैले लुक्ने बनाउछु विगत सम्झिएर, गरेका पाप सम्झिएर अरे,आफैले आफैलाइनै थुक्ने बनाउछु
27
116
194
@Nabin_Disturb
Nabin Disturb
4 years
विकास भनेको सकारात्मक रुपमा हुने ठोस परीवर्तन हो तर खोइ? मेरो आँखाले नदेखेको होकि,परीवर्तन नभएकै हो। यदि परीवर्तन भएकै हो भने के-के कुराहरु फेरीए, सभ्य र सहज भए?सबै एकपटक भन्देउ अनि आलोचना गर्न खपिस आचरणले टालिएका मेरा आँखा खुलाइदेउ। होइन भने,यो बेक्कारको बचाउ गर्न छोड्देउ मित्र।
16
79
191
@Nabin_Disturb
Nabin Disturb
4 years
राजपरिवारका कुनै सदस्यको मृत्युुमा पूरा राज्यले जुठो बार्ने चलन अनुसार वि:स १८०४ मा पशुपतिको पुजा गर्ने मान्छे नभएसी दक्षिणबाट भट्ट थरका पुजारी ल्याइ पुजा गराइएको र त्यतिबेलैदेखी पशुपतिमा भारतिय पुजारी रहेको सूनिन्छ। अब ती पुजारीलाई हटाउदा दुई देशको सम्बन्धमा कस्तो प्रभाव पर्ला?
23
74
194
@Nabin_Disturb
Nabin Disturb
4 years
भारतले नेपालसँगको सिमानामा कहिँ बाटोको लागी त कहिँ नहरको लागी भनेर बाँधहरु बनाएको छ,बनाउदैछ।जसले गर्दा बर्सेनि सिमाना आसपास बस्ने नेपालीहरु घरबारविहीन हुनुपरेको अवस्था छ।हाम्रो राष्ट्रवादी सरकारले ती समस्या कहिले हल गर्छ?कि त्यस्लाइनि कुर्सी जोगाउने अस्त्रकै रुपमा प्रयोग गर्ने हो
10
83
192
@Nabin_Disturb
Nabin Disturb
4 years
कुनै समयका गिरिजा र देउवाका अन्धभक्तहरु गाउँमा पसिना बगाउदैछ्न, नेता भन्दा अझै माला लिइ सभामा पुग्छन। प्रचन्डको ईश्वरामा बन्दुक उठाउनेले खाडिमा रगत सिञ्चिदै छन,अहिले विप्लव जिन्दावाद भन्छन भने हिँजो ओलिको पछि लाग्नेहरु लकडाउनमा पुरपुरो समाउदै छन। यो सबै देखेर पनि हामी सुध्रिदैनौ।
11
83
190
@Nabin_Disturb
Nabin Disturb
4 years
यदि विकास चाहान्छौ भने हामिले हाम्रो क्षेत्रबाट जिताएको उमेदवारले निर्वाचनको समयमा यो-यो गर्छु भनेर प्रतिबद्धता गरे अनुरुप काम नगरेमा उस्लाइ कानुनी रुपमा मुद्दा चलाइ कारबाही गर्न पाउने खालको निर्वाचन कानुन बनाउन अब चौतर्फी दवाव दिनु जरुरी छ। ताकी हरेक नेतालाइ जनताको डर होस।
16
74
185
@Nabin_Disturb
Nabin Disturb
4 years
मेची देखि कोशि,बाग्मती,नारायणी,तिनाउ राप्ति र कर्णालीसम्मका कुनै पनि नदिमा एक भन्दा बढी पुल छैनन्।कर्णालीबाहेक अन्य सबै पुलहरु जिर्ण अवस्थामा छन आत्मनिर्भर भन्छौ,भारतसँगको सम्बन्धनि तोड्दै छौ।भोलि ती पुलको विकल्प के छ? कि भत्किएसी फेरिनि नेपालिले भारतकै बाटो भएर हिंड्नुपर्ने हो?
11
69
193
@Nabin_Disturb
Nabin Disturb
4 years
डा.सुरेन्द्र यादव भन्छनकी"सर्वेन्द्र खनाल,महेश बस्नेत र किसान श्रेष्ठले मलाइ जबर्जस्ति काठमाडौं ल्याए,बाटैमा प्रधानमन्त्रीसँग कुरा गराए,मन्त्रीको अफर सुनाए,दवाव दिए। मैले बाथरुम गइ सिम चेन्ज गरेर पार्टिलाइ खबर गरे अनि बिहान भागेर पार्टिको सम्पर्कमा आंए।" अब यस्तो कामलाइ के भन्ने?
30
61
189
@Nabin_Disturb
Nabin Disturb
4 years
दाजुभाइ कुटाकुट गर्छन छिमेकिले फाइदा उठाउँछन। यहाँ एक नेपालीले अर्को नेपालिलाइ मारेर कस्ले जित्ने कस्ले हार्ने? सबैले सबैलाइ सघाऔँ, सबै बाँचौ सबैलाइ बचाऔँ। कहिले शान्तिपुर्ण प्रदर्सन गर्नेलाइ प्रहरी कुट्छ,कहिले आफ्नो डिउटीमा रहेकालाइ जन्ता कुट्छन। अनि त्यसको फाइदा नेताले लुट्छन।
17
93
184
@Nabin_Disturb
Nabin Disturb
4 years
गरीब नेता भएको देशका धनी जन्ता हौँ हामी! गरीब-भिखारी नेताले भिख माग्छ्न, लुट्छन, दुई छाक खानकै लागि अनेक हर्कत गर्छन। तिनिहरु अल्छी छन त्यसैले गरीब छन।हामी सबैले गरीबहरुको पेट पाल्न आफ्नो हैसियत अनुसार हप्ता बुझाइरहन्छौ। हजुर-हामी काम गर्छौ, पसिना बगाउनेहरु कहिल्यै गरीब हुँदैनन्।
21
86
189
@Nabin_Disturb
Nabin Disturb
4 years
हाम्रो गुल्मी क्षेत्र न.२ का लगभग (३०-४०)% जन्ताले कुनै पनि पार्टिलाई जान्दैनन्। चिन्छन त केवल "गोकर्ण विस्ट"लाइ कारण त्यहाँ विगतका निर्वाचनमा यसरी प्रचार गरीयोकि, वृद्ध भत्ता कसले दिन्छ- गोकर्णले बाटो कसले खन्दियो- गोकर्णले विद्युत कसले बाल्दियो-गोकर्णले हरेक कुरामा गोकर्ण विस्ट
27
73
188
@Nabin_Disturb
Nabin Disturb
4 years
बाटो खन्नुलाइनै विकाश ठान्ने गबारको अल्पज्ञानले प्राकृतिक सौन्दर्यता निमिट्यान्न हुनुका साथै जमिनको अत्यधिक दोहन भएको छ जसले गर्दा बर्खामा ठूलो धनजनको क्षती हुनु सामान्य हो। देशमा ठुला प्रोजेक्ट सुरु गर्दा प्रकृतिको दोहन भयो भनि कोलाहल मच्चाउनेहरु पहाड कुरुप हुँदा किन चुप बस्छन?
11
100
187
@Nabin_Disturb
Nabin Disturb
4 years
उज्यालोमा अध्यारो घात सकियो। विहानी भयो जुनेली रात सकियो। गफै गफमा रात बित्या पत्तै पाइन, बल्ल-तल्ल उनिसँग बात सकियो। नारिको भाग्य त्यसमै रहेछ हजुर, बिहे गरीयो- पुरानो जात सकियो। नजिक हुँदा मात्रै उर्लियो त्यो प्रेम, दुरि बढ्योकि हाम्रो साथ सकियो।
20
110
184
@Nabin_Disturb
Nabin Disturb
4 years
पश्चिमा इसाइ मेसिनरीबाट सञ्चालित एनजिओ, आइएन्जिओहरुले पश्चिम नेपालमा चलिआएको छाउपडी प्रथालाइ कुप्रथाको सँज्ञा दिए,कहिल्यै केही पनि गहिरिएर नसोच्ने नेपाली सत्ताले डलरको लोभमा छाउगोठ भत्काउने अभियान चलायो,तर जन मानसमा गढेको उक्त प्रथा हटेन, आज त्यहाँका महिलाहरु महिनावारीको समयमा++
14
83
187
@Nabin_Disturb
Nabin Disturb
4 years
आज छोराछोरीका कारण बा-आमा तथा बलियाका कारण कम्जोरहरु खतरामा छन। हामी युवाहरु बलिया छौँ,लखर-लखर घुम्छौ, अनि कोरोना सङ्क्रमित बन्छौ। हामीलाई खासै असर गर्दैन,घरमा पुगेर बुढा बा-आमालाई सार्छौ, प्रतिरक्षा शक्ति कम भएका उहाँहरु रोगको सिकार बन्नुहुन्छ अनि भन्छौ आखिर कोरोना कहाँबाट आयो?
12
79
185
@Nabin_Disturb
Nabin Disturb
4 years
अब त सत्य कुरा अन्तरात्मादेखी बोल्दा पनि पत्याउने अवस्था रहेन। आजभोली मान्छेलाइ उठाउने र गिराउने मिडिया र युट्युवरको बढ्दो हर्कतले गर्दा कसैले आफुलाइ अन्याय भयो भन्दा कसैलाइ फसाउन, पब्लिसिटी गर्न नाटक गरेको हो कि जस्तो लाग्छ। आखिर अल्पकालको लागि किन चम्किनुपरेको होला मान्छेलाइ?
11
91
189
@Nabin_Disturb
Nabin Disturb
4 years
आलोचना कति गर्नु?सरकारको प्रगतिका बारेमा लेख्न मन लाग्छ। तर दु:खद त्यो इच्छा पूरा हुने देख्दिन।जनता निरास छन,अर्थतन्त्र डामाडोल छ भने कोरोनाको महामारी बढ्दो छ। आमजन्ता गरिबिले जीवन-मृत्युको अन्योलतामा जिइरहेको बेला सरकार सिमित मन्त्री र जनप्रतिनिधिको तलब-भत्ता बढाउनमा ब्यस्त छ।
12
87
186
@Nabin_Disturb
Nabin Disturb
4 years
खेतबारी नभएका दैनिक मजदुरी गरेर दुई छाक टारेकालाइ जिउन मुस्किल भइसक्यो, कर्मचारी/जागीरेहरु पनि चरम महङ्गीको मारमा छन,घर/शर्टर भाडामा लिएर व्यवसाय गर्नेहरु लाखौं रुपैयाँ भाडा र सरकारी कर तिर्न नसक्दा आत्महत्या गर्ने अवस्थामा पुगेका छन। सरकारको त आस रहेन अब,यी समस्या हल गर्ने कसले?
17
90
190
@Nabin_Disturb
Nabin Disturb
4 years
छोडि जानेकै याद आउनुरैछ जिन्दगी पिडामै भएनि मुस्कुराउनुरैछ जिन्दगी सँघर्ष समयको माग- एक निहु रहेछ तक्दिरमा लेखेको पाउनुरैछ जिन्दगी नारी तिम्रो चाहाना कसले बुझ्यो खोइ जे सुम्पिए त्यसमै रमाउनुरैछ जिन्दगी स्थिरताले चलेन,भाग्नैपर्यो पेट पाल्न जहिल्यै यहाँ -वहाँ धाउनुरैछ जिन्दगी
21
113
183
@Nabin_Disturb
Nabin Disturb
4 years
हाम्रो राष्ट्रवादी सरकारले अहिलेसम्म देशको ऋण कुल गार्हस्थ उत्पादनको ३०%बाट बढाएर १३खर्ब ४६अर्ब यनकी ३६%पुर्याएछ। यहि ताल हो भने पाँच वर्षमा देश पुरै कंगाल बनाउने पक्का छ, याद राखौं,देशलाइ भित्रभित्रै खोक्रो बनाउनेले देशलाई माया गर्छ भनेर पत्याउने हामी पनि देशद्रोहिनै हौँ। हरी ॐ
12
86
182
@Nabin_Disturb
Nabin Disturb
4 years
बुढी भइएछ आसा सपना जगेर गयो। आएनौ तिमी सारा जवानी बगेर गयो। लामो यो चोला कसरी बिताउने होला, भएका दौँतरी अरु कसैले लगेर गयो। दुखमा हसाउथ्यो -म रुँदा फकाउथ्यो, अरे,थियो एउटा उस्ले पनि ठगेर गयो। धिर भएर बस्न सार्है गार्हो जिन्दगीमा, लाग्छ, अटल यो दिल पनि डगेर गयो।
22
67
182
@Nabin_Disturb
Nabin Disturb
4 years
साढे तीन बजे उठिन्थ्यो,भैँसिलाइ पानी तताएर दिँदा,गोबर सोहोर्दा,दूध दुहुँदा,भाँडा माझ्दा ६:०० बज्थ्यो अनि आमाले बनाएको कोदोको रोटि र एक गिलास दूध चिया खाएर घाँस काट्न गइन्थ्यो, अनि आएर आमालेनै पकाएको खाना खाइ स्कुल, दुख भन्ने मनमा लेस जति पनि थिएन। तर आज फुर्सदी छु,दिमाग भारी छ।
19
78
183
@Nabin_Disturb
Nabin Disturb
4 years
भारतिय मिडियाले विभिन्न विशेषज्ञका अन्तर्वार्ता लिइ आफ्नो देशको बचाउमात्र गरेका छैन्न मुखमा आएजतिका शब्द बोलेर हाम्रो मौनताको फाइदा पनि उठाउदै छन। तर नेपालमा भने अस्तिसम्म रुद्रघन्टी फुल्ने गरि चिच्याउने रवि,ऋसि जस्ता पत्रकार आज कहाँ मरे अत्तोपत्तो छैन। यिनको मुख किन बन्द छ?
15
61
179
@Nabin_Disturb
Nabin Disturb
4 years
मान्छेमा मपाइ छ।मान्छेले आफैलाइ सर्वश्रेष्ठ र वुद्विमान घोँषणा गर्यो तर आफुलाइ यति विकसित ठान्नेले मान्छेप्रतिको अन्य जिवको धारणा जान्न सकेको छैन।के थाहा अन्य जिवले मान्छेलाइ तुच्छ पो सम्झिन्छनकि! आखिर मान्छेभन्दा करोडौं गुणा साना परजीवीले मान्छेलाइ सताएका कैयौं ईतिहास पनि त छन।
14
77
181
@Nabin_Disturb
Nabin Disturb
4 years
जहिलेदेखी उ कठोर अनि सुरो भयो त्यही दिनबाट हाम्रो प्रेम मधुरो भयो त्यसपछिका दिनहरु क्यारी बिते खै कहानी जहाँ थियो त्यहीँ अपुरो भयो हृदयले पचाउन सक्ने मात्र बोल प्रीय तिमीले प्रेम गर्छु भन्नू एक कुरो भयो उ पन्छियो जब आफ्नै जिम्मेवारीबाट यहाँ बाउले नमर्दै मेरो छोरा टुहुरो भयो
27
101
180
@Nabin_Disturb
Nabin Disturb
4 years
बामदेव गौतमको योगदान पार्टिमा होला तर जन्तामा थिएन र छैन पनि। बरिस्ठ नेताको खोल,आफन्तवाद र पैसाको बलमा ०७४ अँघिका चुनाव जितेपनि जन्ता उनिदेखी आजित भइसकेकाले ०७४मा गुल्टिए। कहिले प्युठान त कहिले बर्दिया काम नगर्ने तर चुनाव क्षेत्र सारीरहने बामदेव वास्तवमा धर्तिकै बोझै हुन। हरी ॐ
12
65
182
@Nabin_Disturb
Nabin Disturb
4 years
पृथ्वीले सूर्यको परिक्रमा गरेझैं मान्छे पनि जिवनका अनेकौं मोडको परिक्रमामा व्यस्त रहन्छ भने ज्ञान,प्रसिद्धि,धन एवम् आत्मसन्तुष्टि जीवनका मोड हुन। तर जे होस,मन उत्तेजित,भयभीत वा चिन्तित भएका बेला मान्छे जब आफ्नो केन्द्रमा अडिन चाहन्छ र आफुलाइ सुरक्षीत महसुस गर्छ। हो,त्यही हो घर।
22
58
178
@Nabin_Disturb
Nabin Disturb
4 years
कुनै पनि कुरामाथी हावी हुनुछ भने त्यसलाइ काम दिनुस, जब तपाईं कसैलाइ काम दिने बन्नुहुन्छ तब मात्रै तपाइको शिरले जहाँतहिँँ ठाडो बन्ने अवसर पाउनेछ। शुभप्रभात
25
63
183
@Nabin_Disturb
Nabin Disturb
4 years
"विहानीको योगा- जिवनले दिदैन धोका" लामो-लामो श्वास तानौ। शरीरमा अक्सिजनको प्रवाह गरौँ, सद्विचार सुनौ , सकारात्मक उर्जा प्राप्त गरौं। पुरा दिनभरी स्वस्थ र प्रफुल्ल बनौँ। हरि ॐ शुभप्रभात
20
60
179
@Nabin_Disturb
Nabin Disturb
4 years
नेपाल अङ्ग्रेज युद्धको समयमा अङ्ग्रेजसँग हारेर जमिन सुम्पिनेलाइ इतिहासले विरको सँज्ञा दियो,तर जसले अङ्ग्रेजलाइ धुलो चटाइदिएका थिए तिनीहरुको नाम आज खोजेर पनि भेटिदैन।हामीले अहिले पनि अङ्ग्रेजहरुले लेखिदिएको अधुरो इतिहास अध्ययन गरिरहेका छौँ। बुटवलदेखी पुर्वको वीरतापुर्ण इतिहास खोइ?
8
71
179
@Nabin_Disturb
Nabin Disturb
4 years
नयाँ पत्रीकामा कसैको लगानी होला त्यो म मान्छु, तर उक्त पत्रीकाले खुलासा गर्ने काण्डहरु प्रमाणबिनाका हुँदैनन्।त्यसमा राजनितीक स्वार्थ होला तर कमसेकम एक पक्षको गलत आचारण त पर्दाफास गरेको छ। याद राखौँ नयाँपत्रीकाले सत्य समाचार छाप्यो भनेर त्यसको विरुद्ध उठ्ने कदापी सहि मान्छे होइनन।
18
93
182
@Nabin_Disturb
Nabin Disturb
4 years
जबसम्म भारतले सिमा मिच्न, एकतर्फी बाँध बाँध्न, हाम्रा उद्योग व्यसाय धरासयी बनाउन, हाम्रो आन्तरिक राजनितिमा चलखेल गर्न र नेपालमा ठुला परियोजना सञ्चालन हुन नदिन अग्रसर हुन्छ तबसम्म हाम्रो लागि भारत परम दुस्मननै हो। यी यावत हर्कतको अगाडि उसले गरेका सबै सहयोग फिक्का पर्न जान्छन।
13
91
178
@Nabin_Disturb
Nabin Disturb
4 years
प्रचन्डको नाममा सम्पति भनेको चितवनको एउटा घडेरी मात्र छ अरु केही छैन, उनि जस्तै ठुला नेताको नाममा खासै केही छैन तै पनि उनिहरुले विलासपुर्ण जिन्दगी जिएका छन। तर मेरा "बा"को नाममा पूरा तीन बिघा जग्गा जमिन छ र पनि उहाँले जिउन रात-दिन कडा मेहनत गरीरहनुपरेको छ। सायद त्यही होला भाग्य
14
77
181
@Nabin_Disturb
Nabin Disturb
4 years
"खस-आर्य/क्षत्री-ब्राह्मण युरेसिया क्षेत्रबाट हाइटी आक्रमण र इरान,सिन्धु बाट मुसलमानको आक्रमणमा परी हिन्दु कुश हुँदै आजभन्दा ५५सय अर्थात इ.पु ३५ सय वर्ष पहिले नेपाल प्रवेश गरेका थिएरे" यो कुरा पश्चिमा विद्वान,डा.बाबुराम भट्टराई तथा डा.गोपाल गुरुङले लेख्दिए-बोल्दिए। मैले नबुझेको++
20
71
181
@Nabin_Disturb
Nabin Disturb
4 years
समस्या भएरै समाधानको चुरो आँउछ। सुरु- सुरुमा जे विषयनि अपुरो आउँछ। हो, त्यसैले ज्यादा उसको तारिफ नगर, चिन्दैन तिम्लाइ जब सिङ-जुरो आउँछ। मीठो बोलि पच्दैन जो- कोहिलाइ यहाँ, पहिले तोडफोड गर अनि कुरो आउँछ। जसलाइ समाजले अनाथ भनेर हेप्थ्यो, हेर्दै जाउ देश बनाउन उहि टुहुरोआउँछ।
28
106
176
@Nabin_Disturb
Nabin Disturb
4 years
कोहि मर्यो कि उस्लाइ महामानव बनाउने नेपाली चलनचल्तिले इतिहासनै खल्लो भइसक्यो। म त भन्छु राजनितीक इतिहासबाट पृथ्वीनारायण शाहा र विपि कोइराला बाहेक अरु सबैको नाम लुप्त गर्दिए हुन्छ। इतिहास यस्तो, उस्तो भनेर पढेका हामीले आज नर्कको जिन्दगी जिउनु परेको छ। के देश अहिले बिग्रीएको हो त?
21
73
180
@Nabin_Disturb
Nabin Disturb
4 years
हेर्छु, कसरी बाँच्ने रहेछौ दुर भएर। जान त गएछौ मबाट भरपुर भएर। कुल्चिएछौ यो प्रेम, पोल्नेछ जरुर, फर्कीनेछौ दुई दिनमै आतुर भएर। अझै त बुद्वि छ, हातखुट्टा चल्छन, जिउन सक्छु म पनि महसुर भएर। विदाइको बेला,खुशीले जाउ प्रीय, किन छुट्छौ रिसै रिसले चुर भएर। हरी ॐ
24
89
176
@Nabin_Disturb
Nabin Disturb
4 years
जिम्मेवार व्यक्तिलाइ राज्यमा भएका वेथितिको बारेमा सिधा प्रश्न गर्न नसक्ने शालिन पत्रकार अरे, अनि रवि लामीछाने जस्ता प्रमाणसहित कुरा गर्नेहरु औकात विहिन! हो आजभोलि कल्याणकारी कम आतंककारी ज्यादा देखिन्छन पत्रुकार, क्यामेरा र माइक समाते जो-कोहि पत्रकार। तर राम्रालाइ प्रोत्साहन खोइ?
14
76
178
@Nabin_Disturb
Nabin Disturb
4 years
कोहि गरिबिले पिडामा छन,कोहि धनी भएर पनि पिडामा छन। खुशी किन्नकै लागि मान्छे धनी हुन खोज्छ्न तर दु:खद धन र सुख बिच समानुपातिक सम्बन्ध हुनै सक्दैन आखिर गरिबी र खुशी पनि त एक साथ हुन सक्दैनन्। त्यसैले जे छ त्यसैमा चित्त बुझाउनु र दुखलाइ पनि सजिलै पचाउन सक्नुनै खुशी हाँसिल गर्नु हो।
10
70
182
@Nabin_Disturb
Nabin Disturb
4 years
कमाउनिस्टबाट देशले निकास पाउदैन भन्ने पक्का भइसक्यो।यिनिहरु आन्तरिक खिचातानीमै भरपुर रमाउन मन पराउछन। जहिल्यै ओलि,प्रचन्ड-दुवैलाइ दुवै पद चाहिएको,अन्य नेता कार्यकर्ता सबै व्याधा कुर्सी जोगाउन एक-दुई राष्ट्रियताका फन्डा के फ्याँकेथ्यो जन्ता मख्ख,गरिब मरेको मर्यै, जमिन भारतकै हातमा
10
87
183
@Nabin_Disturb
Nabin Disturb
4 years
वार्ता गर वा हान छुरा जसरीनि फर्काउ। लिपुलेख-लिम्पियाधुरा जसरीनि फर्काउ। हामी वश नतिजा हेर्न चाहान्छौ सरकार, काम देखाउ,नगर कुरा जसरीनी फर्काउ। शुभविहानी नमस्ते
24
69
172
@Nabin_Disturb
Nabin Disturb
4 years
तक्दिर नाप्ने न तराजु न तुलो बन्यो। तैपनी कोहि सानो,कोहि ठूलो बन्यो। पापी,स्वार्थी,निर्दयीले जन्माए छोडे, जस्को गल्ती थेन उहि बिटुलो बन्यो। खेत बँझाउनेलाइ सुधार्यो कोरोनाले, कैयौं सालपछी पानिको कुलो बन्यो। ढुङ्गा भएकैले खुब घमण्ड गर्थ्यो ऊ, आज घामपानीमै टुक्रीयो,धुलो बन्यो।
18
115
180
@Nabin_Disturb
Nabin Disturb
4 years
भोटको राजनिती गरी मेरा बुढा भएका बा- आमालाइ वृद्धभत्ता दिएर देशको ढुकुटी रित्ताउनु पर्दैन सरकार, बरु मलाइ यहि देशमा रोजगारको व्यवस्था गरि बा- आमा पाल्न सक्ने बनाइदेउ। शुभसन्ध्या हरी ॐ
19
76
182
@Nabin_Disturb
Nabin Disturb
4 years
आजभोली ओलि र प्रचण्डका आसेपासे बिचकै जुहारीले सामाजिक सञ्जाल रङ्गिएका छन। माथी केहि होस नहोस तर तल कार्यकर्ता तहमा पक्कै केही हुन्छ। लाग्छ, पार्टि टुक्राउनमा झोलेहरुले प्रमुख भुमिका खेलेका हुन्छन, माथी सानो विमती भयोकि तल टाउका फोराफोर, यिनिहरुको हर्कत देख्दानि हासै उठेर आँउछ 😂
16
80
177
@Nabin_Disturb
Nabin Disturb
4 years
"श्रीरामको जन्मस्थल अयोध्या"नेपालमा पर्छ भन्ने प्रधानमन्त्रीको तर्कले भारतमा मात्र होइन पाकिस्तानमा पनि तहल्का मच्चिने पक्का छ।"अयोध्याको बाबरी मज्दिस भत्काइ प्रकरण" फेरि बिँउतिन सक्छ। भारतियको दाविलाइ झुटो सावित गर्न अयोध्याको अनुसन्धानमा मुस्लिमहरुपनि खुलेर लाग्नेछन। जय श्रीराम
7
70
179
@Nabin_Disturb
Nabin Disturb
4 years
मौसममा बदलाव आयो कारण जलवायु परीवर्तन तर अहिलेको परीवर्तन पुरै सकारात्मक हो। मान्छेले करीब ६/७ महिना आफ्नो हर्कत बन्द गर्दा पृथ्वीको तापक्रमनै घट्योरे,यो साल वर्षा पनि समयमै भयो भन्छन। तर यसले पनि मान्छेलाइ रुवायो कारण वर्षा धेरै भयो। बाढी-पहिरो गयो, सयौ मरे हजारौंलाई बेघर बनायो।
15
80
180
@Nabin_Disturb
Nabin Disturb
4 years
तिमिलाइ यति प्रेम गर्नुछ प्रीय। तिमिसँगै जिउनुछ-मर्नुछ प्रीय। यहि कि मायामा चुर्लुम्मै डुबौँ, एक नयाँ संसारमा सर्नुछ प्रीय। बदलाले दुश्मनी बढाउछ मात्रै, सबै शत्रुता प्रेमलेनै हर्नुछ प्रीय। यो प्रेम र सद्भाव जहिल्यै होस, समयका हर जँघार तर्नुछ प्रीय। शुभपल हरी ॐ
24
99
173
@Nabin_Disturb
Nabin Disturb
4 years
कुलमानले आफ्नो कार्यकालमा राम्रो काम गरे उनलाइ सलाम छ तर दोस्रो कार्यकाल उनको विकल्प अर्को हुन सक्दैन भन्नेमा म सहमत छैन र कुलमान जाँदैमा फेरि लोडसेडिङ हुन्छ भन्नू पनि केटाकेटी पनमात्रै हो। संस्थालाइ राम्रो गराउन एउटा थिती बसाल्ने हो जुन सिस्टम कुलमानले बसालिसकेका छन अब अरु कोहि+
20
69
178
@Nabin_Disturb
Nabin Disturb
4 years
यहिनै हो मौका-दाउ खुशी मनाउ। सरकार ढल्दैछ आउ खुशी मनाउ। एउटाले देश डुबाएर जाँदैछ अब, पालो आएछ,कमाउ खुशी मनाउ। यो माटोले गद्दारी नपचाउन सक्छ, नेताजी लैनचौर जाउ खुशि मनाउ। जन्तालाइ भोकै बस्ने बानी जो छ, अरे,तिमि मिठो खाउ खुशी मनाउ।
19
105
179
@Nabin_Disturb
Nabin Disturb
4 years
विगत ७०वर्षको इतिहास हेर्दा न हामी नेपालिहरुको दिमाग परीपक्व छ न त हामीमा आफै खोज गर्ने बानीनै। यदकदा एक दुई जना भेटिनु संयोग हो तर हामी जसले जे भन्यो त्यसकै पछाडी लाग्छौ। चाहेमा जसले पनि हाम्रो दिमागलाइ कालो पर्दाले सजिलै छोप्दिन सक्छ। जे बोल्नुस हजुरको पछि एउटा झुन्ड लागीहाल्छ।
22
79
176