जेष्ठ नागरिक (६०+) को जनसंख्या निरन्तर बृद्धि भएको छ । विसं २०७८ सालमा जेष्ठ नागरिकको जनसंख्या १०.२% पुगेको छ । विसं २०४८ सालमा उक्त जनसंख्या कुल जनसंख्याको ५.७% रहेको थियो ।
जनसंख्यासम्बन्धी भिन्न गतिविधि र दलित समूदायको साक्षरता दर प्रतिशत सहित जनसंख्या मासिक बुलेटिन प्रकाशन भएको छ (वर्ष २ अंक ७ पुर्णाङ्क २०, मंशिर/पुस - डिसम्बर महिना) ।
देशमा १०+ उमेर समूहका कुल महिलामध्ये एक महिला ८.० प्रतिशत र विधुवा महिलाको ६.६ प्रतिशत हिस्सा रहेको छ । एकल महिला अन्तर्गत विधुवा महिला, छुट्टिएर बसेका महिला, पारपाचुके गरेका महिला र ३५ वर्षभन्दा बढी विवाह नगरी बसेका महिला समावेश गरिएको छ ।
७५३ ओटा स्थानीय तहमध्ये ३१९ ओटा स्थानीय तहको बार्षिक जनसंख्या बृद्धिदर नकारात्मक रहेको छ । प्रतिशतको हिसावले करिव ४३ प्रतिशत स्थानीय तह हुन आउँछ । प्रदेशमध्ये सबैभन्दा गण्डकी प्रदेशमा ७८ ओटा स्थानीय तहमा बार्षिक जनसंख्या बृद्धिदर नकारात्मक रहेको छ ।
नगरपालिका तथा गाउँपालिकाको जनसंख्या र सहरी तथा ग्रामीण क्षेत्र वर्गीकरणअनुसार जनसंख्याको तुलनात्मक प्रस्तुति । नेपालमा सहरी क्षेत्रमा बसोबास गर्ने जनसंख्या २७.१ % रहेको छ । राष्ट्रिय जनगणना २०७८
२०६८ र २०७८ राष्ट्रिय जनगणनाअनुसार जनसंख्याको संरचना बुढ्यौली तर्फ उन्मुख हुदै गएको छ। अझैपनि जनसांख्यिक लाभांश उल्लेख्निय छ । पिरामिडले अव धेरैसमय रहदैन भन्ने स्पष्ट देखिएको छ ।
प्रवृत्तिका आधारमा हिमाल र पहाडबाट तराई क्षेत्रमा बसाइँसराइले जनसङ्ख्यालाई हिमाल र पहाड क्षेत्रमा जनसंख्या व्यवस्थापन गर्न कठिनाइ भएको र तराई क्षेत्रमा बसाइँसराइ कम गर्न दबाब परेको देखिएको छ।
जनसंख्यासम्बन्धी विभिन्न गतिविधि र एकल तथा विधुवा महिलाको जनसंख्याको प्रतिशत सहित जनसंख्या मासिक बुलेटिन प्रकाशन भएको छ (वर्ष २ अंक ६ पुर्णाङ्क १९ नोभेम्बर महिना) ।
देशमा विधवा महिलाको जनसंख्या बढ्दो क्रममा रहेको पाइएको छ। सन् १९५२ मा मुलुकमा ५५,१३८ जना मात्र विधवा महिलाहरू रहेका थिए भने पछिल्लो राष्ट्रिय जनगणना २०२१ का अनुसार मुलुकमा हाल ८,२६,१४७ जना विधवा महिलाहरू रहेका छन्।
प्रदेश अनुसार एकल महिलासम्बन्धी विवरण राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार मुलुकमा ९ लाख ९७ हजार ६ सय ६२ जना अर्थात् ८% एकल महिलाका रुपमा रहेका छन्।प्रदेशगत हिसाबमा हेर्दा गण्डकी प्रदेशमा सबैभन्दा बढी (१०.५%) एकल महिलाहरू रहेका छन्।
राष्ट्रिय जनगणना २०७८ अनुसार मधेश प्रदेशमा सबैभन्दा धेरै (३८.२%) घरको जग काठबाँसको खाँँबो गाडिएको छ भने कर्णाली प्रदेशमा सबैभन्दा धेरै (८३.१%) घरको जग माटो जडित ईटाढुङ्गाबाट बनेको छ ।
राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार प्रदेशगत रूपमा सबैभन्दा बढी कोरा जन्मदर (१८.६८) कर्णाली प्रदेशमा र सबैभन्दा कम (११.३५) गण्डकी प्रदेशमा रहेको छ । जनसंख्यिक विष्लेषणमा कोरा जन्मदर भनेको प्रति १ हजार जनसंख्यामा एक वर्ष भित्र जन्मिएका जिवीत शिशुको संख्या ह�� ।
बालमृत्यू दरले शून्य वर्षदेखि पाँच वर्षमुनिका (०–४ वर्ष) प्रतिहजार जन्ममा कुनै एक वर्षभित्र मृत्यु हुने बालबालिकाको सङ्ख्यालाई जनाउँछ। तथ्यांकले पाँच वर्षमुनिको बालमृत्युदर निरन्तर रुपमा घट्दै गएको देखाएका छन्।
उमेर अनुसार परिवारमुलीको विवरण राष्ट्रिय जनगणना २०७८ अनुसार मुलुकमा ६६,६६,०८४ परिवारहरु (संस्थागत परिवारबाहेक) को बसोबास रहेको छ । जसमध्ये अधिकांश परिवारका परिवारमुलीहरू ३० देखि ३९ वर्ष उमेर समूहभित्रका रहेका छन् । ३० देखि ३९ वर्ष उमेर समूहका परिवार मुलीहरू २३.३ प्रतिशत छन्।
बालमृत्यू दरले (०–४ वर्ष) प्रतिहजार जन्ममा कुनै एक वर्षभित्र मृत्यु हुने बालबालिकाको सङ्ख्यालाई जनाउँछ। राष्ट्रिय जनगणना २०७८ अनुसार मुलुकमा पाँच वर्षमुनिको मृत्युदर प्रतिहजार जन्ममा २२.९ देखिन्छ जुन २०६८ मा ५२.९ र २०५८ मा ९१.२ रहेको थियो ।